[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 -- चौतारी - ९७ --

[Please view other pages to see the rest of the postings. Total posts: 609]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 256078 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 01-30-08 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी -९७  --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 97 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



श्री स्वस्थानी व्रतकथा!


पून्टेदाइको प्यारोडी भौतेकाजीको लागि

आगो ताप्नु मुढाको
लात खानु (पुन्टे) बुढाको

पुन्टे बुढाले भनेको
कि त भिराऽट खस्नु,
कि त सेतीआँ बग्नु,
कि त राँची जानु,
अर्काऽ साली नताक्नु

पोई पनि बन्न सकिन...नि नारण
पुन्ट्या साली पाउन सकिन

पुन्टेले साली छोडेनन् कहिले नि
भत्काई दियो मेरो पिलान् जहिले नि! ल्या जा!!

हिऊँ प-यो ठकठकी जाडो भो
पुन्टेसंग तर्सि टुप्पी नै ठाडो भो (ठाडो भो)
चौतारीआँ बसेर बेकारै करायो
साली है सित मख परि, मस्कि मस्कि हिंड्ने मेरो रहर कता हरायो।

हाम्रै गामको कुम्लेले बे ग-यो
भान्जी मेरी प्रिटीले नि छोरी पायो
बिर्खेसंग सल्लाह गरुम्, रुप फेर्दै मस्त
हरिसंग गुहार्न जाऊँ, सँधै काममा व्यस्त


पुन्टे बुढाले भनेको
कि त ठक्कर खानु
कि त जोकर बन्नु
कि त अर्कै छान्नु,
नत्र मार खानु

सबको साली उस्तै हुँदैनन्...नि नारण
पु्न्ट्या साली भाग्याँ लेखेनन्।

पुन्टेले साली छोडेनन् कहिले नि
भत्काई दियो मेरो पिलान् जहिले नि! ल्या जा!!


चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


 
Posted on 02-01-08 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ लहरे, तिम्रो सपनामा चैं हेमा मालिनीको बज्यै आओस्!
अब एकछिनमा यौटा मिटिङ् भएर मात्र, नत्रऽऽऽ मैले जान्या थें!


 
Posted on 02-01-08 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नो त निन्द्रा लगेको छैन बाबै, निन्द्रा लागे तिमीलाई हो, झन
तेत्रो आसिस दिदे आफ्नो चित्रे सोम लाई भनेर
हेमा मालिनी को आमा मन नपरे ल ज रेखा को आमा नै आवोस,
खुस,
हास्देउ चित्रे हास्देउ

 
Posted on 02-01-08 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज हाम्रो गाममा नि झरि झर्दै छ। फत्तेमान दाई को गीत बडो सुरिलो छ, झरि कै  कुरा छ। फुर्सद् डट कम तिर छ, अपलोड गर्न आएन, जान्ने ले गरि दिए हेमा मालिनीकै छोरी आओस् भन्दिन्छु।

झरि परि रह्यो मनमा थामिदैन आँशु।
किन भन्छ निर्मोहीलाई मन मनै मायालु?

नलाएको प्रीति भए मैले भुलि दिन्थे,
नखाएको कसम भए मैले तोडिदिन्थे।


हे हजुर् कसलाई भनुं मन का कुरा,
आफ्नो मान्छे भन्नेले  फेरि किन धसिन् पिठ्युंमा छुरा।

झरि परि रह्यो मनमा थामिदैन आँशु।


हे हजुर गरुं कस्लाई जगमा बिश्वास
अफ्नो छायाँ भन्नु भने छैन आफ्नो कोइ , पाटीको बास

झरि परि रह्यो मनमा थामिदैन आँशु।


 
Posted on 02-01-08 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!

ब्यान ब्यानै नानाथरी कच्याककुचुक भ' र निद्रा खुल्या थो, "के अलच्छिना लाओ दैव!" भन्दै चौतारी आ' त गोताएँ बुडा बार बर्खपछि झिसमिसेमै चौतारी छिरेर ठुल्दाईलाई पितृ बना'र मलाई र भउतेलाई सरापेर गएछन त पो त! यिनी बुडा नि काइताका छन छन चाइँ, कइले एका बिहानै अन्मरिन्छन बत्तिसवटा दाँत देखाम्छन र हराम्छन, कइले आधा राताँ भूतले खाजा खाने टेममा इनलाई विर चड्दो रेछ कि के हो चौतारीमा अन्मरिएर एकछिन सुरुसुरु ३-४ वटा पोस्ट गर्छन र हराम्छन्। भउते बजियाले कुन दिन हो आँधिको बगराँ हरिया बुट्यानले छोपेर धुवाँ पुत्पुताम्दै पिल्स्यार जिम्दै जलाउने कुरो अरे देखुन बुडा भउते नभा बेला पारेर आम्छन!


 
Posted on 02-01-08 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रामा त बादल पटक्कै छैन, निलो आकाश छ र झलमल घाम लाग्या छ! अलि अलि मन्द मन्द हावा चल्दै थियो केहि मिनेट अगि सम्म शीतल, मजाको, चैतको घमाइलो शान्त बेलामा नगरकोटको टि-हाउस अगाडि उभिए जस्तो! आहा!!!
 
Posted on 02-01-08 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार अनी मंगलवारे जदौ सप्पै अनी गोतामे ज्यु लाई पनि 
दिप ज्यु लाई जन्मदिन को धेरै धेरै शुभकामना, म् भन्दा दुई दिन ले कान्छो पर्नु भएछ,गते ले त साल ले चै था भएन
 
Posted on 02-01-08 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेरन यो बिस्ते ले मौका पाएर आफ्नो जन्मदिन प्रचार प्रसार गरेको,

 
Posted on 02-01-08 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैलेनी सबै गम्लेलाई गूड् गरे है, आहिले जानु छ बेला बेलामा उकाली लाग्दा बाटोमा चौतारी भेतियो भने यस्हो सुस्ताउन आउछु।
जये चौतारी
 
Posted on 02-01-08 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ठुली त यो पधेंरा तिर आउदैछिन क्या रे हैन? हेर न आशेहरु डिलभरी बसेका -- आलिनै भत्काईसकेछन -- यै तालहो पनि ठुली पनि टिक्दिन धेरै दिन --फेरी ट्र्याजिडीको बादल कालो हुँदै गए जस्तो छ --- दिप ज्यु अरु जो सङ ट्र्याजिडी भएनि हजुर सङ त कहिले नि हुन्दै क्या भो पिर् नगर्नुस।


OMG गोतामे दाअाअाअाअाअाअा धरै दिन पचि दर्सन् पाए नि हजुरको। दाइ हजुरलाइ आरामै। अनि हाम्रि छोरि कस्ति चिन त। अब त थुलीईीईीई भै सकिहोला। थुलि फुफु (म) लाइ सम्झिन चनकि  सम्झिदैन त?


बिर्खे दा, रित्थे चिर्त्रे, राहुल दा, बिस्ते लहरे दीपु (दीप् ज्यु), गोतामे दा सबैलाइ दर्सन गरे है।


 
Posted on 02-01-08 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हर्केलाइ नि दर्सन् गरे।

 
Posted on 02-01-08 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Deep Jyu HAPPY BUTT DAY

 
Posted on 02-01-08 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लु मैले नि दर्शन गरे है ठुलु, तिम्रो काम कस्तो चल्दैछ? माम खाएउ? तारेमाम
बिस्टे, लहरे, हर्के सबै लाई  नजर कर्के , तारेमाम


 
Posted on 02-01-08 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के खार प्रचर प्रसार गर्नु, दुई दिन पछी गरया कुरो नि, गर्ने भे त तेही दिन गर्थे नि लहरे कान्छा
 
Posted on 02-01-08 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल बोनी राम्रो भो दीप ज्यु को ठुलि ले दीइ हाली, ल म पनि दीइहलेछु
जन्मदिनको धेरै धेरै शुभकामना दीप ज्यु

 
Posted on 02-01-08 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुली किन ढिलो? बाटोमा थियो हिलो? तारेमाम्।
हर्के र बिस्ते दुबैलाई तारेमाम्।

 
Posted on 02-01-08 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुड मोर्निङ चौतारी!

हिउँ परेर आफ्नो त कलेज-सलेज नि बन्द भे'छ। उहुईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईइइ क्या मज्जा।

म त फेरि सिरक भित्र पसेँ। साँझ सम्म उठेछु भने भेटुम्ला, नत्र गुड नाइट।


 
Posted on 02-01-08 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 ठुल्दाई, ठुली, बिस्टे सम्धीज्यू, हर्के, लहरे सबैलाई जदौ!

यी ठुल्दाईले हाम्लाई बिर्सेछन्! झन उनले गा' गितमा कुरो थपेर घाम लाग्या कुरा गर्या त 'तारेमाम्' ठुली, हर्के र बिस्टे सम्धीले मात्र पाए! धन्य पर्भुको लिला!!


 
Posted on 02-01-08 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्ते ले आफ्नो जन्मदिनको प्रचार प्रसार दुई दिन पछी गरेको ले मेरो पनि बिस्तेलाई
दुई दिन पछी जन्मदिनको शुभकामना

 
Posted on 02-01-08 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सुचना सुचना सुचना
आज भोलि थुलि अलि ब्यस्त च काममा।


 

लहरे दीप ज्यु ता आफ्नै मान्चे हो बोनस दे नि नदेनि। कसो दीप् ज्यु

 

 

 

 
Posted on 02-01-08 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हहहह्हाअ,
बिर्खेबा लाई बिर्सने हिम्मत मा छैन।  भूलचुक लिने दिने भनेर लेख्नु पर्ने ( नेपालाँ बिलको पुछारमा लेखे जस्तै)।
तारेमाम् है बिर्खे बा, फुन सुन पनि बजाउनु परो। ठुलीले वास्ता गर्न छोडी भन्दैमा जिम्मालेले नि त्यस्तो गर्नु भएन नि?

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
2020 : Why No Trump !
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
Tps decision coming or not nov 18
अब के हाेला त?
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
Funny when Nepalis talk about Epstein and injustice
NOV 18th TPS DAY
EAD Filing
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
Work Permit
H1B
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters