[Show all top banners]

Chicago-Bull
Replies to this thread:

More by Chicago-Bull
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 झापा गौरादह तनाबग्रस्त
[VIEWED 13362 TIMES]
SAVE! for ease of future access.
Posted on 06-08-09 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झापा गौरादह मा १६ घाइते

झापा -कास)- एकीकृत माओवादीको बन्द क्रममा शनिबार भएको तोडफोड र भिडन्तमा १७ जना घाइतेे भएका छन् । बन्दकर्ता र बन्दको विरोधमा उत्रेका स्थानीय बासिन्दाबीच झडप भएको हो । झडपले करिब १६ लाखको क्षति भएको प्रहरी चौकी गौरादहले जनाएको छ ।

म्ााओवादीसहितका दलले डेढ वर्षअघि यस क्षेत्रलाई बन्द-हडताल मुक्त घेाषणा गरेका थिए । यसअनुसार कुनै पनि दल वा समूहले गरेका बन्दको असर गौरादहमा पर्ने गरेको थिएन । तर आफैंले गरेको प्रतिबद्धता उल्लंघन गरेको भन्दै स्थानीयले माओवादीको विरोध गरेका थिए ।

बन्द गरेका पसल र घरमा थन्क्याएको सवारीसाधनसमेत उनीहरूले आगजनी र तोडफोड गरेको पीडितले बताएका छन् । डिपुचोकमा रहेका केबुल नेटवर्कको कार्यालय बन्द गरेकै अवस्थामा माओवादी कार्यकर्ताले आफैं खोलेर फोडेको प्रत्यक्षदर्शीले बताएका छन् ।

पुल तोडफोड गरेको लाठी माओवादीले त्यहीँ छोडेर हिँडेका छन् । प्रत्यक्षदर्शी गंगा सिटौलाका अनुसार समूहमा आएका कार्यकर्ताले बन्द गरेको सटर खोलेर तोडफोड गरेका हुन् । उनीहरूले अफिसकै पेटीमा राखेको मे२प २७६७ नम्बरको मोटरसाइकल समेत जलाएको सिटौलाले बताए ।

यसैगरी डिपुकै तारा उप्रेतीका दुईवटा पार्किङ गरेका ट्रक माओवादीले तेाडफोड गरेका थिए । घटनामा माओवादीका तर्फबाट एक मोटरसाइकलमा आगजनी तथा १६ वटा मोटरसाइकल, दुईवटा गाडी, दुई ट््याक्सी र दुईवटा ट्रक तोडफोड भएका छन् ।


 
Posted on 06-08-09 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 




तोडफोड र आगजनीको विरोधमा प्रदर्शन
झापा । जेठ २५ गते

बन्दकर्ता एकिकृत माओवादी स्थानिय बासिन्दाबीच ०६६ जेठ २३ गते भएको झडप तोडफोडको विरोधमा गौरादह गाविसको गौरादह बजारका स्थानिय बासिन्दाहरुले जेठ २५ गते विरोध जुलुश प्रदर्शन गरे।


 


गत जेठ २३ एकिकृत माओवादीको भातृ संगठन नेपाल आदिवासी जनजाति गाणतान्त्रिक मञ्चको आयोजनामा जिल्ला बन्द गर्नेक्रममा गौरादह बजारका स्थानियवासिन्दा बन्दकर्ताहरुबिच झडप भएको थियो माओवादी कार्यकर्ताहरु बसमा गई स्थानिय बासिन्दाका घरहरु , पसल तथा होटलमा आक्रमण गर्नुका साथै पार्र्कि गरेर राखेका सवारी साधनहरु करिब दर्जन को संख्यामा बस , ट्रक तथा जीपहरु तोडफोड गरी क्षति पूर्žयाएका थिए तोडफोड गर्नेक्रममा १० ओटा पसल तथा घरमा तोडफोड गर्नुका साथै लाखौँको धनमालमा क्षतिपूराएको स्थानिय एक व्यापारीले बताए तोडफोडमा सबैभन्दा बढी क्षेत्र .- का सभासद् दिपक कार्की , स्थानिय केवल नेर्टवर्क सञ्चालक दिलबहादुर राना लगायतको घर तथा पसलमा क्षती भएको थियो झडपमा परि स्थानिय वलबहादुर तामाङ्ग , कृष्ण पौडेल , राजेन्द्र राई , लोकनाथ चापागाइँ लगायतका मानिसहरु गम्भिर घाइते भएका थिए भने माओवादी तर्फ सन्तोष बिक , गुमानसिंह गुरुङ्ग , भूमिका कार्की अन्य जना कार्यकर्ताहरु गम्भिर घाइते भएका थिए घाइतेहरुको विराटनगरको न्यूरो अस्पताल , धरानको विपी अस्पताल दमकको लाईफलाईन अस्पतालमा हालसम्म उपचार भईरहेकोछ


 


घटनाका अनुगमन गर्न इन्सेक तथा सञ्चारकर्मीहरुको समूह ०६६ जेठ २४ गते घट्नास्थल गएको थियो प्रमुख जिल्ला अधिकारी लगायत प्रशासन प्रमुखहरु जेठ २५ गते विहान घटनास्थल गई क्षतिको जानकारी लिएका थिए


 


यसै घटनालाई लिएर २५ गते बिहानै गौरादह स्थित गौरादह क्याम्पसका क्याम्पस प्रमुख भोजराज दहालमाथि विद्यार्थीले आक्रमणको प्रयास गरेका थिए क्याम्पस प्रमुखको कुर्सी बाहिर निकालेर जलाएका थिए विद्यार्थीहरुले क्याम्पस प्रमुखलाई गौरादहमा भएको घटना गराउनमा सहयोग गरेको आरोप लगाउँदै आएकाछन् क्याम्पस प्रमुख View/Share this post only

 
Posted on 06-09-09 8:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गौरादहमा कुर्सी जलाइयो



कास


दमक, गौरादह बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले सोमबार क्याम्पस प्रमुखको कुर्सी जलाउनुका साथै कार्यकक्षमा तालाबन्दी गरेका छन् । उनीहरुले ५ दिनभित्र पदबाट राजीनामा दिन प्रमुख भोजराज दाहाललाई चेतावनीसमेत दिए ।

दाहाललाई शनिबार आक्रमण गर्न गएका स्थानीयवासीबाट जोगाएर राखेकामा स्ववियुलाई थाहै नदिई उनी क्याम्पसबाट बाहिरिएको भन्दै आफूहरु आन्दोलनमा उत्रिएको स्ववियु सचिव सूर्यभक्त सिटौलाले जनाए । सिटौलाका अनुसार शनिबार माओवादीको बन्दका क्रममा गौरादहमा भएको भौतिक क्षतिको योजनाकारका रुपमा दाहाललाई आरोप लगाउँदै स्थानीयबासी क्याम्पसमै आक्रमण गर्न गएका बखत स्ववियुले जोगाएको थियो ।

'क्याम्पस समयभरि चिफको सुरक्षा जिम्मा हामीले लिएका थियौं, तर उहाँ हामीलाई थाहै नदिई नौ बजेनै हिंड््नुभयो,' सिटौलाले भने, 'विद्यार्थीलाई चिफले धोका दिएकाले राजीनामा मागेका हौं ।'

दाहालले भने आफूमाथि झूटा आरोप लगाएर फसाउन खोजेको बताएका छन्् । उनले भने, 'बौद्धिक संस्थाको नेतृत्व गर्ने व्यक्तिले तोडफोडलाई उक्साहट गर्ने कुरा सोच्न पनि सक्दैन ।'




Posted on Kantipur: 2009-06-08 21:04:44





 
Posted on 06-09-09 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Maobaadi kukur haru...aru k nai kaam chha ra uneducated, antisocial and terrorists bastards haru ko??????? Terrorists aakhir ma sadhai terrorists nai rahane bhaye...kahile ni sudhrine bhayenann kuttaa haru.....Bataaase haru.....
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Like us in Facebook!

free counters