world_map
Replies to this thread:
More by world_map
What people are reading
Subscribers
Please log in to subscribe to world_map's postings.
:: Subscribe
|
[Please view other pages to see the rest of the postings. Total posts: 600]
|
[VIEWED 300695
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 08-02-07 7:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
चौतारी - ६६ नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम - -चौतारी - भाग ६६ --
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। ********************************************************************** 'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' ********************************************************************** लौ बसुम यही चौतारीमा
 सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo- rays, all on the stage of Chautari of Sajhaland. .गोताएँदाइकोब्लग * क्लोज-अप - चौतारी तारारामपम र कफि विथ कुम्ले प्रायोजकको अभावमा स्थगित * चौतारीमा बिभिन्न किसिमका समाचार प्रसारण सुरु * भउतेद्वारा सुध्रिने घोषणा, ट्याम ट्याममा बिर्सेर बिग्रिने, चिप्लिने क्रम जारी * हिजो राति रउसीको सूरमा चौतारीमा घमासान भिडन्त दीप ज्योको धमाकादार कविता आफ्नो पर्खाल उठाई सके पछी अरुको पर्खाल भत्काई सके पछी सीमा अब तोकेर के नतोकेर के? अरुको हाटमा आफैंलाई बेचे पछी आफ्नो हाटमा अरुलाई किने पछी हिसाब अब गरेर के नगरेर के? आफु निर्दोष र मरेका दोषि भनी सके पछी अरुलाई मारेर आफु बाँचि सके पछी मलामी अब गएर के नगएर के? तिमिले गोडेका फुलहरु, छापेका ढुङ्गाहरु छाहरी बनेका छाँयाहरु, पंखा बनेका बतासहरु चौतारी यो बगैंचा मलाई त अलौकिक लाग्छ एक्लिएर टाढा टाढा पुगे पनि सुसेलेर यस्ले बोलाए झैँ लाग्छ। |
| |
|
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 08-04-07 10:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
शनिबारे जदौ, मामाघरबाट!! सबभन्दा पहिले त तितौरीलाई ह्याप्पी बर्थडे!! हिजो आउदा आउदै थाकियो, आएपछी खादा खादै रात गईगो। घुर्ने फुर्सत पनि पाइएन गाँठे! हामी त मोज गर्दै छम भोज गर्दै छम, गाम्लेहरु चै थुक निलेर बसो:
|
| |
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 08-04-07 10:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
बिहानै बिहानै यो त अन्याय भो ह्यारिश-शोम। सबैलाई प्रभातकालीन जदौ !
|
| |
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 08-04-07 10:32
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
धन्यवाद है राहुल्दा हजुरको बहुमूल्य शब्दहरुको लागि :) पहिलो पटक गजल लेख्ने जमर्को गरेकि पुन्टेदाले हसाउनु भयो जादाजादै नमस्ते है राहुलदा पुन्टेदा र मकरजी :)
|
| |
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 08-04-07 10:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हरि र देवरजी लाि नि नमस्ते है ढिला भयो दौडे म :)
|
| |
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 08-04-07 10:39
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
रुखो-मिठो जे थियो साथ थियो मर्यादाको दोशाधको तुलो भित्र अब भो हाल्न नखोज। घरि भावि घरि दिदी भन्यो भनेर मलाई छिर्के हान्या जस्तो लाग्यो यो त।  j/k गजव छ भावि, स्यालुट गरेँ हजुरको भावनालाई।
|
| |
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 08-04-07 10:48
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
सानीबरे जदौ! आज त संचरबार नि सानो तिनो जमघट नै रइछ चौतारीमा। मिस दिदी, दर्शन! ओखतीको के कुरा पिसके बिषको ज्वाला भुङ्ग्रो भैसक्यो मुटु अब भो बाल्न नखोज। वाह वाह वाह गजब छ गजल, अझै जाओस! हेल्लो सान्नानी, हाउ डु यु डु? भान्जिको हालखबर के छ नि? ठुल्दाइ तारेमाम, तेइ भेर हिजो तिरुलाई एड्भान्समा सुअकामना नदिनुभारैछ, आज खतरा कबित्मात्मक सुअकामना दिन। पुन्टे दाई, फलाम उचाल्ने पिर्याउटिस कस्तो चल्दैछ? अर्को बर्ष तेतै आएर दाई भाई मिलेर फलाम उचाल्नु पर्ला अस्तो छ। तो माथि सान्कान्छाले राष्ट्रिय गान टाँसेको रइछ तेइभर 'का' को ठाममा 'को' हुनुपर्ने हो कि अस्तो लागेर चौतारीमा सोधिपठा'को। सुन्दा कस्तो कस्तो नमिलेको जस्तो लाग्यो, हुन त तेत्रो कम्पिटिसन गरेर छनेको गानामा गलत त के हुन्थो, भाषाबिग्यहरुले चेक अरेर नै फाइनलाइज गरेका होलान। तर दादा, मकर ब्रोले भनेको कुरा ठीक छैन र, मलाई त सही लाग्यो। मकर ब्रो, ह्यान्ड सेक है, क्यार्दै हो?
|
| |
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 08-04-07 10:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लेख्दा लेख्दै हरी सोल्टी र भौते काजी नि पाल्नु भे'छ, जदौ टक्र्याए है!
|
| |
|
|
gaalab
Please log in to subscribe to gaalab's postings.
Posted on 08-04-07 10:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हा----------------------ई! टायरा भगवतीको जन्मदिवसको उपलक्षमा शुभकामना! सोच बिचार गरिल्याउने हो भने, त्यो भटभटेको टायर घटनाबाट ११ वर्ष बितिसकेछ!! बाफ्रे! समय किराहरु -- अर्थात् टाइम फ्लाइज् :) अनि ग्वाँचे के छ? सन्चै होलाउ केरे!
|
| |
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 08-04-07 11:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
"बिहानै बिहानै यो त अन्याय भो ह्यारिश-शोम।" ब्यान ब्यानै भोक लाई रा' बेलाँ खानाँ फोटु देखा'र अन्याय ग-यो भनर  हुने त बहाना मत्र हो भउतेको! तेस्तो बिधि मिठा मिठा परिकार बनाम्ने र'चन जिम्माले, तरुणी पट्ट्याईको होडबाजीआँ आफूले हार्नि भैं भुनेर टेन्सन् भो उसलाई। जाऊ, तुरुन्तै जाऊ! अण्डा उसिनेर देखाइदेऊ तिमी पनि! आम्ने पिलान् छ र, ग्वाँचे? हो भुने मेरी सिरिमतीको कार्ड ले'र जान मिल्छ मेरो जिममा। कार्डले गेट खोले पुग्नि र'च, नाम-साम, आई डि-वाई डि केई नि नहेर्नि! अस्तिन नेपालाऽट साथी आम्दा तेस्तेई अरेको। अहिले नि जान ला' हो। शेक पियम्, ३०-४० मिनेट जति कुर्न पर्च। **************************** बल्ल पो द्यान दे'र पढेको मिस मि-जीको कविता, भावुक बनाईदियो! तालियाँ! **************************** आज शनिबार, धेरै भावुक नहुम् के रे: आओ यारो...मेरे सगं संग बोलो! रिन्द पोशमा...प्रशान्तेले ब्यान ब्यान देखुन् यो गीत मुखाँ झुन्डाई दियो, गाँठे!
|
| |
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 08-04-07 11:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
गालउ-हजुर! टायरा भगवतीकी जय त ट्क्र्याउनै बिर्सेछु! "पन्चटेश्वर महादेवको" कथा नि हालम् न! समयका झिंगा/माखा हरु होला! किरा?
|
| |
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 08-04-07 11:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
टायरा भग्वतीको आशिर्वाद ले'र "अब त आनन्द हुने भो" भनि, जिन्दगी अर्को टायर किन्नै नपर्नि सपना देख्दै भटभटेमा फेरि गुड्न थाले। १ कोड पारि के पुग्या थे, "फुसुसुसु" आवाज आउन थाल्यो। पाङ्ग्राँ कागत सागत केई परे होला भन्ठानेर अघि गुड्दै थिए। अझ जोडले फुससससससससससससससससससस हर्न थाल्यो, र एकैछिनाँ त रिमले भुईं छोएर, ट्याक, खोत्र्याङ, ढुस! जिल्ल परे। कसरी यस्तो हुन गयो भनेर टायरा बगवतीलाई फेरि पुकार्न मत्र के ला' थे, भगवती आफैं तुरुन्तै प्रकट भईन। रिसले आगो बलेकी, सुत्दा सुत्दै जागेकी होलिन्, कपाल जिङ्रिङ्ग पारेकी, फुट्न ला' राता राता नजर, कोल्लाई पाए चपाईदिम् जस्तै परेका मुख..."मेरो आशिर्वाद के गरि भङ्ग भो? कुन दैत्य हुन् यस्तो पार्नि? तेल्लाई म अहिले ने भष्म पार्छु!" भनि गर्जिन्। तेत्तिकै मा आकाशमा अचानक बादल छाएर गर्जन थाले। अन्धकार छायो, चट्याङ् परे। "HA HA HA HA HA! Who do you think, nakkali kaali? Yo, kaali! This is yo power detroyer, ever ready to bash your power! HA HA HA HA HA!" भनेर जिब्रो निकाल्दै, जिस्क्याउँदै, आकाशमा छायाँ स्वरुप पर्कट भए: पन्चटेश्वर महादेव! ऊर्फ सबको साहडे, भउते!
|
| |
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 08-04-07 11:48
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
एकछिन् साहुको आँखा छलेर आको त लौ मास्टर्नी दिदी अवाक् भएँ म। तिरीमिरी झ्याँई देखेँ।  बोल्ने ठाँउ नै पाइन। नराम्रो हयाम्मर दिनु भो। दोहोरी फेरि टाँस्दैछु। (भो शिष्ठताका कुरा नगर, अब मीठो बोलि के रुखो वचन के? सिमाना मुटुकै मिचे पछि, अब साँध दोसाँधको गुनासो के?) रुखो-मिठो जे थियो साथ थियो मर्यादाको दोशाधको तुलो भित्र अब भो हाल्न नखोज। (भो तिर्सनाका कुरा नगर, अब त्रिप्ती के तिर्खा के? पिलाउने नयन तिम्रै थिए, अब होश के बेहोशी के?) संझे चोखो साहारा तर रहेछ तिर्सना आलिंगनले यो मन अब भो गाल्न नखोज। (भो विश्वाश का कुरा नगर, अब पाप के पुण्य के? स्पर्श को न्यानो तिम्रै थियो, अब सम्हालिनु के बहकिनु के?) ठक्करमा थाम्यौ हात पृय लाग्यो आधार पाप-पुण्य भित्र अब भो ढाल्न नखोज। (भो सम्झनाका कुरा नगर, अब अतित के वर्तमान के? द्विविधा तिम्रै थियो, अब मेरो साथ के उस्को हात के?) बर्तमान छ सिंगै अझै क्षितिज पर्खिरेछ संझी अतितको द्वविधा अब भो टाल्न नखोज। (भो जिन्दगीका कुरा नगर, अब बाँच्नु के मर्नु के? जल्नु मुटु जलि सक्यो, अब ओखति के विष के?) ओखतीको के कुरा पिसके बिषको ज्वाला भुङ्ग्रो भैसक्यो मुटु अब भो बाल्न नखोज। क्याबात
|
| |
|
|
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 08-04-07 12:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
G'morning ! अहम् अहम् 1 ... 2..4 1 ..2 4 ..... कुम्ले: मेरो ब'डे सम्झिएर एक्दिन अगाडि अनी मलाई एक बर्ष बुढो बनाइदिने कुम्ले लाई धन्यवाद ल! केक खान आउ साथी हिजो भन्या हैन!:) ठुल्नानि सान्नानि तितौरि: उप्स् (तितौरि चाइ मेटाएर पढुस् है) खालि भन्दा कोम्बो सेटै आउने रे'छ LOL thankx गाइज्! चलो गले लाग जाए हम् तिनो। :P जिम्माल् हजुर्बा हजुर् लाइ धेरै धेरै धन्यबाद् ग्यानि हुनु भन्ने आशिस् म मन् पर्यो :) मेरै हजुर्बुवा ले दिने जस्तो! चित्रु चिप्लु ,बब् दाइ पर्बेते, थ्यान्क्स् :) रिठे मेरे दुस्मन् थ्यान्क्स् again है :) दुर्गे भाउजु नेउचि भाउजु माइ टु रस्बरि जस्तै स्वीट् भाउजुज् थ्यान्क्स् हजुर्हरु लाइ !:) नमे थ्यान्क्स् फर द केक :) मिसदिदु कति प्यारो लेखेको- "शुभ-कामना सागरको थोपा-थोपा पानी सरी कदम कदम बढिरहेका अखण्ड त्यो पथभरी! " थ्यान्क्स् ल :) गोताएदाइ हेहेहे क्यान्डल गनेर हेर, हामि लाइ लाज् लाग्दैन कि क्या हो भरि भराउ क्यान्डल् राख्न् :P थ्यान्क्स् फर् द आशिस! ओ ग्वाचे साथि नहाराउ न यार् बरु म कथा कुथुङ्रि भन भन नि भन्दिन थ्यन्क्स् for the wishes la पल! सान्कान्छा थ्यान्क् यु! ओह् हो दादा कालो चस्मा ढल्काएर .....धेरै दिन् पछि दर्शन् पाइयो जदौ है!! अन्नि थ्यान्क्स् फर् द विसेस्! चना दाइ लाइ पनि धन्यबाद् साचि खोला तर्न नहुने हो ? मलाइ थाहा नभेको कुरा म झन्डै माछा मार्न जान ला! :D राहुल्दा थ्यान्क्स् for the wishes with poem .it was so sweet खै के भनुम् के भनुम् भो ...केक् खानुस् है दा तारेमाम्! पुन्टुदा: थ्यान्क्यु !((biiiiiiiiiiiiiiiiiiiiiiiig hug )) भौतेदा: कठै सुध्रेनि बेथा ला'र् हेर मेरो दादु लाइ, धामि काइला बाजे कता ग'चन् अचेल् लाउनु पर्ने :P ..............थ्यान्क्यु दादु आइ लोप्पा यु दादु! गालु कालु: हे गालब् बालक् कुमार् हजुर् लाइ मेरो कोटि कोटि ध्न्यबाद् छ :D ल मैले केक् ल्याछु खाम् है ! अनि त्यो केक् मा किन १६ को क्यान्डल् हाल्या भनिर चिप्लु ले र गोताए दाइ ले सोध्नु हुन्छ भनेर भन्दिहालुम् है त म १६ बाट बड्नै छोड्दिएको आsssss बर्सै पिच्छे किन बढ्ने कि यस्तो महङि क्ओ जमाना मा हैन ...इकोनोमि भा के ......जो हास्यो त्यस्ले कुरो बुझेन तारमाम्!!!!!!!!!!!!!
|
| |
|
|
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 08-04-07 12:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
oh harry potter timle malaai birsiyau bhani thani raa :( thanks la saathi ! (timro chai pet dukhos bihaan bihaan ke garyaa yasto ...o choyalaa mukh ma pani aayo) :(
|
| |
|
|
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 08-04-07 12:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
LOL balla herera bhayaae punTe daa ko kathaa
|
| |
|
|
Bob Dai
Please log in to subscribe to Bob Dai's postings.
Posted on 08-04-07 12:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
This one is from my side. :) Happy Birthday Tyra!! Now this is what I call Doko-Cake
|
| |
|
|
Juggy
Please log in to subscribe to Juggy's postings.
Posted on 08-04-07 1:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लु मेरी बास्सै! केक नि खा 'र भ्याइसकेछन्!! ढिलै भे नि जन्म दिनको शुभकामना!! फलोस् फुलोस्, कपाल बाहेक सप्पै!
|
| |
|
|
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 08-04-07 1:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ओ बब दाइ ...... हत्तेरिका मेरो केक् फ्लप खायो ....लौन लाज् लाग्यो कता भागुम् :D थ्यान्क्यु सो मच bobdai ! कस्तो राम्रो काफल् टिप्न जाने डोको जस्तै केक् है थुल्नानि, सान्नानि!
|
| |
|
|
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 08-04-07 1:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हाहाहा "फलोस् फुलोस्, कपाल बाहेक सप्पै" रे ! सकियेन प्रभु धन्यबाद् टक्रयाए जोगि माहाराज्! :)
|
| |
|
|
Gunte
Please log in to subscribe to Gunte's postings.
Posted on 08-04-07 3:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
नमच्ते गाम्लेहुर!!! मलाइ नि ग्वाँचू बुरोले भनेको 'वीरहरूको रगत' ठीक लाग्यो 'वीरहरूका रगत' भन्दा, तरल पदार्थ एकवचन हुने हुँदा 'को' नै हुनुपर्छ। जस्तै: मेरो रगत, हाम्रो रगत (हाम्रा रगत हुँदैन)।। हाम्ली तिल्लूको आज हाप्प्प्पी बर्ड डे!!! याऽऽऽहूऽऽऽ तिल्लू, तिमीलाइ धेरै शुभकामना!
|
| |
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 60 days
| Recommended Popular Threads |
Controvertial Threads |
| Democrat wants to run election like in India. Chaos and Confusing to voters. |
| ए १ पनि पुगेनछ ? |
| Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place |
| नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ |
| 200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year. |
| Funny when Nepalis talk about Epstein and injustice |
| मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे |
| नेपाली वालमार्ट चोर |
| मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु |
| When will Nepali women be equal? |
| Why Prachanda seems to be the smartest of them all? |
| When will the culture of impunity end? |
| बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !! |
| Can we really get rid of Nepotism in the government? |
| नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार |
| बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ? |
| आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर |
| Sukulgunda 2.0 / www.sukulgunda.com |
| How many ministries do we really need? |
| Why Oli must go for the UML to survive? |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|