[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 (ॐ)चौतारी ६९(ॐ)

[Please view other pages to see the rest of the postings. Total posts: 603]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 267145 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 08-13-07 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ६९

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

-चौतारी - भाग ६९ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६९ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 68 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग

चौतारी कार्यालय
समय-- बिहान ८ देखि ५ (आ-आफ्नो स्थानीय समय)
ओभर ट्यामको नि व्यवस्था छ


अफिस चीफ ---- श्री बिर्कै जिम्माल
असिस्टेन्ट अफिस चीफ --- श्री राहुलदाइ
सिनियर अकाउन्टेन्ट ----- सुश्री ठूली देवी
ट्रान्सपोर्टेसन अफिसर ----- श्री पून्टेदाइ
ईन्टर्टेनमेन्ट अफिसर ---- श्री कुमलवा बिरादर
गजल अफिसर ---- श्री भौतेकाजी
कविता अफिसर ----- श्री दीप ज्यो, श्रीमती मास्टर्नी नानी
जासूसी अफिसर ----- श्री चित्र बादुर
आर्ट अफिसर ----- सुश्री तिरा कुमारी
बेबी सिटिङ अफिसर --- श्रीमती सान्नानी
चौतारी बनाउने अफिसर(इलिन्जियर) ----- श्री ह्यारी
फोटूगार्फर ------ श्री चिप्ले
किचन अफिसर ----- श्रीमती दुर्गेश्र्वरी
स्पोर्टस् अफिसर ----- श्री ग्वाँचूराम
कथा(स्वस्थानी)अफिसर ---- श्री गालब कुमार
बल्खु अफिसर ----- श्री गोतामे ज्यू
भेडियो अफिसर ---- श्री सानुकान्चो
हेल्थ एवं नेपा-हिन्दी कविता अफिसर --------- श्री म्याड्डू भैया
आलु चना अफिसर ‍‍‍‍‍‍------ श्री चनादाइ
ग्याङ फाइट अफिसर ------- श्री निसान्त
नेपाल जाने अफिसर -------- श्री नेउचे बाँदर







Last edited: 13-Aug-07 01:44 PM

 
Posted on 08-14-07 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुई हाट जोदेर नमस्टे गरेर ल्याइ पठाएँ है मैले नि: ठुली, मिर्खे माईला, डुर्गि, राहुलडाई, मिस्, नेपालीछोरो, रिठ्ठे, अन्टरे, ग्वाचे, र नाम् छुटेका सबैलाई।

यो राहुल्डाई को किच्कन्नी को कथा ट "बिरबलको खीचडी" जस्टो भे र ल्याइ पठायो, पाक्ला र खाइ पठाम्ल, पाक्ला र खाइ पठाम्ला भन्दै मा उमेर् ढल्केर ल्यायो। अब यो प्रताप् मल्ल को कठा चैं पाकि ल्यायोस् है छिट्टै।

टारेमाम्।
 
Posted on 08-14-07 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्चेभाइ यो कथा भुतेश्वर महादेव को हो किच्किनिको होइन
 
Posted on 08-14-07 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल ठुलि! मेरो ठिक छ तिउँरो के छ???

लु अन्तरे अरु नि जावस जावस! अर्को धागो तिर नि टाँसम न है कविराहरु, कविताको देशमा! :)

ठुल्दाई ठुल्दाई, यसपछि आउँदा चौतारिहरुमा क्रमश: भाटभटनिको, भोटो जात्राको, गठेमुगलको, र भेडासिंगको पनि लेखौँ न है? मलाई अलि अलि याद छ यि चार किंवदन्ती तर राम्रो संग सम्झना आएन!

के छ नेउचे??? क्यार्दै छौ???
 
Posted on 08-14-07 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै चलनहरुको कथा प्रताप मल्लको पालामा बनेका छन क्यार।
 
Posted on 08-14-07 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"बिरबलको खीचडी" जस्टो भे र ल्याइ पठायो, पाक्ला र खाइ पठाम्ल, पाक्ला र खाइ पठाम्ला'

हत्तेरिका कत्ती हसाम्चन गाम्ले हुर्ले
 
Posted on 08-14-07 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"त्यो किच्कन्नी को कथा......" भनेको "यो किच्कन्नी....." पो भएछ।
 
Posted on 08-14-07 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाइ नाइ नाइ त्यो किचकन्दिको कथा नलेख्नुस् न क्या। मलाइ दर लाग्च। नेम्चे नि फेरि राहुल दाइलाइ लेख्नुस रे। नेम्चीएीएीएीएीएीएीएीएीएीएीए मर्दिम्.

बिर्खे दा मेरो सबै थिक च। अलि अलि निन्द्रा लागिरा च। अनि घर जाम जाम लागिरा च।
 
Posted on 08-14-07 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"घर जाम जाम लागिरा च" रे
हाहाहाहाहा लोल!
मैले यो पढेर के सम्झेको थाहा छ ठुलि?? हेहेहेह तिम्रो बिहे भएर माइतमा बसेर भनेको जस्तो सम्झिरा
 
Posted on 08-14-07 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो नेपाली छोरो काम् डाम् छाडी पठाएर कटा गाम् गाम् डुलि पठाएर ल्याएको, फेरि ट्यो हलो जोटेको फोटो खिच्ने कमेरा कस्ले डि पठायो ट टिम्लाई।
 
Posted on 08-14-07 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस्स्, टिमिलाई ट्यो बिरबलको खिचडी मनपरेर ल्यायो जस्टो छ नि, म पकाएर ल्याइ पठाम्ला नि ट है, कहिले फुरसड छ, यटाटिर पाली पठाउन ट है।
 
Posted on 08-14-07 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे दाअाअाआ lol
खै हजुर अहिले सम्म केता खोज्दिनु भाको चैन। कसरि मेरो घर हुन्च। अब माइतिमा कुहिएर बस्ने। पोहोर साल पोइलो जान पाम भनेर सिब जि को बर्त बसेको। खै अहिले सम्म आफुले नि भेतेको चैन। img src=/sajha/chat/smileys/m-mellow.gif>
 
Posted on 08-14-07 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! यो ठुलि संग सकिन्न बा!!
माइतमा कुहिएर बस्ने रे! हेहेहे ठिकै छ हरियो रायो को साग भन्दा गुन्द्रुक राम्रो नि!
लोल!
 
Posted on 08-14-07 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे दा ले मलाइ गुन्द्रुक रे। बिर्खे दा गुन्द्रुक त अंिलो हुन्च। तर म चै गुलियो गुन्द्रुक हुन्च।
 
Posted on 08-14-07 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सब गावँलेको हमि मदनवा परनाम करेछ
कुछ देर बतियावनेको लागि चोतारि झरेछ

जे राम जि कि
 
Posted on 08-14-07 2:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन्ट्ले टिम्ले छ् नि ट्यो मैले टिम्रो बारेमा लेखेको ठ्यो एउता तुक्रा कबिटा पधि ल्याको हो
छ नि म ट फुर्सड मै छु जहिले पनि
'यटाटिर पाली पठाउन ट है।' 'पाली'(?!)के भन्छ हो टिम्ले मैले बुझिन ट सुन्टले

 
Posted on 08-14-07 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

madanwaa bhaiya opsssssssssssssss madanwaa ke cha? i was missin ya sooooooooooooooooooooo much.
 
Posted on 08-14-07 2:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खेँ... खेँ... खेँ...
अरे बड्कि हमि तिमि संग हि बतियानेको आएछु। उ जो छ....उ जो छ....सला लाग्छ हम्लाई बानि परेछ तिम्रो किसवाको। खेँ... खेँ... खेँ...
 
Posted on 08-14-07 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-14-07 2:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
मदनवा,
हमी पनि तिम्रो नमस्कार करेछ
तिमी आयो चोतारी मी बाहार आएछ

जय हनुमान जी की !!

'बिर्खे दाअाअाआ lol
खै हजुर अहिले सम्म केता खोज्दिनु भाको चैन। कसरि मेरो घर हुन्च। अब माइतिमा कुहिएर बस्ने। पोहोर साल पोइलो जान पाम भनेर सिब जि को बर्त बसेको। खै अहिले सम्म आफुले नि भेतेको चैन। '' ----------- हे हे हे ठुलि हसाम्छौ बाबै तिम्ले पनि
 
Posted on 08-14-07 2:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भूतेश्वर महादेब भाग ३
*********************
जामन: गुभाजुले २ जना ससाना बालक रुपी भूतको साधना गरे र आफुले ऋषिको भेष धारण गरी तान्त्रिक शक्तिको बलले निमेषमै यज्ञ स्थल पुगे। अन्तिम मत्रोछरण गर्दै ॐ स्वाहा के गर्न लागेका थिए, जामन: गभाजु सङ आएका ती बालकहरु ह्वाँ ह्वाँ रुन थाले। अचनक बालक रोएको सुनेर यज्ञमा स्वाहा गर्ने काम रोकियो। को किन यसरी बेसास्री रोए त? खुल्दुलीको बिषयभो। यस्तो पबित्र कार्य गरिरहेको ठाउंमा बालक रुनु अपशकुन हुने हुन्छ। शिद्धि नरसिंह राजाले बालक रुनुको सत्यतथ्य पत्तालगाउन हुकुम् गरे। बालकहरु सङै आएका ऋषिले भने" यी बालकहरु हजुरको बैभवशाली साम्रज्यमा पनि खान नपाएका अभागीहरु हुन्। धेरै दिन देखिका भोका छन्। यिनलाई खाने कुरा दिए, रुन बन्द गर्छन, सरकार"। ऋषिको यो कुरा सुनेर राजाले जे जति खान्छन् खान् दिनु भनेर भण्डार् हेर्ने अंात्यलाई आदेश जारी गरे। यत्तिकैमा अलमल् हुदां सर्प आहुती गर्ने काम त्यसै रोकियो।

आदेशानुसार् बालकहरुलाई खानेकुरा दिए। जति खाए नि न अघाउने, भण्डार् का भण्डार् सखाप परि दिए। आखिर् भूत जो ठहरियो। खाने कुरा सकियो। बालकहरु फेरि रुन थाले। राजा शिद्धि न्रसिंह समेत अचम्म, भण्डार् सकिने गरि खाए पनि न घाउने फेरि रुने? अचम्म मान्दै ऋषिलाइ "अब के गरे यिनीहरु रुंदैनन् ऋषिबर्" भनेर सिओधे। जाम्न" गुभाउजुले मौकामा चौका हानी हाले।
" ख्वामित, त्यो अघि यङ्ञामा आहुति दिन ठिक्क पारेको सर्प खोजेका हुन् यी बलक ले"। " सर्प दिएमा चुपचाप गाउं फर्कन्छ , महाराज"।

सर्पलाई तह लगाउन पो यज्ञमा होमिन लागेको अरु कुनै बैद्क र धर्मिक उपक्रम थिएन।
राजाले सर्प बालकलाई दिनु भनी हुकुम् बक्से।

यसरी सर्परुपी राजा प्रताप मल्ललाई म्रित्युको मुखबाट बचाएर सकुशल कान्तिपुर फर्काउन सफल रहे, जामन: गभाजु र दुइ भूतहरु। नत्र अनर्थ हुन्थ्यो।

यो कार्यमा ती दुइ बालकरुपी भूतहरुको महत्वपूर्ण भूमिका रहेकोले प्रतापमल्लले तिनको सम्मनस्वरुप भूतेश्वर् महादेबको स्थापना गर्न लगाए। तर यसको कुनै मन्दिर छैन। एक बसाह सहितको शिब लिङ्ग र एक खाल्डो निर्माण गर्न लगाए।

कुनै पनि भूत पिशाच भगाउने र शुद्दिकरण कार्य गर्दा भूतको भाग छुट्याइ त्यहि भूतेश्वर महादेबको खाल्डोमा चढाउनु पर्ने चलन चलाए र आज पनि त्यो परम्परा अद्यापी छंदै छ।
अब त्यो महादेब कहाँ पर्छ भन्ने जिज्ञासा पक्कै भयो होला। त्यो भूतेश्वर काष्ठमण्डप को सिंढिको ठिक अघिल्तिर छ। अर्थात कुमारी घर्को छेउ भएर काष्ठमण्डप अौदा, बाटोको बिचमा खाल्डो र बसाह अझै देखिन्छ।
अर्थात ठुल्दाई को घर छेउमै पर्दछ। अर्थात अशोक बिनायक, काठमाडौ गणेशस्थान अघिल्तिर बिच भागमा खल्डो जो छ त्यही भूतेश्वर हो।
धेरैलाइ ज्ञात नभएको र थोरै ठाउमा मात्र बर्णित यो सत्य ओझेल् मा परेको छ।
खोला तर्‍यो लौरो बिर्सियो जस्तो हाम्रो ब्यबहार छ। भूतलाई सम्झेर बर्तमान बनाउन खोइ हामीले जानेको? चेतना भया।
अस्तु! © तारेमाम्।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
ए १ पनि पुगेनछ ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters