[Show all top banners]

cybernepali
Replies to this thread:

More by cybernepali
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 4]

Mr. D

Tyo Din

jetho390

tragicomic
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ६३ जनाबाट ४८ करोड ठगेको आरोपमा दम्पत्ति पक्राउ
[VIEWED 9413 TIMES]
SAVE! for ease of future access.
Posted on 07-05-16 11:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१९ असार, काठमाडौं । आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी रविन्द्र रेग्मीको कार्यकक्ष भरिभराउ थियो । सबैको नजर थियो, घोसेमुन्टो लगाएर उभिएका एक जोडी महिला र पुरुषमा ।

‘हाम्रो पैसा कहिले तिर्ने ?’ कार्यकक्षमा रहेका ४० जनाभन्दा बढीले एकै स्वरमा सोधिरहेका थिए । जवाफ दिने कोही थिएन । सबैको तारो भएर उभिएका दुई अभियुक्त थिए सनिस मिश्र र उनकै श्रीमती सृजना भण्डारी । उनीहरुले महंगो ब्याज दिने भन्दै प्रलोभनमा पारेर ६३ जनाबाट ४८ करोड रुपैयाँ असुल गरेको आरोप लागेको छ ।

ब्याजको आशमा १ करोड स्वाहा

Sanish-And-Shreejana

सनिस मिश्र र सृजना भण्डारी

वौद्धका हेमकुमार श्रेष्ठले गत फागुनमा कान्तिपुर दैनिकमा एउटा विज्ञापन देखे । ओमबार गुप्रको नाममा छापिएको विज्ञापनमा ‘लगानी गर्नुहोस नाफा कमाउनुहोस’ भनेर लेखिएको थियो । भोलिपल्टै विज्ञापनमा भनिएको ठेगाना पछ्याउँदै श्रेष्ठ मैतिदेवी पुगे । त्यहाँ कार्यालय नदेखेपछि फोन गरे । कम्पनीबाट गाडी नै लिन आयो ।

कार्यालयमै भेटिएका सनिस मिश्रले लगानी गर्ने तरिका बताए । एक लाखको महिनामा ८ हजारका दरले व्याज दिने प्रलोभन उनले देखाए । हेमकुमारले आफूसँग भएको तीन लाख निकालेर मिश्रलाई बुझाए, अनि महिनामा २४ हजार रुपैयाँ ब्याज आउने कुरामा ढुक्क भए ।

के आधारमा विश्वास गरेर त्यत्रो पैसा दिनुभयो त ? भन्ने जिज्ञासामा उनी भन्छन्, ‘म मात्रै हो र, अरु मान्छेहरु पनि भटाभट पैसा बुझाउँदै थिए । कोही ब्याज बुझेर गइरहेका थिए । सबै मान्छे टाठाबाठा नै देखिन्थे । अनि किन विश्वास नगर्ने ?’

दुई महिनासम्म ३ लाखको २४ हजारको दरले ब्याज पनि बुझे श्रेष्ठले । दुई महिनापछि झन् लोभिएर थप ६ लाख मिश्रलाई बुझाए । त्यसको पनि महिनाको ७२ हजारको दरले ब्याज बुझन थाले । त्यसपछि त हेमकुमार यति हौसिए कि आफ्नो घरै १ करोडमा धितो राखेर सबै पैसा बुझाए ।

तर जेठ महिनामा पैसाको ब्याज आएन । त्यसपछि उनले ताकेता गर्न थालेपछि मिश्रले पनि केही चेकहरु थमाइदिए । त्यसबाट पनि पैसा निस्किएन । पैसा आउने आश गर्दा गर्दै मिश्र ठगिको आरोपमा पक्राउ परे ।

श्रेष्ठ अहिले घर न घाटा भएका छन् । उनी भन्छन्, ‘उता घर लिलामी हुन लागिसक्यो, यता पैसा आउने आउने ठेगान छैन । बर्बादै भइयो ।’

सेनाका भुपू कर्णेलदेखि गृहणीसम्मको पैसा

काठमाडौं परिसरका एक अधिकृतका अनुसार नेपाली सेनाका अवकाश प्राप्त कर्णेलहरुले समेत महंगो ब्याज आउने आशमा मिश्रलाई लाखौं रकम बुझाएका छन् ।

सेनाका भुपु कर्णेलहरु सुरज गिरी, दिपक न्यौपाने, सानुराम कट्वाल, श्याम विष्टको पैसा समेत मिश्रले कुम्ल्याएको प्रहरी स्रोतले बतायो । कर्णेल सानुराम कट्वालले एक करोड रुपैंया मिश्रले खाइदिएको भन्दै परिसरमा उजुरी गरेका छन् ।

मिश्रले पैसा उठाउन सेनाका अवकाश प्राप्त अधिकृतहरुलाई प्राथमिकतामा राख्ने गरेको परिसरका एक अधिकृत बताउँछन् । उनले भने, ‘उजुरी आउने क्रम बढीरहेको छ । को-को छन् अहिले भन्न सकिंदैन ।’

घर बन्धकी राखेर ऋण

करिब ३ वर्ष अघि राम दर्जी (नाम परिर्वतन) को साथीहरुमार्फत सनिस मिश्रसँग चिनजान भयो । नजिक हुँदै गएपछि एक दिन दर्जीले मिश्रसँग ११ लाख ऋण मागे ।

ऋण दिनुअघि दर्जीको बानियाटार स्थित साँढे दुइतल्लाको घर कागज गरेर मिश्रले बन्धकी राखे । मिश्रले त्यही घर एक फाइनान्समा बन्धकी राखेर २७ लाख लिएर ११ लाख दर्जीलाई ऋण दिए । आफुले लिएको ऋणको ब्याज सहित तिर्छु भन्दा पनि उल्टै गाली खान परेको भन्दै उनी पनि काठमाडौं परिसर पुगेका छन् ।

पत्रिकाको विज्ञापन हेरेरै मिश्रको मैतिदेवीस्थित ओमकार गु्रप अफ कम्पनीमा पुगिन् अनामनगरकी एक महिला । उनले मिश्रको धन्दालाई यतिसम्म विश्वास गरिन् कि आफ्नो ७२ तोला सुन धैरौटी राखेर पैसा बुझाइन् । उनी झोकिएर .मिश्रलाई भन्दै थिइन्, ‘अर्काको सुन समेत बन्धकी राखेर पैसा बुझाएको, अब कसरी तिर्नु ?’

एउटै घर चार जनालाई विक्री

काठमाडौंको सुकेधारास्थित एउटै घर मिश्रले ४ जनालाई विक्री गरेको समेत भेटिएको छ । तीन तल्ले घर ३ करोडका दरले बिक्री गर्न मिश्रले चार जनासँग एक करोड २० लाखसम्म बैना लिएको भेटिएको हो । त्यही घर बन्धकी राखेर बैंकबाट समेत पैसा निकालेको भेटिएको छ ।

जुन घर उनले चार जनालाई विक्र गरे मिश्र त्यही घरमा बस्ने गरेका थिए । उनले ठगी गरेको पैसाले काठमाडौंमा मात्रै ५ वटा घर खरिद गरेको भेटिएको छ । काठमाडौं परिसरका एसएसपी बिक्रम सिंह थापाका अनुसार अहिलेसम्म मिश्रले ४८ करोड ठगि गरेको उजुरी आएको छ ।

‘मिश्र काठमाडौंमा बसेर ठगी गर्ने नामुद नटवरलाल हुन्, यिनले कति पैसा असुल गरे र बैंकमा कति छ, त्यो विस्तृत अनुसन्धान हुँदैछ,’ एसएसपी थापाले भने ।

ओमकार गु्रप अफ कम्पनीको नाममा ११ वटा कार्यालय खोलेका मिश्रले कतिपय सम्पत्ति श्रीमतीको नाममा राखेका छन् । त्यसैले श्रीमती सृजनालाई पक्राउ गरिएको एसएसपी थापाले बताए ।

२०७३ असार १९ गते १९:३७ मा प्रकाशित (२०७३ असार २० गते ७:५७मा आवधिक गरिएको)
http://www.onlinekhabar.com/2016/07/448522/

 
Posted on 07-05-16 3:01 PM     [Snapshot: 169]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउत्तै सब्ध, "खुच्चिङ्ग !"
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters