[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 Khattam -------- Deep

[Please view other pages to see the rest of the postings. Total posts: 46]
PAGE: <<  1 2 3  
[VIEWED 32567 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 11-07-06 3:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खत्तम्!

----------


"भोलि त सबै जना बुढानिलकन्ठ नारन्थान् जानि -- कात्तिकको
खै के पुजा गर्नि रे फुपुहरुले त्याँ --- पुजा सुजा सकिएसि पिक्निक् गर्नि भन्या छ त्यतै---मिल्दैन भोलि -" बाङ्गेले भोलि रमाइलो गर्नि भन्या प्रस्ताब् प्रति
टिप्पणि गर्दै मैले भने। बाङ्ग्या रमाइलो भन्या उस्ले बाउको
गाँठ् रक्सि चुरोस् चोरेर ल्याउथ्यो अनि त्यस्को हाम्ले सदुपयोग
गर्दिन्थिम् त्यै हो।

बाङ्गे चकित् भो। उस्ले रमाइलो गर्न राख्या प्रस्ताब् हम्मेसि अस्विकार
हुन्नथ्यो। मैले नि यत्तिकै उस्को निम्तोलाइ लात् हान्या हैन कारण थ्यो।

म नि आम् -- पूजामा?---उहिँ लिएर जाम्ला नि त हाम्रो सप्प्लाइ? बाङ्ग्या
आँखा चम्के।

"काँ आउनि? फुपुहरुले लाको पुजा हाम्ले हो र? फेरि पुजामा कताको
जाँड् रक्सि चुरोट् बोकेर जानि---उसै त आफन्त दुश्मन् भैराछन्
---झन् त्यै माथि जाड् रक्सि बोकेर गयेसि जात्रा गर्दैनन्" भन्दै
मैले प्रतिकारले कुल्चिन खोजेँ।

"को आफ्न्त दुश्मन् भा भन्या?" बाङ्गेले सोध्यो।।

को अब? सबै नि --- "दीप् बिग्र्यो--- सङ्गत् राम्रो भएन"---भन्या
सुन्दा सुन्दा झर्कै लागि सक्यो अब त - अस्ति त्यै तँ सङ त्याँ
नक्सालको एभरेस्ट् मोमो लाइ स्टार् बियर्ले पखालेर आ बेलाँ हजुरामाले त "यो
बज्ज्याले त गति छाड्न लायो" भनेर खत्तम् - आफुलाइ झम् झम्
पनि भैरा है घराँ अरु मान्छे नि आ रे छन् बोरै भो नि हजुराँ
कराइदेर---

"ह्या मलाइ लैजा न पूजामा" बाङ्गेले रहर् पोख्यो --- उस्लाइ म
बिग्र्या के मतलब्? बरु एक् हिसाबले राम्रै लाग्यो होला --- बिग्र्या बिल्ला
लाउनि उ मात्रै होइन टोलाँ भनेर।

"मिल्दैन---किच् किच् नगर्न---" बाङ्ग्या रहर् मैले उठाइन।

बाङ्गेले घुरेर हेर्यो। केइ भनेन। अनि अलि ठुलो स्वरले सोध्यो "के
खान जानि त्याँ पूजा मा? साबुदाना खिर्? "
त्यसरि हेपेर साबुदाना खिर् भन्या मलाइ मन् परेन --- "के को
साबुदाना खिर् --- चामालकै खिर् नि --- पुरि रोटि तर्कारि दुनिया थरि
हुन्छ नि ---- माछा मासु पो हुन्न -"


एक् छिनको असजिलो मौनता पछि मैले थपेँ -"ब्यानै फुपुका जानि
अनि त्या मिनिबस् रिजर्ब् गर्या छ रे अनि मिनिबसमा जानि हो -"

तिमेर्को मिनिबस् पन्चट् भै हालोस् -सराप्दै बाङ्गे घर् जान्छु
भनेर हिन्यो।

बाङ्गे मेरो सब् भन्दा नजिकको साथि। कता कता बाट मामाघर् तिरको
नाता पनि पर्नि। तर मेरो बाध्यता थ्यो भोलि उस्लाइ म सङ्ग लान
नमिल्ने। फुपुहरुलाइ उस्ले नचिन्या त हैन ---in fact मेरो फुपुकि
छोरि सुनिता लाइ त्यो बाङ्ग्या अनुहार् देख्यो कि हाँस् उठ्थ्यो किन हो---
मैले बाङ्गेलाइ नारान्थान् जानि पनि भन्न नहुनि - अन्तै जानि भन्नु
पर्ने -कस्तो! बाङ्ग्या के ठेगान्? आइपुग्यो भने? बर्बादै हुन्छ नि--- मन् झन्नै
चिप्लेर पछारियो-तेइ सम्हाले र मात्रै -तर मुस्किल् ले।

सुनिताकि, मेरि फुपुकि छोरि के त, एउटि साथि थि स्वेता। नाम् मात्रै
लेख्दा नि ज्यान् हलुम् हुन्छ, हरे! जे होस् --- मलाइ त अब उहि हो जो
केटि नि राम्री लाग्ने त्यतिबेला झन् त्यो स्वेता त धुन्धानै थि।
मैले साम् दाम् दन्ड भेद् सप्पै लार सुनितालाइ जसरि भे नि
स्वेतालाइ पुजामा ल्याउन मनाको थिए। आजै मात्रै पक्का भा थ्यो स्वेता नि आउने
भैरे भनेर। अब त्यस्ताँ बाङ्गेलाइ लान हुन्थ्यो? राम् राम् राम् ---
खत्तम् गरि हाल्थ्यो नि बाङ्गे ले। नचिन्या हो र?

आफुलाइ निदाउनै गार्हो भो त्यो राति-दुइ तिरको चेपमा परेर ---एका
तिर बाट स्वेतालाइ भेट्ने के के भन्ने के के गर्नि भन्ने अर्को तिर
बाट बाङ्गे आउला र सप्पै भाँडदेला भन्ने चेपमा छट्पटि
रहे - के गर्नि मनको ताप् पनि आगो झै हुदो रे छ - पोल्नि।

ब्यानै माराजगन्ज् फुपुका (त्यै शिवपुरि स्कूल् नजिकै) पुगियो। हामि
पुग्दा त उनिहरु कुन् बेला देखि उठेर तयार् भैसक्या रे छन् - उहिँ
पुगेर पकाउनि खानेकुरा भन्या सुन्या थे ---फेरि के के हो पकाइ सक्या
नि देखिँ --- रात् भर् तेइ पकारै बसेछन् कि कुन्नि --- त्यो कात्तिकको
पुजा बर्सेनि गर्थे उनिहरु त्या नारान्थान्मा। स्वेता सङ्ग नि भ्वाक्कै
देखा देख् भो --- मनमा खुसिको चिल् आक्कासियो।

मिनिबसमा नि "स्वेता सङ्गै बस्न पाइयोस् जये नारन्" त भन्या हो तर
फुपाजु सङ्ग परियो --- बाटो भरि पढाइको कुरा गरेर दिक्कै पारे।
स्वेता सङ्ग त आखा जुधाउन सम्म मुस्किल् पर्यो - के गर्नि उ र म
एउटै सिटाँ परिम् तर बिचाँ अरुहरु बसे --- लुगा निचोर्या जसरि
निचोरियो मन् रहर् चुहाउँदै।

पुजा आज के के भो नारान्थानमा राम्रो था छैन आफुलाइ जस्को
दर्शन् गर्नु थ्यो उस्को त ब्यानै गरियो मौका दिए पुजा अर्चना गर्न
नि तयार् थिएँ। स्वेता सुनिता सङ्ग अनि म चै यसो उसो गर्यो
तिनिहरु सङ्गै हुन्थेँ - के गर्नि इच्छाको बन्दि भए पछि?

ऐले सम्म यसो दुइ चार् कुरा भए होलान् स्वेता सङ्ग तर खास्सै
तुरुप् हानेर कुरा गर्ने मौका मिल्या थिएन --- कैले के आइलाग्नि
कैले को आइलग्नि ले गरेर मौका बिच्काउथे - रिस् पनि नउठ्या हैन तर
उठेर केइ न केइ ---
 
Posted on 11-10-06 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब भो? हामी जस्ताले त धन्नेबाद भन्दा नी मान्छे हाँसेर छुट्टी -- के गर्नी के गर्नी?

खै बाङ्गेले साझाँ आ र के पढ्छ पढदैन म यस्सै त भन्न सक्दिन तर मैले बुझे अनुसार
बाङ्गेलाई मन पर्ने कुराहरुमा कथा, निबन्ध जस्ता सहित्यका बिधाहरु पर्दैन थे। उस्को बारेमा अरुहरुले के भन्थे त्यो उस्लाई राम्रै था थ्यो सुन्दा सुन्दा उही बेलाँ वाक्कै भैसक्या थ्यो फेरी तेइ बिषयमा अरु पढ्ने रुचि के पलायो होला र? साझामा मैले तर उस्लाइ आउनु भन्या त जुग् भो तर सधै उस्ले "आउनी त भन्या हो खै -- भोली आम्ला भन्या नी जुगै भो" ।

बाङ्गेलाइ मेरो धन्नेबाद त हैन बरु सके देखि अलि फरक खालको असली माल र आठ मेगापिकसलको डिजिटल क्यामेरा चाईया छ रे -- काँ ट पाउनु?

बाङ्गेले जे होस अतितलाई सम्झिनलाएकको बनाइद्या छ --- आखिर मेरो परम मित्र न हो -- फन्दामा पार्ला भन्ने र पार्या बेलाँ मच्चाको त्राहीमामलाई बिर्सिनी हो भने बाङ्गे लम्बरी गुनीलो थ्यो।
 
Posted on 11-10-06 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ye yaar dhaneyebad pani kati derako ho ......baru tesma time waste nagare, khie lekhna mildaina baaneya ......deep bro pani.....
Cann't wait that long....
 
Posted on 11-10-06 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I might be the last one to read this story coz the topic of the thread was different. It is really interesting. After a long time I had time to read deeps' n banges' story.
How is bange doing? Bitaula hai bange le tyo 8 megapixel ko cam le, tesko ta bhar ni chhaina, BIDHYA NASTA !
 
Posted on 11-20-06 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

aaja feri yo thread padhna man laagyo hai
 
Posted on 10-13-07 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bange is unsung hero.

Seems we need to dedicate a separate thread for 'Bange Puran'.

 
Posted on 10-13-07 9:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन भन्या कती लेख्न जानेको।जती  पढे नि झन पढु पढु लाग्ने।
दीप जी र बाङ्गे को मित्रता फलोस फुलोस 
अनी हाम्ले अरु धेरै धेरै  "राम काहानी" सुन्न पाउ!

your fan

नेप कान्छी


 



PAGE: <<  1 2 3  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
H1B
EAD Filing
Tps decision coming or not nov 18
Why Oli must go for the UML to survive?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters