[Show all top banners]

maaila
Replies to this thread:

More by maaila
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 तितो सत्य र बाध्यता --------------
[VIEWED 7883 TIMES]
SAVE! for ease of future access.
Posted on 01-05-07 3:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो साल को अन्तिम घडीमा समयलाइ रोक्न खोज्दा पनि, रोक्न सकिएन, सबै जना नयां साल को लागि बिभिन्न तायारिहरु गर्न मा ब्यस्त थिए। कोहि खै कुनै होटेल मा डान्स गर्न जाने रे, कोही नेपालीको कन्सर्ट मा रे, कोहि इन्डियन हरुको पार्टीमा रे। म आफु केहि सोच्न सकि रहेको थिएन कसरी नयां बर्षलाइ स्वागत गर्ने भनेर, केहि गर्न मन लागि रहे पनि के गर्ने त भन्ने निर्णय गर्न सकि रा थिएन, मलाइ थाहा थिएन किन? सायद साथिभाइहरु सब जीबनको आधा उमेर मा पुगेर होला, सब आ-आफ्नो जीबनमा ब्यस्त थिए, हुन पनि बिदेश मा लामो बिदा को आफ्नै महत्व हुन्छ। पहिले जस्तो कहा रमाइलो गर्न पाउंछ र अब, छोराछोरीलाइ नि समय त निकाल्नै पर्यो, यहि सम्झेर आफु पनि नयां साल को कुनै प्रोग्राममा सरिक नहुने निधो गरि टी भि खोले अनि New York को Time Square को Live Broabcast हेर्न थाले। साथिहरुलाइ फोन गरेर शुभ-कामना दिन थाले। हुनत म तेस्तो निराशाबादि नि हैन, के गर्ने समय अनि परिस्थिति ले अब पहिले जस्तो जोश र जांगर भने थिएन, भएर नि क गर्ने आफ्नो मिल्ने साथीभाइ नि पनि त तात्नु पर्यो नि।

बिदेश, बिदेश भन्दा भन्दै बिदेशिएको नि १२ वर्ष बितेछ। आज को यो नयां साल मा सबै पुराना यादहरुलाइ म रीफ्रेश गरि रहेको थिए, केहि तिता त केहि मिठा याद का साथ केहि लेख्न खोजि रहेको थिए। नाम र दाम को ळोभ मा, साथी हरु बिदेशिएको जोश मा कति साथिहरुलाइ मात्र एअरपोर्ट छोड्न जाने भन्दा भन्दा आफु नि बिदेशियो। सबै याद छ मलाइ भिसा को लागि गरेको दुख: र देश छोडेर आएको पीडा। I.SC सकेर त साथिहरु बिदेश खुब गयो, कोहि इन्डिया, कोहि पाकिस्तान, कोहि कोरिया, कोहि अमेरिका, कोहि अस्ट्रेलिया त कोहि का, आफु पर्यो I.sc ma back अरुलाइ एअरपोर्ट पुर्र्याउदै ठिक्क। साथिहरु भेट हुदा गफ गर्यो, फलानो साथि त गयो नि डक्टर पढ्न, फलानो गयो इन्जिनियर पढ्न, फलानो को त लाइफ बन्यो यार यस्तै कुरा गर्यो बस्यो। मन मा कता कता आफुलाइ पनि इरश्या लागेर आउथ्यो आफु केहि बन्ने र केहि हुने सपना कसैलाइ सुनाउन सकिएन। साथिहरुले बिदेश बाट फोन गर्थ्यो र सुनाउथ्यो यहा को दुख: पीडा तर त्यो बेला सब नाटक लाग्थ्यो अनि लाग्थ्यो सालाहरु आफुहरु गयो अहिले मलाइ बिदेश नजा भन्या जस्तो लाग्थ्यो, कहिले त मलाइ सान्त्वना को लागि मात्र भनेको हो कि जस्तो नि लाग्थ्यो त कहिले जिस्काको हो कि जस्तो ----र मन मा आफ्नो इच्छालाइ कठोर बनाउथे। आफ्नो नि I.Sc सकेपछि बिदेश जाने रहर ले खुब लागियो भिसा को तायारी को लागि र अहिले ति सबै मेरो मेरो आंखा अगाडि नाचि रा छ। यहा आइयो, यहि पढाइ नि साकियो, बिहे गरियो, बच्चाहरु को बाउ भइयो, काम पनि राम्रो छ, स्वास्नि को काम नि राम्रै छ तर जहिले नि आफु एक्लै महशुस हुने। छोराछोरी ले नेपाली बिर्सेर अंग्रेजी बोलेको सुनेर जिउ सिरिँग हुन्छ, नेपालमा भए दंग हुन्थ्यो होला, आफ्नो सन्तान ले अंग्रेजी बोलेको सुनेर् । हुन त साथिहरु ले मलाइ गालि नगरेको नि हैन, म धेरै भावुक भयो भनेर। कहिले काहि लाग्छ मलाइ अब कति वर्ष यसरी बिदेश मा पसिना बागाउने, केहि ठुलो काम गरे बोस ले गुड जब त भन्छन् तर कस्को लागि गरे? काम गरे बापत पैसा त पाउथे तर मैले आफ्नो देश र परिवार को लागि के गरे त भन्ने प्रश्न हरुले मलाइ पोल्छ् । नेपाल गएको बेला साथी हरु लाइ सल्लाह लिने हेतु ले हामी केहि गरु न, म यहा फर्केर केहि गरु भन्दा साथिहरु मालाइ उडाउथ्यो, किन आउन खोजेको तँ भनेर, आउने भए ४-५ करोड लिएर आइज रे नत्र मज्जा ले यहि बस रे, बेला बेला मा घु्म्न आइज रे हैन भने हामीलाइ नि त्यहा बोला रे। फेरि नेपाल गएर टिक्न सकिने हो या हैन, साथिभाइ, छीमेक ले के भन्ने हो भन्ने डर नि छ, कतिले तँ खुस्किन लागिस कि भन्छन् कस्तो समय आयो आफ्नो देश फर्किने कुरा नि आजकाल पागल को रुप लिने -- र यहि डर ले सधै को लागि नेपाल फर्कने आँट गर्न सकि रहेको छैन। पढाइ ताका त देश को अवस्था नि राम्रो थिएन नेपाल जाने रहर हुदा हुदै पनि बिदेशमा अर्काको लागि पसिना चुहाउन बाध्य थिए तर अहिले त देश को अवस्था पनि राम्रो हुने आशा छ। देशको हालत ठीक हुने छाटकाट छैन भन्ने हरु नि नभएको त हैन तर पनि निर्णय त आफ्नै हो। यसरी नै मेरा दिन हरु आफै प्रश्न गर्छु र आफ्नो पहिचान खोज्छु अनि छोराछोरी संग रमाउन खोज्छु अनि हरेक नयाँ साल मा नेपाल फर्कने आशा गर्छु , हेरु कति को सफल हुन्छु म आफ्नो देश र परिवार को लागि आफ्नो माटोमा पसिना बागाउन -----------------
 
Posted on 01-05-07 4:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~
yes, it is reality.

Cheers,
 
Posted on 01-08-07 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-08-07 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माइलाजिले जे लेख्नु भो त्यो यहाँ बस्ने धेरै नेपालिको कथा अनि ब्यथा हो।तर आफ्नो देशको लागि पनि त हाम्रो जिम्मेवारि हुन्छ,तेसैले म त भन्छु सबै नेपालिहरुलाइ एउटै अनुरोध गर्छु १४ बर्षभन्दा लामि वनवाशमा नबशु।१४ बर्श पुरा गरौँ अनि आफ्नै देश फर्कौँ।१४ बर्शमा केहि कुरा सिकिएला पनि र हातमा अलिकति डलर पनि होला।।

मेरो दुइ पैसा
 
Posted on 01-08-07 4:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा क्या कुरा मिलेको hi nanu, तपाइंको र मेरो बिचार सोर्ह आना मिलेछ, धन्यबाद है सर लाइ। तपाइको कबिताहरु को म फ्यान हु नि। ल ल
 
Posted on 01-08-07 5:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुन मोडमा आयो जिन्दगि
केहि थाहै भएन
हरियो डलरको मोहले कहा पुर्याउला
खै पत्तै भएन
गाउँको त्यो धुलो हो कि जिन्दगि,परदेशको रमझम हो जिन्दगि
खै थाहै भएन
हरियो पातको यात्रा सहि हो कि,मेरै देशको धुलो
खै थाहै भएन
खै थाहै भएन
 
Posted on 01-09-07 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह वाह हाइ नानु फेरि जावस ल, एकदम राम्रो छ
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters