[Show all top banners]

jeevan30
Replies to this thread:

More by jeevan30
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 आन्दोलनमा हाम्रो समर्थन छ- सुरक्षाकर्मी
[VIEWED 7313 TIMES]
SAVE! for ease of future access.
Posted on 04-23-06 11:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आन्दोलनमा हाम्रो समर्थन छ- सुरक्षाकर्मी

गणेशकुमार कार्की/स्वससे, सुर्खेत

सुर्खेतमा कार्यरत सुरक्षाकर्मीहरूले एक पत्रमार्फत् लोकतान्त्रिक आन्दोलनप्रति ऐक्यवद्धता जनाएका छन्। उनीहरूले शनिवार लोकतान्त्रिक आन्दोलनका नाममा पत्र लेखी आन्दोलनप्रति समर्थन जनाएका हुन्। पत्रमा कसैको नाम नखुलाई "उही सुरक्षार्थ खटिएका लोकतन्त्र र्समर्थक भाइहरू"मात्र लेखिएको छ।

पत्र शनिवार वीरेन्द्रनगरमा आयोजित कोणसभामा उद्योग वाणिज्य संघ सुर्खेतका अध्यक्ष सूर्यबहादुर खड्काले सार्वजनिक गर्नुभएको थियो। अध्यक्ष खड्काले सो पत्र सुरक्षाकर्मीले आएर दिएको दावी गर्नुभएको छ।

"राजा ज्ञानेन्द्रको दासत्वबाट मुलुकलाई मुक्ति दिलाउन लोकतान्त्रिक आन्दोलनको पक्षमा लामवद्ध हुनु भएका आन्दोलनकारी मित्रहरूलाई हामी सम्पूर्ण सुरक्षाकर्मीहरूको तर्फबाट आफ्नो समर्थन रहेको जानकारी गराउन चाहन्छौं।" पत्रमा भनिएको छ, "देशमा बढ्दो बेरोजगारीका कारण हामीले बन्दुक समाते पनि हामी मातृभूमिका सिपाही हौं तर राजा ज्ञानेन्द्रका दास होइनौं। हामी गरिबका छोराछोरीलाई बली चढाएर राजा बन्ने ज्ञानेन्द्रको चाहनालाई चकनाचुर पार्न सात दलले संचालन गरेको यो आन्दोलनप्रति हाम्रो कोटी-कोटी समर्थन छ।"

"राजाको सोखभन्दा जनताको स्वतन्त्रता महत्वपूर्ण रहेछ भन्ने यथार्थलाई हामीले बुझेका छौं," भन्दै पत्रमा अगाडि भनिएको छ, "हाम्रो पेट काटेर दैनिक भोज खानेहरू राजाका चाटुकार भए पनि हामी हाम्रा बाबुआमा दाजुभाई तथा दिदीबहिनीको स्वाभिमानको रक्षाको खातिर अवस्था आएमा बन्दुक बुझाएर लोकतन्त्र प्राप्तिको आन्दोलनमा सामेल हुने प्रण गर्दछौं।"

पत्रमा गत चैत २७ गते सुर्खेतमा गरिएको शान्तिपूर्ण जुलुशमाथि हुन् गएको हस्तक्षेपप्रति क्षमायाचना गर्दै अब हुने शान्तिपूर्ण आन्दोलनप्रति कुनै पनि किसिमको बाधा अड्चन नगरी आफूहरूको पनि नैतिक समर्थन रहने उल्लेख छ।

"शान्तिपूर्ण आन्दोलन दबाउन जतिसुकै निर्मम आदेश आए पनि अब पड्कने बन्दुकहरू लोकतन्त्रविरुद्ध नभई लोकतन्त्रको पक्षमा पड्कने छन्।" पत्रमा भनिएको छ, "आम नेपाली जनताको चाहनाभन्दा हामीबाहिर हुने छैनौं।"

पत्रको अन्तमा उक्त पत्र जनताको सामू पढेरर लोकतन्त्रप्रतिको सुरक्षाकर्मीको प्रतिवद्धता जाहेर गरिदिन आग्रह पनि गरिएको छ।

तर जिल्ला प्रहरी कार्यालयका एस.पी. योगन्द्रबहादुर कटुवालले आफू मातहतका निकाय र सुरक्षाकर्मीबाट यस्तो पत्र प्रेषित नभएको ठोकुवा गर्नुभएको छ भने शाही नेपाली सेना र सशस्त्र प्रहरीबाट हालसम्म कुनै प्रतिक्रिया आएको छैन।
 
Posted on 04-23-06 11:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Probably Gyane asked them to write that letter !! Be Careful.
 
Posted on 04-23-06 11:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

security forces haru sabbaii ek se ek raja ko support ma, raja partti aparampar biswas bhayera manche lai tear gas ra bullet chadya ta hoina ni..they are servants of the state, mathi bata j order aaucha tehi ta garchan ni tini haru, taht is what they get paid for..tara bhitar ta hami jasti nepali ta hun ni policel, hawaldar, sena sabbai. bolna milena ra po...
 
Posted on 04-24-06 12:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Mero Dai pani Nepal Army ma hunu huncha
ta mero dajuko chahana pani loktantra cha !
Ma jasari sochdachu tesari nai mero dajule pani sochnu huncha !

kewal hale aafno duty nibhaunu pardacha !
they have some rules, policies and they have to follow it.

But still Goli nai hanne time ma goli nai hannu paryo bhane ni ghuda muni matrai haane huncha.

bastabma niyam anusar ta ghuda bhanda mathi hanna napaune ho
tara hatyaro sarkaar le jata pani hancha !!
they force to do that !
 
Posted on 04-24-06 7:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

i respct your views mahila nani ....AN
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters