~ * चौतारी-१३१*~ आयो आयो भन्दा भन्दै गैसकेछ दशैं पनि
हाँसो
ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन
उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३१ औं संस्करणमा आइपुगेका
छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने
पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि
यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी
स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्दछ !
जिम्माल त्यो हिले भन्ने ठाममा गर्मीमा पनि के सारो जाडो हुँदो र छ अन्त तोङ्बा नतानी त के हुन्थ्यो। २ नं बाहिनीका जवानहरु सँग बसेर ताने पछि अनेक कुरा निस्किदा रछन जिम्माल के नी --
त्यो पाख्रिबास भन्ने चै हिलेबाट देब्रे तिर लागेर जाने हैन त? पाख्रिबास, घोर्लीखर्क, दियाले, लेगुवा--के के हो -- अरुणको झोलुङ्गे पुल तरेर भोजपुर तिर उकालो लाग्दा त्यो रातमाटे टारहरुमा बदाम फल्या देख्या जस्तो लाग्छ।
उता मुढे चित्रे तिर त चिसो बेपत्ता हुने रे छ -- चित्रेबाट श्रीनागी तिर लागे पछि हो क्यारे जुका लागेर मेरी बास्सै! धन्न ट्वाँट चै खरो हुँदो रछ र -- हँ जिम्माल, कसो?
बसन्तपुर भन्ने पनि गज्जबको रहेछ फेरी--यता हेर्यो धनकुटा रे उता हेर्यो तेर्हथुम रे ---तर जता हेरे पनि पाथीमा चामल जस्तै मखमली चोलोमा भरीएका --बुलाकी हल्लाउने, शिरफुल लाएकाहरुका प्वाँलाका मालामा आँखा अल्झेर भनेको झन्डै मरीयो।
चौतारीको पहिलो इन्ट्री मैले पूर्वैका कुरा गर्दै मारेको थिएँ, आज फेरि त्यस्तै जमेछ। आफ्नो पनि मुकाम गजुरमै जमेको थियो। सिधुवाको छथर होटेलमा पनि एक पाथी भात बजाइयो होला। त्यसो त धनकुटाको परिचय होटेलमा पनि भात नगोधेको होइन बिहीवारे हाट हेरेछिन्। बसन्तपुरको याक होटेलमा पनि तुम्बा र मम बजाइयाथ्यो। बसन्तपुरबाट कुहिरो छिचोल्दै बसबाट चित्रेको बाटो झर्दाको आनन्द पनि बेग्लै छ। हिलेबाट चियाको चुस्की लगाउँदै सूर्योदय अनि मकालु हिमालको दर्शन गरेको क्षण अबिस्मरणीय थियो। खोइ कहिले हो फेरि त्यतातिर लाग्न पाउने।
धनकुटाको परिचय होटल भनेको त्यो माथ्लो कोप्चे तिर हैन, चिप्ले ब्रो? त्यो ठुलो बरको रुख छेउमा? त्यहाँबाट अलि मास्तिर लागेपछि नगरपालिकाको पुस्तकालय पनि थ्यो क्यारे -- तल बस बिसौनी छेउमा चै किस्न होटेल भन्ने थ्यो हैन?
के भैराछन एता? बिर्खेले हिलेको तुम्बा सम्झाएर त मुखै रसायो गाँठे। उहिले जवानाँ गजुर होटलाँ तुम्बा र सुंगुर्को मासु खाई भोलिपल्ट ब्यान उठी मकालुको दर्शन गरियाथ्यो। पाख्रीबास र लेगुवा त जान पाइएन तर बसन्तपुर चाहिं गइएको थियो।
अनि कलंकी त के हो, दूध दुहुने काममा त पोख्त छन कि कसो? साहूनीको पसलाँ दूध बेच्न जांदै लब पर्या हो कि कसो?
ओऽऽऽहोऽऽऽ! चिप्ले जी पनि चौतारीमा, लौ आज त साइतै पर्या रैछ नि। अस्ति दोहोरी गाम्दा त खूब मज्जा आ'थ्यो है? पछि त भौते, कैले सब जना पून्टेदाईको सालीको पछि ला'र हैरान। अनि तपैंले धनकुटातिरको कुरा गर्नु भा' हो कि क्या हो, आफू पनि धेरै पैले बच्चामा चैं पुग्या हो त्यतातिर।
देखेउ त डल्ली ? पुच्छर घुम्र्यो कि ढुङ्रो? मैले त भङ्कुरी जस्तो भन्याथेँ , तिमी त कर्नाल नै भै सकिछौ ल। बधाइ छ। लास्टा पालियाँ आफैले सप्पैलाई भदाहा भन्न थालिछन यिनले त। :-)
के भन्नी, के नभन्नी भएछ यहाँ त। चौतारी त कहाँ पुगेछ कहाँ। अब त पढेरै पनि नसकिने भएछ। सप्पैको बासै यतै हो कि के हो? ओड्नी ओछ्याउनी सप्पै बोकेर चौतारीमै बस्न थालेछन जस्तो छ सईँहुर। :-)
लु चिप्लेजी ले गजूर होटल को कुरो अर्नुभो। मु पनि त्यै बस्ने अर्थेँ गा बेलाँ। अनि बसन्तपुरमा चाहिँ याक होटल भन्ने थियो। अब पुर्बको यात्रा लेख्ने हैन चिप्ले जी? :)
आइते के भयो भनेको उता अर्को धागोआँ? अब इउरोपे हरु मात्तै जान पाम्ने हो कि भनेर नगाको नि म। क्यार्न चिन्ता अर्चौ, रिन लागो भनेर डराम्न हुन्न दिन लाए पो डराम्ने त भौते नि आको च गाममा , चौतारिआँ झुल्कँदै होला एउछिना आम्च होला :)
मलाई फुफु भनेसि मैले भदहा त भन्नु पर्यो कि कसो भौते जी! हाम्रा चिप्ले दाज्यै पनि पो चौतारी म आउनु भएछ। अब कुनैदिन खसिको मासु खान चिप्ले दज्यैकहाँ जानु पयो।
डल्लीले त कैलीगाई पनि पालेकी रचन। १-२ बेत ब्याइसकेको हो कि भर्खरको कोरेली बाच्छी हो? कोरेली बाच्छी हो भने म लिन आम्छु के रे। तिम्लाई यो जाडोमा घाँस खोज्न जाने टन्टो नि हराम्नी। फेरि यता ल्याएर ब्यायो भने मलाई पनि गोरस हुनी। :-)
यी शेर्पिनीले कति हर्केकै मात्र बाटो हेरेकी होलिन। अब हर्केले ७-जुनी बिताम्ला भनेको त अहिले देखि हैन नि त। अर्को जन्म देखी सुरु हुनिगरी भनेको हो के। यै ताल ले त यो जुनी तेसै खेर जाने भो तिम्रो। :p
म आइसके बिर्खे। तिम्रा आँखा कता छन् हँ? कि डल्लीको गाईलाई ल्याईदेको हरियो चस्मा आफैले लगा'र बसको हो हँ?
दीप पर्भो, हो बरको ठुलो रुख थियो क्यार परिचयको छेवैमा। आफू त्यता गाको पनि उहिले हो, गिर्जा पर्साद पहिलो चोटि पर्धान्मन्त्री भको बर्ख दिन पनि पुग्या थेन। बिर्सिएँ हौ अरु कुरा त। बस बिसौनीबाट हुलाक टोल हुँदै बजार छिरे जस्तो लाग्छ। चेली पनि पूर्वेली परीन् कि कसो? झर्ने होइन, इटहरीबाट माथि लागेपछिको कुरा गरम् है। तरहराबाट केही माथि गएपछि सेउती खोलाको पुल आउँछ, जसको अघि पछि "HUMPS FOR HALF MILE" भन्ने साइन्बोर्ड राखिएको छ (वा थियो)। अनि सालघारी छिचोल्दै अलिअलि हो कि होइन जस्तो उकालो लाग्दै धरान छिरिन्छ औद्योगिक क्षेत्रलाई बाँया पारेर। उकालो लाग्दै भानुचोक पुगेपछि बस परिवर्तन गर्नु पर्थ्यो त्यो बेला। अहिले त काठमाडौंबाट सीधा सेवा छ रे म्याङ्लुङसम्मै। त्यो बेलाको प्रख्यात कोशी सुपर एक्स्प्रेसबाट झरेर बसन्तपुर जाने थोत्रा बसहरु चढ्नु पर्थ्यो। बसहरु समय तालिका अनुसार नगएर १२०० रुपैंया उठेपछि छुट्थे। त्यो बेलाको भाडा दर: धरान- धनकुटा रु २५ (५२ किमी), हिले ९ (१३ किमि, बाटो कालोपत्रे गर्न अघि १२ लाग्थ्यो), सिधुवा १० (११ किमी) र बसन्तपुर १२ (११ किमि)। हिलेदेखि माथिको बाटो कच्ची थियो (अझै पनि कच्ची नै छ जस्तो लाग्छ), र सिधुवादेखि ठाडो उकालो भएकोले भाडा दर पनि महँगो। धरानको छाता चोक छेउमा त्यहाँको प्रख्यात केशर (हो कि केशब हो) पुस्तक पसल थियो। त्यसैको अगाडिको पसलमा मम खाइएको थियो। ममको तौल पनि एउटैको आधा किलो होला, अनि एउटा प्लेटमा दुई मम, हाफ प्लेट खाए एउटा आउँथ्यो क्यार। त्यहिंबाट हो क्यारे चतरा जाने बाटो छुट्टीने। बाटो पनि जीर्ण, त्यहाँ जाने ट्याक्सीहरु पनि त्यस्तै। धनकुटातिर लाग्दा नागबेली सडकको उकालो, अनि धरान र शर्दु खोलाको सुन्दर द्रीष्य। उकालो लाग्दै गर्दा बिस्तारै सालका रुखहरुको बाहुल्यलाई सल्लाका रुखहरुले प्रतिस्थापन् गर्दै जान्छन्। भेंडेटारमा चिया खान बस रोकिन्छ। चिसो हावाका साथ वारीपरिका सुन्दर द्रिष्यहरु हेर्दाइ चिया खाएपछी ओरालो लागेर लेउती खोलाको किनारतिर झर्यो, अनि एकैछिनमा मूलघाटमा तमोर तरी उकालो लाग्यो, धनकुटा पुग्यो। सार्है नै रमाइला भएको थियो पूर्वको यात्रा। मर्नु अघि एक चोटी फेरि त्यता पाइला टेक्न पाइएला कि फेरि।
४) इटहरीमा रात पर्छ कि पर्दैन? - पर्छ नि सोझै भन्दा, बाङ्गो उत्तर छ भने थाह छैन
५) झुम्का बजारमा झम्केफूलीको पसल छ कि छैन र साथै उक्त बजार इनरुवाबाट नजिक पर्छ कि इटहरिबाट?- झुम्के फुली मात्रै पाइने भन्ने त्यस्तो स्पेशल पसल त नहोला र साथै उक्त बजार बिचमा पर्छ जस्तो लाग्छ... खै नट स्योर!!
६) सुनसरि र मोरङको बोर्डर कता पर्छ? इटहरितिरको कुरा गर्दा, इटहरी बजारबाट यसो पूर्व झापाजाले बाटोमा लागे पछि ट्याङ्ग्रा खोला आउँछ, त्यसपछि मिलन चोक अनि आउँछ बूढी खोला, त्यही बूढी खोलाको पारी मोरङ वारी सुनसरी । मोरङपुगे पछिको पहिलो ठाउँ बाँसबारी भन्ने हो! विराटनगर तिर कै कुरो गर्दा नि, दुहबीबाट मास्तिर लागे पछि बुढी खोलो फेरि आउँछ, त्यही बूढी खोलो कटेपछि आउँछ, मोरङ। दुहबी सुनसरीमा पर्छ, तर आजपनि रेडियोमा साबुनको विग्यापन आउँदा, ...... ( साबुन कम्पनिको नाम), दुहबी, विराटनगर भन्ने गर्दछन् यस्ति किन हुन्छ ???
गूड् मर्निङ चौतारी। बिहीवारे बगलामुखिय जदौ ठुल्दाइ अनी चेली बहिनी लाई। झम झम पानी पारीरख्या छ हाम्रो गाममा त ब्यान देखी दिक्क लाग्ने बातावरण छ्। लौ नेपाल को भुगोल को बारे मा त निक्कै कम्जोर छु म,जम्मा ३-४ पटक गैयो होला बाहिर त्यो पनि सिमित ठाउँ मा,के गर्नु कोही आफन्त थिएनन बाहिर,जान त एकदम मन लाग्थ्यो तर २० बर्ष काठमानडौ मै थन्कियो।
दुहबीमा त्यो साबुनको फ्याउटरी बुढी खोला पारी मोरगं तिर पर्छ होला नी त -- महालक्ष्मी मैदा मिल हो कि के हो पनि थ्यो त्यता तिर -- एउ चोटी मोटरसाईकलाँ बत्तिदा देख्या जस्तो लाग्छ -- आफ्नो त्यो धरान बिराटनगर धनकुटा त्यता तिर यसो खुट्टा पर्या भए पनि खासै जानकारी चै छैन --- बिराटनगरको गर्मी र त्यो गर्मीमा हुर्केका लामखुट्टेले तर्साथ्यो आफुलाई---धरान चै बुटबल जस्तो लाग्या थ्यो -- भेडेटाराँ शित्तल त हुने तर खासै पर्यटकिय हिसाबले केही गर्या जस्तो थिएन। धनकुटा पनि सुनसान शहर थ्यो। खासै चहलपहल थिएन आफु पुग्दा।
ईटहरीमा रात चै पर्छ क्यारे तर सुनसान चै हुँदैन होला बस कुदेको कुदेई गरेर हेटौडा र नारनघाट जस्तै होला --- त्याँ तरहरा भन्ने ठाममा माछा पाल्थे क्यार -- चारकोशे पनि नाम मात्र को जंगल रे छ -- बाहिर बाट हेर्दा जंगल जस्तो भित्र फँडानी गरेर खत्तम।
मैले चै भैरवा जस्तै बिराटनगर, बुटवल जस्तै धरान, अनि तानसेन जस्तै धनकुटा देखें।
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
नेपाली वालमार्ट चोर
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
H1B
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.