[Show all top banners]

mahoday
Replies to this thread:

More by mahoday
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 अमेरिकी संसदमा नेपाली मूलका जीवन तिवारीको उम्मेदवारी
[VIEWED 9488 TIMES]
SAVE! for ease of future access.
Posted on 03-09-15 5:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



फाल्गुन २५ ,डिसी
विजय थापा

नेपाली मूलका जीवन तिवारीले अमेरिकाको डिसी महानगर क्षेत्र अन्तर्गत भर्जिनियाको तल्लो सदन 'हाउस अफ डेलिगेट ' मा उम्मेदवारी घोषणा गरेका छन् । कास्की पोखरा लेखनाथ नगर पालिका बेगनास ताल घर भै बिगत १० बर्ष देखि अमेरिकाको उत्तर भर्जिनियामा बस्दै आएका तिवारीले आज मार्च ९ तारिख भर्जिनियाको हाउस अफ डेलिगेटको लागि क्षेत्र ८७ बाट २०१५ को लागि प्रतिनिधि सभामा डेमोक्र्याट पार्टीबाट उम्मेदवारी दिएका हुन् ।

अघिल्लो जन गणना अनुसार उक्त क्षेत्रमा करिब २५ प्रतिसत एसिएन मूल का मानिस बसोबास गर्छन l

संसदका उम्मेदवार बनेका तिवारी डेमोक्राटिक दलमा विभिन्न तहमा २००९ देखि नै सक्रिय रही काम गर्दै आएका छन भने उक्त क्षेत्रमा डेमोक्राटिक पार्टीका कोषाधक्ष्य भई काम गरि सकेका पनि छन् l उनले अमेरिकाका राष्ट्रपति बराक ओबामाको चुनावी प्रचार तथा प्रसारमा पनि सक्रिय रुपमा सहभागिता जनाएका थिए l

पेसाले तिवारी घर खरिद तथा बिक्रि अभिकर्ता हुन् भने हाल उत्तर अमेरिका नेपाली समुदायको कै जेष्ठ अमेरिका नेपाल सोसाईटीका वर्तमान अध्यक्ष पनि हुन् l यस बाहेक प्रिन्स विलिएम तथा लाउडन काउन्टी डेमोक्राटिक दलका सदस्य तथा डेमोक्राटिक एसिएन अमेरिकन अफ भर्जिनियाका सदस्य रहेका पनि छन् l गैर मुनाफा सामाजिक संस्था सोसल सर्भेंट अफ अमेरिकाका संस्थापक पनि हुन् l

सन् २००४ मा डिभी चिट्ठा कार्यक्रममा छनौट भै अमेरिका आएका तिवारी १ बर्ष न्युयोर्कमा बसी २००५ देखि नै भर्जिनियामा बसोबास गर्दै आउनु भएको छ l

तिवारी श्रीमती हिमाली तिवारी तथा ४ बर्षका छोरा आदर्श तिवारी तथा २ बर्ष कि छोरी अर्बिना तिवारी साथ भर्जिनियामा बस्नु हुन्छ l

आगामी जुन ९ ,२०१५ मा प्राथमिक एवं नोभेम्बरमा ३ ,२०१५ मा अन्तिम चरणको निर्वाचन हुनेछ l अमेरिकन सदनको लागि सभासदका उम्मेदवार तिवारीले पहिलो चरणमा बिजयी भए पछि मात्र नोवेम्बरमा हुने निर्वाचनमा रिपब्लिकनका प्रतिद्वन्दी संग चुनाब लड्नु पर्ने छ l

यो क्षेत्रमा दुई पटक रिपब्लिकन दलका लेबनानी-अमेरिकन डेविड रमादान बिजयी भएका छन् भने यो क्षेत्र केहि बर्ष अगाडी मात्र बनाईएको हो l

आफ्नो उम्मेदवारीमा तिवारीले शिक्षा ,स्वास्थ्य ,आवास ,आर्थिक विकास तथा विविधतालाई चुनावी मुद्दा बनाएका छन् ।

उनले आफ्नो आधिकारिक चुनावी वेब (संजाल ) तिवारी फर डेलीगेट डटकम (Tiwari for delegate.com )खोलि सकेका छन् l
 
Posted on 03-09-15 5:59 PM     [Snapshot: 14]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kag lai bel pako harsa na bismat,
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters