[Show all top banners]

mahoday

More by mahoday
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 अमेरिकामा धुर्मुस र सुन्तलीको देश सफा गर्ने अभियानलाई व्यापक समर्थन
[VIEWED 7400 TIMES]
SAVE! for ease of future access.
Posted on 04-08-15 7:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चैत्र २६,वाशिंगटन डिसी
विजय थापा

गत हप्ता मात्र २०७२ नया बर्ष धमाका भाग १ लिएर करिब सवा दुई महिनाको कार्यक्रममा अमेरिका आई पुगेका चर्चित हास्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को देश सफा गर्ने अभियानमा पनि सशक्त रुपमा लागि परेका छन्

र हाल सम्म भर्जिनिया तथा बोस्टनमा गरि ३ वटा कार्यक्रम प्रदर्शन गरि सकेका धुर्मुस’ र ‘सुन्तली’ ले कार्यक्रमको अतिरिक्त सर सफाई अभियानलाई पनि अमेरिकामा व्यापक सचेतना गरि रहेका छन् l र उनीहरुको यो अभियानलाई अमेरिकामा रहेका नेपाली समुदायले सहयोग गर्ने प्रतिबद्धता जाहेर गरि सकेका छन् l

बिशेष जानकारी गराउदै सिताराम कट्टेल ‘धुर्मुस’ ले मन्त्रीपरिषद्को बैठकले हामीलाई "सरसफाई सद्भावना दुत’ बनाएको हो भने l र हामी नेपाल सरकार प्रति आभारी छौ l सरकारले घोषणा गरेको ‘सन् २०१७ सम्मको सरसफाई गुरुयोजना "अन्तर्गत डेढ महिनामा हामीले सर सफाईका थुप्रै काम गर्न सफल भएका छौ सितारामले भने l

सिताराम कट्टेल र कुञ्जना घिमिरेले देश सफा गर्ने अभियानमा सुदुरपश्चिमका कञ्चनपुर, कैलाली, बाँके, बर्दिया लगायतका जिल्लामा पुगेर सफाई अभियानलाई अगाडि बढाई सकेका छौ l यस्तै गरि सुदुरपुर्वका मोरङ, सुनसरी, उदयपुर लगायतका क्षेत्रमा पनि सफाई अभियान गरि सकेको बताए l

वाशिंगटन डिसीमा सितारामले थप जानकारी दिदै भने खुला दिशा मुक्त क्षेत्र बनाउने हाम्रो लक्ष्य हो l काठमाडौँको चक्रपथमा सरकारबाट निर्मित भएका चर्पी छैन l राजमार्गमा शौचालय छैन l महेन्द्र राजमार्गमा पुर्व देखि पश्चिम सम्म मात्र ११ सय चर्पीको आवश्यक छ भन्दै धेरै काम गर्नु पर्ने भएकोले आफु अमेरिका भएको बखत नेपाली समुदाय संग सहयोगको अपेक्षा राखेको बताए l

नेपालको सर सफाईमा हामी प्रतक्ष्य रुपमा संलग्न छौ र हुने छौ l नेपालको सर सफाईमा सहयोग गर्न चाहना राख्ने सबै नेपाली समुदायलाई हामी यो कामको जिम्मेबार लिन चाहन्छौ भन्दै सबैलाई आब्हान गर्न चाहेको दम्पत्तिले बताए l

हामी नेपाली समुदायसंग यस बिषयमा कुरा गर्न चाहन्छौ l सम्पर्क गर्न चाहना राख्ने सबै संग हामी सम्पर्क पनि बढाउने छौ l

सितारामले भने सर सफाई गर्नु भनेको त्यति सरल काम हैन तर सर्व प्रथम हामी सफा हुनु पर्छ l हाम्रो घर सफा हुनु पर्छ l शरीरमा भएको फोहोर निकाल्नु पर्छ l त्यसमा पनि हाम्रो मन सफा हुनु पर्छ l

मन सफा भयो भने हरेक कुरा सफा हुन्छ l सितारामले सर्व प्रथम सबै नेताको दिमागको फोहोर नहटाए सम्म कहिँ सफा नहुने भन्दै हाम्रो सर सफाई अभियानमा हाते मालो गर्न विदेशमा रहेका हरेक स्वाभिमानी नेपालीलाई आग्रह गरे l

कुन्जना तथा सितारामले एकै साथ भने-‘अभियान सुरु गरेपछि मानिसहरुमा सचेतना र जागरुकता बढेर आएको छ l संघसंस्थाहरु अभिप्रेरित भएका छन् भन्दै सहकार्य गर्न थाली सकेका छन् "

नेपाल सरकारले कला क्षेत्रबाट कलाकारलाई दिएको यो उच्च सम्मान हो भन्दै त्यो भरोसालाई सफल पार्न दत्तचित्त साथ लागि परेको सितारामले वाशिंगटन डिसीमा बताए l

नेपाल सरकारले सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ लाई उप-सचिव सरहको सेवा र सुविधा दिएर यो अभियानको ‘सद्भावना दुत’ बनाएको हो l
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
2020 : Why No Trump !
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
Tps decision coming or not nov 18
अब के हाेला त?
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
Funny when Nepalis talk about Epstein and injustice
NOV 18th TPS DAY
EAD Filing
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
Work Permit
H1B
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters