[Show all top banners]

Old_English_800
Replies to this thread:

More by Old_English_800
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 सान्दाइ र तन्नेरीहरु
[VIEWED 10337 TIMES]
SAVE! for ease of future access.
Posted on 05-05-20 8:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

मलाई underwear को नाजायज औतार भएको बात लागे देखि केहि लेखेको छैन। अत्ति मुख छाड्न मन लगेर लेख्न सुरु गरेको, खासै मुख छोडिएन । यो लेख लाइ fiction जसरि हेरेर राम्रो/नराम्रो प्रतिक्रिया दिए खुसि हुन्थे | तर तेइ fromdallas को प्रोपोगान्डाको डिसकस चाइ नगरम | underwear ले यो सबै ID हरु उसकै भएको स्वीकार गरि  सकेको छ, I mean मैले स्वीकार गरिसकेको छु।  अब त्यो चुइगुम लाइ नतनकाम।

~~
सान्दाइ र तन्नेरीहरु

यो कोभिड मुजी 19 ले सारा संसारकै अर्थतन्त्र गुको आहालमा डुबाए नि साझालाइ चाइ काइदाको फाइदा गराएर मोर्न पुगेछ। दुनिया भरिका मुजी डेक्ची-ड्राइवर देखि अन्टरपनौर भनौदा सम्मका नेपालीहरु घण्टा हानेको/मीठिंग अटेण्ड गरेको आदि साझामै सीम्युलेट गर्न बाध्य छन्। एनीहाउ, सान्दाजुलाइ स्टीमुलस चेकको मात्र हैन इनक्रीजिड-ट्राफिक एकेए एडभरटिजमेन्ट रेभन्युको पनि चिट्ठा पर्यो। सान्दाइ खुस !

“ल हिन मुजिहरु तिमीहरुले गर्दा मेरो बी-नेस् आज येति फस्टायो, तिमिहरु भी क्या याद करोगे, आज मुजी तिमिहरु लाइ जु लैजान्छु।” सान्दाइले भाइबर गुरुपां लेखे । गुरुपको नाम सान्दाइले सोचेर राख्या थ्ये: लाटो देशको गाँडा तन्नेरी ।

म्यासेज पाउने बित्तिकै चारवटै तन्नेरीले “एप्रिसियेट इट, दाइ” भनेर पठाए रिप्लाई । सान्दाइ हु-बहु यौटै म्यासेज चारजना मुजिहरुको फोनबाट आको देखेर चकित परे। “हैन यी तोर्पेहरुमा व्यक्तित्व भन्नि रस हाल्न बिर्सेछन कि क्या हो ब्रम्हाजी ले?” सान्दाइले आफैलाइ सोधे । फेरी तुरुन्तै याद आयो कि श्रिस्टिका देव भए पनि ब्रम्हा मुजी आफ्नै छोरीलाइ ताकेर डुबेका देउता हुन् । “तेइ सरस्वोतीको ध्याउन्ना गरिरा बेला बनाको हुनुपर्छ यी औतारीहरुलाइ। जु मा मुजी कुकुर-बिरालोको आगाडी बेज्जत गर्न बेर छैन पातकीहरुले। अब बोलि सकियो, लानै पर्यो। “

चार तन्नेरी मुजी उस्तै पहिरनमा टुपलुक्किए सान्दाइले बोलको भेन्युमा। सान्दाईको मनले ठाउ छोड्यो, तर नामको इज्जत राख्न भे नि लानै पर्यो, कोचे ब्याक-सिटमा तीनटा अलि पातला अनि प्यासेंजेर सिटमा ग्रुपको भुस्तिग्रे। सान्दाइ गाडी चलाउदै स्मल-टक गरिरा थिए यौटा तन्नेरी फोक्सो देखि लिएर चाकको दुलो स्वयं नै मुख बाट निकालुला झैँ गरि चिच्यायो “दाइ, दाइ रोक्नुस रोक्नुस। “ सान्दाइको हंसले ठाउँ छोड्यो, ब्रेक थिचे नमज्जाले, “के भो तन्नेरी #१ ?”

“दाइ हेर्नुस न त्यो इन्डियन रेस्टुरेन्टमा बुद्धको फोटो राखेको साइन बोर्डमा।” शरीरमा उत्पन्न भंएको एड्रिनलिनको कारण फाइट-ओर-फ्लाइट मोडमा पुगीसकेका सान्दाईले बुझेनन् “के भो त ?” 

“बुद्ध वज बर्न इन नेपाल, दाइ । एसको बिरुद्ध आन्दोलन गर्नु पर्छ।” चारैवटा तन्नेरीले येति सिङ्क्रोनाइजड अनि रोबटीय ढंगमा बाक्य उच्चारान गरे कि सायद साइडको बिल्डिंगको फ्रीक्व्येन्सीसंग तन्नेरीहरुको फ्रीक्व्येन्सी म्याच खाएर रेजोनयाँस हुन् पुगेर पुरै मोहोल्ला कापमान भयो। सान्दाइको रीसको सीमा रहेन, प्रलायकालका शिवजीका झैँ राता आँखा देखेर यौटो तन्नेरी तर्सेछ, अरु तिन थान चाइ आन्दोलन कसरि गर्नी, गोफन्डमिको अकाउण्ट कल्ले खोलनी, सभामा प्रमुख अथिति को हुने आदि अनादि प्लान गर्दै थिए सान्दाइको रौद्र रूपबाट पुरै बेखबर । सान्दाइले अब कुनैपनि क्षण आफ्नो जटा भुइँमा बजारेर बिरभद्र अनि भद्रकालीको उत्पत्ति गराएर दक्ष्य-प्रजापति जस्तै हाम्रो पनि टाउको काटेर भेडाको टाउको जोडिदेलन भन्नि डरले त्यो यौटो तन्नेरीले बाकि तिन थानलाइ तानेर गाडीमा कोच्यो । सान्दाइ अलि शान्त भए, गाडी चलाउन थाले । रौद्र रूपको दर्शन पाको तन्नेरी चुप बसिर थियो, बाकिका भने खुस-खुस गर्दै थिए । भुस्तिग्रे खुसुखुसु आवाजमा भन्दै थियो “म यहाँको सिनेटरलाइ खुला-पत्र लेख्छु …….”

सान्दाइलाई कैले यी मुजीहरुबाट छुटकारा मिल्ला जस्तो भाइरा थियॊ, मनमा बुरे-बुरे खयालात आइराथे । बाबा मुजी रामदेवको प्राणायामको सहयेताले त्यो दिन सान्दाइ फिजिकल असल्ट गर्न बाट बचे । बल्ल-तल्ल जु पुगे, दाइले टिकस किने, सोडा किने, तन्नेरीहरु ‘द लस्ट सामुराइ’ मा टम क्रुजले लस्टा गर्या जस्तै इनटेनसीटीले प्लान गर्दै थे, त्यो रुद्र रुप देखे चाइ सकी नसकी सान्दाइसंग कुरा गरिया थ्यो ।
तन्नेरीहरुले थरि थरिका कुकुर, बिराला, मुजी बाघभालु, हात्तीगैडा, बिभिन्न प्रकारका चरा-चुरुंगी, माछा अजिङ्गर मुजी दिमागले सोच्न सक्नी जति सबै जात-जन्तु हेरे । प्रलयको लगभग-लगभग दर्शन पाको तन्नेरीले सोच्यो “ त्यो महा-बाडी आको बेला मुजी नोआ ले पनि जु बाटै विभिन्न थरिका जनावर इकठ्ठा गरेको हुन पर्छ, संसार भरि बाट सबै जनावर तेती सर्ट नोटिसमा ल्याउन त इन्द्र्या बाउ मुजी चन्द्रेले नि गर्न नसकोस।” सोहि बखत अरु तिन जना भने जु मा भएका अजीब-ओ-गरिब जनावरलाइ बिर्सेर तेइ आन्दोलनको प्लान गर्दै थिए । यो देखेर सान्दाईको मन खिन्न भो । “के पाउदा हुन् मुजीहरुले आन्दोलन गरेर? यो उमेरमा जाड-रक्सि खानु, तरुनीको पछि लग्नु, छोल्नु मुजी, केइ नपाए मुजी भीडीयो ग्याम खेल्नु … ‘’ फेरी दाइले यौटा ट्रोलको तुच्छ बाणी सम्झे “यु केर अबाउट टीटी, दे केर अबाउट आइडेनटीटी” मन बुझाए एकछिन लाई ।

बुद्ध संग यो पिढीको किन येति अब्सेसन होला सान्दाइले पत्ता लाउन सकेनन । उनको आफ्नो पिढीमा, उनका बाउका पिढीमा पनि थिए येस्ता बुद्धको नाममा आन्दोलन गर्नीहरु, सान्दाइले संगत मात्र गर्न नपाका थिए । जु घुमिसकेर लास्टा खाउँन न त मुजी तोर्पेहरुले भनेर सान्दाइले आइसक्रिम किने सबका लागि । तन्नेरीहरु आफ्नै तालमा थिए, सान्दाइ स्ट्रबेरी-चीजकेक आइसक्रिमको चुस्की लिदै फेरी ध्यानमग्न भए बुद्ध अनि आन्दोलनको बारे । लास्ट यिअर नेपाल जादा रोहिंगाहरु भागेर नेपालसमेत आइपुगेका रहेछन भनेर अचम्म परेका थिए सान्दाइ, आइले आएर रिलेट गर्न सके | “बुद्ध होस् कि महाबिर, जस्तासुकै मुजी महमनब नै हुन्, यिनीहरुलाइ फलो गर्नी चै मुर्ख नै हुदा रैछन।’’ विचारको अर्को तरंगले सानदाइलाइ बर्षौ पैला पढेको यौटा किताबको यौटा लाइन स्मरण भो, पुरै याद गर्नसकेनन । पारिजात हो कि बानिरा गिरिले लेखेकी थियिन सम्थिंग अलोंग दिज लाइन्स “ बर्षौ पैले नेपालमा यौटा बुद्ध भन्नि शुन्यबादीको जन्म भाको थ्यो, र आज सम्म पनि हामी उसको लास बोकिरा छौ .....।” सान्दाइले आनन्द पनि हैन ज्ञान पनि हैन तर केहि बिर्सेको कुरा फेरी बुज्दाको सजिलोपन जस्तो अनुभूति गरे, तन्नेरीहरुप्रतिको रीस सब पग्लियो।
“कस्तो भो त तिमिहरुको जु को एक्सपीरियन्स? धेरै कुरै गरिएन है, सरि। अर्को चोटी कुरा गरौला मज्जा ले है ? जानी हैन त ?”

तन्नेरी #१ ले मुख खोल्यो “ दाइ यौटा कुरा सोध्न मन लाग्या थियो।”

“सोध न भाइ” सान्दाइ गाजा खाएर चील भाको हिप्पी झैँ चील थे।
“दाइको तेत्रो बिजनेस छ, काम पनि छ, भाउजुको पनि राम्रो कमाइ छ, अनि दाइले स्टीमुलस् चेक चाइ कसरी पाउनु भो?”
सान्दाई तन्नेरी #१ को साइडमा पुगेर रिस-राग बिना कोरियन मुवीमा हान्नी जसरी #१ को टाउको पछाडी दायाँ हातको फुल फोर्सले येसरी पट्टर्याङ्ग पट्काए कि #१ को आँखा बाट आसु, नाक बाट सिगान निस्कियो। तल तिर बाट के के निस्कियो सुर्जे-नारायणले नि भेग पाएनन् ।
“भाइ, अमेरिका हो, अर्काको धेरै चासो नाराखेकै उचित हुन्छ। कि कसो? ल जाउ हिन। .”

 
Posted on 05-06-20 2:58 AM     [Snapshot: 176]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Last edited: 06-May-20 06:29 AM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters