[Show all top banners]

chanty399

More by chanty399
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 एमालेका काँधमा बन्दूक राखेर मुलुकलाई गृहयुद्ध तर्फ धकेल्न थालेका छन्
[VIEWED 7436 TIMES]
SAVE! for ease of future access.
Posted on 05-02-10 12:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रधानमन्त्रीको राजीनामा माग्दै एमालेमा ज्ञापन

    काठमाडौ, वैशाख १९ - एमालेका केही नेताहरुले प्रधानमन्त्री माधवकुमार नेपाललाई पदबाट राजीनामा दिएर गतिरोधलाई निकास दिन अनुरोध गरेका छन् । पार्टी अध्यक्ष झलनाथ खनाललाई ज्ञापन पत्र बुझाउँदै उपाध्यक्ष बामदेव गौतम लगायत ६० जना नेताले राजीनामाको माग गरेका हुन् । ज्ञापनपत्र शनिबार नै बुझाइए पनि त्यसलाई आइतबार मात्र सार्वजनिक गरिएको हो ।

    उनीहरुले संविधान पनि नबन्ने र शान्ति प्रक्रिया पनि टुङ्गोमा नपुग्ने अवस्था सृजना भएकाले पदमा बसिरहन उचित नहुने भनेका छन् । केन्द्रीय कमिटी सदस्यहरु साहना प्रधान,किरण गुरुङ,राजेन्द्र श्रेष्ठ,राधा ज्ञावली, परुश्राममेगी गुरुङ र रामपृत पासवान लगायत नेताहरुले ज्ञापन पत्रमा हस्ताक्षर गरेका छन् । उनीहरुले प्रधानमन्त्रीले गरेको सम्बोधनले राष्ट्रिय सहमतिको वातावरण बनाउने भन्दा पनि मुलुकलाई मुठभेड तर्फ लैजाने संकेत गरेको उल्लेख गरेका छन् । ज्ञापनपत्रमा भनिएको छ 'प्रधानमन्त्री मुलुकलाई गृहयुद्ध तर्फ धकेल्न उद्धत देखिनुहुन्छ,हामी प्रधानमन्त्री कमरेड माधवकुमार नेपालले तुरुन्त राजिनामा दिई राष्ट्रिय सहमतिकालागि मार्ग प्रशस्त गर्न जोडदार माग गर्दछौं ।'प्रधानमन्त्रीको राजीनामाको वातावरण मिलाउन अध्यक्ष खनालको ध्यानाकर्षण गराएका छन् । माओवादीलाई उग्रवामपन्थी र नेपाली कांग्रेसलाई यथास्थितिवादी चिन्तन र व्यवहार त्याग्दै दलगत स्वार्थभन्दा माथि उठेर सहमति कायम गर्न एमाले नेताहरुले भनेका छन् ।

     ज्ञापन पत्रको पूर्ण विवरण

    अध्यक्ष कमरेड झलनाथ खनाल,

    केन्द्रीय कमिटि,

    नेकपा एमाले, केन्द्रीय कार्यालय

    विषयः ज्ञापन पत्र ।

    कमरेड,

    मुलुक २४० वर्षको मध्ययुगीन सामन्ती राजतन्त्रात्मक व्यवस्थाबाट मुक्त भै संघीय लोकतान्त्रिक गणतन्त्रको युगिन अवस्थामा प्रवेश गरेपछि नेपाली जनताले अव सबै किसिमका शोषण, उत्पीडन र विभेदबाट मुक्त भै मुलुक समृद्धिको दिशा तर्फ जानेछ भन्ने आशा र विश्वास गरेका थिए । तर संविधान सभाबाट नयाँ संविधान घोषणा गर्ने, माओवादी सेनाको समायोजन तथा पूर्नस्थापन गर्ने काम समेत धरापमा पर्ने गरी राष्ट्रिय राजनीति मुठभेड र अन्यौलको दिशा तर्फ धकेलिन थालेपछि ऐतिहासिक जनआन्दोलन (०६२/०६३) को उपलब्धीहरु रक्षा गर्न, राष्ट्रिय सहमतिका आधारमा मुलुकलाई अग्रगामी परिवर्तनको दिशामा अघिबढाउन तपशीलका हामी नेकपा एमालेका जिम्मेवार व्यक्तिहरु अत्यन्त गंभीर तथा चिन्तीत बनेको छौं । देशभित्रका प्रतिगामी, दक्षिणपंथी तथा यथास्थितिवादीहरु र विदेशी प्रतिक्रियावादीहरु नेकपा एमालेका काँधमा बन्दूक राखेर मुलुकलाई गृहयुद्ध तर्फ धकेल्न थालेका छन् । देशका ३ वटा ठूला पार्टीहरु एनेकपा माओवादी, नेपाली काँग्रेस र नेकपा एमालेका बीच सहमति गरी देशलाई संभावित दुर्घटनाबाट बचाउनुको बदला प्रमुख राजनीतिक पार्टीका बीच फाटो बढाउने काम भैरहेको छ । अन्तरिम संविधान बमोजिम संविधान घोषणा हुने समय अब जम्मा २६ दिन मात्र बाँकी छ । राष्ट्रिय सहमतिको आधारमा अघिनबढ्ने हो भने अब संविधान नबन्ने र शान्ति प्रकृया पनि तार्किक निष्कर्षमा नपुग्ने कुरा निश्चित छ । संविधान पनि नबन्ने र शान्ति प्रकृया पनि टुंगोमा नपुग्ने हो भने देश भयंकर दुर्घटना तर्फ गई गृहयुद्धमा फंस्ने कुरा निश्चित छ । यस्तो अवस्थामा नेकपा एमालेका वरिष्ठ नेता क. माधव कुमार नेपाल प्रधानमन्त्रिको पदमा रहिरहनु अनुचित मात्र होइन देश र पार्टीकै लागि पनि घातक हुनेछ । यस्तो अवस्थामा प्रधानमन्त्री माधव कुमार नेपालले राष्ट्रको नाममा सम्बोधन गर्दै राष्ट्रिय सहमतिको वातावरण बनाउनु भन्दा मुलुकलाई मुठभेड तफै लैजाने अभिव्यक्ति दिनुभएको छ । यस अभिव्यक्तिबाट प्रधानमन्त्री मुलुकलाई गृहयुद्ध तर्फ धकेल्न उद्यत्त देखिनु भएको छ । यो अत्यन्त गंभीर कुरा हो । हामी प्रधानमन्त्री क. माधव कुमार नेपालले तुरुन्त राजीनामा दिई राष्ट्रिय सहमतिका लागि मार्ग प्रसस्त गर्न जोडदार माग गर्दछौं । यसको लागि आवश्यक पहल गर्न पार्टी अध्यक्ष क. झलनाथ खनालज्यूको गंभीर ध्यानार्कषण गर्दछौं । साथै एनेकपा माओवादीलाई उग्रवामपंथी र नेपाली काँग्रेसलाई यथास्थितिवादी चिन्तन र व्यवहार त्याग्दै दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय सहमति कायम गरी नयाँ संविधान निर्माण गर्न, शान्ति प्रकृयालाई सार्थक निष्कर्षमा पुर्‍याउन र वर्तमान संकटको संवैधानिक र राजनीतिक निकाश दिई मुलुकलाई अग्रगामी परिवर्तनको दिशामा अघिबढ्न आव्हान गर्दछौं ।

    तपशीलः

    १) क. वामदेव गौतम - उपाध्यक्ष, केन्द्रीय कमिटि

    २) क. सहाना प्रधान - केन्द्रीय कमिटि सदस्य

    ३) क. किरण गुरुङ्ग - केन्द्रीय कमिटि सदस्य तथा सभासद

    ४) क. राजेन्द्र श्रेष्ठ - केन्द्रीय सदस्य

    ५) क. राधा ज्ञवाली - केन्द्रीय कमिटि सदस्य तथा सभासद

    ६) क. परशुमेघि गुरुङ्ग - केन्द्रीय कमिटी सदस्य

    ७) क. रामपि्रत पाशवान - केन्द्रीय कमिटी सदस्य तथा सभासद

    ८) क. जीवनराम श्रेष्ठ - वैकल्पिक केन्द्रीय सदस्य

    ९) क. केदार न्यौपाने - पूर्व केन्द्रीय कमिटि सदस्य

    १०) क. युवराज कार्की - पूर्व केन्द्रीय कमिटि सदस्य तथा सभासद

    ११) क. पुरुषोत्तम पौडेल - पूर्व केन्द्रीय कमिटि सदस्य

    १२) क. त्रिलोचन ढकाल - पूर्व केन्द्रीय कमिटि सदस्य

    १३) क. केशवलाल श्रेष्ठ - पूर्व केन्द्रीय कमिटि सदस्य

    १४) क. हेमराज राई - पूर्व केन्द्रीय कमिटि सदस्य

    १५) क. वलराम वास्कोटा - सदस्य, केन्द्रीय लेखापरिक्षण आयोग

    १६) क. हरी पराजुली - सदस्य, केन्द्रीय लेखापरिक्षण आयोग

    १७) क. उदयराज पाण्डे - सदस्य, विदेश विभाग

    १८) क. शारदा सुवेदी - केन्द्रीय सल्लाहकार

    १९) क. रविन्द्र अधिकारी - पूर्व केन्द्रीय अध्यक्ष, अनेरास्ववियू तथा सभासद

    २०) क. सावित्रा भुसाल - काठमाडौं जिल्ला कमिटि सदस्य तथा सभासद

    २१) क. मनकुमार गौतम - केन्द्रीय सल्लाहकार

    २२) क. डि. वि. कार्की - किसान महासंघ, स्थायी कमिटि सदस्य तथा सभासद

    २३) क. गोपाल शाक्य - पूर्व केन्द्रीय कमिटि सदस्य

    २४) क. विष्णु घिमिरे - पूर्व केन्द्रीय सल्लाहकार

    २५) क. शान्त प्रधान - स्थानीय विकास तथा भौतिक योजना विभाग

    २६) क. कल्पना रिजाल - स्थायी समिति सदस्य, अनेमसं

    २७) क. लक्ष्मीभक्त उपाध्याय - सदस्य, जेष्ट कम्युनिष्ट मंच नेकपा -एमाले)

    २८) क. शालिग्राम भण्डारी - पूर्व केन्द्रीय सल्लाहकार तथा सदस्य, जेष्ट कम्युनिष्ट मंच     

    २९) क. सुमित्रा वि.सि - पूर्व सदस्य, केन्द्रीय लेखा कमिटी

    ३०) क. ध्यानवहादूर राइ - सदस्य, संघीय मामिला विभाग, तथा पूर्व मेयर

    ३१) क. खेमनारायण ढुंगाना - सदस्य, केन्द्रीय अनुशासन आयोग

    ३२) क. रिमा नेपाली - केन्दि्रय सदस्य अनेमसं तथा सभासद

    ३३) क. गणेश वि.क. - सदस्य, केन्द्रीय अनुशासन आयोग

    ३४) क. शैलेन्द्र पिया - पूर्व राष्ट्रिय परिषद सदस्य

    ३५) क. धनहर्क राई - पूर्व सासंद तथा अंचल सदस्य

    ३६) क. भुराज राई - पूर्व उपमेयर, विराटनगर उपमहानगरपालिका

    ३७) क. शालिकराम पौडेल - पूर्व मेयर, लेखनाथ नगरपालिका, कास्की

    ३८) क. रामचन्द्र अधिकारि - पूर्व केन्दि्रय सदस्य तथा जेष्ट कम्युनिष्ट मंच सदस्य

    ३९) क.  पद्मा अर्याल - सभासद

    ४०) क. डा. केशव खडका - सदस्य, अर्थ तथा योजना विभाग

    ४१) क. रिपुमर्दन अधिकारि - जेष्ठ कम्युनिष्ट मञ्च

    ४२) क. सुरेन्द्र मोहन शर्मा - पूर्व उपसभापति, जिविस ललितपुर

    ४३) क. मोहनलाल शर्मा - पूर्व उपसभापति, जिविस, बागलुड

    ४४) क. जीवन धिमिरे - केन्द्रीय सल्लाहकार

    ४५) क. पुरनसिं दयाल - सभासद

    ४६) क. राजकुमार उप्रेति - अध्यक्ष, उखु उत्पादक किसान संघ

    ४७) क. रामराज रेग्मी - पूर्व अंचल किमिटि सदस्य, गण्डकी अंचल समन्वय किमिटि

    ४८) क. ध्रुव ढकाल - अध्यक्ष, माछा उत्पादक किसान संघ

    ४९) क. गोविन्द कृष्ण अधिकारी - संयोजक, काठमाडौं जिल्ला संगठन कमिटि

    ५०) क. नहेन्द्र खड्का - अध्यक्ष युवा किसान संघ

    ५१) क. उमा कोइराला - स्यायी कमिटि सदस्य, किसान महासंघ

    ५२) क. शारदा कुमाल - सभासद

    ५३) क. गजेन्द्र बहादुर शाही - पूर्व जिविस सभापति, डडेलधुरा तथा राष्ट्रिय परिषद सदस्य

    ५४) क. मोहनचन्द्र अधिकारी - पूर्व केन्द्रीय सल्लाहकार

    ५५) क. नरबहादुर खाँड - पूर्व अध्यक्ष, केन्द्रीय सल्लाहकार

    ५६) क. शान्तिदेवी चमार - सभासद

    ५७) क. हसिना मियाँ - सभासद

    ५८) क. चिरंजीवी राम थारु - सभासद

    ५९) क. जगदेव यादव - किसान महासंघ, रा.स.स. तथा पूर्व रापस

    ६०) क. गोविन्द राज ज्ञवाली - पूर्व केन्द्रीय सदस्य

     


     


    Please Log in! to be able to reply! If you don't have a login, please register here.

    YOU CAN ALSO



    IN ORDER TO POST!




    Within last 365 days
    Recommended Popular Threads Controvertial Threads
    ए १ पनि पुगेनछ ?
    TPS to F1 Status.
    NRN card pros and cons?
    TPS To F-1 COS
    TPS Sakiyo Tara Case is in Court.
    Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
    Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
    Democrat wants to run election like in India. Chaos and Confusing to voters.
    Need Help of IT consultancies
    Nepal TPS decision
    Supreme Court allows Trump to end TPS for Venezuelans
    Any input on remote jobs(IT related or Sales or Marketing)?
    नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
    2020 : Why No Trump !
    Nepal Likely to Get 60-Day TPS Notice
    Nepal TPS has been Extended !!!
    नेपाली वालमार्ट चोर
    200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
    ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
    #MAGA#FAFO is delicious
    NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

    Sajha.com Privacy Policy

    Like us in Facebook!

    ↑ Back to Top
    free counters