[Show all top banners]

chanty399
Replies to this thread:

More by chanty399
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 सेनाले घेरे प्रहरी कार्यालय
[VIEWED 10014 TIMES]
SAVE! for ease of future access.
Posted on 04-18-10 11:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सेनाले घेरे प्रहरी कार्यालय


काठमाडौं, वैशाख ६ (नागरिक)- नेपाली सेनाको रेञ्जर गणका करिव ६० सैनिक जवानले १५ मिनेट सोह्खुट्टेको प्रहरी कार्यालय घेराउ गरेका छन्। आइतबार विहान गणवाट शारिरिक अभ्यासका लागि हिडेको सैनिक टोली सोह्खुट्टे प्रहरी प्रभाग अगाडि पुगेर १५ मिनेट सडक अवरुद्ध पार्दै चौकी घेराउ गरेका थिए।
 
छाउनीमा रहेको रेञ्जर गणवाट आएका सैनिक पोशाकमा रहेका सेनाको समुह देखेपछि प्रहरी, स्थानीयवासी र बटुवा समेत आतंकित बनेका थिए। सेनाका जवान प्रभाग कार्यालयतिर फर्किएर विभिन्न गतिविधी गर्न थालेपछि प्रभागभित्र रहेका प्रहरी मुडभेडको आशंकामा हतियार सहित तयारी अवस्थामा बसेका थिए। 
सोह्खुट्टे प्रहरीले चैत २७ गते विहान ठमेलवाट मेजर सञ्जयजंग रायमाझी सहित आठ सैनिकलाई नियन्त्रणमा लिएर सैनिक प्रहरीलाई बुझाएको थियो। सैनिक मुख्यालमा आयोजीत ककटेल पार्टीमा सहभागि भएर ठमेल पुगेका सैनिकहरु नरसिंह चोकमा भेला भएर हल्ला गरेपछि पुगेको प्रहरी टोलीलाई नै कुटपीट गरेका थिए। प्रहरीले घेरा हालेर रायमाझी सहित सबैलाई प्रहरी भ्यानमा हाली कार्यालयमा पुर्‍याएर सैनिक प्रहरीको जिम्मामा रिहा गरेको थियो। 
आइतवार प्रहरी कार्यालय अगाडि सेनाको समुहले गरेको व्यवहार २७ गतेको घटना केन्द्रित रहेको प्रहरीले निष्कर्ष निकालेको छ। काठमाडौं परिसर प्रमुख गणेश केसीले' प्रहरीलाई धम्की दिने शैलीमा प्रहरी कार्यालय अगाडि जम्मा भएर सेनाले मानसिक त्रास फैलाउने काम गरेको बताए। उनले भने 'सेनाको गतिविधिप्रति हामी गम्भिर भएका छौं।'
प्रत्यक्षदर्शी प्रहरीका अनुसार आइतवार सैनिक समुहको नेतृत्व २७ गते पक्राउ परेका मेजर रायमाझीले नै गरेका थिए। विहान सात वजे चौकीको मुख्यगेट अगाडि भेला भएका उनीहरु १५ मिनेट शारिरीक अभ्यासको शैलीमा सडक जाम गरेर बसिरहे। सोह्खुट्टेमा रहेको सैनिक आधा सैनिक पोशाकमा र आधा रेञ्जर गण लेखेको टिसर्टमा थिए। प्रत्यक्षदर्शी एक प्रहरीले भने'शारिरिक अभ्यास गर्नेक्रममा उनीहरु ठुलो ठुलो स्वरमा 'चोर समा चोर समा' भनेर कराउने, पुस अप गर्ने गरिरहेका थिए।
सैनिकहरु पकनाजोलदेखी सोह्खुट्टेको चोकसम्म लाईन लागेर बसेका कारण १५ मिनेटसम्म सो क्षेत्रमा सवारी साधन चल्न सकेनन् भने प्रहरी प्रभागको गेट लगाएर सर्तक अवस्थामा बसेका थिए। प्रहरी कार्यालय अगाडि एक्कासी सैनिकको हुल देखेपछि सोह्खुट्टे प्रहरीले प्रहरीको माथिल्लो इकाईमा जानकारी गराएका थिए। 
सैनिक टोली फर्किएपछि प्रभाग प्रमुख रुगम कुँ'वरलाई मोवाईल फोनवाट मार्ने धम्की आएको थियो। काठमाडौं परिसर प्रमुख केसीले' प्रहरीलाई मोवाईलवाट समेत धम्की आएको बताए। उनले भनेे' प्रहरी कार्यालय अगाडि जम्मा भएर प्रहरीलाई मानसिक त्रास दिने सेनाको व्यवहारलाई हामीले गीम्भर रुपमा लिएका छौं।' उनले सेनाको गतिविधीको बारेमा माथिल्लो निकायलाई जानकारी गराएको बताए। घटनाका बारेमा सैनिक प्रवक्ता रमिन्द् क्षेत्रीसँ'ग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन। 
 
Posted on 04-20-10 11:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepali Army doing good job in peace mission but inside country some persons spoiling image.
Click on the slide!

बालबालिकालाई खाद्यान्न

नेपाली सेना हाइटीका बालबालिकालाई रासनपानी वितरण गर्दै। उनीहरुले आफ्नो मासिक रसदबाट बचाएर हरेक महिना यहाँका जनतालाई रासन वितरण गर्दछन्। तस्विरः भोजराज भाट

Last edited: 20-Apr-10 11:32 AM

 
Posted on 04-20-10 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

heheheh this major is my childhood friend i am not surprised with his behaviour..........but these freakin cops are corrupted to the limit....good job sanjay
 
Posted on 04-20-10 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रक्षामन्त्रिलाई यसबारे पत्रकारहरुले जिज्ञासा रख्दा, केही दिन अघी सिकारीहरुको हत्यालाई राजनीतिकरण गरेर प्रोप:गाण्डा फैलाउन खोज्ने तत्व हरुले यो झुठो हल्ला फैलाएर सेनाको मनोबल घटाऊने षड्यन्त्र रचेको बताउनु भयो।

Is there anything called "rule of law"?
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
TPS to F1 Status.
NRN card pros and cons?
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters