[Show all top banners]

nepaluk
Replies to this thread:

More by nepaluk
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Mistyy
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 युवा उद्यमी भन्‍छन्, 'पैसा आफै आउँछ'
[VIEWED 6139 TIMES]
SAVE! for ease of future access.
Posted on 02-27-15 5:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I wonder what the financial status of the family of these guys are. Would they be where they are without their family standing? It's hardly possible for general people who don't come from a well to do family.



काठमाडौं : मुलुकमा राजनीति स्थिरता छैन। उद्योग, कलकारखाना खुल्ने क्रमभन्दा बन्द भएकाको संख्या बढी छ। बेरोजगारको संख्या बढ्दो छ। युवामा निराशा छ।
 
हिजोआज नेपाली युवाको एउटै चाहाना छ, विदेश जाने। बढी बाध्यता र केही देखासिखीले विदेश एउटा फेसन भएको छ। विदेश जान सकेका सफल र नसकेका असफल भन्ने मापदण्ड नै बनेको छ, समाजको। त्यसमा पनि सबैको सपनाको मुलुक हो, अमेरिका।
 
विदेसिने लहरकाबीच यस्ता नेपाली युवा पनि छन्, जो स्वदेशमै केही गर्नुपर्छ र गर्न सकिन्छ भनेर प्रमाणित गर्न खोज्दैछन्। अध्ययनपछि अमेरिकाबाट फर्केका छन्। नेपाल फर्केका धेरैले स्वदेशमै उदाहरणीय काम गर्न सफल पनि भएका छन्। 
 
उनीहरू विदेशको ज्ञान र सीप देशमा प्रयोग गरेर देशभित्रै रोजगारी सिर्जना गर्न सफल भएका छन्। यस्तै, जागिर खाने मानसिकतालाई परिवर्तन गरेर जागिर खुवाउने र नाफामुखी मात्र होइन, सेवामुखी काम गर्ने युवाको समूह हो, प्रकीकरण श्रेष्ठ, सुवत चित्रकार, सुरज श्रेष्ठ र अमुन थापा। उनीहरू पाँच वटा व्यवसायमा मिलेर काम गरिरहेका छन्, सस्तो डिल, सस्तो बुक, आइरिस पव, मैदान फुटसल र एन्थ्रोपोज।
विदेसिने लहरकाबीच यस्ता नेपाली युवा पनि छन्, जो स्वदेशमै केही गर्नुपर्छ र गर्न सकिन्छ भनेर प्रमाणित गर्न खोज्दैछन्। अध्ययनपछि अमेरिकाबाट फर्केका छन्। नेपाल फर्केका धेरैले स्वदेशमै उदाहरणीय काम गर्न सफल पनि भएका छन्। 
एकअर्कामा विश्वास र भरोसा नै मूलमन्त्र मानेका यी चार युवा भन्छन्,'हामी व्यापार गरेर साथी भएका होइनौं, साथी भएरसँगै व्यापार गरेका हौं।' उनीहरूको एकता र सफलताको सूत्र भने नयाँ विचार र भेन्चर सुरु गर्नुअघि पर्याप्त छलफल र तर्क साटासाट हो। 
 
'जसले पहिला नयाँ व्यवसायको सोच निकाल्छ उसले त्यो भेन्चर लिड गर्छ', प्रकीकरण भन्छन्,'तर हामी साथी भएकोले एकअर्कासँग छलफल गर्दा धक फुकाएर गर्छौ। 'वि अग्रि टु डिसअग्रि' तर हामी एक अर्काको काममा हस्तक्षेप भने गर्दैनौं।'
 
व्यवसायको बारेमा पनि यी युवाको फरक सोच छ। अमुन थापाका अनुसार बजार दोस्रो प्राथमिकता हो। पहिला समाजको समस्या कसरी समाधान गर्ने भनेर सोच्ने हो। 'इ-कमर्स भेन्चर सस्तो डिल डटकमबाट हामीले पहिलो व्यवसाय सुरु गरेको हो', उनी भन्छन्, 'तर आज हामीसँग ६ वटा भेन्चर छन्।'
 
सुवत थप्छन्, 'हामी अरू पनि सुरु गर्ने सोचमा छौं। उनले नेपालीले तुरुन्त पैसा कसरी कमाउने भन्ने विषयलाई आधार बनाएर काम गर्ने गरेको बताउँदै भने,'वास्तवमा समस्याको समाधानलाई आधार बनाएर अगाडि बढ्ने हो। 
 
यसरी काम गर्ने हो भने पैसा आफैं कमाइन्छ। तर, हामीले हरेक भेन्चर समाजमा व्याप्त समस्या समाधान गर्ने सोचबाट सुरु गरेको हौं।' अमुनका अनुसार 'त्यसबाट नाफा पनि आर्जन गर्न सकिन्छ र सामाजिक काम पनि गर्न सकिन्छ।'
 
एन्थ्रोपोजको उदाहरण दिँदै सुरज आफूहरूले प्रत्येक १० चस्मा बेचेर आएको नाफाबाट एउटा क्याट:याक्ट सर्जरी फ्री गर्ने गरेको बताए। समाजसेवा गर्न वा देश विकास गर्न विदेशी सहयोग नै कुर्नुनपर्ने उनीहरूको तर्क छ। 
 
उनीहरू नेपालमा केही छैन र केही गर्न सकिँ दैन भन्ने मानसिकता बोकेका युवालाई गतिलै झापड मात्र हानिरहेका छैनन् सबैथोक छ र धेरै गर्न सकिन्छ भन्ने उदाहरण पेस गरिरहेका छन्।
 
बजार हेरेर वस्तु बेच्नेभन्दा पनि आफै बजार बनाउनु पर्ने उनीहरूको सुझाव छ। 'जस्तै हामीले फुटसल सुरु गर्दा मैदान फुटसल छैटौं थियो,' प्रकीरणले अनुभव सुनाए, 'धेरैले हाम्रो जस्तो सानो बजारमा के चल्ला र कसरी चलाउलान् भन्ने सोचेका थिए, तर बजार त रहेछ।' अहिले नेपालमा ५१ वटा फुटसल छन्। उनीहरूले मैदान फुटसल-१को सफलताबाट उत्साहित भएर हालै अर्को फुटसल सुरु गरेका छन्।
 
पाँच वर्ष अमेरिकामा बसेर फर्केका अमुनको अनुभवमा नेपालमा प्रसस्त बजार छ। नेपालमा केही भएको छैन। तर, सरकारको प्रथमिकतामा सहरी युवालाई उद्यमशिल बनाउने नपरेको हो कि भन्ने उनीहरूको गुनोसो छ। 
 
'सहरी युवाका लागि एउटा कोठा र त्यहाँ सामान्य भौतिक सुविधा उपलब्ध गराएर सरकारले केही सहयोग गर्न सके उनीहरूले आफ्नो योजना विस्तार गरी काम गर्न सक्छन्,' प्रकिरण भन्छन्। सरकारले युवालाई उद्यमी बनाउने वातावरण बनाइदिनु पर्ने उनीहरूको सुझाव छ।
- See more at: http://www.annapurnapost.com/News.aspx/story/7977#sthash.7rQyJNlP.dpuf

 
Posted on 02-27-15 6:26 AM     [Snapshot: 25]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Willing to bet at least one of their fathers is a multi millionaire or billionaire.
 
Posted on 02-27-15 12:02 PM     [Snapshot: 169]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

युबा हरु केहि गर्न खोज्दै छन् : समय लाग्छ , जादुको छडी बोकेर आएका छैनन् , उनीहरुको योजना सफल होस् को कामना गरौ | सुरुआत कहिँ बात हुनु पर्छ र गर्दै छन् !

बातावरण हुनु पर्छ , दिनु पर्छ , बनाउनु पर्छ ! तर के यी कुरा हरु हुदैमा हामि उद्यामी  हुन्छौ ?

बिबाह गरेर आएको दिन देखि श्रीमती जीले IT तिर जाउ भनेको हो : c ++ को कक्षा बात सुरुआत गर्न खोजेको पनि हो , तर पनि तेता तिर केहि गर्न सकिएन : जोड घटाउ गर्दै बित्दैछ दिन अनि रिटायर पनि हुईञ्छ | तर साच्ची ब्यबसाय गर्न ब्यबस्सयी मानसिकता नै नभएको हो कि भन्ने प्रस्न पनि उठ्छ ( आफ्नै उदाहरण ले देखाउछ )?
Last edited: 27-Feb-15 12:03 PM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
नेपाली वालमार्ट चोर
H1B
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
EAD Filing
Tps decision coming or not nov 18
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters