[Show all top banners]

Senseless

More by Senseless
What people are reading
Subscribers
:: Subscribe
Back to: Politics Refresh page to view new replies
 Nice Article by Saurav about
[VIEWED 9217 TIMES]
SAVE! for ease of future access.
Posted on 12-29-09 4:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nice Article by Saurav about


साम्यवाद माने सम्प्रदायवाद


सौरभ,सौरभ


२०४२ सालमा आधिकारिक रूपमा प्रतियुनिट चार रुपैयाँ उत्पादन लागत पर्ने भनी घोषित अरूण तेस्रो परियोजनामा 'सतलज' को नामले भारत मिसिन पुग्यो र अमेरिकी कम्पनीले तमोर जलविद्युत् परियोजनामा रूची देखायो । बाहिरबाट हेर्दा यी सामान्य कुरा नै हुन् । यतातिर सिक्किममा अथाह ओइरिएको संघीय सरकारको पैसाले कथित लिम्बुवान र खम्बुवान आन्दोलनलाई बलियो पारेको माओवादी संयोजकलाई कांग्रेसले आफ्नो कोटामा राजदूतको निम्ति सिफारिस गर्‍यो । यो बेग्लै कुरा हो पहिला जस्तै एगि्रमो आइदिएन । तर आजका मेची र कोसी अञ्चल,सिक्किम र भावी गोर्खाल्यान्डलाई मिलाएर छुट्टै संघ बनाउने दूरकालीन योजनामा सिक्किमको पैसाले एक हदसम्म सफलता पायो । दायित्व सकिएपछिको पुरस्कार राजनीतिक नियुक्ति नै हो । यो पनि बेग्लै कुरा हो त्यो भावी संघ स्वतन्त्र वा कसको हो ? यतिबेला अनुमान गर्नेतिर नलागौं । कति बाहेक भने अरूण र तमोरका नाममा भित्रिने जनशक्ति संयुक्त राष्ट्रसंघको झन्डा बोकेर मेसेडोनियाको तर्फबाट युगोस्लाभियासँगै लड्न ओर्लेका पाँच सय अमेरिकी सैन्यको अर्को अवतार साबित भयो भने कसैले आश्चर्य नमाने हुन्छ, जसबाट युगोस्लाभियाको टुट्ने क्रम सुरु भयो । लाओस, कम्पुचिया र भियतनामलाई मिलाएर इन्डोचाइनिज एएसआर स्थापना गर्ने ब्रेजनेभ योजनाको हल्ला सञ्चारमा चलेका बेला नेपाल, सिक्किम र भुटान मिलाएर हिमालयन फेडरेटेड स्टेट्स खडा गर्ने योजनाका बारे पनि खासखुस हुन्थ्यो । आज त्यसको अर्को अवतार भविष्यमा देखिन जाँदैछ ।

जानिबुझी नै होला जवाहरलाल नेहरू विश्वविद्यालयसँग टाँसिएको आरोप लागेका आफ्नो तेस्रो नेतालाई नै माओवादीले मिथिला गणराज्य घोषणा गर्न पठायो । यो घोषणा त्यतिबेला भएको छ जब स्वयं उत्तर प्रदेशमा छुट्टै मिथिलाञ्चल नाउँको प्रान्तका निम्ति संघर्ष चलिरहेको छ । र रिप्लेका विसंगतिहरूलाई माथ गर्ने गरी जनकपुरका लेखकहरू लेख्छन्- सीता सधैँ फूल टिप्न जाने फूलबारी(गिरिजास्थल) चाहिँ विहारमा पर्छ । विसंगति के भने त्यो ठाउँ १७ किलोमिटर टाढा पर्छ । सम्भव छ दिनदिनै एउटी नवयौवनाले रथमै भए पनि दिनको ३४ किलोमिटर ओहोरदोहोर गर्नु ? बरु त्यही मन्दिर छेउछाउको फूलबारी कुनै नभएर ? अर्थात् सीमापारि नै आफूलाई जोड्ने मानसिकताको कसरत पनि तीव्र छ ।

सिरमौर कुनै बेला 'इम्पेरियल गोर्खा' को सिमानामा पथ्र्यो सुगौली सन्धिअघि । कुनै अधिराजकुमारीको विवाहमा दाइजो स्वरूप यसलाई सीमापारिको रजौटा राज्यलाई  बुझाइयो । कालान्तरमा त्यस राज्यका उत्तराधिकारी कोही भएनन् । त्यो रजौटा राज्य बि्रटिस भारतमा मिल्ने भएपछि नेपालले सिरमौर फिर्ता पाउन दाबी गर्‍यो । तर इस्ट इन्डिया कम्पनीले फिर्ता दिएन । अब मिथिला गणराज्य एकपल्ट सिरमौर भएर फेरि जब कोहोरिनेछ त्यसमा माथिका आलाप त्यही बेला सुनिएला ।

तत्कालीन राष्ट्रिय पञ्चायतका उपाध्यक्ष गोपालचन्द्रसिंह राजवंशी, पदावधि सकिएपछि कोचिला राज्य निर्माणका निम्ति चलिरहेको आन्दोलनमा सामेल भएकै थिए । तर त्यस कोचिलाभित्र भारतको पनि ठूलै भूभाग पनर्ेे/पारिने आन्दोलन हो भन्ने बुझेपछि सीमापारिबाट जुन अँकुश खिचियो, त्यसैमा राजवंशीको साम्प्रदायिक राजनीतिको घाँटी फँस्यो । त्यति मात्र हो ।  आजको स्थितिमा सीमापारि अनेक राज्यहरू थपिँदै जाने सम्भावना तीव्र हुँदा यो कोचिला त्यसको अंग बन्न पुग्यो भने पनि कसैले आश्चर्य नमाने हुन्छ । आखिर पोल्यान्डका कैयौं भूभाग कहिले जर्मनी, कहिले उक्राइना र कहिले सोभियत संघमा पुगेकै हुन् ।

माओवादी 'कम्युनिस्ट' (साम्यवादी) हो भन्ने भ्रम रहुञ्जेल र 'कम्युनालिस्ट' (सम्प्रदायवादी) हो भन्ने स्पष्ट नहुञ्जेल पंक्तिकारको हेराइ साम्राज्यवादी नै लाग्नेछ पाठकलाई र लागिरहोस् पनि । युनिभर्सिटी अफ क्यालिफोर्निया एट वर्कलेले नेपाली विद्यार्थीहरूलाई चाहिँ 'एथ्नोसेन्टि्रसिटी' (जातीय अहं) होइन एथ्नोइसेन्टि्रसिटी (जातीय बौलठ्ठी) मा दीक्षित गरेको छ भन्ने कुरा आत्मबोध गर्न मन लाग्दैन भने नलागोस् ।

किनभने नामिबियामा सबैले जानेकै कुरा हो बुसम्यान ल्यान्ड, दमाराल्यान्ड, हेरेरोल्यान्ड, काओकोल्यान्ड, काभांगोल्यान्ड, नासाल्यान्ड, ओभामल्यान्ड, वास्टरल्यान्ड र स्वानाल्यान्ड नामका दसवटा जातीय होमल्यान्डहरू इयानस्मिथको रंगभेदवादी सरकारले घोषणा गरेको

थियो । ल्यान्ड प्रत्ययअगाडिका नाम जातीय हुन् । त्यसका पदाधिकारीहरू पनि छानिए । शपथग्रहण खाए जसरी अहिले माओवादी समानान्तर स्थानीय सरकार पनि खडा गर्ने धम्की दिइरहेको छ । तर तिनै इयानस्मिथका विश्वभरिका गोरा आफन्तहरूले ती होमल्यान्डहरूलाई जातिभेदवादी/रंगभेदवादी भन्ने आरोप लगाएर असफल बनाइदिए ।

दक्षिण अपि|mकाको तत्कालीन गोरा सरकारले अरू १० वटा जातीय होमल्यान्डहरू जब थप्यो, जुलुल्यान्डका राजा हुँ भनी दाबी गरिरहने बुथलेजीलाई मण्डेलाका जीवनी लेखकले जुलु राजा होइन बरु जुलुराजाको पुस्तैनी 'एनस वाइपर' (दिसा पुछिदिने कर्मचारी) पुर्खाको उत्तराधिकारीसमेत लेखिदिए । यद्यपि आज केही किराँत भनिनेहरूले कम्तीमा सय वर्षसम्म त्यहाँ आफ्नो शासन थियो दाबी गरेजस्तै 'शाका जुलु' नामको एउटा भव्य कथानक सिनेमा नै तयार गरेर विश्व बजारमा प्रवर्द्धन गरिएको थियो जुलुल्यान्डलाई स्थापित गर्न ।

तर दक्षिण अपि|mकी भाफुत्सवाना -श्वाना), ट्रान्सकेई र सिस्केइ -शोशा), भेण्डा -भेण्डा), गजान कुलु -सुगा), कानग्वाने -स्वाची), क्वान्डेवले -डेवले), क्वाजुलु -जुलु), लेडोवा -पेडी), क्वेका -सिथो) आदि पनि विश्व मान्यता नै नपाई मरे । कोष्ठकभित्रका नाम जातीय हुन् । एफडब्लु डी. क्लार्कलाई राष्ट्रपतिबाट उपराष्ट्रपतिमा झर्नुपर्‍यो, विश्वमै अपमानजनक सम्झौताको यस्तो पहिलो घटना ।

वामपन्थी परम्परामा लेनिन जतिसुकै महान् होऊन् । तर वोल्सेभिकका नाममा तिनको पार्टीलाई २१ वटा जातीय गणराज्य दिने कुनै अधिकार थिएन । त्यसको नतिजा आजको रूसले बेहोरिरहेको छ- मुस्लिम बाहुल्य रहेका तीन गणराज्य चेचेन्या, इंगस्तिया र दागेस्तान सीमाहरू जोडिएका पनि कारणले पश्चिमा हस्तक्षेपका निम्ति आकर्षक भएका छन् । अडगेया, अल्ताली, बास कुरुस्थान, बुर्यातिया, याकुतिया, उत्तरी ओसेटिया-अलानिया, तातारस्थान, तुरा, उद्मुर्तिया, खाकासिया, चुभासिया आदि अरू १८ वटा किन शान्त छन् भने त्यहाँ रूसीहरूकै बाहुल्यता छ ।

प्रजातान्त्रिक परम्परामा गोर्वाचोभ-येल्तसिनको जतिसुकै नाम होस् सीआईए भनी आरोप लागेका तिनको अधिकार थिएन, लातभिया र एस्तोनियालाई छोडेर उक्राइना, आर्मेनिया, अजरवैजान, उज्वेकिस्तान, तुर्कमेनिस्तानसँगै आफू पनि बोल्सेभिक क्रान्तिभन्दा अघिको विशाल रसियाको बगरे बाँडफाँडमा सरिक हुन् ।

चीनले लेनिनको कोणमा सन्तुलन गर्नुपर्छ भनेरै होला तिब्बत, जुआङ, उध्युर, भित्री मंगोलिया र हुईलाई 'स्वायत्त प्रदेश' को मात्रै स्थान दियो । तैपनि इराक, इरान, अफगानिस्तान र पाकिस्तानमा समेत मुस्लिमहरू विरुद्ध खनिएको पश्चिम चंगेजी विस्तारमा मध्य एसियासँग जोडिन पुगेको 'उध्युर' मा चाहिँ हात हालेर चीनलाई सताउन व्यस्त छ । त्यो पनि संसार जान्दछ ।

माथिका हरफमा भएका नीतिगत विसंगतिहरूलाई काठमाडौंमा हाल चर्चामा आएका दुई पुस्तकहरूले स्पष्ट पार्ने छन् । भन्नेहरू भन्छन्- नामिबिया र दक्षिण अपि|mकामा जातीयताको विरोध किन भए भने त्यतिबेला जातीयताको आधारमा अन्तर्राष्ट्रिय राजनीति गर्ने पश्चिमा रणनीति 'अर्फन्स अफ कोल्डवार ः 'अमेरिकन एन्ड तिबेटन स्ट्रगल फर सर्वाइवल' मा जस्तो निर्दिष्ट थिएन । र 'टु पार्टिज इन ल्याटिन

अमेरिका ः द इभोलुसन अफ एथनिक पार्टिज' ले जस्तो जातिवादीहरू वामपन्थी पार्टीहरूमा लागे भने तिनको कल्याण हुँदैन भनेर निर्दिर्ष्ट गरिएको थिएन अर्थात् यही कारण हो जनाधार नै खलबलिने खतराले माओवादी कम्युनिस्टबाट 'कम्युनालिस्ट' बनी नै सकेको छ जुन अमेरिकी कमान्डमा राजनीति तय गरिरहेछ ।

तैपनि हर्क गुरुङले रेखा कोरेका २५ वटा इलाकामा बाँडिएको राज्य पुनर्संरचना कतै पनि साम्प्रदायिक देखा पर्दैन । यद्यपि राज्य पुनर्संरचनाको पहिलो अवधारणा भने सायद ३६ अञ्चलमा बाँड्ने भरतमणि शर्माको परिकल्पनाबाट नेपालमा सुरु हुन्छ । तर संयोग पक्कै होइन, कोर्नेल विश्वविद्यालय र फुलब्राइटसँग कुनै न कुनै रूपमा सम्बन्धितहरूले कोरेका नक्सामा पुनर्संयोजनको 'सर्जरी' होइन स्पष्ट 'बुचरी' देखिन्छ । येल्तसिन अवतारको नेपाली अवतरण स्पष्ट छ ।

रोचक त के छ भने एउटाचाहिँ दक्षिण अपि|mकी होमल्यान्ड क्वेका भूपरिवेष्ठित त छँदै थियो, त्यसभित्र पथ्र्यो- लेसोथो राज्य । माओवादी नक्साको ताम्सालिङभित्र नेवा राज्यको नियति त्यही छ- भूपरिवेष्ठित नेपालभित्रको भूपरिवेष्ठित ताम्सालिङभित्रको पनि बन्दी नेवा राज्य । अर्थात् नेवा राज्यको नाममा राजधानीलाई नाकाबन्दीले घुँडा टेकाएर पश्चिम बर्लिन बनाउने चाल हुँदा पनि १६ डिसेम्बर २००९ का दिन वसन्तपुरमा नेपालीहरूले बेवकुफहरूको 'हिसिमरू प्याखँ' हेरे, जब गैरजातीय इलाकामा राजधानी सार्न दबाब बढ्ला, जब ह्योत्सोले मेलम्ची रोक्ला, त्यतिबेला यस्ता प्याखँहरूको मर्म खुल्ला । आधामूल चाहिँ तिब्बती भएका उपत्यकाबासीहरू किन यो जातीय अभियानमा कम्युनिस्ट खोल ओढेर लागेका छन् भनेर त्यतिबेला खुला नै जब अंग्रेजीको 'भिक्टोरियन एभान्जेलिस्ट' भन्ने वाक्यांशको मर्म पाठकहरूले बुझ्नेछन् ।

समता पार्टी उद्घाटनको सत्रमा एक भाषणको वाक्य थियो- 'कंग्रेस पूर्वीया बाहुनहरूको, राप्रपा कुमाइ बाहुनहरूको र एमाले विभिन्न जातजातिका छोरी भित्र्याउने बाहुनहरूको पार्टी हो । यसैले हाम्रो छुट्टै पार्टी हुनुपर्छ'   यो उद्गार वर्कलेले उत्पादन गरेका जनै नलाउने 'बाहुन' हरूबाटै आएको हो । तर यसको प्रेरक खुट्किलो चाहिँ नेपालमा इन्डो-अमेरिकन एक्सिसका संस्थापक हृषिकेश शाहबाट आएको हो, जसले राजनीतिमा लागेर असफल भएकाहरू वा राजनीतिज्ञ हुने चाहना राख्ने तर नसक्नेहरूका निम्ति 'मानव अधिकारवादी' हुने बाटो देखाइदिएर गए । 'मानव अधिकार' अहिले पश्चिमा स्वार्थको घूसपैठ गराउने एउटा ठूलो उपकरण/औजार भएको छ । नभन्दै १९ माघपछिको सडक आन्दोलनमा सामेल हुन जब निमन्त्रणा गरियो वाक्य नै थियो- 'बरु देश नभए पनि हुन्छ, प्रजातन्त्र चाहिन्छ ।' यस्तो वाक्य अवश्य पनि भाग लिन चाहनेका लागि पनि विकर्षक रह्यो । जस्ता व्यक्तिहरूबाट यी वाक्यहरू प्रसारित भए तीसँग अहिले पश्चिमा अनुदानका करोडौं बजेटका मानव अधिकारवादी संस्थाहरू छन् । स्वाधीन देशभन्दा उपनिवेश हुन जाँदा तिम्रा प्रजातान्त्रिक अधिकारहरूको रक्षा हुन्छ भन्ने पराइ पाठलाई मन्त्र बनाउनेहरूको स्वर नै अहिले सञ्चारमा बढी घन्किरहेको छ । खलासीले प्रयोग गर्ने साबुन तेस्र्याएर अब नेपाल सफा पारिदिन्छैं, ढलान गर्न नमिल्ने सिमेन्ट तेस्र्याएर अब हामी नेपाल बनाइदिन्छौं,  पाचक तेस्र्याएर अब नेपाललाई स्वस्थ बनाइदिन्छौं जस्ता विज्ञापनहरूको बाढी यसै पनि त्यही मानसिकताको विकास गराउने सुनियोजित 'सरोगेट' सन्देशहरू हुन् । यो 'आम मनोविज्ञान' भाँड्ने एक औजार हो ।

एनवर होक्जा जातीय रूपमा अति नै संयमित र केही समय टिटोसँग सौहार्द सम्बन्ध भएका कम्युनिस्ट थिए । तर तिनले पनि कुनै दिन कोसोभोमा भएका अल्वानियालीहरूका बारे बोले । स्लोवोदान मिलोसेविच स्वयं एक कम्युनिस्ट थिए, तिनकै सर्वियन जातिवादले युगोस्लाभिया तहसनहस भयो । अन्यथा न बोस्नियनहरू युगोस्लाभिया छाड्न चाहन्थे न क्रोआटमूलका टिटोले देशको नाममै 'स्लाभ' शब्द हुँदा पनि असन्तोष व्यक्त गरे । कम्युनिस्टहरू 'कम्युनालिस्ट' हुँदैनन् भन्नु पच्चीसै आना भ्रम हो । बाबुराम जस्ता खसहरूलाई नै खसान चाहिएर यसो भएको हो कि ? sauravst@gmail.com


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters