ritthe
Replies to this thread:
More by ritthe
What people are reading
Subscribers
Please log in to subscribe to ritthe's postings.
:: Subscribe
|
[Please view other pages to see the rest of the postings. Total posts: 918]
|
[VIEWED 519221
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-07-08 7:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
~ * चौतारी-१२८
*~
   हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल,
कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२८ औं
संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर
जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत
एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा
पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता
कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा
मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत
गर्दछ !

Meet the world's
finest school teachers, unbeatable students, mischievous senior
citizens, wildest , vacationing revolutionaries, rethinking moderates,
instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders,
laa-
hoo-rays, all on the stage of Chautari of
Sajhaland (World's first and
finest internet IMPROV in Nepali
language)
|
| |
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-09-08 9:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
तारेमाम चिप्ले।
ठुल्दाइ, तारेमाम। ठुलीले ढोका खोलेर गैइन्, अब कहिले फर्किने हो।
बिस्टे, चियाको लागि धन्यवाद। रिट्ठे सर, आरामै?
|
| |
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 09-09-08 9:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 09-09-08 9:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ओहो आज त टन्न चिया खान पाइयो, धन्यवाद दीपू धन्यवाद। वो बाउचा copycat । प्रेम कथाको अर्को भाग खोइ त?
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-09-08 9:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
तारेमाम बिस्टे, रिट्ठे, लहरे , दीपिका।
चिया को लागि धन्यवाद।
चिया भन्दा सदभाव को लागि साधुबाद।
|
| |
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 09-09-08 9:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-09-08 9:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लेख्दै छु आउँदैछ - धेरै जिस्काउने होइन - अली स्लो टाईप हुन्छ के मेरो
|
| |
|
|
SateLite
Please log in to subscribe to SateLite's postings.
Posted on 09-09-08 9:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हरि ॐ तत्सत !!
इश्वर कल्याणम अल पिपुलम हियर !!
SateLite
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-09-08 9:29
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
नारायण नारायण हरी हरी !
भब्य वेल्कमङ चौतारीयम भर्चुलम वर्ल्डम स्याट्लाइटे बन्धु !
सबैलाई नमस्ते,जदौ,तारेमाम
के छ चिप्ले सर? यात्रा सन्स्मरण त बबाल जादैछ नि !
बौचा को प्रेम काहानी कैले आउछ अब?
दिपिका, मैले चिया खान छोड्देको, सरि है !
बिस्टे मार्साब, हाम्रो मा नि तेस्तै तेस्टै छ दिन त !
ठुल्दाइ, तारेमाम माइबाप

|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-09-08 9:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
घर पुग्दा १२:३० भैसकेछ। फोन गरौ त जसो लागेको थियो तर गरिन, मनमा कुर खेलाई खेलाई सुते। बिहान उठ्दा ८:०० बजिसकेछ, सोमबार थियो काम त जानै पर्यो, गएँ तर काम गर्ने फिटिकै मन थिएन, चौतारीमा पनि गैन त्यस्दिन। जीवनको सबैभन्दा लामो दिन त्यै दिन जस्तो लाग्यो। बल्ल बल्ल ५ बज्यो, ५ बजेर के गर्नु, हाकिम गएको थिएन, उ नगए सम्म आफु पनि जान मिलेन, कुर्नै पर्यो, ५:२० तिर बल्ल उठेर गयो, अनी आफु पनि लागे घर तिर। घर गएँ, एक्लो ज्यान खाना पकाउनै पर्यो, मेल सेल चेक गरे - एसो त्यसो गर्दा गर्दै ९ बजिसकेछ। फोन गर्न त मन थियो तर गरिन, खाना खाएँ। जे पर्ला पर्ला भनेर फोन लगाएँ, हेल्लो आवाज आयो उताबाट, मैले परिचय दिएँ - अनी त हिजो किन फोन नगरेको रे, उ कुरिराकी रे फोन आउछ भनेर भन्न थाली। के भनौ के भनौ भयो, तर बहाना त बनाउ नै पर्यो - अनी ड्राइव गर्नु परेको ले धेरै थाकेको अनी पुग्ना साथइ सुतेको भनेर भने। सोमबार मे को तेस्रो हप्ता बाट हाम्रो फोन मा कुरा कानी शुरु भयो अनी त्यस्पछी दिनहुँ जसो कुरा हुन थाल्यो। यसरी शुरु भयो हाम्रो मिलन यात्रा। जुन को तेस्रो हप्ता हाम्रो एक महिने आनिवोर्सरी मा फेरी म शिकागो पुगे। त्यो बेला चाँही एक्लाई गएँ, साथीहरुलाई लिएर जाने त चान्स नै भएन नि। पहिलो डेट थियो मेरो र उस्को, घुम्घाम गर्यो, त्यो दिन त शिकागो त झनै राम्रो लाग्यो, राती गएर क्यान्डल लाईट डिनर पनि खैयो, मोरी त आज अझ बढी राम्री देखिन्थी, पहिलो पटक मेरो क्रेडिट कार्ड घोटियो। त्यो दिन त खुशी खुशी साथ घोटियो, के थाहा त अब देखी मैले नै हरेक पल्ट मैले नै घोट्नु पर्छ भनेर। त्यस्प्छी कती पल्ट घोटियो भन्ने लेखाजोखा नै छैन। पहिलो महिना सम्म त यो किनिदेउ है भन्दै मस्किन्थी, म पनि के कम भुटुक्कै हुन्थ्यो अनी जे भन्यो त्यही। तर मेन प्रब्लेम त अहिले पो छ त। अहिले त सोध्दा पनि सोध्दिन, खुरु खुरु सामान उठाउठी अनी काउटर मा सामान बुझाएर - ही विल पे भनेर देखाउछ अनी खुरुखुरु घोटिन्छ क्रेडिट कार्ड। अनी बिल नि द ब्याग। कहिलै मेरो हातमा बिल परेन। के किन्यो, कती कतिको किनियो थाहा छैन, बस जम्मा कतिको किनियो त्यो थाहा छ। एक दिन चाँही हेर्नै पर्यो भनेर उ रेस्ट रूम गएको मौका पारी बिल निकालेर हेरे, सामानको पैसा देखे - ब्लूड प्रेसर पैताला मुनी बाट टाउको सम्म पुग्यो...............................
क्रमश:
|
| |
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 09-09-08 10:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
"अहिले त सोध्दा पनि सोध्दिन, खुरु खुरु सामान उठाउठी अनी काउटर मा सामान बुझाएर - ही विल पे भनेर देखाउछ अनी खुरुखुरु घोटिन्छ क्रेडिट कार्ड। अनी बिल नि द ब्याग। "
हरे लहरे को हरिबिजोग परिछ नि त लहरी ले।
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-09-08 10:19
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
पहिलो महिना सम्म त यो किनिदेउ है भन्दै मस्किन्थी, म पनि के कम भुटुक्कै हुन्थ्यो अनी जे भन्यो त्यही। 
अर्को भाग पनि चाडो लेख बरु ! उता अगाडिको फ्रन्ट पेज मा टास्नी कि बौचा? 10K हिटको मेरो जिम्मा भो ल !
|
| |
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 09-09-08 10:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हन कति भो हो म चौतारी तिर छिर्न नभ्याको, पासवर्ड पनि चार चोटिमा बल्ल मिलाएं
बौचाले अर्को पनि कुर्सी पा हो कि क्या हो, कथा नि लेख्न थालेच त अचेल। अब पढ्न फुर्सत छैन अहिले, पछि पढम्ला।
लौ दिपिका नानी, थुल्ननि, चिप्ले, लहरे, ठुल्दाई, बिस्टे, रिठ्ठे सबैलाई नमस्कार। 
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-09-08 11:39
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
तारेमाम रिट्ठे, स्याटलाइट, अन्तरे दाई लहरे आदी इत्यादी।
२ घण्टा चानचुन भयो नेट शेडिङ भएको। त्यसैले कम्पुटर मा तास खेली बसें। 
यतिन्जेल लहरेको कथा-ब्यथा आइसकेको रहेछ।
मैले न बुझेको- बौचा ले लरकी घुमाएको कि लरकी ले बौचा? 
भुटुक्क भएं भन्दै मा सुटुक्क क्रेडिट कार्ड घोट्ने कि खल्ती लाई सोध्ने?
खल्तीलाई न सोधी गल्ती बौचा ले नै गरेको ठहर् छ मेरो।
हामी जस्तो हितैषिलाई एक सुको नाइ, लरकी लाई भने क्रेडिट कार्ड घ्वाइं घ्वाइं? 
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-09-08 11:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ओहो अन्तरे दाई ले कता बाट बाटो बिराम्नु भयो आज?
अनी घुमघाम सक्क्यो त दाई? खोइ यस्पाली त फुटाहरु नि हेर्न पाइएन त ! खसी पनि अहिले देखी बोकेरै ल्याउनु भो कि दसैं को लागि? 
|
| |
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 09-09-08 12:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
मध्यान्हको जदौ सबैलाई। दीपू, के के पाक्दैछ? चुल्हो फुक्दैछु भन्थ्यौ। लन्च ट्याम त भो नि। Satelite, स्वागतम चौतारीमा। के नाम जुराउने हो बरु? बाउचा, बतासे शहरकीले त भुटुक्कै पारिछ नि त।  ठुल्दाइ के हो त्यस्तो? थुतुने किताबमा पनि म:मकै फोटो? अन्तरे के हो? निकै पछि दर्शन पाइयो नि।
Last edited: 09-Sep-08 12:09 PM
|
| |
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 09-09-08 12:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
चिप्लु आज त दाउरा नबलेर केही पनि पकाउन पाकी छैन। आफ्नो काम पनि लठिबत्र नै छ। घुरिराछन कागज पत्रहरुले। कता बाट सुरु गर्ने जस्तो छ। उफ्फ 
ओहो अन्तरेदाइ, सञ्चै? धेरै दिन पछी बाटो बिराएर आउनु भएको जस्तो छ नि हाम्रो चौतारीमा
हुँदा हुँदा रिट्ठे पनि बदमाश भईसक्यो। अर्काले लेराएको चिया त खान्न है म रे। कस्तो छुच्चो होला। नखाएपनी चुप लागेर पो बस्नु पर्छ र अझ सरी है रे
बौचा लौ न कहाँ बाट पायौ त्यस्तो लहरी। त्यो त एकदम मटिरिअलिस्टिक लप परेको जस्तो छ लहरिको हाम्रो सोझो बौचा सँग। अब जे भने पनि "ओके बेब" गर्ने होला बौचा अनी के हुन्थ्यो? 
sateLite welcome!
|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 09-09-08 12:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
सबैलाई जदौ तारेमाम नमस्कार!!
लहरेको लप स्टोरी हाहाहाहाहा!! बिचरा बौचा कठैबरा!!!
भू-उपग्रह ज्यूलाई चौतारीमा स्वागत छ!
:पि :डि
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-09-08 12:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
.....सामानको पैसा देखे - ब्लड प्रेसर पैताला मुनी बाट टाउको सम्म पुग्यो। एउटा लिप स्टिक को $३३ रे, के छ एस्मा भनेर हेरेँ, साधारण लिप स्टिक नै रैछ, तर नाम चाँही लान्कम रे, - यो हेरे पछी अरु हेर्नै परेन। बिल त्यही छोडि बाहिर निस्के अनी कहिले बाहिर निस्किन्छ भनेर कुरेर बसें। हनी भन्दै उ बाहिर निस्की - अँ भन्नै बिर्सेंको, मलाई उ हनी भनेर बोलाउँछ, यानी म चाँही उस्को हनी, अब हुन पनि हो नि, महुरी जस्तै मरिमरी कामगर्ने म, मह काट्ने चाँही उ भएपछी, म भएन त उस्को हनी।
मैले समानको बिल मागें। बिल के बिल भनेर काखै मा बसी अनी भन त किन चहियो बिल बाबा तिमीलाई बिल भनेर जिस्किन थाली। यती मात्र के भनेको थियो, माथा तातेको ११० डिग्री बाट झरेर खर्ल्याम खुर्लुम ९९ डिग्री मा पुग्यो, तर यो पटक आफुलाई सम्मालेर १०२ डिग्री सम्म पुर्याएँ तर जती गरे पनि ११० पुगेन। उ कुरालाई अर्कै तिर मोड्न प्रयास्रत थियो, र हरेक पल्ट बिफल हुँदै थियो, केही नलागे पछी जुरुक्क उठेर कोठामा गै, अनी समान र बिल सहितको पोका मेरो अगाडि फ्याँकिदियो अनी शुरु भयो डाइलग बाजी जाबो एस्तो सामान किनिदिएर के के न गरिदीएँ भनेर सोचेको होला रे, चाहिया छैन रे कसैले किनिदिन, उ आँफै किन्न सक्छ रे - यस बिच उसले मलाई हनी भनेर एकचोटी पनि भनिन - र अन्त्यमासामान सबै रिटर्न गरिदेउ भनेर आफ्नो कोठामा गै अनी ढ्याआमssssss - यो चाँही ढोका लागेको आवाज।
म पनि के काम, आखिर उस्कै प्रेमी न ठहरीएँ, गएर फिर्ता गरिदीएँ सामान सबै, अनी फर्केर फिलिम हेर्न थालें। मैसाब अझै कोठामै रैछ। म पनि बाल मतलब भनेर फिलिम हेर्न मग्न। १ बजे पछी भोक लाग्न थाल्यो। फ्रिज खोलेर हेरें केही छैन रैछ, अन्डा थियो पकाउन मन लागेन, जुस लिएर पिएँ। एकछिन पछी महारानीको सवारि भयो कोठाबाट किचन तर्फ, पकाउन लग्या रैछ, अरु केही त थिएन अन्डै होला, हो रैछ अम्लेट। कस्तो मिठो बास्न थियो, ल अब खान पाइने भयो भनेर मख्ख थिएँ। मोरी त पाकेको अम्लेट लाई प्लेटमा हालेर मलाई हेर्दा नि नहेरी लुइँ लुइँ आफ्नो कोठामा पो जाँदो रैछ। फेरी ढ्याआमssssss ढोका लायो।
अब त भएन भनेर केही त गर्नु पर्यो भनेर सोचे, रिस त मरेको थिएन, त्यस्माथि भोक लागेको। जुरुक्क उठे अनी गएँ फास्ट फुड रेस्तुरन्तमा, टु गो को लागि चिपोट्ले लिएर आएँ, आएर फिलिम हेर्दै खाएँ अनी पोको चाँही देख्ने गरी ट्रास क्यान मा राख्दें। खाइवेरी महारानी फेरी बाहिर निस्की खाली प्लेट लिएर, प्लेट धोइ, अनी नजर चाँही पोको माथि परी हाल्यो। प्लेट राखेर कोठा तिर जाँदै गर्दा बाटोमा टक्क अडी अनी सि गेभ मि अ कोल्ड हार्ड लूक। मैले नि पुलुक्क हेरें। सवारि फेरी कोठा तिर भयो अनी फेरी ढ्याआमsssssss।
फिलिम पनि सक्यो अनी म कम्प्युटर चलाऊदै थिएँ, यस्तै पाँच बजेको थियो, मैसाब मेरो सामु आएर टक्क उभीइ, हातमा टकिया थियो। मैले केही सोच्न नपाईकन नै मलाई त्यै टकियाले हान्न थाली। सके सम्म त छेके, हादै थियो लगातार, एउटा चाँही मुखैमा लाग्यो, मेरो पाली पनि उस्को हात बाट टकिया खोसेर हान्दे मैले नि, मैने एक मारा वो भि सोलिड मारा भने जस्तै मुखै मा लाग्यो। अली जोडले नै लागेको जस्तो छ टुचुकै बस्यो। मुख चाँही रातो भैसकेको थियो अनी केही उपाय नदेखेपछी उसले आफ्नो अचुक अष्त्र प्रहार गरी, अष्त्र मात्र हो र ब्रम्हाष्त्र नै हान्यो नि मलाई, दुइटै आँखा बाट गंगा जमुना बहन थाल्यो उसको।
एकछिन सम्म त वास्ता गरिन, तर कतिन्जेल बच्न सकिन्छ र, आखिर ब्रम्हाष्त्र न पर्यो, फकाउनै पर्यो भनेर फकाउँन शुरु गरें। तिमी मलाई माया गर्दैनौ रे, उसलाई इउज गर्यो रे, केटाहरु त्यस्तै हो हुन्छ रे, केटी नफसेसम्म जे पनि किनी दिने रे अनी फसें पछी बिल माग्ने रे - ल अब भयो त। होइन बा होइन मैले त्यस्तो गर्न खोजेको होइन, यू नो, आइ डोन्'ट मिन ड्याट, अफ्कोर्स आइ लभ यू भन्दै फकाउन थालें। बल्ल बल्ल मानि मोरी। अनी भन्न थाली अघिनै किन नभनेको रे एस्तो, अघि नै फकाउनु पर्छ रे मेरो दिनभरी टाईम वेष्ट भयो रे - ल भयो त जो चोर उसकै ठुलो स्वोर भनेको एही हो।
अनी राती के गर्ने प्लान बनाउन थाल्यो। जस्तो प्लान बनाएपनी पर्ने त आफ्नै खल्टी न हो। राती खाना नपकाउने रे ग्रोसरी जानु पर्छ, भोली जाउँला आज बाहिरै खाउँ है भने। मैले पनि मुसुक्क हाँस्दे अब के नै गर्न सकिन्छ र। सबै कुरा ठीक भैसकेको थियो मोरिले सामान खोइ, हनी भनेर सोधी। अब फर्साद परेन, फिर्ता गरिसकेको समान कहाँ छ भन्ने। के भन्ने भन्ने साँचो कुरा नै भन्दे। अचम्म उ रिसाइन अनी भनी ठिकै छ नि पहिला मल जाउँ सामान फेरी किनौं अनी खान जाउँला। मैले टाउको हल्लाएँ। उठेर कोठा तिर जाँदै थियो के सोचेछ कुन्नी टक्क अडेर राती मुभि पनि जाउँ है, नयाँ फिलिम आको छ रे भन्यो, हुन्छ भन्नै पर्यो, हदैन भन्ने त कुरै भएन, अनी कती खर्च हुन्छ भनेर हिसाब गर्दै बसें।
मल पुगियो, सामान किन्न थालियो, सबै अघी नै किनेको थियो। सर्प्राइजsssssssssss, यस पटक अघीको भन्दा दुई तिनवटा सामान बढी नै थियो। How did I not see that coming। अघी तिरेको भन्दा बढी नै तिर्नु पर्यो, एउटा बिल के मागेको थिएँ आपत नै आइलाग्यो। क्य्रासिएर ले Sir, Do yo want bill with you or in the bag भनेर सोधी। महारानी ले पनि म तिर हेरेर Do you want bill honey? भनेर सोधी। एसपल्ट चाँही मैले नै भन्दे in the bag।
समाप्त।
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-09-08 12:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।
लहरे को पिरेम काहानी पढियो। भात खाएको भन्दा पनि बौचा ले लात खाएको स्वाद आयो। 
छुपेरुस्तम बौचा, खुचिङ? लुकाए पछी यस्तै हुन्छ। भरे फेरी ढोका ढ्यामssssssssssssssssssss ! हुने भयो। लहरिले पक्कै पढ्ने होली, जाबो त्यती लिपिस्टिक किनी दिने ले सार्वजनिक सूचना पाटी मा बिज्ञापन गर्ने भन्दै। अब टकिया लोटिया ले हान्छे। 
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-09-08 1:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ल पढ्यौ होइन - पढ्ने सबैलाई धन्यवाद ल अब भन त्यसै हुन्छ मेरो मुड अफ ठुल्दाइ के गर्ने मोरी ले हनी भनेर मसेपछी मेरो हात पाइन्टको दाहिने खल्टी तिर त्यसै जान्छ भन्या के भएको थाहा नै भएन मोहनी लगायो जस्तो छ ल 
रिट्ठे भुटुक्क त हुने नै भयो नि - क्या इस्माइल छ मोरिको। देख्या भए थाहा पाउँथ्यौ
बिस्टे दु:ख पाइयो साह्रै दु:ख पाइयो - के गर्ने होला - हरिबिजोग भनेको कस्तो जस्तो लाग्थ्यो पहिले आफुलाई - अहिले आँफैलाई परेको छ 
पर्यो चिप्ले पर्यो के गर्ने भुटुक्क भएर त खल्टी रितियोनी
दिपिका मटिरिअलिस्टिक लप होइन यो तिम्रो सोझो साथी लाई फँसाइ लौ न केही गर्नु पर्यो। साथीलाइ उद्दार गरौ 
जिम्बाल कठै बारा भनेर बस्ने हो - के गर्दा ठीक होला सल्लाह सुझाब दिनु पर्यो
अन्तरे दाई तारमाम् धेरै सिन पछी झुल्कियौ नि, सञ्चै होइन
अब ठुल्दाइ लिपिस्टिक मात्र भए हुन्थ्यो नि, सग सँगै क्रीम पनि चहिने, लाइनर रे, ग्लोस रे, लोसन रे, मोइसुराइजर रे फेरी साधारण नहुने ब्रान्ड वाला नै चाहिने, तिम्रो भाई ले दु:ख पाउला जस्तो छ ठुल्दाइ - केही गर्नु पर्यो 
|
| |
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 200 days
| Recommended Popular Threads |
Controvertial Threads |
| ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION |
| NRN card pros and cons? |
| Democrat wants to run election like in India. Chaos and Confusing to voters. |
| legal Query for married nepali girl now have taken US citizenship |
| ए १ पनि पुगेनछ ? |
| 2020 : Why No Trump ! |
| Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place |
| 200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year. |
| नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ |
| ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE |
| Tps decision coming or not nov 18 |
| अब के हाेला त? |
| BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS |
| Funny when Nepalis talk about Epstein and injustice |
| NOV 18th TPS DAY |
| EAD Filing |
| मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे |
| नेपाली वालमार्ट चोर |
| Work Permit |
| मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|