[Show all top banners]

_____
Replies to this thread:

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 उपत्यकाका करोडपति 'डन'हरू
[VIEWED 7828 TIMES]
SAVE! for ease of future access.
Posted on 03-04-11 6:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

उपत्यकाका करोडपति 'डन'हरू


 
23934

प्रहरी भन्छ- अवैध सम्पत्तिलाई वैध गर्न लगानी र राजनीतिक आवरणको उपाय रचिरहेका छन्, त्यसैले स्रोतमा तुरुन्तै हिट गर्नुपर्छ।

 

 

केपी ढुंगाना, काठमाडौं, फागुन २०- ट्याम्पो ड्राइभरपछि रेस्टुरेन्टको बाउन्सर पेसा छाडेर आपराधिक सञ्जालमा छिरेका काभ्रेका गणेश लामा आपराधिक गतिविधिबाट सबैभन्दा धेरै सम्पत्ति जोड्ने उपत्यकाका 'डन' हुन्। एक प्रहरी अनुसन्धानले लामासँग अहिले अचल पुँजीमात्रै ५० करोडभन्दा बढी रहेको देखाएको छ।

ठमेल क्षेत्रलाई आधार बनाएर आपराधिक सञ्जाल चलाइरहेका अर्का 'डन' दीपक मनाङेसँग देशभित्र मात्र होइन, हङकङमा समेत अचल सम्पत्ति छ। प्रहरीका अनुसार उनी अहिले कम्तीमा २० करोडका मालिक छन्।

सुकुम्बासी बस्तीमा हुर्केर आपराधिक गिरोह चलाइरहेका घैंटे भनिने कुमार श्रेष्ठ पनि कम्तीमा दस करोडका मालिक हुन्।

अर्का 'डन' चक्रे मिलन (गुरुङ) सँग पनि करोडौंैको चलअचल सम्पत्ति रहेको प्रहरी दाबी छ। उनको सम्पत्तिबारे अझै पनि प्रहरी अनुसन्धान यकिनमा पुगिसकेको छैन।

केन्द्रीय अनुसन्धान ब्युरो र महानगरीय प्रहरी अपराध महाशाखाको अनुसन्धानले निश्चित कुनै व्यवसायबिनै करोडौं सम्पत्ति जोडेकाहरू दर्जन हाराहारी रहेको औंल्याएको छ।

प्रहरीले मनाङे, चक्रे मिलन, दिनेश अधिकारी (चरी), कुमार घैंटे, लुमडी कार्की, रोज राणा, काजी शेर्पा, विष्णु लामा, राजु गोर्खालीलगायतका डनले अवैध रूपमा कति सम्पत्ति जोडेका छन् भनेर अनुसन्धान गरिरहेको छ।

२०६६ असार २५ गते प्रहरीसँगको बयानमा गणेश लामाले आफ्नो मासिक आम्दानी नै २ लाख रहेको सकारेका थिए। उनले आम्दानीबाट प्रतिमहिना ५० हजार खर्चने गरेको जनाएका थिए। आफूलाई मध्यमवर्गीय व्यवसायी भन्न रुचाउने उनले अवैध कमाइबाट घर, जग्गा, विभिन्न व्यापारिक फर्म र वित्तीय संस्थामा लगानी गरेका छन्।

प्रहरीका अनुसार मनाङेका सहयोगीका रूपमा गिरोहमा छिरेका लामाले रक्तचन्दन तस्करीबाट अथाह सम्पत्ति जोडेका थिए। मनाङे सार्वजनिक अपराधमा डेढ वर्ष कारागार बस्दा उनले ठमेलक्षेत्रको रात्रिकालीन व्यवसायलाई प्रभावमा राखेर मोटो रकम जोडेका थिए। मनाङे छुट्नुअघि नै लामाको आम्दानी विवादमा तानिएपछि लामाले छुट्टै समूह संगठित गरेका थिए।

प्रहरीका अनुसार लामाका उपत्यकामा मात्रै चारवटा घर छन्। कोटेश्वरमा श्रीमती लक्ष्मी लामाको नाममा तीन आना २ पैसामा बनेको आधुनिक पा“चतले घर छ सोही वडामा तीन आनामा बनेको अर्को घर छ। यस्तै काठमाडौं र ललितपुरमा भाइ राकेश लामाको नाममा दुईवटा घर छन्। अनुसन्धनका क्रममा गणेशकै नाममा ललितपुर ग्वार्कोमा आठ आना, ललितपुरमै २० आना र जडीबुटीमा ६ आना जग्गा छ।

सिन्धुपाल्चोक सिपाघाट मेलम्चीमा लामाको ७५ प्रतिशत सेयर (करिब ६ करोड) मा मेलम्ची एकोन क्रसर प्लान नामक उद्योग सञ्चालनमा छ भने 'क' वर्गको सिरुवा कन्स्ट्रक्सन प्रालिमा ७५ प्रतिशत लगानी छ।

यस्तै नयाँबजारस्थित होटल गार्डेनमा पनि उनले लगानी गरेका छन्।

लामाले बाबु र भाइको नाममा करिब १० करोड (मेट्रो सहकारी, इन्फास्टक्चर डेभलपमेन्ट बैंकलगायत वित्तीय संस्था) लगानी रहेको प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।

स्मृति कन्स्ट्रक्सनका नाममा काठमाडौं जिविसको कर ठेक्का पनि तीन वर्षदेखि लामाकै हातमा छ।

सिरुवाका नाममा दुईवटा एक्जाभेटर, एउटा लोडर, चारवटा टिपर र व्यक्तिगत प्रयोगका लागि बा३च ३३७३ नम्बरको ल्यान्डक्रुजर छ।

उनको प्रभाव चल्ने ठमेल, चावहिल, गौशाला, दरबारमार्गलगायत क्षेत्रका रात्रिकालीन व्यवसाय (बार, डान्स, क्लब) मा बिनालगानी १० देखि १५ प्रतिशत सेयर रहेको प्रहरीले बताए पनि त्यसको विवरण संकलन गर्न भ्याएको छैन।

लामाको नाममा सनराइज बैंकमा ५ लाख नगद मौज्दात रहेको अनुसन्धानमा खुलेको छ। लामाले प्रहरी बयानमा विभिन्न बैंकसँग ऋण लिएर लगानी गरेको दाबी गरे पनि त्यसको विवरण दिएका छैनन्।

लामाकै सहयोगी बलराम सापकोटा पनि सुरुमा बाउन्सर थिए। २ वर्षअघि मात्र बिहे गर्दा हेलिकोप्टर चार्टर गरेर काभ्रेेको दुर्गम गाउँमा जन्ती गएका उनले कम्तीमा ३० करोड सम्पत्ति जोडेको प्रहरी भनाइ छ।

अनुसन्धान प्रतिवेदनका अनुसार अन्नपूर्ण होटलको गहना पसलमा मात्र उनले ७ करोड लगानी गरेका छन्। विभिन्न क्यासिनोमा नेपाली खेलाडीलाई लगानी गर्दै आएका सापकोटासँग सातवटा भन्दा बढी महँगा सवारीसाधन छन्।

सापकोटासँग अचलभन्दा चल सम्पत्ति बढी रहेको र निकटका विश्वासपात्रका नाममा समेत उनले रकम जम्मा गरेका छन्।

प्रहरी विवरणमा मनाङेकी पत्नीको नाममा ठमेलमै २५ आना जग्गा र तीनतले घर छ। ठमेलमै उनले ट्राभल्स एजेन्सी चलाएका छन्। वीरगन्ज ट्रान्सपोर्टका नाममा उनका दर्जनौं गाडी छन्। थानकोटमा ढुंगाखानी र ठमेलमै कवाडीखाना चलाउने उनको नाममा स्वयम्भूमा जग्गा पनि छ।

२० करोडभन्दा बढीका मालिक मनाङेले हङकङमा गरेको लगानीको विवरण भने प्रहरीले खुलाउन सकेको छैन। स्रोतका अनुसार मनाङेको अधिकांश सम्पत्ति नेपालमा जेठी श्रीमती र हङकङमा त्यहीँको आइडी होल्डर माइली श्रीमतीको नाममा छ। दुई महिनाअघि मात्र अर्कीसँग बिहे गरेर उनी बुद्धनगरक्षेत्रमा बस्दै आएका छन्। प्रहरीका अनुसार ठमेल क्षेत्रमा सञ्चालित ५० भन्दा बढी रेस्टुरेन्टमा उनको १५ प्रतिशत सलामी सेयर (बिनालगानी) छ।

महाराजगन्ज क्षेत्रलाई आधार बनाएर आपराधिक सञ्जाल चलाउँदै आएका चक्रे मिलनको नाममा महाराजागन्जमै सात आना जग्ग्ाा र डेढतले घर छ। उनले हिमालयन स्नुकर क्लब, डिस्को र बालुवाखानीमा लगानी गरेको अनुसन्धानमा देखिएको छ। चक्रपथ क्षेत्रका रेस्टुरेन्ट र हाउजिङमा उनको नाममा सलामी सेयर रहेको बताए पनि प्रहरीले त्यसको विवरण खुलाएको छैन। प्रहरीका अनुसार उनी कम्तीमा १५ करोडका मालिक हुन्।

उनी लागूऔषध र हतियारको कारोबार मुद्दामा जेलमा छन्।

सामाखुसीकै सुकुम्बासीटोलमा हुर्केका कुमार घैंटे अहिले त्यहीँ सात आनामा बनेको आफ्नै बंगलामा बस्छन्। उनीसित व्यापारिक केन्द्र असनमा दुईआना जग्गामा बनेको घरसमेत छ। प्रहरी प्रतिवेदनअनुसार पछिल्लो समय उनी सिंगापुरबाट फोटोकपी आयात व्यापारमा समेत संलग्न छन्। उनकै नाममा म्हैपी निर्माण सेवा र टोखामा बालुवाखानी छ। सामाखुसी, गोंगबु क्षेत्रका अधिकांश रेस्टुरेन्टमा उनको नाममा सलामी सेयर छ। स्ट्यान्डर्ड चार्टड बैंकमा ४ लाख नगद मौज्दात रहे पनि प्रहरीले उनको अन्य सम्पत्तिको विवरण फेला पारेको छैन।

हत्या अभियोगमा जेल सजाय काटिरहेका गोर्खालीको नाममा चावहिलमा तीनवटा घर, २ वटा गाडी र २ वटा कम्पनी छ। उनको नाममा रहेको बालुवाखानी सहयोगीहरूले चलाइरहेका छन्।

अधिकारीको नाममा धादिङमा एक सय रोपनी जग्गा र बालुवाखानी रहेको खुलेको छ। रोज राणाका नाममा चलचित्र बनाउँदै आएका सरोज थापा गोंगबु र बागबजारमा सो गर्ल डान्स रेस्टुरेन्ट चलाउँछन्। उनले कपिलवस्तुमा पाँच बिघा जमिन र प्युठानमा केही पुर्ख्यौली सम्पत्ति रहेको प्रहरीको अनुसन्धानमा उल्लेख छ।

सुरुमा मनाङेका र पछि चक्रे मिलनका सहयोगी भएर काम गरेका काजी शेर्पा पनि करोडौंका मालिक हुन्। ठमेल किचेन डान्समा घाटा भएपछि अरब भासिएका यिनीसँग अहिले काठमाडौं र भक्तपुरमा गरी २ सय रोपनीभन्दा बढी जग्गा छ। दुईवटा ज्यान मार्ने अभियोग लागेका शेर्पा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन ठेकेदारसमेत हुन्। प्रहरीले उनको पूर्ण सम्पत्ति विवरण अझै फेला पार्न सकेको छैन।

रमेश बाहुन, विष्णु लामा, बाघबहादुर लामाबारे समेत प्रहरीले अनुसन्धान गरे पनि सम्पत्ति विवरण खुलाएको छैन।

यस्ता 'डन'हरूले आपराधिक गतिविधिबाट संकलित रकम विवरण संकलन गरी मुद्रा निर्मलीकरण (मनी लाउन्ड्रिङ) निवारण ऐनअन्तर्गत कारबाही चलाउन प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा यिनीहरूका करोडौं सम्पत्तिको स्रोत खुल्न सकेको छैन। 'प्रारम्भिक अनुसन्धानमास्रोत नखुलेका करोडौं सम्पत्ति रहेको देखियो,' अनुसन्धानमा संलग्न केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख राजेन्द्रसिंह भण्डारीले नागरिकसँग भने।

आपराधिक गतिविधिबाट संकलित रकमलाई वैध बनाउन सक्रिय उनीहरूले अवैध बाटोबाट रकम बाहिर पठाउने, विभिन्न व्यवसायमा संलग्नता जोडेर 'ह्वाइट मनी' बनाउने प्रयास गरेको अनुसन्धानमा खुलेको भण्डारीले बताए।

'कालो धन राजनीतिक आवरणले ढाक्न खोज्ने हर्कत पनि पछिल्ला दिनमा बढिरहेको छ,' उनले भने, 'त्यसैले उनीहरूको सम्पत्ति स्रोतमाथि तत्काल हिट गर्नुपर्ने देखियो।'

 


 
Posted on 03-04-11 6:32 PM     [Snapshot: 21]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 Very few success stories, now a days you can hear in Nepal !!!!!!!!!!!!!
Last edited: 04-Mar-11 06:32 PM

 
Posted on 03-04-11 7:27 PM     [Snapshot: 130]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 Whoa! the wealthy people in Nepal are either Leaders or Don. ..ooops! when i gonna b DON?
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ICE kidnapping people off the streets over op eds
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters