[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 उधारो तक्मा !!!
[VIEWED 12375 TIMES]
SAVE! for ease of future access.
Posted on 05-02-12 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

उधारो तक्मा

कथा धेरै बर्ष अघिको हो. ब्यथा धेरै अघि देखिको हो . इमानको घरमा लक्ष्मीको बास मात्र नहुने होइन कि विपतको घनिभूत बास को कथा हो.
पिताजी अचानक पक्षघात (प्यारालाइसिस्) भए पछी एक पछी आएका आपत विपतको लावालस्करमा क्षत बिक्षत भएको घर को कथा मैले यस अघि नै पिताजीको सुनको तक्मामा (हेर्नुस “पिताजी को सुनको तक्मा भाग १ देखि http://sajha.com/guild/viewuser.cfm?username=rahulvai&guildid=440 र भाग ७ देखि http://sajha.com/guild/viewuser.cfm?username=rahulvai&guildid=441) लेखि सकेको छु .
चिसो चुल्होमा दुइ छेस्का दाउरा जोगाड गर्न र खालि कसौडीमा दुइ मुठी चामल भिजाउन समेत ढुकुटी रित्तिए पछी पिताजीले २५ बर्ष सेवा गरेर आर्जेको सुनको तक्मा कौडीको भावमा बेच्न जाने यिनै अभागी हात हुन् . असक्त, अव्यक्त ( बोल्न नसक्ने अवस्थामा ) पिताजीलाई अस्पतालको शैय्यामा “हजुर को एक सुनको तक्माको बदलामा १० ओटा सुनको तक्मा फर्काउछु “ भन्ने मह्त्वकान्क्षी भिष्म प्रतिज्ञा अझै अधुरो रहनुको पिडाले दुखि रहेको छु. अझै त्यो अस्पतालको बेडमा अचल हातले आशिर्बादको आखा झल्झली देखिरहेको छु.
 
आज फेरी तिनै वाचाले झक्झकायो,  संयोगले आज पिताजीको पुण्य तिथि. दाइले नेपलबाट फोन गरेर, तिथिको याद दिलाई दिनु भयो . म फेरी धेरै पुरानो घाउमा दुखें. कति आफ्नो लाचारीपन पोखुं ?
“चोखो सोखो गरेर मन्दिरमा गएर दान दक्षिणा दिनु , एक भाग चोखो सिसाफुसा र मरी ( फलफूल र मिठाइ रोटी) दान् गर्नु वा पल्लीइ  ( घरको छानो) मा हाल्दिनु रे . हुन्छ भनि दिएँ.
 
कसरी भनुं म अम्रिकामा टोल पिच्छे मठ मन्दिर हुदैन. शहरमा हुने एउटा भारतिय हिन्दु मन्दिर वा थाई बुद्ध स्तुपमा माग्नेहरु हुदैनन, सिसाफुसा दान् दिन. कसरी भनुं म अम्रिकामा उच्च शिक्षा हासिल गरेर पनि एउटा बसमै यात्रा गर्ने केहि अल्पसंख्यक दुर्लभ जनजातिको जीवन व्यतित गरि राख्या छु भनेर. मेरो बसाइ को ५-७ माइलमा एउटा हिन्दु मन्दिर र बौद्ध स्तुप  दुवै छन्. तर फेरी पनि बाध्य छु. आस्थामा माथा टेक्न असमर्थ हुन सक्छु. पिताजीको आत्माको शान्तिको कामना गर्न जान असमर्थ हुन सक्छु. रत्न पार्क छैन यहाँ , जहाँ पनि जाने, जहाँ नि रोक्ने बस छैन.
धेरैको उधारो जिन्दगी भो यो जिन्दगी जिन्दगी. पिताजी बाचुन्जेल ४-५ तक्मा फर्काएको थिएँ. त्यसपछी पनि इमान पकाएरै ९ सम्म पुर्र्याएको थिएँ . १० औं तक्मा संघारमा भए (उच्च शिक्षा हासिल गरे वापत) पनि परदेशी जिन्दगीका यावत समस्याले अझै तक्मा पाम भनी नेपाल सरकारलाइ निबेदन हाल्न पाएको छुइन.
“बुबा , हजुर जहाँ हुनु भए पनि हजुरको यो छोराले आफ्नो वचन भुलेको छैन. हजुर निकट भबिष्यमै १०औ तक्मा हजुरको पोल्टामा चढाउने छु . घरकाहरुले डलर को डसनामा सुतेको कल्पना गर्दा हुन् . मलाइ बिश्वास छ, मेरो अवस्था, मेरो बिबसता बुझ्नु भएकै छ . सिसाफुसा चढाउन सक्दिन, दान दक्षिणा गर्न सक्दिन. तर मन मन्दिरमा सधै पुजिरहेको छु. हजुरको निश्चल आँखा अझै पुछिरहेकोछु.”  
अझै मैले बिर्सेको छैन, सत्य को पथ. इमानको अडान र स्वतन्त्रताको उडान . आज यति भन्दै अन्जुली भरिको श्रद्धा चढाएको छु.
 
अस्तु !!.
Last edited: 02-May-12 10:17 AM

 
Posted on 05-02-12 10:15 AM     [Snapshot: 26]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Marvelous! Dai!!
Sabda haru ko oon le bhawana ko sweater kati ramro sanga bunnu bhako. Nyano bho!
 
Posted on 05-02-12 10:45 AM     [Snapshot: 58]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ, अवाक झैं भएँ तपाईंका अभिब्यक्ती पढेर। 
 
Posted on 05-02-12 11:32 AM     [Snapshot: 109]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइले त्यो दशौ तक्मा चढाउने दिन चाडै आओस..

तर जुन श्रद्दा चढाउनु भएको छ त्यो तक्मा भन्दा धेरै धेरै नै मुल्यवान् छ ...

 
Posted on 05-03-12 8:45 AM     [Snapshot: 309]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

daum , चिप्ले सर, बाघ दाइ लगायत सबै सहृदयी मित्रहरुमा आभार व्यक्त गर्न चाहन्छु .

 
Posted on 05-03-12 9:18 AM     [Snapshot: 330]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सारै घत्लाग्यो .....तपाई ले आफु ले भनेको कुरा पुर्याउनु भएछ ..त्यो नै रार्मो कम गर्नु भएछ . आइन्दा येस्तई प्रगति गर्दै जानु होला
 
Posted on 05-03-12 9:33 AM     [Snapshot: 346]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तपाई को सुनको तक्मा भाग २ सम्म पुगे मैले सकिन . मेरा आँसु बर बर झरे तेस्लाई छिचोल्न नै सकिन . पछि साहस जुराएर पदनेचु . तपाई को लेखाई नै एस्तो छ कि अगाडी फिल्म नै चलेको जस्तो हुन्छ . सारै कमलो मुटु परियो , केहि थाम्न सक्दिन
 
Posted on 05-03-12 11:13 AM     [Snapshot: 400]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पोखरेली कान्छी
तपाईंले पढी दिनु भयो, मेरो लागि त्यहि नै पुरस्कार भो.

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ICE kidnapping people off the streets over op eds
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters