[Show all top banners]

gauleyketo
Replies to this thread:

More by gauleyketo
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 k bhanchin ta Manisha Koirala afno Bihe/bf ko barena ( Ekchin Kura kani )
[VIEWED 5845 TIMES]
SAVE! for ease of future access.
Posted on 04-20-10 8:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


 


 


 


 


 


 


 


 


 


 


३३ बषिर्य सम्राट् दाहालसँग बिहे हुने खबर अघिल्लो साता सार्वजनिक हुँदा नायिका मनीषा कोइराला दक्षिण भारतीय राज्य केरलामा तमिल फिल्मको सुटिङमा व्यस्त थिइन् । गत मंगलबार मुम्बई हँदै काठमाडौं आएकी ३९ मनीषा नायिका यति बेला बिहेको तयारीमा छिन् । तीन दिनपछि पुनः मुम्बई जाने तरखरमा रहेकी मनीषा अब एकैचोटि असारमा काठमाडौं फर्किने छिन् ।    


बिहेको टुंगो लागेकै हो, होइन ?  

पिरियड थाहा छ । विक पनि थाहा छ । तर डेट फिक्स भएको छैन । असारको पहिलो हप्ताचै कन्र्फम नै हो । हामी दुवैका पापाममीले पुरोहितजीको सल्लाहमा चाँडै डेट फाइनल गर्नुहुन्छ होला ।

बिहे कस्तो हुन्छ ?

पूरै नेपाली शैलीमा, (हाँस्दै) काठमाडौंमै गर्छु । नेपाली पहिरनमा गहना पनि लगाउँछु ।

इंगेजमेन्ट भयो ?

असारमै हुन्छ ।  

सम्राट्जीसँग पहिलो भेट कहिले भएको थियो ?

चार महिनाअघि । त्यसअघि अलिअलि चिनजान थियो ।

बिहे ढिलो हुँदै छ जस्तो लाग्दैन ?

म लगनमा विश्वास गर्छु । यो सबै लगनले जुराउँदो रहेछ । यो हामी दुवैका लागि सही समय हो जस्तो लाग्छ ।

सम्राट्जीको बिहे प्रस्तावलाई किन सदर गर्नुभो ?

हामी दुवै सही व्यक्तिको खोजीमा थियौं । उनले प्रस्ताव राखेपछि मैले स्विकारें । मैले खोजेकै सबै कुरा सम्राटमा पाएँ ।

के खोज्नुभएको थियो ?

सम्राट् काम गर्न मन पराउने जेन्टलम्यान हुन् । खास गरी मन मिलेपछि सौन्दर्यको मतलब हुन्न । फाइनल्ली, उनी मलाई साहै्र रामो लाग्छन् । (हाँस्दै) धेरै ह्यान्डसम पनि छन् । विदेशमा पढे पनि नेपालमै केही गरौं भन्ने उनको भावना धेरै मन पर्‍यो । मैले उनमा सोचेको कुरा पाएँ । मेरा बुवाममीलाई पनि अरूलाई माया गर्ने, आदर गर्ने उनको बानी धेरै मन पर्‍यो ।  

बिहेबारेको गोप्यता मिडियामार्फत एकाएक कसरी बाहिर आयो ?

खै कसरी बाहिर आयो थाहै भएन । म धेरै साथीहरूलाई मुम्बईमा सरप्राइज दिन चाहन्थें । तर एकाएक मिडियामा खबर आएपछी मेरा हितैषीहरू रिसाएका छन् । उनीहरूले मलाई फोनमा 'तिम्रो बिहेको बारे हामीले प्रेसबाट थाहा पाउनुपर्ने ? के गर्न खोजेको ? भन्दै हप्काए ।

हिजोआज कस्तो रेसपोन्स छ ?

सही कुरा आयो, ठीकै हो । हैरानी त भैहाल्छ । तर, मेरा थुप्रै पि्रयजन, पत्रकार र साथीहरू रिसाएका छन् । यता घर (नेपाल) मा प्रेसको फोनले गार्जेनहरू हैरान भएछन् ।

बिहेपछि के गर्नुहुन्छ ?

मेरो पहिलो प्राथमिकता फिल्म, त्यसपछि परिवार । सिनेमाको काम छाड्दीन ।  

हनिमुन कता मनाउने योजना छ ?

थाहा छैन । तर, हामीलाई एकपटक सिन्धुली घुम्ने रहर छ । फेरि बिहेको कुरा छिनोफानो भएपछि उनको र  मेरो पुख्र्यौली सिन्धुलीको झाँगाझोली रहेको थाहा पाएँ । तर त्यो संयोग मात्रै हो ।     

बच्चा पाउने की नपाउने ?

(हाँस्दै) डेफिनेट्ली । हामी दुबैले बच्चा चाहेका छौं ।

कति जना ?

(लजाउँदै अनि हाँस्दै) कति हुन्छन्, मसँग आइडिया छैन । हेरौं हामी बच्चा पाउन पनि सक्छौं अथवा अनाथ बच्चा पनि राख्न सक्छौं । वा दुबै पनि हुनसक्छ । जस्तोसुकै होस् बच्चा चाहेका छौं । आमाहरूले पनि ग्रान्ड चिल्ड्रेन खोजेका छन् ।  

फिल्मी दुनियाँमा छिरेयता बिहे र प्रेम प्रस्ताव कति आए ?

थुप्रै । काउन्ट गर्न सकिँदैन । तर, सम्राट्सँग बिहेको छिनोफानोले मेरी आमाको इच्छा पूरा भएको छ । किनकि उहाँ जहिले पनि नेपाली ज्वाइँको चाहना राख्नुहुन्थ्यो । त्यो इच्छा भगवानले पूरा गरिदिएझैं लाग्यो । बुवालाई भने ज्वाइँ यस्तोउस्तो भन्ने विषयमा चासो भएन ।

बलिउड नायक नाना पाटेकर र नेपालका लागि अस्ट्रेलियन राजदूत क्रिस्पिन कोनरोयसँग तपाईंको सम्बन्धको खुब चर्चा भएको थियो । खास कुरो के हो ?

त्यस्तो केही होइन । जीवनमा धेरै मानिससँग धेरै खाले सम्वन्ध हुनु स्वाभाविक नै हो । म बफादार र खुल्ला मान्छे हुं । उनीहरूसँग मेरो गुड एन्ड रेस्पेक्टेड डिस्टयान्स छ । तर अहिले उनीहरू मेरो सम्पर्कमा नै छैनन् । उनीहरूसँग सम्मानित दूरी राख्न चाहन्छु ।

प्रेम के हो ?

दुबैले एकअर्कालाई आदर र विश्वास गर्नुपर्छ । प्रेममा यी महत्वपुर्ण हुन् । म्युचुअल रेस्पेक्ट भएन भने लभमा राम्रो हुँदैन ।  

पहिलो प्रेम सम्झना छ ?

अँ, त्यतातिर नजाउँ ।

बेहुला कान्छा भए भन्दै धेरैले टिप्पणी गरेका छन् नि ?

दुनियाँमा थुप्रै खाले बिहे भएका छन् । दुई मान्छे एकअर्कामा खुसी हुन्छन् भने उमेर बाधक हुन सक्दैन । विचारधारा, प्रतिबद्धता, समझदारी मिलेपछि उमेर छेकबार हुन सक्दैन । सम्राट् र मबीच पनि यस्तै कुरा मिलेपछी बिहेको टुंगो लागेको हो । हामी दुईले एकअर्कालाई राम्ररी बुझसिक्यौं । अब सम्राट् मेरो संसार हुन् । उनीबिनाको संसार म  कल्पना पनि गर्न सक्दिनँ ।  

तपाईंहरूबीच कसले बढी माया गर्छ ?

यसबारे हामी दुवैबीच पनि बेलाबेला ठाकठुक पर्छ । उनी भन्छन्, 'म धेरै गर्छु ।' म भन्छु, 'म धेरै माया गर्छु ।' तर हामी दुबै बराबरी माया गर्छौं ।

झगडा हुन थालिसक्यो कि क्या हो ?

हाम्रो झगडा हुंदैन । हामीले एकअर्कालाई राम्ररी बुझेका छौं । हामीबीच आधारभूत बुझाइ भइसकेको छ । उनले मलाई चिनिसके अनि मैले उनलाई ।

भविष्यमा के गर्ने ?

म सृजनात्मक छु । सम्राटको जस्तो मलाई व्यापारमा रहर छैन । फिल्म, थिएटर र बालबालिकाको क्षेत्रमा काम गर्ने रहर छ ।

मन पर्ने नायक/नायिका कोको हुन् ?

भारतमा रानी मुखर्जी र अमिर खानलाई राम्रा कलाकारका रूपमा लिन्छु । नेपालको हकमा भने यसै सक्दिनँ । धेरै सिनेमा हेरेकी छैन । राजेश हमालजी एकेडेमिसिएन हुन् । पछिल्ला हिरोइनसँग चिनजान छैन । करिश्मा र जल शाहजी पनि राम्रै लाग्छन् ।  

नेपाली फिल्मी क्षेत्रमा केही गर्ने रहर छ कि ?

नेपाली फिल्म उद्योगमा के गर्न सकिन्छ भनेर सबै कलाकारसँग अन्तरक्रिया गर्ने सोचमा छु । फिल्म खेल्नेभन्दा पनि निर्देशन गर्ने रहर छ ।

राजनीति चाहिँ ?

म राजनीतिज्ञ होइन । तर मलाई जहिले पनि राजनीतिसँग जोडिन्छ । त्यस्तै परिस्थिति आए राजनीतिमा सर्न पनि सक्छु, तर अहिले चासो छैन । व्यक्तिगत रूपमा मेरा बारे विचार गर्ने अधिकार सबैलाई छ । राजनीतिज्ञ भएर मैले विचार राखेको होइन । धेरैले मेरो स्टयान्ड थाहा पाएका छन् । म झूटो बोल्दिनँ, मेरो बुवालाई म अवश्य सहयोग गर्छु । संवैधानिक राजतन्त्रमा विश्वास गर्छु । यो पनि प्रजातन्त्र जस्तै हो ।

पूर्व राजा खलकसँग पछिल्ला दिन कस्तो सम्बन्ध छ ?

अहिले कसैसँग पनि भेट भएको छैन ।

नेपालमा तपाईंलाई सबैभन्दा मन परेका व्यक्ति को हुन् ?

राजा वीरेन्द्र, बिपी, सुशीला आमा, अनि सम्राट् (लामो हाँसो) ।

तपाईंको बिहेको खबरले थुप्रै फ्यानको दिल तोडियो होला, होइन ?

के गर्ने ? उहाँहरूलाई म मेरा लागि खुसी भैदिनुहोस् र मेरो प्रगतिका लागि कामना गरिदिनुहोस् भन्छु ।

प्रस्तुतीः सुरज कुँवर 


 
Posted on 04-21-10 7:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिचारी बु. क. (बूढी कन्या) धेरै संग धोका खाई क्यारे, अंतिम मा नेपाली संग बिहे गर्ने भाई . राम्रै भो . नेपाली बुढोले राम्रो गर्छन जस्तो छ . हेरू . उनको जय होस !!!


 
Posted on 04-21-10 7:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पहिलो प्राथमिकता फिल्म त्यसपछी परिवार| यस्तो भन्नेलाई बिहे गर्ने केटालाई के भन्ने खोइ?
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters