[Show all top banners]

ashishme
Replies to this thread:

More by ashishme
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 'झुक्याएर बिरेन्द्रको काट्टो खुवाएछन्’
[VIEWED 18228 TIMES]
SAVE! for ease of future access.
Posted on 04-08-13 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भुवन शर्मा/नयाँ पत्रिका
काठमाडौं, २५ चैत
राजा वीरेन्द्रको काट्टो खाने ब्राह्मण स्व. दुर्गाप्रसाद सापकोटाको परिवार त्यो घटना सम्भिmन चाहँदैनन् । घटनाको ११ वर्षपछि दुर्गाप्रसादकी ब्राह्मणी ईश्वरी सापकोटाले आफ्नो कान नसुन्ने श्रीमान्लाई झुक्याएर काट्टो खुवाइएको दाबी गरेकी छिन् ।
'उहाँले कान सुन्नुहुन्नथ्यो । झुक्याएर काट्टो खुवाएछन् । पछि थाहा भयो,' ६८ वषर्ीया ईश्वरीले नयाँ पत्रिकासित भनिन्, 'मेरो परिवारलाई यसले कहिल्यै नमेटिने दाग लाग्यो । जे हुनु भइहाल्यो तर अब यो घाउ कोट्याउन चाहन्न ।'
दरबारमा १९ जेठ ०५८ मा भएको हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्रको वंशनाश भएको थियो । पुरानो प्रचलनअनुसार दुर्गाप्रसादलाई स्वर्गीय राजाको काट्टो खुवाएर चार भञ्ज्याङ कटाइएको थियो । ज्ञानेन्द्रको परिवारले पशुपति मन्दिरनजिकै बस्ने दुर्गाप्रसादलाई काट्टो खुवाएको थियो । तर, त्यतिवेला नै उनको मानवअधिकार हनन भएको विषयमा तीव्र विवाद भयो । थानकोटको डाँडो कटाइएका दुर्गाप्रसाद केही दिनमै सुटुक्क घर फर्केका थिए ।
आठ वर्षअघि २२ कात्तिकमा -स्वर्गीय रानी ऐश्वर्याको जन्मदिन) दुर्गाप्रसादको निधन भएको थियो । काभ्रेको पाँचखाल स्थायी घर भएका दुर्गाप्रसादको परिवार अहिले तिलगंगा आँखा अस्पतालनजिकै बस्ने गर्छ । श्रीमान्लाई काट्टो खुवाउँदा आफ्नो परिवार समाजमा अपहेलित र अपमानित हुनुपरेको ईश्वरीको दुखेसो छ ।
वीरेन्द्रको काट्टो खाएयता दुर्गाप्रसादले एकपटक पनि ज्ञानेन्द्रको परिवारलाई भेट्न पाएनन् । उनको निधन भएपछि उनका परिवारले पनि ज्ञानेन्द्रसँग भेट्न पाएका छैनन् । त्यतिवेला अपमान सहेको आफ्नो परिवारलाई बेवास्ता गरेकोमा ईश्वरीको ज्ञानेन्द्र परिवारप्रति ठूलो गुनासो छ ।
काट्टो खाएपछि तत्कालीन राजपरिवारले दुर्गालाईर् १९ हजार रुपैयाँ दिएको थियो । त्यसबाहेक वीरेन्द्रका केही लुगाहरू दुर्गाको परिवारलाई दान गरियो । तर, दुर्गा र उनको परिवारको विषयमा ज्ञानेन्द्रको परिवारले कुनै सोधखोज गरेन । यतिसम्म कि दुर्गाको निधन हुँदा पनि ज्ञानेन्द्रको परिवारले चासो राखेन । श्रीमान्को निधन भएपछि काजकिरिया गर्न झन्डै डेढ लाख खर्च हुँदा पनि ज्ञानेन्द्रको परिवारले केही चासो नराखेको ईश्वरीले बताइन् ।
ईश्वरी र उनको परिवारका सदस्यहरू दुर्गाले वीरेन्द्रको काट्टो खाएको घटना बिर्सन चाहन्छन् । तर, वीरेन्द्रको केही चिनो भने उनीहरूले आप\mनो घरमा जतनले राखेका छन् । घरको भित्तामा वीरेन्द्रको फोटो टाँगिएको छ । वीरेन्द्रले लगाएको कोट, घडीलगायतका केही सामानहरू पनि उनीहरूका घरमा सुरक्षित छन् ।
वीरेन्द्रको वंशनाश हुने वेला प्रधानमन्त्री रहेका गिरिजाप्रसाद कोइरालासँग पनि दुःखी छिन् ईश्वरी । कोइरालाले पनि आफू र आप\mनो परिवारलाई वास्ता नगरेको उनको गुनासो छ ।
दरबारको रेकर्डमा भएको जानकारीअनुसार राजा वीरेन्द्रको निधन भएको ११औँ दिनमा राजाकै भेषभूषा र श्रीपेचसमेत लगाई हात्तीमा चढाएर सुसारे र सहयोगीसहित दुर्गाप्रसाद सापकोटालाई बिदा गरिएको थियो । दरबारको रेकर्डअनुसार उनलाई सिँगारपटार र लुगाफाटोबाहेक ४० हजार १२ रुपैयाँ दस्तुर दिइएको थियो । हात्ती चलाएबापत माउते र सहयोगीलाई पनि उत्ति नै दान दिइएको रेकर्डमा छ ।


काट्टोको २१ हजार कसले खायो ?

दरबारको रेकर्डअनुसार काट्टो खाएबापत दुर्गाप्रसाद सापकोटालाई ४० हजार १२ रुपैयाँ दिइएको थियो, जसमा ः
चढाइएको हात्ती फिर्ता गरेबापत २० हजार २ रुपैयाँ
घोडाबापत २ हजार २ रुपैयाँ
जमिन दानबापत ५ हजार २ रुपैयाँ
घरदानबापत १० हजार २ रुपैयाँ
दासदासीबापत १ हजार २ रुपैयाँ र
सेफमा राख्न २ हजार २ रुपैयाँ
तर, सापकोटाको परिवारले १९ हजार मात्र पाएको दाबी गरेको छ, प्रश्न उठेको छ- काट्टोको २१ हजार कसले खाएछ ?
 

नीराजनलाई किट्क्याट र चुरोट

राजा वीरेन्द्रको वर्ष दिनको काममा दानका लागि तत्कालीन राजा ज्ञानेन्द्रले केही सामान दिएका थिए । मृतकले सबैभन्दा धेरै मन पराउने र प्रयोग गर्ने सामान दानका रूपमा दिने प्रचलनअनुसार ज्ञानेन्द्रले यी सामान दिएका थिए । दरबारको लेखा स्रेस्तामा उल्लेख भएअनुसार वीरेन्द्रका कोट, इष्टकोट, थ्री-पिस सुट, ज्याकेट, बि्रफकेस, जुत्तादेखि भित्री पोसाकसम्म दिइएको थियो । वीरेन्द्रको पावरवाला चस्मा पनि दुर्गाप्रसादले पाएका थिए ।
त्यस्तै, पूर्वरानी कोमलले वीरेन्द्रका नाममा युनिभर्सल घडी र टाइमा लगाउने पिन वृद्ध ब्राह्मणलाई दिएकी थिइन् । ऐश्वर्यले मन पराउने सामान भन्दै उनले भ्यानिटी केस पनि दान गरेकी थिइन् । निराजनका लागि किटक्याट चक्लेट र शिखर चुरोट दान गरेको देखिन्छ । दीपेन्द्रको वाषकिर् श्राद्धमा उनैले लगाउने गरेको 'डी' अक्षर लेखिएको १ तोला ९ आना १ दाम सुनको सिक्री, तीन तोला सुनको ब्रासलेट, मार्लबोरो लाइट चुरोट पनि दान गरिएको थियो । आठ वर्षअघि दुर्गाप्रसादको निधन भइसकेको छ, उनका परिवारले भने दरबारबाट कुनै सहयोग नपाएको गुनासो गरेको छ ।
 

खुसी बनाएर खुवाइएको हो

डा. माधव भट्टराई
अध्यक्ष, पञ्चांग निणर्ायक समिति
हिन्दूधर्ममा स्वर्गारोहण भएको एघारौँ दिनमा काट्टो खुवाउने परम्परा छ । काट्टो भनेको एघारौँ दिनमा बाहुनलाई खुवाउने खाना हो । यसमा अरू केही मिसाइएको हँुदैन । मिसाइएको भनेर जसरी हल्ला गर्ने गरिएको छ, त्यो निराधार हो । एघाराँै दिनमा भोजन गर्ने बाहुनलाई कर्ताले मीठो परिकारका भोजन खुवाएर सन्तुष्ट पार्नुपर्छ भन्ने धार्मिक मान्यता छ । त्यस दिनको दान पनि कडा दान हो । यो दानलाई पचाउन गाह्रो हुन्छ भन्ने धार्मिक मान्यता छ । त्यसैले यसलाई काट्टो भनिएको हो ।
काट्टो खुवाउने बाहुनलाई डाँडा कटाउने भन्ने पनि होइन । एघारौँ दिनमा भोजन ग्रहण गरेको बाहुनले अरू कर्मकाण्ड गर्नु त्यति उपयुक्त मानिँदैन । त्यसैले त्यस बाहुनलाई डाँडा कटाउनुपर्छ भन्ने गरिएको हो, डाँडै कटाउने भन्ने होइन । नेपालका केही क्षेत्र खासगरी तराईको केही ठाउँमा काट्टो खाने बाहुन छुट्टै हुने गरेका छन् । उनीहरूले काट्टो मात्र खान्छन् । अरू दिनको कर्मकाण्ड अरू बाहुनले गर्छन् ।
स्वर्गवासी वीरेन्द्रको निधनमा भएको एघाराँै दिनमा काट्टो खाने बाहुनलाई बकाइदा साथ खुसी बनाएर खुवाइएको हो । झुक्याएर खुवाइएको होइन । उनलाई बोलाएर तपाईंले काट्टो खानुहुन्छ कि हुन्न, यति दक्षिणा तपाइर्ंलाई दिन्छौँ भनेर भनिएको थियो । उनले पनि त्यसमा सहमति जनाएका थिए । उनलाई डाँडा कटाइएको पनि होइन ।


 
Posted on 04-08-13 9:48 AM     [Snapshot: 63]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

  ऊ बेलामा के के न पाईन्छ भनेर खाई हाले आइले केही नपायेर आरोप लगाउछन नि ।
 
Posted on 04-08-13 10:38 AM     [Snapshot: 145]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कि तिम्रा बाजेले त्रिभुवन को पालादेखि खाइ राखेको अहिले अरुले पाए भनि गुनासो गरेको ? ज्ञानेन्द्रको बेलामा तिम्रै परवारलाई पहिलो प्राथमिकता पाउने छौ ?

 
Posted on 04-09-13 8:33 AM     [Snapshot: 682]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Let me get this straight.

So, cannibalism is ok but you cannot eat cow meat?

Some twisted culture this.

 
Posted on 04-09-13 9:14 AM     [Snapshot: 710]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेरो बाजेले काट्टो खाने गरेको अहिले अर्कोले खायो भनि साझा मा कुर्लेको होस् ? ठिक छ हामि सबै साझा बासि हरु : ज्ञानेन्द्र वा पारस को पालामा तिम्रै परिवारलाई पहिलो प्राथमिकता दिनु भनि हामि साझा मा लेखि दिउला? के के खान्छौ खाउ : गाइ खान्छौ कि  बाच्छी खान्छौ,  खाउ : त्यो काट्टो खाने बेला सम्म तिमि बानि परि सक्छौ अनि त्यो काट्टो खान घिन लाग्ने छैन | अनि फेरी झुक्याएर ख्वायो कसैले भन्दैन अनि लिखितम नै गरेर ख्वाउने चलन चलाउला !
I agree with facebook, Do you beleive a fox not being cunning ?

Here is the reason:

 तर, दुर्गा र उनको परिवारको विषयमा ज्ञानेन्द्रको परिवारले कुनै सोधखोज गरेन । यतिसम्म कि दुर्गाको निधन हुँदा पनि ज्ञानेन्द्रको परिवारले चासो राखेन । श्रीमान्को निधन भएपछि काजकिरिया गर्न झन्डै डेढ लाख खर्च हुँदा पनि ज्ञानेन्द्रको परिवारले केही चासो नराखेको ईश्वरीले बताइन् ।
Do you think anybody cares about others, it was a paid in front? The maoest ever care about those 20,000 peoples' family , killed for no reason?
 
Last edited: 09-Apr-13 09:42 AM

 
Posted on 04-10-13 10:35 PM     [Snapshot: 1115]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Pepsi - Durga Parshad lai ta Murga parsaad manai deya cha Gyanay Dai lol :) yeslai bhancha "chouta khana gako budi jhol ma dubee maree" ;)
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ICE kidnapping people off the streets over op eds
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters