[Show all top banners]

earthmooneye
Replies to this thread:

More by earthmooneye
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 A little Story बाबाको सम्झना
[VIEWED 6624 TIMES]
SAVE! for ease of future access.
Posted on 03-07-08 6:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

  A little Story          बाबाको सम्झना
आज पनि म नया ब्याग बोकेर स्कूल जादै छु.मेरो नया ब्याग  पुरानो भएर होइन की बाबाले फेरी अर्को नया ब्याग  पठाईदिनु भएकोले!म स्कूल जान लगेको २ बर्ष हुदै छ.यो समयमा मैले ३,४  वोटा ब्याग परिबर्तन गरिसकेको छु..मेरो ब्याग  मेरो साथिहरुको भन्दा जहिले पनि नया देखिन्छ.म स्कूल जान सुरुगर्नु भन्दा पहिले बाबाले अनेक थरी  गुडियाहरु पठाईदिनु हुन्थ्यो.पलास्टीकबाट बनेको  बिभिन्न जनावरहरू,थरी थरी गीत गाउने गुडिया , सानो पियानो , गिटार  अनि पछि पछि त भिडीयो गेम पनी पठाईदिनु हुन्थ्यो. र अझै पनी  त्यों पठाउने  क्रम जारी नै छ.
मैले कति गेमहरु हराए  कति साथीहरुलाई दिए  थाहै छैन . स्कूल लिएर गएपछि कता पर्थे  कता! मामुले पनी कहिल्यै केहि भन्नु भएन. बाबाले फ़ोन पनि गर्नु हुन्छ  हरेक दिन ... म सानो छ्दा.....सानो त म अहिले पनी छु नि ....मेरो बोली नफुटेको बेलामा पनि बाबाले सधै म संग कुरा गर्न खोज्नु हुन्थ्यो रे.म रोएको वा  आमा बाबा भनेको सुन्नु खोज्नु हुन्थ्यो रे!मामुले मलाई  बाबा बाबा भन्न लागाउनु हुन्थ्यो ...रे. पछि बिस्तारै बिस्तारै मैले
बाबा  भन्न थाले...फ़ोन को घंटी बज्ने बितिकै  म बाबा  बाबा  भन्थे रे .तर हरेक फ़ोन को  घंटी बाबाको नै कहा हुन्थ्यो र! क्रमिक रुपमा  मैले "बाबा कहिले आउने  भन्न सिके" त्यों पनी मामुले नै  भन्न सिकाउनु भएको .म फ़ोन मा १ मिनेट जस्तो पनी  कुरा गर्दिन थि'ए मलाई कुरा नै के आउथ्यो र! म स्कूल जान थाले पछि  बाबाले स्कूल कस्तो छ? के गरेऊ?के पढेउ  जस्ता कुरा हरु  सोध्नु हुन्थ्यो!म सबै प्रश्न को उत्तर  ठीकै छ भनेर  दिन्थे .
कती कुराहरु म बुझ्दिन थिए र मामुलाई फ़ोन दिएर म खेल्न जान्थे.पछि पछि मलाई फ़ोनमा कुरा  गर्न मन पनी लाग्न छाड्यो.मामुले केहि बोलन  भन्नु हुन्थ्यो  म फ़ोन उठाउथे  र खाली ठीकै छ....हजूर मात्र भन्थे. पछि पछि मैले बाबालाई कहिले आउने भनेर सोध्न पनि  छाड़ी दिए!

मैले मेरो बाबालाई देखेको छैन...  फोटोमा मात्र देखेको छु  फोटोमा हेर्दा बाबा कस्तो देखिनु हुन्छ भने  त्यो पनि ५/६ बर्ष आगाडिको  फोटोमा .. चश्मा लगाउनु हुन्छ.....कपाल मेरो जसरी मामुले  कोरिदिनु हुन्छ..त्यस्तै कपाल छ मेरो बाबाको प्राय जसो फोटोमा  उहा मामु संगै हुनुहुन्छ.  त्यती मोटो पनि होइन...ठीकै को  आँखा अली ठुलो ठुलो छ ....जुन फोटो हेरे पनि  मलाई नै हेरे जस्तो  लाग्छ बाबाले...अहिले त धेरै परिबर्तन भई सक्नु भयो होला..मलाई कहिले काही त चश्मा लगाएको  मान्छे देख्ने बित्तिकै  मेरो बाबा हो की जस्तो लाग्थ्यो.
मेरो बाबा अमेरीका हुनुहुन्छ भनेर मैले कहिले देखि बुझे थाहाछैन  आज भोली त  हरेक दिन  कसै न कसैले  मेरो बाबा अमेरीका हुनुहुन्छ भनेर सबैले सम्झाईरहन्छन मलाई अमेरीका के हो ? कस्तो छ ?कहा छ? किन त्यहा मेरो बाबाहरु  बर्शौ बर्ष बस्छन भनेर थाहै छैन.तर अमेरीका बस्नु भाग्यमानी रे भनेको सुन्छु .... मामुको साथीहरुले अनी मेरा साथिहरुको  बाबाले.मेरो मामु लाई सबैले भाग्यमानी नै भन्छन,
मामु आन्टीहरु संग  कुरा गर्दा  भन्नु हुन्थ्यो अब हामी पनि बाबा भएको ठाउमा जादै छौ रे  यो भन्नु भएको अस्तिनै देखि हो. अझै भनेको सुन्छु  अब हामी  एक दिन चाढै अमेरीका जाने छौ ... बाबालाई भेट्न!!  म  मैले कहिल्यै  नभेटेको, नचिनेको  मेरो बाबालाई भेटने छु  सायद तेसपछि  मैले कहिल्यै नया ब्याग  र नया गुडियाहरु पाउने छैन... र फ़ोन आउने बित्तिकै  बाबा आउनु भो भन्ने छैन!

 


 
Posted on 03-07-08 6:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hey earthmooneye,

This reminded me of my brother ( sanomummy ko chora), he's in same situations besides his father is planing to return to nepal.

Simple story (?), but touched me as I feel for my brother, I can't imagine being raised as  a single parent !

Still I find it amazing when he defends for his father against anyone ! It's love, but not even sure if he will really recognize his father if he'll see by himself alone.

 


 
Posted on 03-07-08 6:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Earth moon eye … your story is very nice. Short sweet and lots of things to think about very deeply.  Thanks god I am still unmarried.


 
Posted on 03-08-08 5:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thank You Sampada & Rani Pokhari for your words. 
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters