[Show all top banners]

The Lonely Traveler
Replies to this thread:

More by The Lonely Traveler
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 कविता पढ्ने भए भित्र आउनुस

[Please view other pages to see the rest of the postings. Total posts: 27]
PAGE: <<  1 2  
[VIEWED 34358 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 02-03-11 10:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 महिला तथा सज्जनबृन्दहरुले कृपया सुझाउ दिनुहोला. यो हल्का प्रयास मात्र हो.

दुइ शब्द

मध्यरातको सुन्यता तोडी
रातो घाम लागे हुन्थ्यो 
पिंजडा छोडी हिडेकिले
नयाँ बास पाए हुन्थ्यो!

एकै गल्ति काफी यहाँ 
हजार मुटु रुवाउनलाई
पानि जस्तै यी आँशुले 
श्राप तिमीलाई नलाए हुन्थ्यो!

चेट भएको चंगा जस्तै 
स्वतन्त्र तिम्रो जिन्दगानी 
सम्झनामा लट्टाई धागो 
सजाई राख्न पाए हुन्थ्यो! 

बोटे दाइको जुनी जस्तै 
आँफु त्यहिँ अरु टाढा 
शिखरमा तिमि पुग्दा
हर्सांशु झार्न पाए हुन्थ्यो!

खरको छानो चुहिएर 
रुझाएको तिम्रो तनले 
देउतालाई जस्तै ओताइराख्ने
सुनको छानो पाए हुन्थ्यो!

मेरो माया स्वार्थी देख्ने 
तिम्रो मनको बगैचाले
फूलै फूलले सजाई राख्ने
असल माली पाए हुन्थ्यो!

तिम्रो जिन्दगीको नौलो कथा
हजार खुसि एकाध व्यथा 
लयहाली गाइने दाईले 
संसार भरि गाए हुन्थ्यो!

मध्यरातको सुन्यता तोडी
रातो घाम लागे हुन्थ्यो 
पिंजडा छोडी हिडेकिले
नयाँ बास पाए हुन्थ्यो!

© The Lonely Traveler (2011)



 
Posted on 02-10-11 4:48 PM     [Snapshot: 733]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

 पिरती पाउने भन्दा पनि 
लाउनेलाई रस छ 
छोडि जानेको प्राप्ती "नौ" होला
सम्झी बस्ने को त्याग "दस" छ
 
जिन्दगीको उकाली ओराली मा 
साईनो धेरै नै जोडीन्छन 
नथाके आँखा, न मरे मन 
नयाँ बाटा भेटिन्छन्, पुराना मेटिन्छन   

 
Posted on 02-10-11 11:15 PM     [Snapshot: 765]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

@Narayan Suburbs:

जिन्दगीको उकाली ओराली मा
साईनो धेरै नै जोडीन्छन
नथाके आँखा, न मरे मन
नयाँ बाटा भेटिन्छन्, पुराना मेटिन्छन...
Lets hope everything goes fine. I like ur optimessism!! Thanks for nice lines!!  
 
Posted on 02-10-11 11:38 PM     [Snapshot: 767]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ कविता प्रेमि माझ! बह पोख्दै, बहाना खोज्दै... फेरि आएँ। कोशेलि ल्याएछु...

सुझाव दिनु होला!
:)


पुज्या मैले देव मानि - चोरेछ अमिरले
ढुङ्गा पनि मौन बनि - बसेछ अबिरले ॥

कर्म गरेँ घर्म ठाँनि - थाकेको आँटले
आँशु पिएँ बह छोपि - हारेको हातले ॥

माफ गर साथिहरु - छुटेको साथले
गफ गर आँखाहरु - टुटेको निन्द्राले ॥

आस राखुँ कसैलाई - छोडेछ अनेकले
सास छाडुँ आफैलाई - रोकेछ बिवेकले ॥

ठिस भएँ आफ्नै लागि - लागेको मातले
बाटो देउ मुटु छोयो - हानेको बातले ॥

# Simple_keta


कृपया सुझाव, कमेण्ट दिनु होला है, सुधार्न!
बाई!

Last edited: 11-Feb-11 12:51 AM
Last edited: 11-Feb-11 11:51 AM

 
Posted on 02-11-11 12:58 AM     [Snapshot: 801]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

comment diu diu ta lageko ho.. but ... खरो।।।  भने पछि डर लाग्यो किनकि त्यस्तो मा खरो कमेन्ट के दिन सकिएला र?

 
Posted on 02-11-11 4:03 PM     [Snapshot: 867]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 @Simple Keta: Haina tapaiko kabita ta instantly furchha ki kya ho? Lastai dherai lekhnu hudo raichha ta? Good job!! Aba yi sabai kabita harulai euta pustakaakar diu...
All the best!!
 
Posted on 02-11-11 8:15 PM     [Snapshot: 892]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

The Lonely धन्यवाद छ है सुझावको लागि।
भन्छन् कविता सफल हुनलाई कवि असफल हुनु पर्छ रे... कविता सफल होला जस्तो छ।

मलाई कविता फुर्ने होईन्, बरु मैले जानेको फोर्मुलामा सब्दहरु राख्ने गरेको छु।

किताब छपाउने सपनै छैन्, कवित्व छैन अनि पैसा 'नि छैन...

धन्यवाद पढिदिएर सुझाव दिनु भएकोमा!

बह पोख्दै...


 
Posted on 02-12-11 12:05 PM     [Snapshot: 940]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बेला बेलामा सिरिश का कबिता हरु अनी राहुलभाइ ,बिगौतम का लेख पढन पाइन्थ्यो। शायद बेफुर्सदी हुनुभयो जस्तो छ।

 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
नेपाली वालमार्ट चोर
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
H1B
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters