[Show all top banners]

_____
Replies to this thread:

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 अब के हुन्छ ?
[VIEWED 9642 TIMES]
SAVE! for ease of future access.
Posted on 12-15-10 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



अब  के हुन्छ ?

अब  पारस   को बारेमा त हामी नेपाली लै थाह नै छ , धनि बाउ  को पुल्पुलिएको छोरा, दोस्रो त्यो सन्काहा हो, रक्सि लागे पछि के गर्न हुन्छ के गर्न हुदैन भनेर पनि छुट्याउन नसक्ने

अर्को पर्यो रुबिल चौधरी पत्र पत्रिकामा आएको खबर हेर्दा VOIP चोर

यहाँ चोर र सन्काहा को झगडा

अब इ दुवै जना आफ्नो पोल खुल्ने डार ले कुरा मिलौना पट्टि लाग्छन , पारस लै छुताउछान 
त्यो रुबिल चौदारी भन्ने आफ्नो पोल खुल्ला भनेर पारस को बिरुध्हा पुलिस का रिपोर्ट  पनि गर्न नसक्ने, (पारस को बिरुध्हा पोलिस ले नै रिपोर्ट हालेको रे) , स्वास्नी र सासु को भर मा अबैध काम गरिरहेको , अब इ दुवै मिलेर केश फासफुस पार्छन , त्यो रुबिल चौधरी भन्ने ले बयान फरक दिन्छ. काले काले मिलेर खाऊ भाले गर्छन नेपाली जनता जिल्लाराम पर्छन
पारस का समर्थक हरुले रास्त्रबादी कुरा निकल्चन बिरोधि बिरोध गर्छन तेत्ति हो
यो मेरो guess   मात्र हो हेरौ कतिको मिल्छ

VOIP  केस मा बंगल्देशी हरु समातिएको मा मलाई अचम्म लागिरथ्यो, नेपाल मा पाकिस्तानी र भारतीय हरु ले JPT  काम गर्थे इ बंगलादेशी   कसरि एस्तो काम गर्न आइपुगे जस्तो लाग्थ्यो, ज्वाई राजा को कमाल पो रहेछा, पोलिटिकल connection  नभई  एस्तो काम गर्न सकिदैन जस्तो लाग्छा अर्काको देश मा गएर 


 
Posted on 12-15-10 2:24 PM     [Snapshot: 103]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन्डरस्कोर जी,तपाइले हात हेर्नु हुन्थ्यो हो रत्नपार्क मा? 

पारस र रूबेल दुबैले बयान फेरे0


हवाई फायर गरेको छैनः पारस-
पारससित हतियार देखिनँ: रुबेल-

काठमाडौं, पुस १ (नागरिक)-घटनाको चार दिनपछि पारस र रूबेल दुबैले क्रमशः चितवन र काठमाडौंमा प्रहरीलाई दिएका बयानमा हतियारको प्रसङ्ग लुकाएर मुद्दालाई कमजोर बनाएका छन्। परिणामस्वरूप प्रहरी हिरासबाट पारस छिट्टै छुट्नेछन् भने रूबेलले पनि दुश्मनी मोल्नुपर्ने छैन। 

पूर्व युवराज पारस शाहले चितवन राष्ट्रिय निकुञ्जभित्र टाइगर टप्स रिसोर्टमा आफूसँग 'हतियार नभएकाले हवाई फायर गरेको भन्ने असत्य भएको' वयान दिएका छन्। त्यसैगरी पीडित भनिएका रूबेल चौधरीले आफूले पारससँग हतियार नदेखेको प्रहरीलाई बताएका छन्।

 

पारसले बुधबार सरकारी वकिल र छानवीन समितिलाई दिएको वयानमा रूबेलसँग भनाभनमात्र भएको तर आफूले कुनै हतियार प्रयोग नगरेको र कुनै पनि हतियार आफूसँग नभएको दाबी गरेको स्रोतहरूले नागरिकलाई जानकारी दिएका छन्।

डिआइजी गंगा पाण्डे नेतृत्वको छानवीन समितिले बुधबार घटनास्थल पुगी अध्ययन गर्दा गोलीको खोका भेट्न नसकेको स्रोतले जनाएको छ। पीडित चौधरीका तर्फबाट उजुरी नपरेको र हतियार प्रयोग गरेको भन्ने प्रमाण नजुटिसकेको अवस्था भन्दै पारसविरूद्व सबभन्दा कमजोर सार्वजनिक अपराधको मुद्धामात्र प्रहरीले बढाएको छ। 
यसबाट अवैध हतियार प्रयोग र निकुञ्जभित्र हतियार प्रवेशका विषयतर्फ सरकारी छानवीन नजाने देखिएको छ। रूबेलले राजधानीमा प्रहरीलाई दिएको वयानमा आफूले पारसको हतियार नदेखेको जिकीर गरे। जबकि उनले दुई दिनअघि पत्रकारहरूलाई बताउँदा पारसले आफ्नो निधारमा पेस्तोल ताकेको मात्र बताएका थिएनन्, ज्याकेटका दुबै खल्तीभित्र पेस्तोल राखेर टेबुलमा बजारेको र पछि हवाई फायर गरेको उल्लेख गरेका थिए। 
साथै रूबेलले रेष्टुरेन्टको टेबुलमुनि क्लिकक्लिक गर्दै पारसले पेस्तोलमा गोली भरेको देखेको समेत बताएका थिए। 'म गोली नभएको बन्दुकको आबाज चिन्छु,' उनले नागरिकसँग अन्तर्वार्तामा भनेका थिए, 'उहासँग बन्दुक छ भन्ने मलाई थाहा थियो।'
उता पारसले घटनाको दोस्रो राति सवा एक बजे जारी गरेको विज्ञप्तिमा आफूले 'हवाई फायर गरेको तर त्यो कुनै पनि व्यक्ति र टाइगर टप्सको भौतिक संरचनातर्फ लक्षित नभएको' किटान गरेका थिए। पारसले उक्त वक्तव्य आफ्नो नभएको जिकीर गरेका छन्। 
पारसको हस्ताक्षर नभए पनि उनको नाममा 'एडिसी निर्मल निवास' अंकित फ्याक्स नम्बरबाट आएको विज्ञप्ति नागरिकले प्रकाशित गरेको थियो। उक्त फ्याक्स नम्बरबारे नेपाल टेलिकमसँग बुझ्दा 'राजदरवार सचिवालय, महाराजगञ्ज'को नाममा रहेको समेत पूष्टि भएको थियो। 
मुद्दा अघि नबढाउने आशयसाथ रूबेलले चितवन प्रहरीकहाँ पुगेर वयान दिन अस्विकारमात्र गरेनन्, काठमाडौंका कुनै पनि निकायमा जान पनि हिच्किचाए। प्रहरीले उनी बस्ने उपप्रधानमन्त्री सुजाता कोइरालाको निवासमा गएर सोधपुछ गर्नुपरेको थियो जसलाई पछि उनले नजीकको प्रहरी कार्यालय गएर हस्ताक्षरमात्र गरे। मुद्दालाई बलियो बनाउन उनले प्रहरीलाई पीडित पक्षका रूपमा उजुरीसमेत दिएका छैनन्।


 
Posted on 12-16-10 11:28 AM     [Snapshot: 251]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भुस्तिग्रे जि
नेपाल को कुनै घटना ले कस्तो मोड लेला भनेर अनुमान गर्न कुनै गाह्रो छैन। म गत ५ बर्ष देखी प्रतेक दिन पाये सम्मा सबै news paper हरु पढिरा छु , मलाई नेपाल को राजनीतिक पार्टी, तिनिहरुको शक्ती, तिनिहरुको नेता को अडान, झुकाब, लग्भाग् था छ, एउटा formula वाला हिन्दी सिनेमा हेरेपची अरु  formula वाला फिल्म को काहानी तेत्तिकै थाहा पाईन्छ नि , तेही गर्या हो मैले, तिनी हरु को बिगत हेरेर अनुमान गरेको तेती हो, चाहनु भयो भने तपाईं पनि गर्न सक्नु हुन्छ.
अब रह्यो  रत्नापार्कमा बसेर हात हेर्ने कुरो, पख्नुस् अली  कपाल फुल्न दिनुस्, आलिकती उमेर जान दिनुस्,  तेती बेला कुनै आम्दानी  को श्रोत भेटिएन भने  त्यो पनि गर्न पर्ला, अहिलीए तेसो गर्‍यो भने  फेरी मलाई हेर तेत्रो भुस्तिग्रे मान्छे, काम गरेर खानु छैन पेटि मा बसेर हात हेर्ने हो भनेर भागाऔन बेर छैन

 
Posted on 12-16-10 12:07 PM     [Snapshot: 293]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल धर्के लोल ।
मैले नि सम्झी राख्या थिएं । हाम्रो धर्के को कर्के नजर को सहि निशाना ।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
ए १ पनि पुगेनछ ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters