[Show all top banners]

Rudramati
Replies to this thread:

More by Rudramati
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 कथा – ‘लोग्नेमान्छेको के विश्वास ?’
[VIEWED 7023 TIMES]
SAVE! for ease of future access.
Posted on 07-16-13 12:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

श्रीरामसिं बस्नेत

मानिसहरू उसलाई प्रतिभाशाली तर सन्की कलाकारको रुपमा चिन्दछन् र ऊ छ पनि त्यस्तै । उसलाई मुड चलेको दिन एकै क्षणमा तीन चार वटा चित्र बनाउँछ तर मुड चलेन भने महिनौं दिनसम्म पनि कुची र रङ्गलाई छुँदैन । उसलाई चित्र बनाउने मुड चल्न कि त ज्यादै खुसीको क्षण आउनु पर्छ, कि ज्यादै विस्मातको, कि आक्रोसको वा उन्मादको । सामान्य अवस्थामा ऊ चित्र बनाउँनै सक्दैन । यो उसको कमजोरी हो कि बिशेषता, उसैलाई थाह छैन । उसले बाबुसँग झगडा गरेर घर छोडेर हिंडेको दिन लगातार २१ घण्टासम्म चित्र बनाएको थियो । त्यतिखेर उसले बनाएका पाँचवटा ठूला ठूला अमूर्त चित्रमध्ये चार वटा बिक्री भइसकेका छन् ।

आफ्नो सिर्जना विक्रीको मामलामा पनि ऊ त्यति सहज छैन । कुनै कला पारखीले उस्को चित्र किन्न खोज्यो भने उसले त्यो मानिसलाई उक्त चित्र मन पराउनुको कारणबारे राम्रैसँग अन्तर्वार्ता नै लिन्छ । चित्तबुझ्दो उत्तर नदिनेले जति पैसा दिए पनि ऊ आफ्नो चित्र बेच्दैन । तर कसैले उसलाई साह्रै चित्त बुझ्दो उत्तर दियो भने ऊ सित्तैमा चित्र दिएर पठाउन पनि बेर मान्दैन ।

एक पटक एउटा विदेशी कला पारखी उसकहाँ चित्र हेर्न आयो । एउटी युवतीले आफ्नो नवजात शिशुलाई स्तनपान गराइरहेकी चित्र त्यो ६५ नाघेको बूढो बिदेशीले औधी मन परायो । त्यो चित्र मन पराउनुको कारण बारे सोघ्दा त्यो विदेशीले त्यो चित्र हेर्दा आफूलाई त्यो स्तनपान गर्ने शिशु आफू नै भएको र त्यो युवती आफूलाई जन्माउने आमाजस्तै लागेको र ती ममतामयी आमालाई आफूले वाल्यकालमै एक मोटर दुर्घटनामा गुमाउनु परेको भनेर आफ्नो वेदना पोख्यो । उसले त्यो चित्र त्यो धन्ााढ्य बिदेशीलाई एक पैसा पनि नलिइकन उपहार स्वरुप दियो । त्यो बिदेशीले आश्चर्य र अप्ठ्यारो मान्दै पैसा दिन खोज्दा उसले “आमाको वात्सल्यलाई पैसामा किन्न खोज्ने मूर्खता नगर” भनेर पैसा लिन पटक्क मानेन ।

त्यही चित्र करिव दुई महिना अघि एक विदेशी युवकले तीन सय डलर तिरेर किन्न खोज्दा उसले दिएको थिएन । किनकि उसले त्यो चित्र मन पराउनुको कारण सोघ्दा त्यस युवकले “युवतीको स्तन निकै मन पर्‍यो” भनेको थियो ।

यस्तै किसिमको अत्यन्तै भावुक, सन्की तर प्रतिभाशाली छ ऊ । उसको यो सन्काहापनले गर्दा कतिपय मानिसहरू उसलाई मन पराउँदैनन् भने कतिपय कलाकारहरू उसको प्रतिभाको इष्र्या गरेर उसको कलाको भन्दा सन्कीपनको बढी चर्चा गरी उसलाई होच्याउन तल्लिन हुन्छन् ।

उसले मूर्त, अमूर्त, ल्याण्डस्केप, स्केच, कार्टुन, पोट्रेट आदि चित्रकलाका सवैजसो विधामा आफ्नो प्रतिभा देखाएको छ । उसले चित्रकलाकै लागि विभिन्न स्थानको यात्रा पनि गर्ने गरेको छ । तर ऊ प्रचारमा आउन चाहँदैन । ऊभन्दा धेरै कम प्रतिभा भएका र कनिष्ठ कलाकारहरूले पटकपटक एकल चित्रकला प्रदर्शनी आयोजना गरेर आमासञ्चारमा छाइसकेका छन् तर उसले भने त्यस्तो प्रदर्शनी आयोजना गर्ने सोच समेत बनाएको छैन । ऊ त्यस्ता कला प्रदर्शनीहरू भ्याएसम्म हेर्न त जान्छ तर उद्घाटन वा समापन समारोहमा भने झुक्किएर पनि जाँदैन । किन रे भन्दा कलाकारिताको ‘क’ पनि नजानेका मान्छेले प्रमुख अतिथि भएर कलाका बारेमा भाषण छाँटेको ऊ सहन सक्दैन रे ।

अहिलेसम्म कुनै पत्रकारले उसको अन्तरवार्ता लिएका छैनन् । न त उसले कुनै पत्रकार चिनेको छ । कदाचित कुनै पत्रकार ऊसँग अन्तर्वार्ता लिन गयो भने पनि उसले बरु गाली पाउला, अन्तर्वार्ता सायद पाउने छैन ।

वास्तवमा ऊ धेरै कला तयार गरेर बिक्री गरी धन कमाउने, प्रदर्शनी आयोजना गरेर नाम कमाउने पक्षमा छैन । गतिलै मुड आएर नरन्थिनिएसम्म कुची नसमाउने भएकोले उसका कलाकृति अरु कलाकारको दाँजोमा थोरै हुनु स्वाभाविकै हो ।

उसले जीवनमा पहिलो चित्र कहिले बनायो त्यो त उसलाई पनि थाहा छैन तर चार कक्षामा पढदाखेरि बनाएको हिमालको कापबाट सूर्य उदाइरहेको चित्रलाई स्कुलले पुरस्कृत गरेको उसलाई अझसम्म सम्झना छ । यति मात्र होइन, ऊ एसएलसी पास गरेर स्कुलबाट विदा हुँदासम्म पनि प्रधानाध्यापकको कोठामा उसले चार कक्षामा छँदा बनाएको त्यो चित्र झुण्डिरहेकै थियो । यसबाट ऊ वास्तवमा निकै प्रेरित भएको थियो ।

ऊ १० कक्षामा पढदा ९ कक्षामा पढ्ने एउटी केटीसँग ऊ किन हो किन मनमनै आकषिर्त हुन पुग्यो । तर उसले व्यक्त गर्न सकेको थिएन । एक दिन स्कुलकै हाताभित्र अचानक उसले एउटा विद्यार्थी परिचय पत्र खसिरहेको अवस्थामा भेट्टायो । सँयोगबश त्यो परिचय पत्र अरु कसैको नभएर त्यही केटीको रहेछ । ऊ यति खुशी भयो कि त्यहाँबाट फटाफट् घर आएर कोठाको ढोका थुनी परिचयपत्रमा रहेको त्यो केटीको फोटो हेरेर विभिन्न कोणबाट उसको सातवटा चित्र तयार गर्‍यो । भोलिपल्ट एउटा चित्र आफैले राखी बाँकी छ वटा चित्र र परिचयपत्र त्यो केटीलाई नै फर्काइदिंदा केटीको आश्चर्यको सीमा रहेन ।

त्यसपछि केही महिनासम्म त्यो केटीसँग उसको निकै हिमचिम रहृयो । यस अवधिमा उसले राति अवेलासम्म बसेर धेरै चित्र बनायो । वास्तवमा स्त्री सौन्दर्यलाई कलामा उतार्न थालेको उसले यतिखेरैदेखि हो । पढाईमा उसलाई कुनै समस्या थिएन । पहिलो, दोस्रो नभए पनि ऊ हरेक बिषयमा सजिलैसँग उत्तीर्ण हुन्थ्यो । तर उसको बाबु भने कलामा लागेर छोरोले समय खेर फाल्यो, कलामा नलागी पढ्नमै मात्र लागेको भए पहिलो, दोस्रो नै हुन्थ्यो भनी कच्कच् गरिरहन्थे ।

त्यो केटीसँग उसको राम्रै चल्दै थियो । उनीहरू एकान्तमा पनि भेटेर मनका कुरा साट्थे । एक दिन यस्तै एकान्त मिलनको क्षणमा उसले आफ्नी प्रेमिकालाई चुम्वन गर्न खोज्यो तर केटीले भने गालामा मात्र चुम्वन गर्ने अनुमति दिई । ऊ भने मुखमै यौवनपूर्ण चुम्वन गर्न चाहन्थ्यो । उसले – “मेरो विश्वास लाग्दैन ?” भनी सोद्धा केटीले- “लोग्नेमान्छेको के विश्वास ?” भन्ने जवाफ दिई । ऊ यति रन्थनियोकी त्यहाँबाट जुरुक्क उठेर हिंडेको उसले फेरि कहिल्यै त्यो केटीको मुख हेरेन । घर आएर उसले बैंशालु युवतीहरूका विभिन्न आकार र किसिमका २०-२५ जोडी ओठहरूको चित्र बनायो । त्यो केटीले उसँग सम्पर्क गर्न निकै प्रयास गरी तर केहीसिप लागेन । यसरी उसको पहिलो प्रेमको मुना अनायास निमोठियो ।

कलेजको पढाई सकेर सानोतिनो काम चलाउ जागीरमा अल्भिmए पछि उसले पनि विवाह गर्‍यो । उसले आफ्नो आवश्यकताले भन्दा पनि बूढी आमाको मन बुझाइदिन इष्टमित्रकै बन्दोबस्तमा साधारण हिसावले विवाह गरेको थियो । स्कुले जीवनमा पलाएको प्रेमको टुसा निमोठिए पछि ऊ अरु केटी प्रति गम्भीर रुपमा कहिल्यै आकषिर्त भएन । सुहागरातमा नव यौवना दुलही र ऊ मिलेर यौनको खेल मजासँग खेले । वास्तवमा एउटी युवतीको सर्वाङ्ग नाङ्गो शरीरको अवर्णनीय सौन्दर्यलाई उसले पहिलो पटक देख्ने सौभाग्य सुहागरातमा नै पाएको थियो ।

पहिलो दाम्पत्य यौन सुखपछि दुलही असीम सन्तुष्टी बोकेर निद्राको काखमा गइन् । ऊ भने असीम उन्माद लिएर कुची र रङ्गसँग खेल्न थाल्यो र भरखर आफूलाई यौवनको चरमसुख दिने दुलहीलाई क्यान्भासमा प्राकृतिक रुपमा उतार्‍यो । बस्त्रबिहीन भईकन पनि अश्लील भन्न पटक्कै नमिल्ने यस्तो जीवन्त चित्र बनाएको उसले यो पहिलो पटक हो ।

समय आफ्नो गतिमा बग्दैछ । समयको कुचीले उसको कालो कपालमा अव अलिकति सेतो रङ्ग पोतिदिएको छ । अहिले एक जना अधबंैशे मानिस उसको सामु बसिरहेको छ । त्यो मानिस उसले बनाएको एउटी नवयुवतीको चित्र किन्न खोज्दैछ । त्यो मानिस केही दिन अघि उसको एक जना नाता पर्ने मानिससँग यो घरमा आएको थियो । भित्तामा रहेको त्यो नवयुवतीको चित्रलाई उसले त्यो दिन निकै बेरसम्म नियालेर हेरेको थियो । त्यसपछि पनि तीन चार चोटी कुनै न कुनै बहानामा उसकहाँ आएर त्यो चित्र हेर्ने गरिरहेको थियो । अहिले ऊ त्यो चित्र किन्न खोज्दै छ । त्यो मानिस चित्रको मोल सोध्दै छ तर ऊ भने त्यो चित्र किन्न खोज्नुको कारण सोध्दै छ । उसले कारण नवताई चित्र नबेच्ने अडान स्पष्ट गरेपछि त्यो अधबैंशे मानिसले त्यो चित्र किन्न खोज्नुको रहस्य खोल्यो ।

आजभन्दा धेरै बर्ष अघि त्यो मानिस कलेज पढदा त्यो चित्रमा देखिएकी केटीको घरमा डेरा गरी बसेको रहेछ । करिव दुई बर्षसम्म त्यही घरमा डेरा गरी बस्दा त्यो केटी र उसका परिवारसँग गहिरो सम्बन्ध बस्यो । एक दिन त्यो केटीलाई हलुका ज्वरो आएको थियो । ऊ पनि हड्ताल भएकोले कलेज गएको थिएन । संयोगबश घरमा अरु कोही थिएनन् । त्यो केटीले “मलाई ज्वरो आएको छ, डिग्री हाली दिनुस्न” भनी । उसले केटीको कोठामा गई केटीको मुखमा डिग्री हाली दियो । दुई मिनेटपछि मुखबाट डिग्री झिक्न लाग्दा केटीले उसको हात च्याप्प समाती । उसले पनि आफूलाई रोक्न सकेन । किनकि एउटै छानो मुनी रहेकी बैंशालुप्रति ऊ पहिलेदेखि नै आकषिर्त थियो, व्यक्त मात्र गर्न सकेको थिएन ।

उसले डिग्री हेर्‍यो । ज्वरो ९९ र १ लाइन मात्र रहेछ । त्यसपछि दुवैजना यौन उन्मादको पोखरीमा डुवुल्की मार्न थाले । यसरी सुरु भएको उनीहरूको लीला केही महिनासम्म चल्यो । पछि केटीका बाबुआमालाई केही शङ्का लाग्यो । त्यसपछि कोठा खाली गरिदिनु भन्ने आदेश उसले पायो । त्यो आदेशलाई शीरोपर गरी ऊ अन्यत्र कोठा सर्‍यो । त्यसको केही समयपछि त्यो केटीको पनि अन्यत्रै विवाह भयो……. ।

यसरी जीवनमा पहिलो पटक आफूलाई यौन सुख दिने केटीको यति राम्रो चित्र देखेर चकित भई यसले त्यो चित्र किन्न खोजेको रहेछ । कलाकारले त्यो मानिस त्यसरी डेरा गरेर बसेको ठाउँ, केटीको नाम आदि सवै सोध्यो । यति वृतान्त सुनेपछि उसले त्यो चित्र पैसा नलिइकनै त्यो मानिसलाई उपहार स्वरुप दिई पठायो । कृतज्ञता व्यक्त गर्दै चित्र च्यापेर त्यो मानिस गएपछि ऊ आज धेरै महिनापछि फेरि कुची र रङ्गमा हराउन थाल्यो । उसले भरखरै उपहार दिएर पठाएको त्यो चित्र अरु कसैको नभई उसको बिद्यार्थी जीवनमा “लोग्नेमान्छेको के विश्वास ?” भनेर उसलाई चुम्बन गर्न नदिने उसकी प्रेमिकाको थियो ।

(यौनका फूल, यौनका कांडा कथा संग्रहबाट)
source : www.onlinekhabar.com/2013/07/93221/


 
Posted on 07-16-13 7:07 PM     [Snapshot: 187]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

In the last paragraph, I was thinking that the story would end as the picture was of his wife. And if it was, it would be sad ending. Indeed a good story.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
A legit Non-Profit organization "United For TPS Nepal "
Business Ideas in Nepal?
2020 : Why No Trump !
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters