[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 दिल शोभाको "दिल" ..............
[VIEWED 13298 TIMES]
SAVE! for ease of future access.
Posted on 07-16-12 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     7       ?     Liked by
 

 
दिल शोभाको "दिल" 
 
केहि अगाडी साझा मित्र ANS ज्यू ले राख्नु भएको कान्तिपुर टेलिभिजनद्वारा प्रशारित दिशानिर्देश कार्यक्रममा दिल शोभा श्रेष्ठको अन्तर्वार्ता सुन्न देख्न पाइयो. सम्भवत दिल हुनेहरुको दिल, दिल शोभा दिदी को दिल को कहानी सुन्दा रोएको हुनु पर्दछ . न रोए नि दिल छोएको हुनु पर्दछ . 
 
आफुले जन्म दिई हुर्काइ बढेका छोरा छोरीहरुद्वारा परित्यक्त आमाहरु र आततायी हरुको क्रान्तिकारी छलांगमा टुहुरा भएका निर्दोष बाल बालिकाहरुलाइ आफ्नै घरमा आफ्नै पसिनाकोको भात जोरजाम गर्ने दिल शोभाको दिल देखि नतमस्तक छु नै . अन्तरवार्ताकै क्रम मा एक ठाउँ मा पैसा नभएर तातो पानी सुख्खा च्युराको भोजन गरेको दर्द सुनाउनु भयो . मेरा आँखा रसाए . कुनै दिन आफुले नि भोकै रात बिताएको घाउ बल्झियो. सुक्खा च्युरालाई पानीमा भिजाई अलिकति सख्खर हालेर भात बनाएको दृश्य बल्झियो . 


 
साझा मित्रहरुलाई अनुरोध 
 
अन्तर्वार्ताको अन्त तिर दिल शिभा दिदी ले यसरि टिभी मा देखाई   दिंदा केही समय सहयोगी हातहरु आउने र बिलाउने हुन्छ रे . एक जना "आमा" बित्नु हुँदा खर्च को " ब्यालेन्स " नै बिग्रिन्छ रे . साझा प्रयोगकर्ता धेरै मित्रहरु जागिरे हुनु हुन्छ . थोर बहुत कमाइ भएका नै हुनु हुन्छ . दिल शोभा को दिलको धडकन जोगाइ राख्न निरन्तर रुपमा केही रकम सहयोग दिन सके दिल शोभा दिदीको सत्कर्ममा सहयोग हुने छ . हाम्रा थोरै सहयोग केही किलो चामल भात बन्ने छ , केही मुठा साग स्वादिलो तरकारी बन्ने छ , केही दाना चिनी र चियापत्ती ले धेरै कम तातो चिया बन्ने छ . 
 

सान दाई लाई अनुरोध, 
 
आशा छ सान दाई ले यस सत्कार्यमा पनि अगुवाई गरेर सहयोग गर्नु हुने नै छ . एउटा कोषको ब्यबस्था गरी साझाका दिलदार मित्रहरुको आना पैसा जम्मा गर्ने ढुकुटीको ब्यबस्था गर्नु होस् र निस्चित रकम प्रति महिना वा त्रैमासिक दिल शोभा को खाता मा जम्मा गरि दिने ब्यबस्था गरि दिनुस . सान दाई , ती दीन दुखी आमाहरु को आशिष साझाले पाउने छ . टुहुराहरुको "दुवा " पाउने हुने छ . त्यो भन्दा नि अझ अनेक सांसारिक बोझ ले थिचिएको हाम्रो दिल ले शान्तिको आभास पाउने छ . 
 





 
Posted on 07-16-12 10:57 AM     [Snapshot: 38]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 UPDATE-

दिशानिर्देश कार्यक्रमका सञ्चालक विजयकुमार पाण्डेले निःस्वार्थ भावना राखेर श्रेष्ठले समाज सेवा गरेको भन्दै कान्तिपुर टेलिभिजनले सहयोग गर्न लागेको जानकारी दिए । टेलिभिजनले अन्य सहयोगीका लागि नेपाल इन्भेस्टमेन्ट बैंकको कालिमाटी शाखामा खाता खोलिदिएको छ । आमाघरलाई सहयोग पुर्‍याउन चाहेमा ०१७०५०२००३६९२६ नम्बरको खातामा रकम जम्मा गर्न सक्ने व्यवस्था भएको छ ।

Source: 
http://ekantipur.com/nep/2069/4/1/full-story/351242.html 


 
Posted on 07-16-12 11:11 AM     [Snapshot: 62]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 




Last edited: 16-Jul-12 11:13 AM

 
Posted on 07-16-12 3:59 PM     [Snapshot: 276]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदाइ एस्तो सु-कार्य गर्ने अनुरोध र मौका दिनु भएकोमा धेरै धेरै धन्येबाद|  मैले पनि प्रथम पल्ट दिलशोभाको भिडियो हेर्दा आखाबाता आशु टप टप झरेको थियो |  दिलशोभाको जस्तो निस्वार्थ सामाजिक सेवाको निम्ति कसैले पनि केहि मद्दत निस्संकोच भएर गर्न सकिन्छ| 
 
येस्को लागि साझाबाट WEPAY.COM  को अकौन्ट प्रयोग गर्ने विचार गर्दैछु| Paypal बाट पैसा संकलन गर्दा कहिले काही समस्या देखिएकोले एस WEPAY.COM को मुल्यांकन गर्दै छु| कसैले एसको बारेमा सुन्नु भए कृपया यसै पानामा जानकारी गरि दिनुहोला

 
Posted on 07-16-12 8:57 PM     [Snapshot: 546]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Dilshobha didi- I am really touched by your selfless helping attitude. Not only you have shown that you are courageous and motivated you also slapped in the face of the profit oriented NGOs of Nepal. Keep it up !
P.S. I have arranged to handover a liitle help to 'Aamako Ghar'  through my local relatives in Ktm.
 
Posted on 07-17-12 7:30 AM     [Snapshot: 758]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I have set up a donation page at
Please help actively promoting it and please give what you can.


Information

A fundraiser to fund the mother of all mothers.

Mostly everything you see today in the media and other spotlights are about children and young people. Many elders lead a miserable life in Nepal and one person had the heart and strenght to do something about it.

The elders have spent their youth taking care of their children but they have noone to care for them in their helpless years.

Dil Shova has chosen to make a difference in their lives by dedicating her own life to help out these elder people.

Let us take a few moments to appreciate and support her.




 
Posted on 07-17-12 8:54 AM     [Snapshot: 829]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 San dai
Thanks for setting up "Dil" fund. 
Last edited: 17-Jul-12 08:54 AM

 
Posted on 08-15-12 12:05 PM     [Snapshot: 1193]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 सान दाइ ले दिल शोभा दिदी को "दिल" सुरु गर्नु भएको पहिलो २ दिनमै लक्ष्य को झन्डै ५० प्रतिशत "दान" जम्मा गरी उत्साहबर्धक समर्थन अहिले आएर निकै सेलाएको छ. केही दिन यता देखि ७५-७६% मै सुस्त सुस्त  गति मा घिस्रदै छ . 
 
आज बौद्ध धर्मावलम्बीहरुको पावन दिन "पंच दान " . अरु बेला दान दक्षिणा न दिए पनि आज को दिन दान दिए पुण्य कमाइन्छ रे .  त्यसो त दिलको शोभा दिदी को "दिल " मा दिल ले सहयोग गरे मिल्ने पुण्य , अन्य भन्दा भरिलो र आत्मीय हुन्छ  नै . 
 
कृपया सहयोग गरि नसक्नु भएका साझा भित्रका मित्र , मित्र का मित्र हरुलाई आ- आफ्नो गच्छे र इच्छा अनुसार सहयोग गरि दिन हुना अपिल गर्दछु. 
 

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters