[Show all top banners]

Mad season
Replies to this thread:

More by Mad season
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Dhankuta

[Please view other pages to see the rest of the postings. Total posts: 31]
PAGE: <<  1 2  
[VIEWED 35238 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 12-09-08 1:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Anybody from dhankuta here?
students, professionals and others .....
just drop something!!
I used to study in that small town 8 years back....
just love tht place

 
Posted on 12-09-08 8:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ambo yaha ta purbeli sathi haru dherai rahechhan......aafu pani purbeli pariyo...dharan dhankuta ko bato dherai choti katiyo.......hile basantapur hudai sankhuwa sabha ko chainpur samma ko yatra ekdamai romanchak hunthiyo....tyo mulghat ko ukhu, dhankuta bus stop ko badam ani chatpate...dhankute biscuit .....hile ko tomba ani basanpur ko jado ma khayeko tato tato bhat...sahrai po yaad aaucha ti yatra haru ...aba ta tyo din haru kahile aaune hola....Damn this thread made me nostalgic....
 
Posted on 12-10-08 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हिलेको गजुर होटेलको तोम्बा सम्झिंदा अहिले पनि मुखमा पानी आउँछ। सुङ्गुरको मासु पनि असाध्यै मीठो पाइन्थ्यो त्यहाँ। एक साँझ अस्ताउँउदो घामलाई पछ्याउँदै उत्तरपानीसम्म गएर हिले फर्किएको थिएँ।

कुनै बेला रेडियो नेपालबाट एउटा गीत भरेको थिएँ। सम्झिएका शब्दहरु तल लेख्ने प्रयास गर्छु है।

धनकुटा गौंडा सल्लेरी बन सल्लेरी सुसाउँछ
सल्लेरी सुसाउँछ
हुलाकटोल बजार लहरे पिपल सधैं नै याद आउँछ 
सधैं नै याद आउँछ         

निगाले मुनि कागते पोखरी बिहीवारको घुँइचो हाट
सरर हावा हल्लाइदिन्छ लहरे बरको पात
फापर(?)बेंसी (?)डाँडा सार्है नै खुलेको
हिलेको बजार अति नै राम्रो सम्झिन्छु डुलेको

धनकुटा गौंडा.....

घुमाउने माथि त्यो रानीबन चुलीबन देउराली
बजार बीचमा निशानदेवी चढाउँछन् फूलपाती
सलल बग्ने त्यो तमोर खोला मूलघाटको दोभान
बिस्रान्तिदेवी त्यो पूण्य थलो सबैको कल्याण          

धनकुटा गौंडा.....

निशानदेवी छिन्ताङकी देवी धन्य छ तिमीलाई
आशीर्बाद दिइ लौ रक्षा गर सधैं नै हामीलाई

(नमिलेका भागहरु सच्च्याएर पढ्नु वा गाउनु होला)

 

 
Posted on 12-10-08 3:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले जी तपाईंले गीत त सर्है राम्रो लेख्नु भएको रहिछ। धनकुटाका सबै पक्ष समेटिएका छन यो गीत मा। मैले बाल्यकालमा पुर्बी पहाडहरु धेरै घुम्ने मौका पाए। उ बेलाँ त रिस उठ्थ्यो अहिले सम्झिदा रमाइलो लाग्छ। शायद धनकुटा देखिका कुराहरु राम्ररी सम्झना सक्ने हुनाले पनि होला मेरो त्यो ठाउँ प्रतिको मोहो अर्कै छ। बिजुली बत्ती, फोन, टिभि सबै मैले पहिलो पल्ट त्यही उपभोग गर्न पाएको। त्यो बेलाँ टिभि हेर्न कहाँ कहाँ सम्म पुगिएन? बिजुली र फोन पहिलो चोटि देखेको साह्रै कौतुहलता थियो। एक दिन मेरो सान्दाइ र म फोन फोन खेल्ने भयौं। एउटा तार भेट्टार घुसार्यौ बत्तिको प्वाल्मा। अनी अर्को तिर समातेर हलो भन्न खोजेको त के को हलो, केले हो केले तानेको तान्यै गर्‍यो। दाइले तार फाल्देउ फाल्देउ भनेर कराको सुन्छु तर फाल्नौ सकिन। पछी बल्ल तल्ल फाले। नत्र त्यही बेलाँ मास छर्न गाको। अगुल्टोले पोलेको कुकुर भएर होला अहिले पनि बिजुली देखी डर लाग्छ। यस्ता स्‍मृतिहरु त टन्नै छन धनकुटाका। अहिले कस्तो भयो होला त्यो ठाउँ?









 
Posted on 12-11-08 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नक्कली, २०४५ को भूकम्प जान भन्दा ठ्याक्कै अघिको हिउँदमा मैले पहिलो चोटि पूर्वान्चल जाने मौका पाएको थिएँ। त्यो बेला एक रातको लागि धरान बसेको हो। बिजयपुर पनि त्यही बेला गएको थिएँ। सार्है मन परेको थियो मलाई धरान। भूकम्पले धरान क्षतिग्रस्त भएको देख्दा एकदमै दु:ख लाग्यो। केही बर्ष पछि धनकुटा जाने मौका मिल्यो। भूकम्पको कारण भत्किएको धरानको प्रवेशद्वार अझै पुनर्निर्माण भएको थिएन।  

रेडियोबाट बज्ने गीतहरु मैले क्यासेटमा भर्ने गर्थें। धनकुटा गएको केही महिना पछि मैले माथि लेखेको गीत बज्यो। आफूले भौतिक रुपमा घुमेका कतिपय ठाउँहरु उक्त गीत मार्फत फेरि घुम्ने अवसर मिल्यो।     


 
Posted on 12-11-08 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धनकुटाको धागै शुरु भैसकेसि नलेखि बस्न सकिएन। हुर्केकै धनकुटामा हो भन्नु पर्‍यो। ३ कक्षा देखि ८ कक्षा सम्म त्यहिं पढियो भनम। त्यसैले फट्याइं गर्ने उमेरै त्यहिं बिताकोले सम्झना थुप्रै छन्, उस्तै ताजा, २३ बर्स भ'च धनकुटा छोडेको र पनि उस्तै।

नरिवल बिस्कुट जस्तै पेपर चुरोट पनि बिर्सिन्न म त। बाउन्न ढोकाबाट अलि माथि गएर टुंडिखेल झर्ने बाटोमा देब्रेतिर एउटा पाटि थियो क्यारे, त्याँ पेपर चुरोट बेच्न राख्थे। शायद पेपर कागज र सुर्ति छुट्टै छुट्टै किनेर आफैंले बेर्न पर्ने हो क्यारे। बेर्‍यो, तान्यो, कसैले देख्ला र घाराँ बाले था पाउलान् भन्नि कत्रो पीर। त्यो नि इस्कूलाट भागेको बेलाँ।

बाल संसार इस्कूलाँ त मेरी बैनी नि पढ्थि, केजी वा एक कक्षामा। छोरीलाई काखा छोरालाई पाखा गर्‍या हुन बा आमाले उतिबेला, बैनीलाई बाल संसाराँ मलाई तल्लो गोकुन्डेसोराँ पढा'र। त्यसो हैन, उतिबेला बाल संसार भक्खर खुल्या थ्यो, एक वा दुइ कक्षा सम्म मात्रै थियो क्यारे। मैले ८ पास गरेसि बिराट्नगर तिर झरियो अब एसएलसी आउन लाओ, अंग्रेजी इस्कूलाँ पढ्न पर्च नत्र अंग्रेजीमा गुल्टिन्च भनेर नत्र आफूलाई त तेतै रमाइलो थ्यो। बाउन्न ढोकाँ भिडियो हेर्नि, इस्कूलाट भागेर सल्लघारी, बेलडांडा, कचिंडे तिर घुम्न जानि। संधै तेत्तिकै बस्न पाए रमैलो जस्तो के। राम बादुर हेड सरले जान दिन मान्या थेनन्, राम्रो डिभिजनाँ पास गर्ला भनेर आश गरेको बिध्यार्थी छोडेर जान लाओ भनेर। उतिबेला एक दुइ जनाले एसएलसी पास गर्‍यो भने नि ठुलो कुरो हुन्थो के।

फिलिम हल थेन, बाउन्न ढोकामा कोचाकोच गरेर गुन्द्रिमा बसालेर हिन्दी फिलिम देखाउंथे। बाउन्न ढोकाको ठ्याक्कै मुन्तिर घर थ्यो। इस्कूलाँ एक दुइ कक्षा बस्यो अनि भागेर दिनभरि एक पछी अर्को गर्दै इस्कूल छुट्ने बेला सम्मका फिलिम हेर्‍यो अनि गुटुटु कुद्दै घर फर्क्यो, क्या रमाइलो थ्यो भने जिन्दगी। कैले काइं टुंडिखेलमा सर्कस ल्याउंथे तराईतिराट। अनि रात परुन्जेल त्यतै खेल्यो, घर फर्किने बेलाँ भूतको डर लागेर सातो जाने। घरेलु काटेर बिचबजार निक्लिने बाटो र बाउन्न ढोकादेखि तल घर सम्मको बाटो निस्पट्ट अन्धकार हुने। अनि फेरि मुर्कुट्टा, किच्कन्नि, राँके भूतको कथा खूब सुनिन्थ्यो तेतातिरा। बाउन्न ढोकाबाट करायो बेस्सरी आमाsssssssss भनेर अनि आमाले नडरा बाबू म यैं छु भनेसि कुद्यो बेस्सरी। त्यो बाउन्न ढोका आगाडिको बर पिपलका अजंगका रुखबाटै निस्किन्छन् कि भूत जस्तो लाग्ने।

उतिबेला धरान धनकुटा बाटो बनाउंदै थे। डोका चडेर पुगिन्थ्यो पैले पैले। पछि टडक सम्म भेटिन थाल्यो। टडक, टिपरका पछाडि चडेर बेलडाँडा मुन्तिरको खोलाँ दिनभरी पौडि खेल्यो अनि साँझ फर्किनि बेलाँ एउटा नि टरक नआसि लौ खाने भो चितुवाले आज, बांचियो भने फेरि आउन्न भन्यो फेरि जस्ताको तस्तै, एक दुइ दिनाँ फेरी उहि ताल। बाटो नबन्दा दुख पाइयो एक पल्ट। कान साह्रै दुख्यो, कम्पाउडर दाइले शहर लैजान पर्च अप्रेशन गर्न भने। बाटो बन्दै थ्यो, डोकाँ चडेर पुग्नि कैले हो कैले। पछि के के गरेर टरकाँ पुर्‍याए कि क्या हो बिराटनगर। म रात रात भर सुत्न नसक्दा आमाले तिन चार रात संगै काखमा टाउको राखेर सुम्सुम्याको अझै याद छ। त्यो कानले अझै नि दुख दिन्छ कैलेकाइं अनि फेरि सम्झिन्छु धनकुटा।  

टुंडिखेलको मन्चमा खोपी नि खूब खेलियो। त्रिभुवनको पालाको तामाको पाँच पैसा किन्न पाइन्थ्यो २ रुप्पेमा। हो त्यहि ढक्का बनायो खेल्यो दिनभरी। पढनु गुन्नु कौने काम हलो जोति खाउ माम भन्या त्यै हो। पैसा जितियो भने नाङ्लामा बेच्न राखेका चाखशाला, मुरैका लड्डु खान पाइन्थ्यो।

सबैभन्दा ब्यग्रताका साथ पर्खिने दिन हुन्थ्यो बिहिबार। हाट जान पाइन्छ भनेर। इस्कूल बिहान ९ वा १० बजे सक्किन्थ्यो त्यो दिन। बा आमा ठ्याक्क आइपुग्थे छुट्टि हुने बेलाँ अनि लाग्यो तल्लो कोप्चे हुंदै हाटतिर। कति रमाइलो लाग्थ्यो भने ओहो.... दिनभरी त्यतै बसे नि फर्किन मन नलाग्ने। बैनिको हात समातेर बा आमाको पछि पछि लाग्यो के के किन्छन भनेर। अट्टे चामल, मस्याम र गहतको दाल, लोकल कुखुरा, डिम्मा, ठेकिको दही, घ्यू, रायोको साग, रामभेंडा, जुनार, सुन्तला किन्नु पर्ने थुप्रो हुन्थ्यो। उखू चुस्दै फर्किंदा कुलबादुर साहूजीको पसलाँ किनिन्थ्यो शहरतिरका सामान। अनि कैले घर पुगिन्च र भात खान पाइन्च जस्तो हुन्थ्यो। आगोको चुलो अगाडि बस्यो पिर्कामा अनि ढुकेर।

हाट सम्झिंदा बाको झापड नि सम्झिन्छ। एक चोटि एक हप्ता भागेर बिहिबार मात्रै इस्कूल गा थें। बा बाटोमा पर्खिन छोडेर हेड सरको अफिसाँ पुगेचन् किन हो। सर भन्चन ऐले त ठिकै छ जस्तो छ अन्तरेलाइ। बा सोध्छन् के भा थ्यो र? सर भन्चन् हिजो सम्म बिरामी थें भनेर आज बल्ल आयो इस्कूल कत्ति दिन पछि। के को हाट, भेटियो बाटैमा मजाले।

सबै लेख्न थाल्यो भने लामो कथै बन्ला।


 
Posted on 12-11-08 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I am from dhankuta and i am proud to be . I am from Hile. right now i am in Texas. I only know how proud i feel being from there.

 
Posted on 12-11-08 11:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Beautiful pic of downtown Hile bazar..............can you post more if u have ?? BTW what part of texas you are right now??

 
Posted on 12-16-08 8:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


राजु, हिलेको सुन्दर तस्वीर राखेकोमा धन्यवाद।
शम्भू राइको एउटा पुरानो गीत सम्झिएर फेरि यो धागो खोल्दैछु।  

हो कि होइन लालुमै सोल्टीमा ढाका टोपी
छड्के पर्‍यो शीरैमा

साँघुरी भञ्ज्याङ चिरेतो घारी मुख मेरो लयालु
भाग्यमा मेरो लेखेकै रहिछ फकाउने मायालु
हे हो कि होइन
हो कि होइन लालुमै....

धनकुटा हिले दिल चित्त मिले सुसाउने सल्लेरी
कोही भन्छन् हजुर झिल्के र मिल्के गाउँघरका तन्नेरी
हे हो कि होइन


 
Posted on 12-16-08 11:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धनकुटा।।।।।।
कागते का मेजर बुढा,पोख्रेलको चिया पसल अनि लाल मोहन ,सल्लेरि ब्यारेक तलको रेडियो नेपाल,नगरपालिका,चुवाबोट तल जिल्ला स्वास्थ्य कार्यालय ,अनि तल को बसस्टपको झापा जाने डाँफे ।।।।।।।।दुई बर्ष भयो यहिँ जिउँदै आएको।।।।।।।फुच्चेकेटो अहिले पनि धनकुटामैँ छ ।।।।।।।।बिहिबारे हाटबजार मै बेचिएका तरकारि खाँदै ,गुराँसेको चिया पिउँदै !!!!!!!!!!!!

 
Posted on 12-16-08 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ma pani dhankute ho hai..Tallo Kopche ko...Last year December ma ma Dhankuta pugera aako..Babba ek barsa bhaisakecha.. asti bharkhar jasto lagcha..    
 
Posted on 12-16-08 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


म नगएको १७ बर्ष हुन लाग्यो, तिमीहरु बर्ष दिनको कुरा गर्छौ। ह्यान्सी त यतैको छिमेकी पर्‍यो क्यारे होइन? अस्तिन भिडियोहरु हेरेको थिएँ आइकको चर्तीकला।         

 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
TPS to F1 Status.
NRN card pros and cons?
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters