[Show all top banners]

sanas

More by sanas
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 आखिर किन गरिरहेछन् माओवादीहरू यो सब ?
[VIEWED 8671 TIMES]
SAVE! for ease of future access.
Posted on 06-02-10 12:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

source: http://www.dautari.org/2010/06/blog-post.html


June 1, 2010





आखिर किन गरिरहेछन् माओवादीहरू यो सब ?  (A Maoist Episode)







'बादल' लै ढाकेको हो र ? ( साभार : नागरिक पत्रिका)


भरतपुर क्यान्सर अस्पताल प्रमुख भक्तमान श्रेष्ठ गत २ हप्तादेखि अपहरणमा परेका छन् । उनको गाडि पोखरामा र ब्रिफकेश मुग्लिङ-चितवन बीचमा फेला परेका तथ्यहरू सार्वजनिक भएका छन् । सार्वजनिक भएका अरू तथ्यहरु मध्ये डाक्टर भक्तमान कट्टर माओवादी पेशाकर्मी रहेको र उनको यही विशेषताका कारण उनी भरतपुरस्थित यो अस्पतालका निर्देशकमा नियुक्त गरिएका रहेछन्, माओवादी सरकारका पालामा । प्राप्त विवरण अनुसार , भरतपुरको क्यान्सर अस्पताल डाक्टर भक्तमानको यो कार्यकालमा लगभग माओवादी राजनीतिको अखाडामा रुपान्तरण पनि बनाइसकिएको रहेछ । तर , समाचारहरू अनुसार, डाक्टर भक्तमान अलिक झोँकी स्वाभावका पनि रहेछन् र कामरेड
प्रचण्डसंग सिधा सम्पर्क राख्ने हैसियतका भएका हुनाले पछिल्ला समयमा जिल्ला स्तरीय झिना मसिना माओवादी ठेट्नाहरूलाई टेरपुच्छर नलगाउने गर्दै रहेछन् । माओवादी शीर्ष पुरूष कामरेड प्रचण्ड र अर्का शीर्ष ५ मध्येका बादल भनिने राम बहादुर थापा को गृह जिल्लाका रूपमा रहेको चितवन , माओवादीले प्रस्ताव गरेको कथित नया नेपालको राजधानी पनि हो । माओवादी राजधानीबाट त्यहाँका महाराजा प्रचण्डलाई मात्र टेर्ने र बादललाई नजर अन्दाज गर्ने धृष्टता गरेको हुनाले , डाक्टर भक्तमानको अपहरण उनलाई नसिहत दिनका लागि बादल समूहको निर्देशनमा नै भएको कुरालाई समाचार बनाएर , नागरिक दैनिकले केही दिन अगाडि समाचार प्रकाशित गरे पछि बाँकि नेपालले यो समाचारको अर्को पाटो थाहा पायो । तर, चितवन क्षेत्रमा माओवादीको राजनीति र व्यवहार देखेभोगेको स्वतन्त्र जनताले भने , भक्तमान अपहरण प्रकरण कुनै निश्चित पार्टीको आन्तरिक मामिला हुन सक्ने लख शुरूदेखि काट्न थालिसकेका थिए । माओवादीले गर्न सक्ने जनतान्त्रिक कार्यवाही चिने जानेका निरिह नेपाली बबुराले भक्तमानमा एउटा दक्ष र अनुशासित डाक्टर देख्दादेख्दै पनि , उनका पक्षमा अपहरणमुक्तिका लागि आवाज उराल्न सकेनन् । किनभने, माओवादीले गरेको कामका बिरूद्ध आवाज उठाउनु आफ्नो अलक्षिन गुहार्नु वा जीवनबाट हात धुनु हो । चितवनका जनताको बुझाइलाई नागरिक पत्रिकाले मुख खोलेर बाहिर ल्याइदिएको मात्र हो । व्यक्ति निरिह हुन्छ तर मिडियाले बहादुरीसाथ यो कुरा बाहिर ल्याउँदा माओवादी तिल्मिलाउनु स्वाभाविक थियो । उसले पत्रिका सहित गाडि जलायो र माओवादी हुनुको धर्म पुरा गर्‍यो । तर , यो सबै समाचार बाहिर आउनुभन्दा पहिला नै माओवादी पार्टीको केन्द्रीय समितिले अमिक शेरचनको नेतृत्वमा एउटा आयोग बनाइसकेको थियो , जुन उसले पहिला गरेको उदाहरण थिएन । सायद 'चोरको खुट्टा काट' भन्ने कथाको उदाहरण होला । अहिले चितवनमा भक्तमान प्रकरणमा कुनै द्विविधा छैन ,न उनका घर परिवार र कुनै स्वतन्त्र विचारवाला जनतामा । उनका घर परिवार र सदस्यहरू माओवादी निगरानीमा छन् र तिनमा धेरै भय र र थोरै विश्वास दुवै छ । विश्वास यस अर्थमा कि आँफै माओवादीका नेता स्तरका पेशाकर्मी रहेका हुनाले आफ्नै पार्टीले आँफै र आफ्नालाई अवश्य सुरक्षा नै गर्ला भन्ने आशाले र भय यस अर्थमा कि अपहरण पछि आफ्नै समूह वा पार्टीका मान्छेहरूले पनि सजिलो मुक्ति नपाएका उदाहरणहरू माओवादीको पार्टी भित्र यथेष्ट भएर ।

समाचार अनुसार माओवादी पार्टीले लडेको पछिल्लो नाटकरुपी अन्तिम युद्ध लड्नका लागि १ करोड उठाएर , पार्टीलाई ५० लाख मात्र बुझाएको हुनाले बाँकि रकमका बारेमा केरकार गर्न वा यातना दिन उनलाई अपहरण गरिएको कुरा प्रचारमा आएको छ । अर्को विषय रहेछ, डाक्टर भक्तमान निर्देशक रहेको अस्पतलामा कार्यरत प्रशासन प्रमुख एक महिलालाई अवकाश दिने विषयमा , भक्तमान र कामरेड बादलको बीचमा चलेको चरम वैमनस्यता । विषय जे सुकै होस् र विषयको गम्भिरता कुन विन्दुमा पुगेर पटाक्षेप होला , तर यो कुरा निर्विवाद भैसकेको छ कि यो घटनामा माओवादी नै हर्ताकर्ता बन्न पुगेको छ । कामरेड प्रचण्ड वा बाबुरामको निर्देशनमा नहोला तर , माओवादीको उच्च नेतृत्व तहमा नै युद्धोन्मादको नशा र हरेक कुरालाई हिंसात्मक तरिकाले निमिट्यान्न पार्नु पर्छ भन्ने बुझाइमा बिमति छैन भन्ने प्रष्ट देखिने गरेको छ यो पछिल्लो घटनाले। आफ्नै पार्टीका कार्यकर्ता रामहरि श्रेष्ठलाई पार्टीले नै अपहरण गरी मारेको कुरामा समेत चितवन, शक्तिखोर , र कालि बहादुर खाम नामका प्रभृत्तिलाई चिन्ने नरमाईलो अनुभव ताजै रहेको हाम्रो सम्झनामा, फेरि एक पटक अर्का श्रेष्ठ भक्तमान, नजिकैको शक्तिखोर र चितवन अनि जनगणतान्त्रिक नेपालका योजनाकारका करतूतहरू छरपष्टिएका छन् । आखिर किन गरिरहेछन् माओवादीहरू यो सब ?

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
2020 : Why No Trump !
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Tps decision coming or not nov 18
अब के हाेला त?
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
Funny when Nepalis talk about Epstein and injustice
NOV 18th TPS DAY
EAD Filing
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
Work Permit
H1B
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters