[Show all top banners]

miss_ me
Replies to this thread:

More by miss_ me
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Chautari XVII

[Please view other pages to see the rest of the postings. Total posts: 307]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 135327 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 06-30-06 3:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी!चौतारी !! चौतारी !!!
कैयौं उकाली ओरालीहरू पार गर्दै चौतारी सोह्रौं संस्करणमा आईपुगेको छ। कथा, कविता, गीत, गजलहरूले गुञ्जायमान हुँदै, हँस्सी मजाक,खुशी, चुट्किलाहरूले सिंगारिदै चौतारीले गाम्लेहरूबाट पाएको मायाले नै यो १७औँ खुड्किलासम्म पुग्न सफल भएको हो।

सबैको साझा चौतारीमा
नेपे दाजी,बिर्खेमाइला, दादा, पुन्टे, काका, नमे, सिरे, भौते, गोतामे, मुन्द्रे, लाले, गलब ,पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते,
नटे, डल्ली, सेर्पिनि, लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले,
परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती हिते ,नारने,
कैले, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, हिते, रामे, मने, इन्द्रेणी,हिमाल, कुम्ले, चित्रे, फोक्से र मिस्टे
तथा साझा-चौतारी हेर्न आउनुहुने यहाँहरु सबैलाई चौतारी परिवारकोतर्फबाट हार्दिक स्वागतम्


मेरो उपस्थिती यदि तिम्रो लागि खुसी भए
मैले मेरो सारा खुसी तिमीलाई नै सुम्पिदिएँ
खोज तिमी भावहरुलाई शब्द शब्द गीतमा
भेटाउने छौ सामिप्यता ती शब्दको गहिराइमा


आशा छ यो चौतारीमा हामी अझै दिल खोलेर गीत गाउन, नाँच्न, गफसफ गर्न र मित्रता गाँस्न सफल हुनेछौं।
हेर्नुस है त पहिलो भागका केहि अंश हरु
*** *** ***

Foe_4_mysty:त्यो बब दाई भन्ने गन्जडी मास्टर कि विद्यार्थी? विद्यार्थी हो भने त ठिकै छ हैन भने म त नपढ्ने यो स्कुल मा!
Bob Dai: होईन यो मुसी(misty) के भन्छे? आउने बित्तिकै गँजेडी भन्छे बा?
म विद्यार्थी नै हो । रोल नं ० । अनि दादाले राम्रो कुरा गरे एस्पाली । राजनीति त हुनै परो नि गाँठे! एस्सो गपसप गर्न त रमाइलोनै हुन्च नि शेरखाँ ।
ए चित्रे डाँका कल्लाई बमबहादुर भन्छस्? जैलेनी मेरा खुट्टा तान्न आम्छ बा!अझ पशुपतिनाथ लैजाने कुरा गर्दो रच । किन चाइयो मलाई महा-पर्बन्दक को पद? चौतारीबाट पोलिटिस खेलेर निकाल्ने बिचार छ कि के हो ए तित्रे? बाउजस्तो मान्छे लाई बृद्दाश्रम लाने कुरा गर्छ ए गाँठे! अनि ए बज्जे, कल्ले गाँजा खाछ? लौ मुख नेर आ । लौ सुङ्! नानाभाँती कुरा गरेर दिमाग खान्छ यो स्वाँठ । तँलाई जन्याछु पख्!
Bhaute:बबेदाइका आँखा के भए? मिस्टेलाई "के भन्छे? "रे। :-) चस्मामा केटीको स्टिकर टाँसिएको छ कि के हो? :p

*** *** ***

uptowngal: मास्टरनी दिदी किन मैले भोत दिन नपाउने ?
miss_ me: बाल अधिकार को हनन हुन्छ। राम्रो सअ बोलि नि नफुटेकोलाई पोलटिसा लगायो भुने कार्वाइ अर्ने भुनेर नियम बनौन ला'छन रे क्या:)

*** *** ***

gaalab:हाफछुट्टि पछि खोलामा पौडि खेल्न गयो कि गएन?
मिसले अन्तर-स्कूल पौडी खेलमा स्कूलको नाम राख्न सक्छ कि सक्दैन भनेर जाँच्न खोज्नुभा होला। त्यो त गइयो मिस्। त्यसो नगरेको भए कसरी अहिले बुढीगंगा पौडेर तर्न सक्थें र?

*** *** ***

Nepal ko chora : कोरियाले जित्यो २-१
हुर्रे।
World_map: लौ, अर्जेन्टिना त हार्यो, बोर भयो नि। पेनाल्टिमा हार्यो। :(

*** *** ***

Tyra : ओहो कुम्ले जि (म चै ज्यान् गए नि कुम्ले भन्न नछाड्ने ),म गाउने तपाईं सुन्ने त्यस्तो त भएन नि उमराओजान् फिलिम् जस्तो ,बरु दुबै जना नच्ने हो कि,
माथि माथि सैलुङे मा चौरि डुलाउने लाइ
हत्केला म माया को गुरास् फुलाउने लाइ
भन्दिनु है भन्दिनु ..........
ल ल मिस् लाई है यो चाँहि-

खोज्नै पर्थेन सामिप्यता हामीले शब्दजालमा

*** *** ***

CaMoFLaGeD:
मेरो त नाम नि लेखाको छैन रे बा ले भन्नु भाको। अब बारी को धान बिक्यो भने भर्ना गरी दिने रे। धान को भाउ नि घट्यो रे यसपाली। खोइ अब कति रोल नम्बर भन्ने होला?

*** *** ***

Poonte:
हिज दिम्सै देखुन् हिक्क हिक्क बाडुली लाएर, रातीको गास् निल्न नि गारो भो। अन्फेरुन् तै हिक्क हिक्कले सुत्न सके त मरिजाम्! के भो, यो बुढेसकालाँ कोल्ले सम्झो मुलाई भुनेर
यस्सो चौताराँ नजर ला’को त, ए मेरि बास्सै! सबले सम्झेर हुरुक्कै भा’रेचन्, लौ!

Nepe: गोतामेजी समसामयिक विषयहरुमाथि सटीक टिप्पणी गर्ने तपाईको कलाबाट म औधी प्रभावित छु

pkreli : गोतामे गुरु तपाइंको कविता अति उत्तम लाग्यो । जस्ताको तस्तै मेरो विश्वजालमा राख्छु है? तपाइंको नाम समेत राख्छु । सत्ते धरोधर्म मेट्दिन ।


गौतमजीको कविता:

हाम्रा दिन गएछन शेरखाँ


जमाना उल्टो आएछ शेरखाँ
हाम्रो भागमा अब अगुल्टो आएछ शेरखाँ
हिजो सम्म हाम्रा अघिल्तिर झुक्नेहरु
आज सजिलै उठ्ने भएछन
उठे मात्र के हुन्थ्यो र शेर खाँ

हामीलाई नै कुट्ने भएछन्।
हिजो हामीले ठक्कर दिदाडराएर भाग्नेहरु
आज टक्कर दिने भएछन
चक्कर आउनथाल्यो मलाई शेरखाँ
उनीरहरु पनि ठक्कर दिनेभएछन।
जमाना उल्टो आएछ शेरखाँ
हाम्रो भागमा अब अगुल्टो अएछ शेरखाँ
विदेशतिर भाग्नुपर्छ कि क्याहो अब
हाम्रा दिन गएछन शेर खाँ!


 
Posted on 07-06-06 10:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

najhukkinu hai ma chautari ko purano teacherr ho ke
 
Posted on 07-07-06 7:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D:D:D:D:D:D:D OMG OMG OMG kasto hasaeko sabai janale, dohori kasto ramailo.
:D:D:D:D:D:D kati hasnu....
 
Posted on 07-07-06 7:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ यता त दोहोरी पो चल्दै रैह । keep going :D
 
Posted on 07-07-06 8:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते काजी,

घरी जुरेली, घरी तितौरी, कुरो बुझिन, खोई
मर्ने बेलाँ तिम्रो होला फेरि कोई न कोई

भेना साह्रो छ…साली-भेनाको पिरेम छुटाम्न तिम्लाई गाह्रो छ!

लाउनै परे लायि दिम्ला हेलमेट सस्तै छ
मेरो फोटु माथि देखेनौ, खप्परै हेलमेट जस्तै छ!

निहु नखोज, है…तिम्ले पनि हेलमेट लाए खुट्टा ताकुम्ला, है!

साली बाहेक लौ भन तिम्लाई को को चाईने हो?
ईण्द्रेणीलाई छुट्टै राखे, ऊ त बईनी हो!

तितौरी, पिरती, ठुल्नानी…लौ लैजाऊ एउटीलाई मनले छानी छानी!

तिम्रो पनि त्यस्तै रै छ, मेरो पनि घराँ जेठी!
सालीलाई भुत्ले हुन्न भन्छिन्, चाईयो रे भेना जस्तै सेठी!

सेठी खप्पर…भेना आयो तालु छाम्दै, तिमी अलि उता सर!

चौतारिआँ सबै बुईनी, बरु को हुन् नयाँ तितौरी?
जेठी, कान्छी, धोबिनीको साथै…गाँस्ने कि मितेरी?

ल है तितौरी…भउतेसँग गयौ भने खालाऊ झटौरी!
 
Posted on 07-07-06 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते तिमी साली ताक छोड तितौरी
बिर्सिन्छु नत्र म नि हाम्रो मितेरी
हान्छु झटौरी........ हामी दुइ जोडी ढुकुर, कसो तितौरी??

तितौरी लाइ आँखा नलाउ है पुन्टे दाइ
झिकी दिउला तिम्रा आँखा कम्प्युटर बाटै
हल्ला नगर.........नबिगार है हामी दुइ को घरबार!!

:-)>
 
Posted on 07-07-06 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो पून्ते दाई के सरो सरम पचाको होला । लौ बहिनी लाई लेरजा रे । पठाउने भए आफ्नै साली लेर्जौ भनुस्। यो पून्ते दाइ अज सम्म चेतेको चैन कि क्यहो अस्ति बिर्सिनु भो भौजु ले दात् झर्ने गरि साबुन् को दोल्लो ले झतारो हाने को कि सम्झि दिनु पर्यो। :P
 
Posted on 07-07-06 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहाहा...
********
पुन्टे दाई र पुन्टेनी भाउजुको फोटो कति राम्रो आको हो! झनै पुन्टे दाई को "उजडा चमन्" दामि टल्केको!
***********
लौ चौतारीमा त दोहरि पो चल्दै रैच्, आफुलाइ त आम्दैन गाम्न, सुन्न चैं आम्च है!
अनि यो भौते काजि कत्ति जान्नि नि दोहोरि गाम्न!
**************************************

ल हेर त यो इन्द्रेनी कता मरी भनेको त चौतारीमा पो रल्लिदै रैचे।
****************************************************
दादा ब्रो को गीत्(चाइना कम्पनी) म पुरा गर्दिम ?
::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
नबोले नि माया लाग्ने रैचउ सान्नानी
दिलको कसम दिलैमा नत्र ज्यान जानी
चाइना कम्पनि ,चाइना कम्पनी x2

माया भए डम्फरै चढिजौं
हासौ सगैं, सँग सगै मरी जाउ
माया मेरो कस्तो छ कस्तो छ
गिटी अनि बालुवा जस्तो छ
चाइना कम्पनी, चाइना कम्पनी X2

बाटो राम्रो छेवैको ढलले
माया लाको होईन बलले
चाइना कम्पनी, चाइना कम्पनी x2

 
Posted on 07-07-06 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते मान्छे राम्रै छ है सुन ठुल्नानी
"हुन्छ" भन नबन है तिमी बैमानी
कुरो सुनेछन्........... तिम्रा दाइले सार्है राम्रो ज्वाँइ चुनेछन्!!

:-)>
 
Posted on 07-07-06 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D :D:D :D:D :D:D :D:D :D
 
Posted on 07-07-06 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कामे तिमी लमि काम गर्चौ कि क्याहो । लु सबै लाई जोडी मिलौदै हिद छ । अहिले मेरी आमा ले थाहा पौनु भो भने तिम्रो २ खुता भाँच्न बेर लौनु हुन्न । भन्देको छु है ।
 
Posted on 07-07-06 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल, म नि नेपाली पोशाक लगाएर आएँ। पहिल्यै सिलाएर थन्क्याइराखेको थिएँ, आज चौतारीमा दोहोरी सुनेर लाएको।

हैन यो भौतेकाजी त ठूल्नानी लाई नि ताक्ने भैसक्यो? अनि पून्टेदाई चैं लैजा रे अझ?

होस गर है, ठूल्नानीलाई नहेर भौतेकाजी
जान्ने भई नगर चौतारीमा धेरै जालसाजी
जुरेली छ हातमा, फेरी अरू कति चाहिने?
मास्टर भई विद्यार्थीसँग तिमी माया लाउने?

पून्टेदाई के भो फेरी, खानु भो कि ठक्कर?
तपाईलाई था' छैन र ठूल्नानी र मेरो चक्कर?
फेरी यो कामे पनि पून्टेदाईलाई गर्छ समर्थन
ठूल्नानी मैसित बस्छे, घुमाईदिम्ला तिम्लाई फनफन!
 
Posted on 07-07-06 11:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यार्नी त नि, ठुल्नानी? साली भुनेको आफ्नै आधी घरवाली, अरुलाई लेर जाऊ भनुम, दिल टुट्नी! बरु, बुईनी त एक न एक दिन पोईको घर पठाम्नै पर्छ के रे। अब, साली ताक्नेलाई नै बुईनी संग भिडाईदिए, सबैलाई हाईसन्चै त नि!

साबुनको ठल्लो त के, ठुल्नानी, तिम्रो दाई त डाडु, पनिऊ, कुचो, चप्पल, ढुङ्ग्रो, सबै खाएर पचाको मुन्छे हो! कपाल झर्छ, दाँत झर्छ, मरी जाँदा तो कपाल र दाँत आफूसंग जाने होईन के रे! बरु, सालीको पिरेम चईं अर्को जुनीसम्मुन पुराम्ने ईच्छा छ के!

अब, भउतेले साली भगाएरै छोड्यो भुने चईं, तो काजी माथिको रिस नि लान्छु अर्को जुनीसम्मुन्! भुतै भएर दिन रात तो भउतेलाई तर्साम्न आईन छु भुने म नि मर्द को छोरा होईन के! लु जा!

***************************

चित्त पो दुखाको कि बुईनी ठुल्नानीले?
बुढेस्कालाँ यो दाईको जिस्कने बानीले

नरिसाउनु है...दाईले जिस्केको सम्झेर मन चिस्याउनु है!

भउते पनि रिसले बोल्नै छाड्यो कि?
दाह्रा किट्दा किट्दै डाँडै काट्यो कि?

आऊन भउते, आऊ...बिहे नभाकी साली भए (मरिजाम्!) तिमी नै लेर जाऊ!

ति मोरी तितौरी फेरि किन मस्केकी?
कामेको कालो मुख देखि बिचरी झस्केकी

कामेलाई पर्नु पिर परो...उस्को कालो मुख देखि सबै तर्सो!

चित्रे पनि आईपुगेछ बाजा बजाउँदै प्याउँ प्याउँ
चिल्लो खप्परै दुखो नि, गाँठे, बन्द गर तिम्रो च्याउँ च्याउँ!

ठुल्नानीको सपनी...बिउँझेसि बल्ल लाग्छ चित्रेलाई बिपनी!

ट्याङ् कि मट्याङ् ट्याङ्! ;)
*********************************
 
Posted on 07-07-06 11:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे दाइ हसायो....हा हा हा।

देख्नु छैन, बुझ्नु छैन, तेसै कालो भन्छौ
अहिले मेरो फोटो देखे तिमी नि दङ पर्छौ
तितौरी तिमी पुर्णे को जुन....
पुन्टे को कुरो सुने पर्ला है रुन!!

चित्रे तिमी आयौ नया लुगा मा
चुप चाप बस त्यो पल्लो कुना मा
झर्को नमानी.........भउते ले लाने भयो तिम्री ठुल्नानी!!!

:-)>
 
Posted on 07-07-06 11:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टेदाइ,
सोँचि रा'छु अरु नि थपनी
कृष्नजीको सन्तान हुँ म पनि
पारी रानी बन.................. सोह्र सय गोपिनी, घुमाउने छ मन। :p :-)

कुम्ले,
केटी ताक्ने हेउ छैन तिमीमा
कुम्लो बोकी जाउ अब ठीमीमा
लान्छु सुटुक्कै ................. तितौरी म भने'सि, हुन्छिन भुतुक्कै। (सरी तितौरी ! :p)


थुलीको आश् नगर मान-चित्र
झुन्डी मर्ने सुर गर घर भित्र । :p :p :p
गुन्यु चोलीमा ...................... दिल बस्यो थुल्ननीको, तोते बोलीमा। :-) :p

भेट हुनै भै गयो रहर
भान्जि नानी के छ नि खबर
बचन साँचे है ...................... नेप्चेको मुटुलाई, जोगाइ राखे है। :p :p

:-)
-भउते
 
Posted on 07-07-06 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-07-06 11:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौन मेरो यो २ कान के सुन्नु परेको होला ।
 
Posted on 07-07-06 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्टेदाई र कामेले लमीको काम थालेछन्
भएको जोडी बिगार्ने कुटिल जाल सोचेछन्
भौते चैं कुनामा लुकी मक्ख परेछन्
जानी नजानी....कसैले लान सक्दैन मेरी ठूल्नानी!!! ;)
 
Posted on 07-07-06 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भौतेकाजी,
भो भो कृष्णजीको धाक लाउनु पर्दैन
आश गर्दैमा रूखबाट फल तल झर्दैन
सक्छौ भने त्यै एउटी जुरेली सम्हाल
दुईटा डूंगामा पाउ कहिल्यै नहाल

पानको पात...........म र ठूल्नानी नाच्छम् दिनको रात!!
 
Posted on 07-07-06 12:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-07-06 12:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा!!! अति सुन्दर!!


बुझ्या छु है मैले नि चित्रे तिम्रो मर्म
ठुल्नानी लाइ पाउने रै'नछ तिम्रो कर्म
नखानु हरेस........
तिम्रो भाग्य तेस्तै रै'छ पिर नगरेस!!!

:-)>
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters