[Show all top banners]

nepesahila
Replies to this thread:

More by nepesahila
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari XIV

[Please view other pages to see the rest of the postings. Total posts: 298]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 156699 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 04-16-06 9:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!! चौतारी!!!

जवानीमा
जवानीमा तानेको गाँजा, गाँजा
अहिले मुलाई लाइरा'छ हो नमजा ... ...

ल त साथीहरु आउनुहोस् बिसाउनुहोस्, रमाइलो गर्नुहोस् ।
बिर्खेमाइला,चित्रे,दादा,पुन्टे,काका,सिरे,भौते,गोतामे,मुन्द्रे,लाले, गलब, पिकरेली, कलंकि,साँहिला,
आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,नटे, डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना, नेप्चे, बेमानि
आशे,चिप्ले,परदेशी,पानपाते,हर्के र कैले सबै लाइ यो सबै को साझा चौपारीमा म पिरतीको तर्फ बाट सबै लाई नमस्कार अनि स्वागत छ ।
ल राधा दिदी पनि रतौली खेल्दै आइपुग्नु भो चौपारीमा।

लागेछ मोहनी चाल मैले पाइन
छुटाइदेऊ मोहनी म कति रोइरनी

एऽऽऽ जैले म आउँछु सुतेकै देख्छु सुनमाया के भयो तिमीलाई
... ...

यता मास्टर्नी नानी पनि कम हुनहुन्न। कम्मर मर्काई मर्काई नाच्दै हुनुहुन्छ।

रिटिङ् रिटिङ् नबजाऊ विनायो
विनायोले मन मेरो मेरो छिनायो
साहिँला दाइ
आक्काका

खोलापारि म मयाँ लाउँदिन
वर्षा लायो भेट हुनै पाउँदिन
साहिँला दाइ
आक्काका
... ...

उता माथ्लो कान्लाबाट कालो टोपी ओढेर सुकिलो कछाडमा हुनुहुन्छ नेपे दाजी हातमा पुस्तक पनि छ।
कतै उपन्यास त हैन? वहाँ आफ्नै शिलकमा मुग्ध हुनुहुन्छ।

... ...
निर्णय आफ्नै, भाग्य आफ्नै, लालमोहर पनि आफ्नै
लेख्दैछौँ जनता मालिक भएको तमसुक अब !

पुरानो निन्द्रा, भर्खरको तन्द्राबाट ज-याक जुरुक अब
उठ्यो! उठ्यो!! उठ्यो!!! मेरो मुलुक अब!

तर मुलुक उठिसक्दा पनि, यता चित्रे भने मैनासितको लामो निन्द्रामै मस्त हुनुहन्छ।

चित्रे:

लेकाली हे, हे, चोयाको डोको
सानु माया हे, हे, लगाउने धोको
नपुग्दै मर्छु पो क्यारे
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी

(बह्यो खोला, बेँशी झ-यो सम्मै
तिम्रो माया, कलेजीमा टम्मै) ---२
आँखैमा, गाजलू लपक्कै
भन माया, लाइदिऊँ कि छपक्कै

बैँशैमा,
बैँशैमा मर्छु पो क्यारे
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी

(रातो चोलो पाखुरीमा टिमिक्कै
माया बस्यो आँखैमा झिमिक्कै) ---२
के गोड्नु कर्कलो बारि
पर्ख तिम्लाई रोइरने नपारी

बैँशैमा,
बैँशैमा मर्छु पो क्यारे
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी

लेकाली हे, हे, चोयाको डोको
सानु माया हे, हे, लगाउने धोको
नपुग्दै मर्छु पो क्यारे
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी
... ...

उता कालीपारे काकाले आफ्नै सुसेली आफ्नै भाकामा खुट्टा खच्याई खच्याई नाच्दै हुनुन्छ।

हाssssss तिमी पारी म भएँ वारी
बिचैमा छ रेसुङाको घारी
सुर्के खोला धुर्के घाँस काटौला साँइली जोवन साटौंला

हाssssss तिम्लाई मलाई छेकने डाँडोलाई
लगे पनि हुँदो हो पैरोले
सुर्के खोला धुर्के घाँस काटौला साँइली जोवन साटौंला


यता नेपेसाईँला भने काँठे भाखामा रमाउँदै हुनुन्छ।

भै रेछ जम्का भेट, भै रेछ जम्का भेट
आँखा तरि कान्छि नानी
नजाऊ न भागेर
फूल सारे माया नमारे
... ...

उता हट्टियाकी सानी(uptowngal) पनि कम छैनन् है। कोसित हो मैले चिनिन नि हात समाउँदै नाच्दै हुनुन्छ।

म माया लाऊँदिन, म माया लाऊँदिन
आफू सुखी साईँला दाजू
म दुखी स्वाउँदिन
फूल सारे माया नमारे...

लाहुरे दाइ भने लाहुर जाने रनमा परे जस्तो छ।

लाहुरे:
लाहुरेको हारेको कर्म
बाँचे भने साईँली
फर्कुम्ला यो घरमा
नरुनु सम्झेर

लाहुरी भाउजु-

कुहु कुहु कोइलिको बोली
तिमी बिना राजै
न्याउलीको सुसेली
मन रुन्छ सम्झेर

 
Posted on 04-25-06 11:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अब कुरा आयो, सातदलले जनआन्दोलनको वारेसको रुपमा राजा अगाडि के प्रस्तुत गर्ने । अहिलेसम्म सातदलले जनआन्दोलनको माँग 'सम्विधान सभा' हो भनेर प्रस्तुत गरेका छन् । तर वास्तविकता के हो भने 'सम्विधान सभा' आठदलको सहमतिमा सातदलले सञ्चालन गरिने भनेको आन्दोलनको मात्र माँग, त्यो पनि राजतन्त्रको टुङ्गो लगाउने मूल कारण हेतु, थियो । जनआन्दोलनले राजतन्त्रलाई अस्वीकार गरी यस मुद्दाको टुङ्गो लगाई दलहरुको पुरानो माँग भन्दा धेरै अघि बढिसक्यो । जनआन्दोलनको आफ्नै माँग सम्विधान सभा होईन । यसको माँग त तत्काल 'लोकतान्त्रिक गणतन्त्र' हो । र त्यसको लागि उन्नाईस कठीन दिन, लाखौं मानिसको आँसु र पसिना, हजारौ शरिरको चोटपटक र दश भन्दा बढी प्राणको आहुतिको मुल्य चुकाएर यसलाई आफ्नो बनाईसक्यो । अब कुनै लेनदेनमा यसले 'लोकतान्त्रिक गणतन्त्र' छाडिदिने सम्भावना देख्दिन म त ।

अब प्रश्न उठ्छ, दलहरुद्वारा अझै प्रमुख बनाईएको 'सम्विधान सभा' को माँग पुरा भयो भने जनआन्दोलनले स्वीकार गर्ला ?

यो प्रश्नको उत्तर त जुन दिन 'सम्विधान सभा' स्वीकार गरिएको घोषणा होला, त्यहि दिन थाहा हुनेछ । तर त्यसको अनुमान लगाउन भने हामी केहि तर्कहरु गर्न सक्छौं ।

स्वीकारको पक्षमा के छ भने 'सम्विधान सभा' नि:शर्त आएको खण्डमा हाललाई राजतन्त्र कायम रहेपनि सम्विधान सभाको निर्वाचन पछि यसलाई हटाउन सकिने सम्भावना सम्म भने पनि छ । अर्को पक्ष हो, राजासंगको थप मुठभेड कम्तिमा निर्वाचनसम्मलाई टरेर जानु ।

विपक्षमा थुप्रै तर्कहरु छन् । पहिलो त बलिदान अनुसारको उपलब्धी नहुनु । दोश्रो, अझै पनि अनिश्चितता बाँकी हुनु । तेश्रो, शाही सरकारले आक्रामक भिजिलान्ते समुहहरु बनाउन शुरु गरिसकेको हुनाले नयाँ खालका भिडन्तहरु शुरु हुने सम्भावनाको डर । र अन्त्यमा सबभन्दा ठूलो तर्क त के हो भने, जनआन्दोलनद्वारा एक पल्ट 'गणतन्त्र' बोलिसके पछि त्यहि कुरा फेरि दोह-याउन किन प-यो ?

जनआन्दोलन यसको व्यापकताको कारण क्रान्तिकारी जनादेश दिने हैसियतको भईसकेको छ र दिई पनि सकेको छ । यहि जनादेश दोह-याउन/जाँच्न "सम्विधान सभा" माग्नुको तुक छैन । सम्विधान सभा त अब अन्य मुलुकमा भए जस्तै क्रान्ति पछिको नयाँ सम्विधान लेख्नको लागि हो ।

र अन्त्यमा, सरल पनि र सबभन्दा कठिन पनि कुरा हो- सात दलले राजालाई गणतन्त्रको लागि कसरी मनाउने । यो कुरा किन कठीन छ भन्ने कुरा त स्पष्टै छ । तर सरल पनि कसरी छ भने, माथि छलफल गरिए जस्तै, दलहरुले आफुलाई जनआन्दोलन र राजा बिच मध्यस्थकर्ताको रुपमा प्रस्तुत गर्ने हो र जनआन्दोलनबारे राजा सुसुचित रहेनछन् भने सुसुचित गराईदिने हो । र त्यसपछि पनि राजाले नेपालको राज्यसञ्चालनमा आफ्नो भूमिका र योगदान गर्ने स्थान रहोस् भन्ने चाहे भने दलहरुले भन्ने कुरा यत्ति हो- सरकार, पुरानो भूमिकाको लागि अब आवश्यकता, समय र परिस्थिति रहेन । नयाँ भूमिका त लोकतान्त्रिक गणतन्त्रमा एक सम्मानित नागरिकको हैसियतले प्रतिस्पर्धात्मक अभ्यासमा भाग लिएर गर्ने योगदान मात्र हो ।

सातदलले यो भन्दा बढि गर्ने कुरा छैन । बाँकी आफ्नो अधिकारका लागि आफै जागेका नेपाली जनताहरु र राजा बिचको मामला हो । उनीहरु नै टुङ्गो लगाउन् ।

________________________
 
Posted on 04-26-06 12:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"दलहरुले भन्ने कुरा यत्ति हो- सरकार, पुरानो भूमिकाको लागि अब आवश्यकता, समय र परिस्थिति रहेन । नयाँ भूमिका त लोकतान्त्रिक गणतन्त्रमा एक सम्मानित नागरिकको हैसियतले प्रतिस्पर्धात्मक अभ्यासमा भाग लिएर गर्ने योगदान मात्र हो ।"
*** *** ***
म जस्तो चाम्रो मुन्छे पनि लोकतन्त्रको फ्यान भाको अस्ति देखुन्ट. आन्दोलनको १९औँ दिन देखुन्ट. हुन सम्मन् जो नमजा भा छ.
आन्दोलन, त्यो के जाति रे, क्रिटिकल एगंलमा पुगेर पुर्ण आन्तरिक परावर्तन भो. थक्क! तर भित्रभित्रै परावर्तन हुने क्रममा उछिट्टिएर निक्लि पो हाल्छ कि.
 
Posted on 04-26-06 7:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ताराभाटलाई राजीनामा दिन लगाएछन्। यतिका वर्षसम्म राज्यको तलब र भत्ता खाई, सुबिधा उपभोग गरी जनताको प्रतिनिधि भैकन पनि त्यसको बिपरित प्रतिगमनको पक्षको वकालत गर्ने यस्तो कलंक अवसरवादीलाई ठीक गरेछन्। आखिर राजावादी हो, संबिधान सभाको लागि बाधकको काम नै गर्न सक्थ्यो; ठीक भो। जनतासमक्ष माफी माग्न लगाउन पर्छ।

अब जनतासँगै सडकमा लड्ने चित्रलेखा यादव म्याडम सभामूख होलिन्। मेरो सुभकामना।
 
Posted on 04-26-06 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल दादा, स्वागत छ लोकतन्त्रको मन्चमा।
मैले नी मख्ख परेर घरमा समेत बधाइ देको प्रजातन्त्र
आकोमा, तर "गाइ त आइन्,-- खाएर आइन्" भनेको जस्तो पो भे छ।

सभामुख त तपाइ नै हो नी गालव जी,
कहां चित्रलेखा म्याडम हुनु। अस्ती नै भनेको हैन?
 
Posted on 04-26-06 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आन्दोलन क्रान्ति मा रुपान्तर हुन नसकेको मा दुख त छ्दैछ, तैपनि हाम्रो मुल मुद्धा राजतन्त्र को समुल सामप्ति को आस मरिसकेको छैन। आज हिमाल खबर मा यि पङ्ति पढदा अलिकति भय पनि राहत महसुस भयको छ।

लोकतान्त्रिक गणतन्त्र - जिन्दाबाद
लोकतान्त्रिक गणतन्त्र चौतारो - जिन्दाबाद


----------------------------------------------

दुवाकोट बन्दी ब्यारेकबाट १८ दिनको बसाइपश्चात् छुट्नासाथ हिजो १२ बजे घर नगई बिजय जुलुसमा परिवारका साथ गइयो। सात दोबाटोदेखि कलङ्की पैदल हिँडेर ऐतिहासिक जनआन्दोलनमा सडकको जमातमा संलग्न हुनपाएकोमा हर्सोल्लासको सिमा नै रहेन। तर यो लामो हिँडाइमा विचार गर्ने मौका पनि मिल्यो।

यो जनआन्दोलनले हिंस्रक क्रान्ति बिनानै शान्तिपूर्ण सत्याग्रही क्रान्तिले निरङ्कुश नायकलाई फाल्न सक्दोरहेछ भन्ने पुष्टि गरेको छ। पक्कै पनि गम्भीर उत्तरदायित्व सबैको काँधमा आएकै छ, तर यतिबेला जनताले विजय प्रकट गर्दै रमाइलो गर्नुपर्नेछ। भोलि राजनीतिक दलमाथी पहरा त लगाइहालिन्छ। अतः एसिया र पूरा विश्वसामु 'पिपुल पावर' देखाउन सक्षम जनताले अहिले गर्व गर्न पाउन र तुरुन्तै नकारात्मक, 'सिनिसिजम्' बाट हामी बचौँ।

ज्ञानेन्द्रलाई घुँडा टेकाउन सफल जनताले, यदि राजसंस्था संविधानसभामार्फत खारेज भएन भने, सधैँ घुँडा टेकाएकै अवस्थामा राख्नु जरुरी छ। यो राजसंस्था र विशेषगरी ज्ञानेन्द्रको बदमासी कसैले बिर्सन नपाओस्, र आउँदा दिनमा दरबार र दरबारका आसेपासेले कदापि लोकतन्त्र भाँड्न नपाउन्।

आजै गर्नुपर्ने कुरा - ज्ञानेन्द्र राजालाई नारायणहिटीबाट महाराजगञ्जस्थित निजी निर्मलनिवासमा स्थानान्तरण गर्ने र संविधानसभा चुनावको नतिजा नआएसम्म अर्को निर्णय नलिने।

अर्को आजै गर्नुपर्ने कुरा - शाही सेनाको खिलाफमा केही साङ्केतिक क्रियाकलाप गर्न जरुरी छ। विशेषगरी, टुँडिखेललाई पूर्णरूपमा जनतामा फिर्ता गर्ने र १४ गतेको विजय र्‍यालीलाई सात दलका नेताहरूले शाही सैनिक मञ्चबाट सम्बोधन गर्ने। अन्त्यमा, यदि मन्त्रीमण्डलको शुक्रबार शपथ गर्नु परेमा एउटा अर्को 'राजनीतिक निर्णय' गरेर उक्त शपथ ज्ञानेन्द्र राजाको हातबाट नगरेर सर्वोच्च अदालतका प्रधानन्यायाधीशको हातबाट गराउने।

बाँकी मन्थन, आउँदो हिमाल खबरपत्रिकामा।
-कनकमणि दीक्षित
 
Posted on 04-26-06 8:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन साहिंलाजी, म यता खुला चौतारीतिरको सभामुख, उता चित्रलेखा म्याडम बन्द सिंहदरबारको संसदभवनकी सभामुख।
तर उमेशले ब्लगमा सुवास नेम्वाङ् पो सभामुख बन्ने सुनिश्चित भनेका छन् त! जे होस् जो जो पोष्टमा पुगेपनि काम चाँडै भए भैहाल्यो नि!-- संविधान सभाको घोषणा।

सपथ लिने कस्को हातबाट भन्ने कुरामा मान्छेहरु अड्क्या जस्तो देखें। कोही नपाए म मेरो हातबाट पनि सपथ दिन तयार छु-- (हाहाहा) :)
ल भन गिरिजा बुढा मेरो पछिपछि-
"म जनताको मन र भावनाको उच्च कदर गर्दै आजै संविधान सभाको घोषणा गर्दछु। र, अहिलेसम्म खाएको घुस अहिल्यै फिर्ता गर्दछु। अख्तियारको अगाडि गएर स्पष्टिकरण दिन्छु। ---"
 
Posted on 04-26-06 10:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लालीगुँरास,

यो जनआन्दोलन क्रान्तिमा संक्रमण नभए पनि, यो एक भौतिक युद्ध भन्दा वैचारिक युद्ध भएकोले यसले एक क्रान्तिकारी जनादेश भने दिएर गएको छ । अब यो जनादेशको पालना हुन्छ कि हुदैन भन्ने मात्र प्रश्न हो ।

दलहरुले यो जनादेशलाई 'सम्विधान सभा' मा रुजु गर्ने हिसाबले अघि बढ्छन् कि मुठार्ने हिसाबले, त्यो नै अबको मूल राजनैतिक द्वन्द हो ।

गिरिजा पाङ्ती मुठार्ने समुहको प्रतिनिधी हो । बाँकी सबलाई रुजु गर्नेतिर तान्न सकिन्छ । अहिलेका आन्दोलनकारीहरुले आन्दोलन नटुङ्गिएको समझदारीमा यसलाई टुङ्ग्याएको हुनाले सम्विधान सभामा उनीहरु नै हाबी हुने विश्वास छ मलाई ।

'सम्विधान सभा' को चुनावमा दलगत प्रतिस्पर्धा भन्दा गणतन्त्र भर्सेस सेरेमोनियल राजतन्त्रको प्रतिस्पर्धा बनाउन सक्नुमा नै गणतन्त्रको जीतको ग्यारेन्टी छ ।

सौभाग्यवश, तर यो ठ्याक्कै कोईन्सिडेन्स भने होईन, यसको एक्सप्लानेशनस् छन्, के छ भने सेरेमोनियल भन्नेहरु गणतन्त्र भन्नेहरु भन्दा धेरै भ्रष्ट र अक्षम ईमेजका छन् । त्यो बाहेक मान्छेहरुले नयाँ र ताजा अनुहार पनि चाहेका छन् ।

त्यसैले सम्विधान सभाको चुनावलाई बढी भन्दा बढी "निर्दलिय" स्वरुप दिनु नै गणतन्त्रवादीहरुको रणनीति हुनपर्दछ ।

र अहिले आन्दोलनको रक्षार्थ गिरिजाको प्रतिरक्षा गर्नुपर्छ भन्ने जुन कुरा गिरिजावादीहरुले लेराएका छन्, त्यसको पनि खण्डन हुँदै जानुपर्छ । आन्दोलनलाई उल्ट्याउन अब ज्ञानेन्द्रको बाउ आए पनि सक्दैनन् ।

अन्त्यमा, यो आन्दोलनलाई कतै "वसन्त क्रान्ति" र कतै "लालीगुँरास क्रान्ति" नाम दिएको सुनियो । बधाई छ, तपाईको नामले यो सौभाग्य प्राप्त गरेकोमा ।
 
Posted on 04-26-06 10:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आजको माधव नेपालको बिबिसीको अन्तर्वार्ता सुनेर त म पनि नेपेदाजी सँगै शोक-सभा तिर लागुम जस्तो लाग्यो। नाईटोमा गणतन्त्र बाधेर जन्मेका पार्टीको त यो हाल छ, अरुको के कुरा गर्नु खै।

शुक्रबार सम्म धैर्यताको बाँध नफुटोस भनेर बसेको, बीच बीचमा चुलिएर जाँदै छ। मेरा शब्दहरु लिईनहाल्नुस है नेपे-जी, छिट्टै फिर्ता लिनु पर्ने पनि हुन सक्छ। :-)
 
Posted on 04-27-06 8:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाउँले दाजु भात दिदी बहिनिहरु कति त्यही रजिनिती को कुरा गर्नु भाको भेने । खोइ मास्टरनी दिदी नि कता हो कता । हिजो अस्ति नाराबाजि लाउदै जुलुस् मा देखा पेर्नु भाको थियो। मास्तर्नि दिदि खोइ कत हुनुहुन्च।
रोल्ल् # ६ थुल्ननि
येस् मिस्
 
Posted on 04-27-06 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-27-06 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गिरिजा बुढालाई ज्वरो नै आ'को हो कि सम्बिधान सभामा जान डराका हुन्?
*** *** ***
कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको महाराजगन्जस्थित निवासमा भएको छलफलमा सरकार शून्यताको स्थितिमा मुलुकमा अराजकता बढ्ने सम्भावना देखिएकाले तत्काल सरकार गठन गरिहाल्ने र प्रधानमन्त्रीले नै संसद्मा संविधानसभाको प्रस्ताव प्रवेश गराउने सहमति भएको छ। कांग्रेस सभापति कोइरालालाई प्रधानमन्त्री नियुक्त गर्न कांग्रेस संसदीय दलको बैठकले आजै सिफारिस गर्नेछ र सम्भवतः आज अपराहृनसम्ममा प्रधानमन्त्री नियुक्ति प्रक्रिया पूरा हुनेछ।

- http://www.newsofnepal.com/ffstory.asp?sn=3
 
Posted on 04-27-06 10:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै चौतारीको रमाईलो नै हराएछ आजकल राजनितीले होला शायद!

ल भएन यसरी..समर्थन, साथ जे जे हुन्छ दिँदै जाउँ रमाईलो पनि गर्दै जाउँ... कि कसो?

...हाSSS सिंगापूरे लाहुरेको छोरा
सुन कै हार किन्दिऊँला के भो र
लाज मानेर
नहेर मायाले लान्छु तानेर....

 
Posted on 04-27-06 11:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो नि बिर्खेजी!
बरु विर सहिदको वलिदान र नेपाली जनताको देश प्रतिको समर्पन खेर नजाओस कामना गरौ।

आफै बनाउने हो कि कुनै लोक गित को टुक्रा लेख्नु हुन्छ बिर्खेजी:)
 
Posted on 04-27-06 11:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कामना गरिरहेको छु माष्टरनी नानी र स्वतन्त्र बिहानी आउनेमा आशावादी पनि छु!

हे हे हे लोक गित कै टुक्रा हो :)
 
Posted on 04-27-06 11:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहायो दौँतरीहुर! लेऊ बिर्खे गीत सुनाऊ! मुड फ्रेस गर्नु प-यो.भउतेको नहाँस्नी ब्रत पनि सकिएकै हो केरे.
:::
मैना:
पैले थियो वर पिपल छहारीथियो
वर पिपल छहारी
माया हो, आजभोलि सुन्य भो चौपारी

डाँडैको देवी देउराली !
माया हो, पात बजाम्दै झरे है ओराली
मै बस्छु सम्जी झलझली!

चित्रे:
चढाउँदै पाइलो
उकाली चढाउँदै पाइलो
कार्कीनेटा सोलटी गाउँ हेर्दै रमाइलो

डाँडैको देवी देउराली !
माया हो, पात बजाम्दै झरे है ओराली
मै बस्छु सम्जी झलझली

 
Posted on 04-27-06 11:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म सुतेँ।
 
Posted on 04-27-06 11:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Singha Darbaar agaadi dharna kasera suta hai.
:)
 
Posted on 04-28-06 5:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाफ्रे-बाफ्रे, कति मान्छे गाँठे!! मानव सागर भनेको यही त होला नि?
खुल्लामञ्च भनेको खुलामञ्च नै हो।

 
Posted on 04-28-06 6:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रलेखा म्याडम्।

 
Posted on 04-28-06 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाम्ले हरु म त केहि दिन हराए नि म सँग नरिसाम्नु होला । मैले सबै साझा बासि तथा चौपारि का तर्फ बाट नेपाल को आन्दोलन लाइ भन्नु पर्ने र गर्नु पर्ने सबै काम अरेर बसेको छु। आशा गरुम सायद भोलि म मेरो गन्तब्य तिर लाग्ने छु। अहिले सम्म मैले गरेको काम बाट म सन्तुष्ठि छु ।यदि नेता हरु खुटटा कमाए भने त हाम्रो के नै लायो र होइन त । अनि गाम्ले हरु ले रमाइलो अर्न पनि थालेछन चौपारि मा । सिरे दाइ को पनि आगमन भएछ के रे ।

लौ गाम्ले हरु मैले रमाइलो अर्न मात्र जानेको छु केरे ।
गित सुन्ने होइन त ।
ल तपाइ हरु रमाइलो अर्दै अर्नुस् म गुन्द्रुक तामा पोको पार्दै अर्छु। भोलि त फर्कनु पर्छ ।

लौ त अहिले लाइ यतिनै .......



 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
When will Nepali women be equal?
Why Prachanda seems to be the smartest of them all?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Can we really get rid of Nepotism in the government?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
Sukulgunda 2.0 / www.sukulgunda.com
How many ministries do we really need?
Why Oli must go for the UML to survive?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters