[Show all top banners]

CaMoFLaGeD
Replies to this thread:

More by CaMoFLaGeD
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी ३२

[Please view other pages to see the rest of the postings. Total posts: 318]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 137442 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 11-21-06 8:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!!चौतारी!!!



सम्पूर्ण चौतारीका गाम्लेहरू तथा शुभचिन्तकहरूलाई न्यानो अभिवादन



width="650" height="450">

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३२सौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो। चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल, आदी......


सान्नानी:
अहिले आएर कुरो उल्टाउछौ?
बासङ्ग कुरा गर भन्दा उहिले
".. not ready yet" भनेको बिर्सिन्छौ?

कति कुरिबसे
बिदेशबाट फर्केला सङ्गी भनी
सङ्गी त आएन आएन एउटो चिठि सम्म पाइएन
बा आमाको किच् किच् को अगाडि मेरो केही लागेन।

पून्टे दाई:
"बासंग कुरा गर" भनेऊ उहिले
जम्मा १७ बर्षको त थिएं जहिले
अनि त कुरो भयो नि चेट
भनेको मात्रै हैन, थिएं नै "not ready yet"

चिट्ठी त पठा'को भए पो पाऊँथेऊ त
जत्ति कराएनि ई-मेल तिम्ले काँ चलाउँथेऊ त?
राम्रै भो बा-आमाको किच् किच् सहन नसकेको
भेट्टाको छु यतै तिमी भन्दा धेरै चिटिक्क परेको।

दीप ज्यो:
कैले म सङ्ग कैले उ सङ्ग गरेउ
मायाको खेलमा मलाई डुम पारेउ
उ हिनेसी म किन रेडी हुनी हो?
तेई भेर ".. not ready yet" भन्या हो
 
Posted on 11-21-06 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुठो भएनि जित्नै परो यि केटकेटिहुरलाई! :p
 
Posted on 11-21-06 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

poonte dai kati haseko, poonte dai lai lotto pari jaosh ;)
 
Posted on 11-21-06 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमेको मुखाँ दुध भात! लोटो परेछ भुने १०८ डेक्ची खिर नमेको नामाँ अर्डर गरिदिनि भएं, लौ!
 
Posted on 11-21-06 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबलाई नमस्ते छ हौ!
हिजो हाम्रो केटाहरुको नगरकोट ट्रिप थ्यो कि अन्त चौतारिमा लास्ट एक नजर दिएर टाप दे को नि मैले त।

कुम्सले फेरि सारोsss रड्डिज गर्दियो आफ्नै पाटको नाम छुटाइदिने सोम? याम्स ब्रो फेरि नयाँ साथिहरुको बबाल रेकर्ड राख्छु भन्दिने निश् पाटलाई बिर्सिदिने?

आँsssच तित्स सालिले जित्देको भन्या? कस्को कस्को चाहिँ ट्रिट खाने हौ अब!
 
Posted on 11-21-06 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो तिरुले कति बिघ्नले जिती छ त लौन मलाई, वेल् डन्। :D:D:D म नि सेकन् त भाछु है, फस् हुन नसकेनि। फस् हुनी जत्ती फेरी हराउदा रेछन्, ह्वेर् आर् यु तिरु?
अनि साच्ची त्यो निस् र समिधा को points पाउनुपर्नी हर्ले मुखुन्डो उतारेमा जित्नि सम्भावना छ है। :P:P
 
Posted on 11-21-06 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरितालिका धेरै पछि हैन तेस्रो बाट चौथोमा हो

नमे क्यार्नु कुनै बेला आउला नि छुट्टाछुट्टै पुरस्कार दिने बेला ............:
 
Posted on 11-21-06 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यामे तिमीलाइ मेरो मित्तो मुस्कान देखाको नि क्या ।

सानानि के च हो? अब मेरो नेपल् जाने पालो। सपिग् मा नि अलि अलि गर्दै चु। अरु सबै तेस्तै त हो नि।
 
Posted on 11-21-06 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ठुल्नानि कैले हो नेपाल जाने?

आस्स्स्स् निस् ब्रो काहाँ भुल्नुकि ब्रो लाइ यार ।
झन नयाँ आउने मा नाम दर्ता गर्देको कि ब्रोले ता देख्दै नदेख्ने ल कस्तो रडिस् भो नि ।

खोइ त्यो मुकुण्डो सुनुण्डो भन्छन् कि गाउतिर क्या हो निस् ब्रो मेरो ता देमागले टिपेन हो यसो ब्रो ले बुझ्या बे हामिलाइ पनि भेजा खोल्दिन यार
 
Posted on 11-21-06 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा!! को को छुटेछन् को को! निशान्त, समिधा दुबैजना छुटेछन्। माफ पाउँ है निशन्त जी अनि समिधा भाउजु। नयाँ आउनुहुनेहरुपनि सबैजना छुट्नु भएछ। हत्तार हत्तारमा गरेको काम!! :पि
 
Posted on 11-21-06 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यामे दिसेम्ब्बर ८ मा जाने । तिमी पनि जान्लागेको हो ?
 
Posted on 11-21-06 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन ठुलि म ता जुन जुलाइ बसेर अगस्टमा आएको अब अर्को मे/जुन मा जाने हो

ल ठुली रमाइलो गर नेपाल मा
 
Posted on 11-21-06 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै अघिको फोटु, उता कोल्ले टाँसेछन्, गाम्लेहुरलाई नि देखाउन मुन लाओ के! पुन्टेको र्‌याईं र्‌याईं! ;)

 
Posted on 11-21-06 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थ्यांक्उ यामे । केही खबर छ भने पुराएदिम्ला क्यारे ।
पून्ते दाई इज सो किउत ।
 
Posted on 11-21-06 11:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँssssच पुन्ट्स सुड्डा!
गोsssरो छालामा दौरा सुरुवाल चिटिsssक्क पारेको के फेरि!
ढाका टोपि नि टssक्क मिलाएर राखेको हौ सिरमा।
आम्बो सुरुवाल त फिरि पाइताला बाट दुइवटै खुट्टामा बराबरि नापेर खुम्च्याको जस्तो छ नि हौ! सारङ्गि फेरि दरो रेटिदिने के हाम्रो ब्रो ले।
जे होस एक्स्ट्रा देखेको छ हौ, धोबिनि त भुतुक्कै पो हुन्छ हो यो देखेर! :)
 
Posted on 11-21-06 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्टे दाई, तपाइँलाई साँच्चिकै सारङी बजाउन आउछ? गार्‍हो हुन्छ होला नि, हैन त?
२०६१ सालको नया बर्ष कार्यक्रममा गाउनु भएको रहेछ। त्यस्को भिडियो भए यसो यहाँ शेयर गर्न मिल्थ्यो कि?
 
Posted on 11-21-06 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओह्हो! पून्टेदाई त पक्का गाईने देखिनुभा'छ।;) के गीत गाउँदै हुनुहुन्थ्यो त्यसबेला?

आज कसैलाई कथा कविता फुर्या भए हालम् न ल। आफूलाई भने केही नि फुरेन।
 
Posted on 11-21-06 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे के हो अगि त खुब मलाई कबिता, कथा फुर्ने आइदिया सिकाउछु भन्दै थियौ त के भो अहिले । :(
 
Posted on 11-21-06 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ के के भैसकेच ,

सबै भन्दा पहिला सोझो कुम्ले ले बाङो (उप्स् राम्रो भन्या के पो भ'छ) चौतरी बनाएछन् लौ मेरो तर्फाँट नि एक भारि धन्यवाद थाप् ! :D

यामे ले हिसाब् किताब् निकालेचन् मलाइ फस् पारेचन् अनि पुरस्कार् चाइ नदि बधाइ मात्रै दे'चन्। हुन नि मुइले त बोर्डै हान्दिछु नि आँsssssssच् ,लाज् को मर्दो साहु ले देखो'भनि सान्नानि ले भन्या झै मार्छ :(

हाम्रो पुन्टेदा सारङि बजा'को कति राम्रो! कति मिठो धुन् सुनिरहु अस्तो लाग्ने :p

निश् भेना लाइ चै नमस्ते छ हौ ल , सिम् ले भेट्यो हिजो पछि पछि खोज्दै आएछ् हो केटि त सिम् दि व्हेर् आर् यु?

थुल्नानि, नेपाल बात तितौरा र गुत्पाक ल्याइदेउ है मलाइ।:)

गोताएँजि लाइ - गोताएँ जि तपाइले लेख्ने वर्ड् हरु घच्चि ,साइदुवा, खाउडो, "सरापे र जिम्माल् बुडा पसारिएछन्" and जिम्दैछस् etc . हरु सबै राखेर एउटा कथा लेख्नुस् न पड्दा खुब् हासो लाग्ने वर्ड् हरु कथा मा मिसाउदा रमाइलो होला । (मेरो पाच् पैसे अनुरोध् है।)

अरु सबै साथि हरु लाइ नमस्ते!
:D
 
Posted on 11-21-06 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माफ् पाम है "धन्यबाद थाप" ******लेख्या प को खुट्टो तानिएर अनर्थ लाग्न गएको मा। :S
 
Posted on 11-21-06 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए राता, सेता, हरिया, पहेला (भए भर को जम्मै) मकै,

गर्न पनि उधुम नै गरि सकेछन् गाम्लेहरु ले त। नया चौतारी बनायेर हल्ला खल्ला पो रैछ यहा त। लु कुम्ले दाइ लाइ, एउटा नया कुम्लो (काम न पाको बेला मा ठिमि तिर जान काम लाग्छ नि) नया चौतारी बनाको मा। :P
आँssssच तित्स ले त बोर्ड पो हान्दे छ त; लु तित्स लाइ पनि काक्रा-चुलेसन।
अनि बाकि सबै गम्ले हरु लै चै मेरो नमस्ते!

रोल नम्बर २१ नेप्चे
यस मिस
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters