[Show all top banners]

countryroad
Replies to this thread:

More by countryroad
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 विवाह एक भिन्न अनुभब
[VIEWED 12643 TIMES]
SAVE! for ease of future access.
Posted on 12-26-09 2:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अबसर् हरु को भूमि , बिश्वको सम्पन्न देश बिबिधता नेपालीले भन्नु पर्दा स्वोर्ग जाने उपल्लो द्वार कुनै दिन म कल्पना गर्थे आज तेही देशमा तर भिन्न परीबेसमा | तर उत्तर दिन असर्मर्थ छु आएको चार बर्ष | अनुभव गर्ने आफ्नो आफ्नो तरिका कसैले आधा गिलास पानी भरी देखछन कोही आधी गिलास खाली | काम स्कुल क्रेडिट नेट जिन्दजीका पर्यायबाची शब्दहरु |

एसो सोद्छु भिसा नपाएको भये न त अमेरिका आहिन्थ्यो न त खैरी(मेलिसा) सग नै भेट हुन्थ्यो ,मेलिसा र म अमेरिकन युनिभर्सिटी
का साथी | आफ्नो सुरु देखी पढ्ने बनी छैन अनी एक्जाम आहुँदा आतिने पुरानो बानी | भोलि त एक्जाम हो आइ एम इन प्रेसर |
यो कुरा मेलिसा राम्ररी बुज्छे | हेरन मैले पनि कहाँ पढेको छु र अझै हामी सग चौबिस घण्टा भन्दा बढी समय छ लाइब्रेरी जाने म
हुन्छ भन्छु ,उ केही पढ्ने कुरा सिकाहुछे म बेला बेलामा उस्को रुप्को घुमाउरो पराले प्रसम्म्सा गर्छु जुन मेरो बनी पेरिसक्यो जस्मा उपनी खुशी छे | मेरो जिन्दगी पनि एसो हेर्दा खुशी नै देखिन्छ | मेरो साथी हरु उसलाई भाउजु भनछन जुन कुरा मेलिसा बुज्दिन मलाई जिस्कको
नेपाली ल्यांगवेज इज नट अल्लोवेद ओके भन्न्छे | उस्ले नबुजेको मा खुशी छु तर पनि हाम्रो नता त्यस्तो हैन |

अफुलाई त कुनै साथी ले पनि आफ्नो रूममा एसो भेट घाट गर्न पनि बोला उदैनन मेरो यो स्टेट मा तेती साथी हरु पनि छैनन म मौका
गुमाउन चाहन्न बिगत्मा मैले धेरै सानो ठुलो मौका हरु गुमाएको छु समयलाई नचिन्दा | उभोलि आहुन सक्दिन शनिबार बिहान आउने
बाचा गर्छे आज बल्ल मंगलवार चार दिन अब मलाई चार बर्ष जस्तो |
म मनमा कल्पना गर्छु यो साथी को नाता प्रेममा परिवर्तन गर्न पाये तर जुन कुरा मैले नै उस्बाट कम आशा राखेको छु ,जे छ तेस्मा मा
पनि मा खुशी नै छु |उ मैले पकाको खाना को खुलेर तारिफ गर्छे मैले उस्को रुप्को गरे जसतै |

मलाई तिमी संसार मा सबै भन्दा राम्री लाग्छ यो कुरा तिमी भन्दै छैनौ कि तिम्रो हृदय भन्दै छ होई न त उस्ले सही कुरा गरी |
उु धर्म परिवार भबीस्य सबै कुरा बताहुछे जुन कुरा म सुनी बस्छु एक स्टुडेन्ट जस्तै |


समबन्धका फुल हरु लाई माला बनाई फेरी चुढाउने हरु भन्दा धेरै माथि छे मेलिसा | तिमी सोझो छौ बर्तमान मा जिउने प्रयास गर |
शायद उस बाट धेरै सिक्न बाँकी छ | तिमी आज भन्दा चार बर्ष अगाडि आएको भये शायद मा तिम्रो बच्चा को आमा हुन्थे तर आहिले म
आफ्नो बोइ फ्रेन्ड धोका दिन सक्छु र | तिमी भनछौ होला अमेरिकन केटी भएर एस्तो सिरियस रीलेसन को कुरा गर्छे भनेर ,हेर सोसायती
कल्चर भन्दा पनि पहिले त आफ्नो बिचार क् छ तेस्मा भर परछ र होईन ? एसियान अमेरिकन जस्तो बिचार होला कती अमेरिकन
को एसियान जस्तै म | छोड एस्तो कुरा भोली एक्जाम होईन ?

मेलिसा जस्तै अन्जु ले पनि अहिले को आफ्नो श्रिमान लाई उनी लाई हेर्न आहुदा उन्को र मेरो सम्बन्ध बताईदीयेको भये न म अहिले बिदेसी
भूमिमा साझामा लेखेईरहेको हुनथे न त मेलीसासग नै भेट हुन्थ्यो | नाम हरु परिवर्तन गरिएका छन कसैइको जिन्दगी सग मिल्न गएमा सम्योग मात्र हुनेछ |
फोन को आबज ले ब्रेक दिन्छ आमा भन्नु हुन्छ अब आहुने समर मा त बिहे गर्न आहु चस होईन छोरा | मा साचो बोलन असमर्थ हुन्छु
आहुछु आमा सकभर

 
Posted on 12-28-09 5:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I hope there is a law for plagiarism in Sajha. This is my story bro!!! 

Just kidding!!!! But I can easily see myself as the main character of the story. Well written. Loved it!!!!!

 
Posted on 12-30-09 2:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज मेलिसाले फोन गरी नयाँ बर्षको शुभकामना ढिलो नै भयेपनी हाप्पी  क्रीसमस  भन्न फोन गरेकी रहिछ  थ्यांक यू भने | मनमा कुराहरु खेलछनै तर लेखने तेती बानी छैन | सन्तोषजी यो अलिकती तपाईंको कथा होला अली कती मेरो अली धेरै उन्को |


पोहर एसै समयमा बिदमा घर गयेकी थिई ,घर गयेर दिनमा एक पटक फोन गरने कसम पनि तोडीदिई | स्प्रियङ मा क्लास सुरु हुने बेलामा  फेरी सन्त्वना दिदै भनेकी थिई सम्बन्धहरु जती नजिक बनायो तोडन तेती नै गाह्रो हुन्छ चाहन्न कि तिम्रो मेरो यो सम्बन्ध ले कुनै दिन


तिमीलाई पिडा नदिहोस् |तर ति पिडाका यदहरु सम्झदा पिडा हुन्छ नै तर पनि समय ले रोपेका पिडाहरु समयेलै नै मेटाउदो रहिछ ,उनका मेरा बिगतका पलहरु  समय सगै इतिहास  हुँदैछन |


 


जिन्दगी हिडदै जादा कती पल्ट दोबाटो आहुँदा अल्मल्लिहेको छु अनजानमा तेतिकै हिडिरहेको छु ,कती पल्ट लाग्थ्यो अब अगाडि जाने बाटाहरुनै  छईनन तर पनि कुनै  नी कुनै बाटो भेटेको नै छु | खुशीकोलागी उनीसग बिताएका ससाना पलहरुनै काफी छन ,तर ईतिहस सम्झेर पनि


के फाईदा |मेरो जिन्दगी आहिले एक सुरुग जस्तो मात्र , अगाडी पुरै अन्धकर पछाडि तितो इतिहास | कतै  पढेको थिए मान्छे सधै बाचने प्रयासमा हुन्छ तर पनि बाच्न्न सकिरकेको हुदैन ,शायद नै तेस्मा पहिलो मा आहुछु जस्तो लाग्छ |


 


 शैली फरक बनाउने प्रयास गर्छु ,प्रयास मात्र हो जिन्दगीका सबै प्रयास मा सफलता मिलेको भये जिन्दगी लाईफ हुन्थ्यो होला किन कि एक जना भाई ले भनेको याद आयो दाई , जिन्दगी अली बडी दुखी हुन्छ लाईफ अली बडी खुशी | नत्र मेरो जिन्दगी पनि लाईफ हुन्थ्यो होला |


जती सेमेस्टरको अन्तिम तिर को प्रेसर थियो त्यो भन्दा बडी समरमा कहाँ जाने ,कोही सिकागो,कोही ओसन सिटी चाँही बोस्टन जाने पक्का थियो |कतीपय रगतले बनाएका नाता भन्दा समबन्द ले नजीक बनएको दाई हुनुहुन्थ्यो ,जस्ले गरदा काम खोज्ने बस्ने को प्रब्लेम


थिएन | जस्लाई सम्झ्दा अब एस्तो काम कहिलै गर्दिन भन्दै जम्मा गरेका रुपैयाँहरु भबिस्य बनाउने बलिया ईटाहरु साबित भये |बोस्टन जान को लागि रेलको टिकेट दुई हप्ता अगाडि नै बूकिङ भईसकेको थियो, डिसकाउन्टको लागि जुन मेरो लागि थोरै भयेपनी राहत मिल्थ्यो |


 


धोती भये पनि दाई को कामको चिन्जान ले गर्दा काम गर्नमा तेती प्रेसरत भएन तर धोतीकै पाटनरको रुखो ब्यबहरले आँखामा आसु आएको थियो ,बिचार गरे आज नै काम को अन्तिम दिन हुनेछ तर मर्ता क्या नही कर्ता भनु या मझबुरी का दुस्ररा नाम महत्मा गानधी भने झै भयो |


जिन्दगीमा कती कुरा चाहेर गर्न सकिदैन कती कुरा नचाएर गर्नु पर्छ भनथ्ये तेही कुरा साचो भयो ,परिस्थितिको को सामु लाचर भएर आत्मसमर्पन गर्नु भन्दा संघर्स  गर्न  ठीक भन्दै काम


गरे पछी समर सकिए पछी साथीहरु सग भेटदा थाहा भयो सबैले यात्रा गरेका डुंगा हरु


उस्तई थिए |


 


काममा बिस्तारै बानी परेपनी सुन्त्ने ठाउँ साह्रै अप्ठेरो | बोस्टन को समर को गर्मी दुईसय बर्ष भन्दा पुरानो हुनुपर्छ घर चारतला मा एसी फ्यान एक रूममा चार जना ईण्डियन ,एक जना रती दुई बजे रक्सी खादै ईण्डियमा श्वासनी सग फोन झगडा गर्थ्यो अर्को एसरी घुरथ्यो कि प्रतेक आधी घअनटा मा फरक ,कहिले सिह गर्जेको जस्तो कहिले भखरैइ ल्यान्ड गर्न लगेको प्लेन जस्तो तर आखिर रात गएर बिहान आयो नै |   


 


 


पछी दाई को सुचना को आधारमा अर्को ठाउमा कोठा फेला पर्यो दाई भन्दई हुनुहुनथ्यो नेपाली नै बसछनरे आडमा पैसा पनि उस्तई हो ,किचन पनि ठिकै किन दुख सग बस् बस्ने त |,कुरा ठिकैको एकलै  पनि बस्न पाहुने उही पैसामा ,अन्जु को बिबाह पछी मलाई प्राय एकान्त नै मन पर्थ्यो |


 


शुभकममा किन ढिला भने झै तेही दिन बेलुका ट्याक्सी लिएर नयाँ अपारमेन्ट तिर लागे ,टक्सी रहर नभएर बाध्यता थियो किनकी नयाँ ठाउ पब्लिक त्रन्स्पोर्ट को पाएकमा थिएन अनी जिन्दगीमा दुई रुपया बाचाउन बिस रुपया को दुख भोगेको छु  धेरैपल्ट  |


|नयाँ ठाउँ रातभरी निन्द्रा लागेन बिहान पखमात्र एसो एक निमेस आँखा झकाये होलन | यथार्थ जती तितो भयेपनी आखिर भोगनै पर्ने हुदो रहिछ |हिंड्न नचहिदा हिंड्न पर्ने वाध्यता जस्तई लेखन नचायेका कुराहरु मनमा उकुसमुकुस भयेपछी  कतै नै कतै पोखिदा रहिछन ,तेती मात्र हो |


 


फेरी पनि बिषय बदलने प्रयास मा छु | महाराजगज को यमबीबीयस र पुल्चोकको ईन्जिनियरिङ पछी मधय्म बर्गिय ग्र्याजुएट नयाँ पुस्ताको भबिस्य सेकसन अफिसर को जागिर थियो ,हो तेही जागिरमा नाम निकल्न पुरै दुई बर्ष बिताएको थिए | साथै दैनिक मजदुरी जस्तो लाग्ने उच माबी पढाउने शिक्षकको लागि सुनिस्चित भबिस्य थियो अमेरिका | सेकसन अफिसर मा नाम निकालनु अनी केही केही बर्षमा नै


अमेरिका आहुनु नत मेरा लागि रहर थिए न त बाध्यता , अफिसर को जागिर आफुलाई बिजी बनाउने एक माध्यम अनी देशको निती नियम को बारेमा जान्ने सामान्य रहर थियो नक्सा हेर्दा आफ्नो देस र उनी बसेको ठाउँ अनी बार बार नचाहादा नचाहदै भटीरहिने उही चेहेरा   र पेरिबेश भन्दा पर खोज्दैइ जादा भेटे अमेरिका | आफ्नो मेहेनेत वा भनु भगवान को चाहना अमेरिका आउन  चाहेको आठ महिनमा नै अमेरिका आए |त्रिभुवन बिमानस्थलमा जहाज चडनु अगाडि परसम्म शहर लाई हेरे ,


 


अनायसै मनमा प्रदीपराज पाण्डेले गाएको गीत याद आयो


म तिम्रो शहर छोडि टाढा जादै छु ,तिमी सग कहिलै नभेटने कसम खादै छु


 


तर जिन्दगी सोचेको जस्तो कहाँ हुदो रई छ र |


 


पहिलो पहिलो प्रयास भुलचुक भये मिलाएर पढीदिनु हुनेछ भन्ने आशामा


क्रमस:


 
Posted on 12-30-09 2:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाज चडनु अगाडि परसम्म शहर लाई हेरे ,


 


अनायसै मनमा प्रदीपराज पाण्डेले गाएको गीत याद आयो


म तिम्रो शहर छोडि टाढा जादै छु ,तिमी सग कहिलै नभेटने कसम खादै छु


 


तर जिन्दगी सोचेको जस्तो कहाँ हुदो रई छ र |


 


पहिलो पहिलो प्रयास भुलचुक भये मिलाएर पढीदिनु हुनेछ भन्ने आशामा


क्रमस:


 
Posted on 12-30-09 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म पनि पढ्दै छु। अलिकती फरम्याटतिङको प्रब्लेम लाग्यो, कथा बुझ्न एक छिन् टाइम पनि लाग्यो, तर पढ्न सुरु गरेछी रोक्न सकिन। लेखकको बास्तविक जीवनलाई नजिकबाट नियालिराको जस्तो भान भो। अर्को भागको प्रतिक्षामा!
 
Posted on 12-31-09 7:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I have also had this formatting problem when I posted a story way back during summer. Never did figure out how to solve this. Regardless, the story is awesome so far!!!!! Hope to get to read the next part soon!!!!!!
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ICE kidnapping people off the streets over op eds
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters