[Show all top banners]

chipledhunga
Replies to this thread:

More by chipledhunga
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

sanir
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari X

[Please view other pages to see the rest of the postings. Total posts: 312]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 158441 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 02-18-06 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ, बनाइदिएँ १० लम्बरको चौतारी पनि ।
 
Posted on 02-19-06 7:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चौतारो किन यस्तो भद्रगोल भ'को हो? अलिकति थिति बाँध्नै पर्ने देखिएको छ। यो चिप्लेले पनि रंग न ढंगसंग शुरु गरेछ नया चौतारी। फेरि अघिल्लैलाई जति तन्काए पनि पाइने भ'सी यो दश लम्बरी चाहिन्थ्यो र?
कुराकानीको टाउकैमा चौतारी छ भनेर भन्नु मात्तै हो, भित्र गएर हे-यो खिचडी जस्तो! तरुनी फकाउने देखि कम्पुटाराँ सोझै फिलिम पकाउने के के हुन् के के! चौतारीमात्रै नभएर यो त "कुराकानी"कै अर्को रुप देखिन्छ, जुन विषय लादेपनि हुने। हामीले खोजेको त बिशुद्ध चौतारी मात्रै होइन र? गन्यमान्यहुरकाँ कुरो कसरी प-याउने होला?

अनि आइतवार पनि तुच्च तुच्च नपारेर सिरे र लाले किन चौतारीया बरालिईरा' होलान्? लालेले अचेल नया टोपी लाएर आ'को छ भन्थे भुराहुरले। स्वा'को (सुहाएको) छ ल लाले!
 
Posted on 02-19-06 8:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

श्री५ --
तपाईंको लबजले घन्टी बजाउँछ (rings a bell!) । मेरो मावली पट्टिका पूर्वजहरुले समान किसिमका शब्दहरु प्रयोग गर्नुहुन्थ्यो र शैषवकालमा जाडो एवं गर्मी बिदा बिताउन पठ्ठाईंदा खेरी त्यहाँका समकालीनहरुसँग कहिलेकाँही ती समान्य भाषिक विविधताको कारणले पनि तनाब हुने गर्थ्यो । केहि शब्दहरु अझैसम्म पनि मश्तिष्कमा बसिरहेका छन्:

खाजा = अर्नि
? = खोक्
गल्ली = डहर
बनभोज = ?
गोठालो = माहारा
धेरै = अखब
a swearword = कुपु!

अरु पनि कहिलेकाँही याद आउँछ ।
 
Posted on 02-19-06 9:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माथिको "समान्य भाषिक विविधता" लाई "सामान्य भाषिक असमानता" भनि पढ्नुहोला । पछि मात्रै आयो! :-)
 
Posted on 02-19-06 9:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धने (ध्वनि - Echoes),
चईनी तो कम्फुटार ठटाम्न छोडेर फेरि चौताराँ आएचन केरे, थकाई मार्न होला नि बरा ।

प्रशँगबश है त,
धेरै जसो क्रीयापदको अरु शब्दको पनि बीचको "उ" चाँहि "‌म्" हुनी अर्च ।
जस्तो, गाउँले - गाम्ले
हँसाउनु - हँसाम्नु आदि

त्यस्तै सेरोफेरोमा, स्याङ्जा -- स्याउँजा आदि

फेरि "क्स" चाँहि "उ" हुन्छ जस्तो
सेक्सी - सेउसी
बोक्सी - बोउसी

"छ" को "च" जस्तो - हुन्च । काका का घर तिर बाउलुङ्ग तिर भने "ईच्च" लगाम्नी चलन नि छ अरे केरे । जस्तो "धने क्यार्न आईच्च त नि मेलो बीचैमा जो छोडेर"

क्यारे ‍- केरे
बिचरा - बरा
हरु - हुर
अरु - अपुर
साधन - सर्जाम, जिनीस
गुदद्वार - कुपु

गर्नु - अर्नु
के गरि ‍ - के अरि --क्यारी
के गर्नी - के अर्नी -- क्यार्नी आदि

अरु हुर पुनि लेख्दै अरम्ला केरे ।

तपैँले जो भनेको चईनी,
"खोक" भनेको रोपाईँ अर्दा जोतिसके पछि हिलो सम्म पार्नी दुईवटा अनौ (handle) भएको गोरुले तान्नी काठको सर्जाम ;)
यसको विशेषता के भने यसमा गोरु सकेसम्म जोडले दौडाईन्छ । गोरुको मुल्य निर्धारण गर्ने यो एउटा अहम क्राईटेरिया । जुन गोरु खोकमा बेतोड दौडन सक्छ, त्यसैको मूल्य सबभन्दा महङ्गो हुने गर्छ ।धेरै हल नारेर रोपाईँ गरेको बेलामा ती हलहरु बीच खोक मा दौडाउने प्रतियोगिता नै हुने गर्छ र बिजेता गोरुको हल र हली ले बिशेष incentive पनि पाउँछन। हरेक व्यक्तिको खरै लगाउने खेतको गरो हुन्छ जसलाई "खले गरो" बनिन्छ जुन स्वभावत: सबैभन्दा फराकिलो, ठूलो र बढी उब्जाउ हुन्छ (भनेपछि काटेको धान पराल धेरै हिँडाल्न परेन नि त्यही गरोमा नै धैरै खेती हुने भए पछि)। त्यस्तो खले गरो को रोपाईँमा सामान्यतया ५-७ हल गोरुले एकै चोटि रोपाई गरिन्छ, धेरै जसो रोपाईँको अन्तिम दिन जसको कारणले यसै पनि festive mood हुन्छ । अनि अन्त्यमा हल फुकाउने भन्दा अगाडि खोकमा गोरु कुँदाउने प्रतियोगिता हुन्छ । यसरी सबै गाउँलेका खले गराको रोपाईँमा एक से एक हुने खोकमा कुँदाउने league प्रतियोगितामा बढी बिजय प्राप्त गर्ने गोरुको मालिकको पनि गाउँमा ठूलै साख रहने गर्दछ ।

मेरो गाउँको अनुभवको आधारमा भनेको, ठाउँ अनुसार चलन फरक त पक्कै होला ।

तर बारी जोतेर सम्म्याउने बेलामा भने गोरु लाई कुँदाउन प्रोत्साहन गरिँदैन र त्यस्तो league match नि हुँदैन। बारीमा सम्याउने खोकको भने अनौ हुँदैन, डोरीले steer गर्ने हो र मेरो भेग तिर त्यसलाई "लिँड्को" भन्ने गरिन्थ्यो ।

अरु नि छलफल अर्दै अरम्ला है त ।

बरु धनेको मावली कता हैच त नि ? थाहा पाम्न सकिन्च कि तो ?


Keep rolling...
 
Posted on 02-19-06 9:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाली बोल्न लाए रचन्, त्यो पनि कप्पिस नेपाली, मैले त तेस्तो पढ्या थेन है आइले सुम्म हेहे
 
Posted on 02-19-06 9:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ, ठुला झाँक्री धने नि आईच्चन, त्याँसी (त्यस पछि ) सेना (साना) झाँक्री राते नि आईच्चन केरे ।अब जाद्रै (ज्यादै ) जो रमैलो हुनी मेसो आओ केरे ।

Keep rolling...
 
Posted on 02-19-06 9:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब दाजु भाई एकतिर हुनु पर्‍यो अरे नि
 
Posted on 02-19-06 10:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

श्री५--
तपाईंले उल्लेख गर्नुभएका लवज (dialect?) हरु मध्ये अधिकांश त तनहुँ (मेरो जन्मस्थल) लगायत सम्पूर्ण पश्चिमी भेगमा मेरो बिचारमा अझै पनि सकृय प्रयोगमा छन्, त्यसैले भलै अस्वत:स्फुर्त, ती मेरा लागि अपरिचित परेनन्! यद्धपी, यी मध्ये कतिपय शब्दहरु चाँहि पश्चिमका पनि ठाँउ बिशेषमा मात्र सिमित छन् । मैले पछिल्लो लेखाईमा सुचिबद्ध (list?) गरेका शब्दहरु चाहीं तनहुँ र स्यांञ्जा को सिमाना तिरका परे होलान् । त्यतिबेला मामाघर (किहुँ) जान खैरेनीटारबाट भिमाद गएर तीन घन्टा हिंड्नु पर्थ्यो, या कहिलेकाँहि घोडा चडेर (मामाघर जाने मुख्य आकर्षण!!!) गईने । कुन राजाको पालादेखि चाहीं तनहुँमा जोडेको तर पहिले पहिले स्यांञ्जा नै पर्थ्यो रे । तर बिहेबारी एबं अन्य आदानप्रदानका कारणले रहनसहन र संस्कारमा पूर्णत: स्यांञ्जाली (मेरो बिचारमा, बिशेषत: लुब्धिखोला, ज्याग्दीखोलाको) प्रभाव भएको ठाँउ । धेरै रमाइलो हुने गर्थ्यो, तर अहिले त बर्षौंदेखि वहाँहरु मधेश वा काठमान्डुमा बसोबास गर्नुहुन्छ, त्यसैले मामाघरको उही चित्ताकर्शक्त्वा (charm?) रहेन ।
 
Posted on 02-19-06 10:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा दौंतरीहरु मिलेर औतारी कुरा गर्दै रैछन। आफू त भरखर रूपैंया छापेरा आको, त्यस्की, सक्दिन गफ गर्न ऽऽऽऽऽऽऽऽ सकि नसकी २ लाईन लेख्ने कोशिश गर्दै छु। चौतारीमा रेडियो भा भे नि लखतरान् परेर गीत सुन्दै झपक्क सुत्नु हुन्थ्यो। श्री५ नाम का श्री५ छन्, यत्रो बडेमाऽऽ को चौतारीमा एउट रेडियो नि नभा भिखारी श्री५ ऽऽ भेऽऽन बा । कुरा के के गर्या हुन् कुन्नि, कञ्चट दुखेर सारो भो, कुरा बुझ्न गार्हो भो, गए म, भोली बिहान सम्म सिल्टिम्मूर खान्छु।।।। :S

जय श्री टि

(खाली यता तिर हे्र्नुस् भन्छ, त्यस्की्।।। कता हेर्ने?) :S
 
Posted on 02-19-06 10:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु अर्को चौतारी बनिसकेच। चाइन्जो मेरो त हिजा मेलाले ज्याज खाओ के रे।
अब सुरु देखुन्को सपैले भन्या कुराँ कुरो अर्नु परो।

नेपे दाजूले अरेओ कुरो ठिक लाओ, हुनत बेठिक ला कैले थ्यो र, तर सपभन्दा कुरो चित्त बुझेओ चाइँ सिरेओ कुरो हो। तो ३०० भन्दा बढि कुरो टाँसो भने अगाडिओ कुरो हेर्न चाइन्जो किलिक अरेको अरेइ अर्नु पर्ने भो, त्यसैले गुगलाँ अस्तो १,२,३,४,५...अर्न पाए मजा हुन्तो कि? नेपे दाजूले कुरो मिलाम्चन!

लु पाताल वासी नि आएचन्,,,, आम्ने अरुम रमाइलो हुन्च्।

लालेलाई मुइँले यो भन्दा अगाडिओ चौतारोआँ कुरो अरेको थिएँ देखेनचन् कि के हो, मुइँले इमेल नि अर्या छु यसो हेरौँ न है? कुरो के भने नि म स्याउँजाओ परिन, तर नेपालाँ छँदा साउको काम अर्न खुब चहार्या थेँ त्यता तेसैले कुरो अरेको मात्तै हो।

गोताएँको कुरो नि ठिकै हो, हुँदा हुँदा साझाँ चौतारि नै चौतारि भो गाँठे!

धने (echoes) नि आचकल चौतारिआँ आम्न थालेचन मजाओ कुरो हो। अब नआउन नि कसरी आफैँले बनाओ चाइन्जो नेपाली लेख्ने कुरो आफैँले त चलाउन जो परो नि! :)
राते (moo) नि आचकल बेला बेलाँ आम्च यतातिर, के गर्दै छौ राते?

लु एउटा गिद गाम्नु परो----

मैले माया नलाउँदै आउँदै हात समाउँदै
को मलाइ दाई भन्ने कर्के नजर नलाई नहिँड्ने

सानोमा सानो गाईको बाच्छा भिरमा चर्दैन
नक्कले रैछौ ए दाई तिमी पछि लाग्नु पर्दैन

......तालको असला माछा बल्छिले मारौँला
.........तिमी रोइरने पार्दिउँला

ए मैले माया नलाउँदै आउँदै हात समाउँदै
को मलाइ दाई भन्ने कर्के नजर नलाई नहिँड्ने

 
Posted on 02-19-06 10:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-20-06 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यो धने काँट हाम्रा गामतिर आओ रैच र हो? फेरि हाम्रा गामतिर यल्लाइ यसो भन्चन, तेल्लाइ तेसो भन्चन भन्दै यो बदमाश सिरे केटोले के के तथानाम सिकाम्दै छ हँ यो भक्खर भक्खर यतातिर आको सोजो धनेलाई।

गुदद्वारलाई यसो भन्चन हाम्रातिर भनेर किन सिकाम्नु परेओ हो कुन्नि? फेरि तो सिरेले भनेओ त हाम्रा तिर द्वार त द्वार तर आर्को द्वार भन्नि अर्थ लाग्च। फक्केआँ गाल पार्लास है तैँले। अनि धने, आर्को कुरो यता हाम्रा गामा कसैले 'कन्नो कनाइदे' भनो भनि 'ढाड कनाइदे' भनेओ हो है। विचार अरेस्। म एकफेरा नेपाल तिर अस्पतालाँ ओखती अर्न गा बेला एकजना मुन्छेलाई तेसो भनेओ त धन्न मारेन के रे नि मलाई त। के था तो गाँठे मलाई तेता तिर कन्नो केलाई भन्चन भन्नि?

खोकी- काँसो
नाक- नाख
गर्मी भयो- घाम भओ
बिस्तारै- धार्जे
चुप लागेर बस्- घाति गरि बस्
 
Posted on 02-20-06 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपे दाजीलाई धन्नेबात छ है। के अरेर हुन्च कसो अरेर हुन्च साने साउसित मिलेर चौपारीआँ जतिखेर नि आउन मन लाग्नि बनाम्न परो। हामी त तपैँको जो भराँ छम लौ।
**
नमे, तो पुरानो चौपारो छाडेर यतै जो आइज भो अइलेलाई। सधैँ एउटैआँ भन्दा चौपारी फेरेकै स्वाद आउँच भन्चु म त।
 
Posted on 02-20-06 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउतेआ तरुनिहुर डिआँलाई डाला झार्दै रैचन। आफू चैं कता मोरेच र हो? यिनी केटीहुर जता उतै जो हुन पर्नि हो केटो त।
.

 
Posted on 02-20-06 12:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले नयाँ चौपारी बनाए देखिन् तेस् बारे धेरै पर्तिकिर्या आका रइछन्। कुरो के परो भन्देखिन् वर पिपल जोडी भाको झ्याम्मै पर्या ठाम् छानी वोरिपरी ढुङ्गाले घेरी लम्बरीकै बनाथें। यो हिउँदा बखताँ बरफे आँधी (ice storm) आएर रुखका हाँगा झर्न थाले। अनि नगरका सुरक्षा अधिकारीहरुले असुरक्षाको कारण देखाई रुख ढाल्न लगाए। त्यही कारणले गर्दा अहिलेलाई रुख नभाकै चौतारीमा बसम्। यो हिउँदा घाम ताप्दै बदम सुन्ताला खाँदै गफ गरम् न, किन चाहियो छारी सारी हैन ?

अनि धागाहरुमा ३००को छेको हटेको जस्तो देखिए पनि चौतारीमा चाँही ३०० नाघेपछी नयाँ चौतारी बसाउनए परम्परा चाँही कायमै राखम् भन्छु है म त। धागो लम्बिदै जाँदा पछील्ला posting हरु हेर्न झन् झन् गार्हो हुँदै जाने देख्छु। अहिलेको design अनुसार कि त पछील्ला २०ले चित्त बुझाउनु परो कि त धेरै समय लगाएर पछील्ला ३०-४० posting हेर्न पर्‍यो। एउटा उदाहरण दिम् है। बिना छेको चौतारीमा ९०० posting पुगे रे। अब दुई तीन दिन पढ्न पाइएको थिएन, ३०-४० posting छुटेछन् रे। तेती हेर्नलाई ४४ चोटी next क्लिक्या क्लिकै गर्नु परो। पानाको फेदमा फलानो लम्बरको पानाँ जाने चोरबाटो भनी राख्नपरो कि त। बिहे गर्न गा सान दाजीलाई अहिले नै त के कचकच गराई भो र। तर कुनै धागो भित्रको जुन्सुकै पानाबाट अर्को जुन्सुकै पाना जान सकिने गरी चोरबाटोहरुको व्यवस्था नभएसम्म चाँही ३०० ननघाम् भन्ने मेरो विचार हो, अरु गाम्ले के भन्छन् कुन्नी?
 
Posted on 02-20-06 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नये केटाहुरलाई गाम्लेहुर चिनाइदिम भनेर के। धने (Echoes)ले श्री ५ श्री ५ भनेको ज्याद्रै जो खट्को के। के नमिले के नमिले जस्तो।

सिरे= shree5
जिम्माल माइला= Birkhe maila
दादा= dada giri
गोताएँ= Gautam.B
मुन्द्रे= ocean
नमे= nepalean
साँइला=nepesaila
भउते= Bhaute
चित्रे= world map
नेपे दाजी= nepe
बेशिथाने= bostonian nepali
लाले= lale
लाउरे जेठा= sandhurst lahure
चिप्ले‍= chipledhunga
कलंकी= kalankisthan
ईस्सोरे= Ishwor
जङ्गे= amazing
शेर्पिनि= sherpini
डल्ली= dalliresham
माष्टर्नी नानी= miss_me
पर्देशी‍‍‍=परदेशी दाजै
रामकिस्ने‍‍=ramkisne

म परे तिमुर सप्पैआ काका। मानमर्यदा अरेर बोलओ मसित बोल्दा। बुजेउ कि बुजेनउ लंठू हो?
अपुर छुटेकाहुरले चित्त नदुखाव, आफै उठेर चिनापर्चि गरओ।
 
Posted on 02-20-06 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Amazing = Aaite hoina ra kaka???
 
Posted on 02-20-06 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुलाई चै बिर्सेचन् कि के हो :(
 
Posted on 02-20-06 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए डल्ली, कताट मुन्टो देखाइस तो आज?

याँ सप्पैओ न्वारन गर्नि तेइ सिरे केटो हो के रे। तेल्ले 'जङ्गे' भनओ भन्तो के रे अस्तिन, तेइभर के।
 
Posted on 02-20-06 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राते (redstone) तँ त नये केटाँ परिस के रे नि। तो सिरेले तेरो न्वारन त भक्खरै जो अरेओ हैन र? तँ सानो झाँक्री राते भनेर।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters