[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी महोत्सब - २६~

[Please view other pages to see the rest of the postings. Total posts: 352]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 172070 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 09-10-06 9:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी महोत्सब - २६~

सर्वपर्थम त चौतारी महोत्सबलाइ महामहोत्सब बनाउने सम्पुर्ण चौतारीबासीहारुलाइ मेरो धेरै धेरै खुसीको अभिबादन । चौतारीमा यती धेरै सामाग्री छन कि म त अझ पनि पढ्दै छु । कुनै त नभ्यार अनि कुनै चाहि राम्रा लागेर । चौतारी महोत्सव सफल बनाउने लाइ मेरो धेरै धेरै धन्यबाद अनि राम्रो राम्रो लेख लेख्नेहरु पढेर मात्र बसेकोहरुलाइ मेरो नियमापत्ती ।
फेरी पनि चौतारी बासीहरू नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई, सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टेलाइ स्वागत छ।छुट्ने नामहरु अर्को चोटी समेट्ने छु ।
सबैलाइ दशैको अग्रिम शुभकमना साथै दशैको तयारी गर्नु होला ।

यसपटक महोत्सबको चौतारीले थाकेर चाडै आराम गर्ने बिचार गरे ।
यसपटकलाइ मेरै राष्ट्रीय गित ।
नेपाली माया बुद्दको छाया सगरमाथामा
हिमाल पहाड तराइ उठाइ एउटै साथमा
मेचि महाकाली मिलाइ हिड्छौ प्रगती पथमा
शान्ती र बिकास बोकेर हिड्छौ एउटै रथमा
एउटै जात एउटै धर्म नेपाली रगतमा
चन्द्र र सुर्य संगै नेपाल राख्नेछौ जगतमा

 
Posted on 09-20-06 7:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाम्ले जति कता मोरेचन्? आजभोलि भउते काजी त बेपत्ता छन् नि! जुरेलीका गुंडाँ पसेसी हराए यिनी त। यस्तै र'च यो संसार, जमुनीका गुँडाँ पसे देखुन् बेपत्ता भ'को सिरे हराको हरै भो, अब भउते पनि त्यस्तै त होला नि! यो गुँड भन्नी चीज पनि यस्तै र'च!

ल हेर चौतारीको गति! पिङ हालेर के काम खेल्ने मुन्छे नभ'सी? पिङ आफैँ मच्चिने हैन क्यारे! यो पिङ सिङ काटेर बाल्दिन्छु म कसैले पनि नेखेल्नी भ'सी! कैले कता ग'छ? अस्ति यो पिङको बाँस बालेर भैँसीको मासु पोलेर खान्छु भन्थ्यो। लैजा कैले, लैजा, तर भैँसीको मासु चैं धेरै नखानु, फेरि लाग्ला हैजा!
 
Posted on 09-20-06 7:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि ओई मिस्टे बज्जे, तो गीत आफू आफूले मात्तै भित्र भित्रै सुन्ने होईन है भन्दे छु। याँ चौतारीमा पनि बजा, हामी बूढाहर्ले पनि सुन्नु परो।
 
Posted on 09-20-06 8:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोताए जि लौ हेर कत्ति रिसाउनु भएको हिहिहि,जति रिसाए नि पिङ् चै नकाट्नुस् है म त दिनदिनै आएर खेल्दैछु । हो त्यो गीत् नबजाउने मिस्टे फिस्टे सँ चै जत्ति भए नि रिसाउदा हुन्छ।
अनि मिस् सँ नि रिसाउन पर्छ :P ,इस्कुल् बिदा को सुचना नटासि इस्कुल् न आउन पाइन्छ, तेइ भ्'र म हाजिर् गर्न आउदा एक फेर पिङ् खेलेर जाने हो के । :D
 
Posted on 09-20-06 10:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्लेढुङ्गो उहि टुङ्गो!
लु फेरि चौतारिआँ आईयो। आचकल मेरो अलि अलि र्र्याङ-ठ्याङ नमिलेर राति राति मात्तै आम्न मिल्छ। सपै हराका रेछन के परेछ तेस्तो कुन्नि सपैलाई??
 
Posted on 09-21-06 2:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घामको धर्कोले मेरो टेबुलसित लुकामारि खेल्न छोड्दो बेला हुँदो हो. म बासि थकित थेँ, अड्डाबड फर्किम् कि जस्तो मान्दो बेला ... तर फर्किन सक्दिन.
"दशैँमा नेपाल जानी होस् भुने सपै कामको टुंगो लगार जा, छेऊ न टुप्पिसित बिचैमा नछोड् कुनै काम पनि! तँ त उतै अड्डा जमार बस्न बेर लाउँदैनस्."
तालुकदारको हुकुमले म झसगं जो भइँ.

"कुरो त ल्याइस् बुढा! ले अलिकति पैसो हाल्दे त नेपालाँ अड्डा खोल्न मुन छ!" मैले मनअ कुरो अगाडि सारेँ. हल्का साके खा' बेलाँ भन्ने विचार थियो.कफि गफ मै भन्न पुगेँछु.

अड्डाभोरि "दादाको निगरानि गर है, यो उतै बस्न बेर छैन!" भन्याछन्.
२ हप्ताको बिदा मागेको यिनले के के हो के के सोच्न थाले.

...
काला कुर्तैले ६ मैने जागिर खायाँ
काला कुर्तैले ...

 
Posted on 09-21-06 8:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D namaste sabailai
 
Posted on 09-21-06 9:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा अब क्यार्न फर्किनु परो त नुकरीमा? दुई-तीन्टा सीरकका खोल ठूल्ठूला नोटले भरिसकेपछि
अब उतै झ्यालै-झ्याल भ'को अग्लो घर बना'र, झ्यालाँ तमाखु तानेर बसेर गाम्लेका रमिता हेरे हुन्छ!


अनि सान्नानीको के छ हालखबर?
 
Posted on 09-21-06 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो दादाका सिरकै नोट्का? :P

मेरो ठिकै छ गौतमजी, चिसो लाग्न थाल्यो अब यतातिर त वाक्कै लाग्नि के। दादाले एउटो सिरक् पठाइदे त हुन्थ्यो नि। अनि त्यता कस्तो छ?

अनि त्यो पिङ् काट्ने कुरा चाहीँ नअर्नुस् है? इस्कुल् बन्द भा बेलाँ क्यार्न जानि हो चौतारी भनेर आँले गालि गर्दा पिङ् खेल्न जानि भन्नु पर्छ क्या।
 
Posted on 09-21-06 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादाले त्यो पैसाले भरिएको सिरक पठाम्ने भए त यता नि पठाए हुन्थ्यो। यो गर्मिमा पनि सिरक ओढेर सुत्ने थिएँ।

सान्नानी तिम्रो हालखबर ठिकै छ हैन त?

गोताएँ जी पनि आरामै हुनुहुन्छ जस्तो छ।

लौ अब मलाई ढुक्क भयो सबै आरामै रहेछन्।
 
Posted on 09-21-06 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो दादाको सिरकको खोल त मैलो , हेर्न नमान भ'रछ । धूने मुन्छे नभ'सि सिरकैसं यता हुर्रैदे'सि खोल निकालेर धुन हुन्थो
 
Posted on 09-21-06 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यताचैं अहिले खास्साको मौसम छ, जाडो-गर्मी दुबै ठिक्क।

अघि त यो पिङ काटिहालम् जस्तो लाग्या थ्यो, अहिले थामिएको छु। कुरो के भने नि, राति- राति जिम्माल आएर एक्लै पिङ खेलेर बस्दा र'चन्। अब बूढालाई दिनमै पनि रहर लाग्दो हो के रे, तर जोरीपारी हाँस्लान् भनेर राती आउने होलान्।

अनि जमरा राखे'सी त अरु सप्पै पनि आउलान् नि खेल्न।
 
Posted on 09-21-06 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्लेको गुँड कता हो र अहिले पनि तेस्तो उखुम गर्मी हुनी?
 
Posted on 09-21-06 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेदमा छु गोताएँजी!

गर्मी मौसममा हुरी बतासले उडाउन खोज्छ। जाडोमा लेकतिरका आएर बाटो भिड गरेर हिड्न दिन्नन्। हैरान छ यहाँ!
 
Posted on 09-21-06 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले ठिक् छु त म, ढुक्क भो रे? के भो भन्ठानी थेउ र? :P
 
Posted on 09-21-06 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो, हो! भए भरका सिरक जति सबै ज-जस्लाई पठाम्नि हो, पठाईदिम् के रे। नोटै नोटले सुन्नेको सिरक को खोल चईं म तिर हुर्‌याईदिम्! नोट जति बैंकाँ थुपारेसि खोललाई धोबिनीलाई पिट्न ला’र सफा पारेर फेरि फर्काईदिम्ला। उद्ध्र्या-सुद्ध्र्या भए सि’दिम्ला, ईस्तिरि पुनि लाईदिम्ला, मेरी धोबिनी कै च्यात्त्या पेटिकोट कै कस्सम्!

अब जिम्मालेको सुद्दि बिग्रेको, क्यार्न छोड्या होला तो ओढ्नि बाँसधारीआँ? चिनि हालेचन के रे अब मुखियाका मुन्छेहुरले, पैसो तिर्दिने परो। “राता रात के को उठाम्नि हो मुखियालाई भुनेर सुटुक्क काटि हालेम्, भोलि पल्ट पैसो दिम्ला भुनेर” भन्नि, ठीक्क पार्नि।

म त मच्चिन के रे पिङ्गा। मुटु पैताला नेर खस्च। केटकेटीलाई भुनेर दुख अर्देको मत्र। बरु, दुई तीन बोतल तयार अर्देऊ, म त ऊ छेउआट हेरेर बस्छु तिमेरु मच्चेको।

जउरा राख्नि नि पर्सि रे! कपालै नभा’ खप्पराँ जउरा अडिन्न भुनेर जेठीले हिजो एउटा नयाँ टोपी किन्दिछे। टोपी लाएसि निधार नि सानो हुन्च रे, अनि त टीकाको खपत नि घट्च रे! आफू त चौतारिआँ सबै भन्दा जेठो जस्तो छु के रे, दख्खिना लिन पाईन्न, दिने मत्र हो। तेसैले अचेल गायब भ’को चौतारिआट!
 
Posted on 09-21-06 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी तिमी पुरै बेपत्तै भयौ त्यहि भएर पिर लागिरहेको थियो नि। सबै ठिक छ भन्ने थाहा पाएपछि मनै हलुका भएर आयो।
 
Posted on 09-21-06 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल आउनुभो हाम्रो हसाउँने दाई :D:D
दक्षिना दिनु पर्ला भनेर भाग्या रे? धेरै चाहिन्न के हाम्लाई एउटो सिरक् खोल् भर्दे हुन्छ नोटले :P
 
Posted on 09-21-06 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ए कस्तो केरिङ् तिमि कुम्ले thank you :)
 
Posted on 09-21-06 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन त्यो टल्किने खप्परा जउरा(जुम्रा) छन र पुन्टे दा ?:P

जउरा नि के को राख्नि हो र बरै यता हुदि जौ नहुने र'छ मकैको राख्नि त होला ।

चिन्ता नअर्नुस पुन्टेदा अउरिका २५ पैसोलै नेपाला रुप्पेले गुणन अर्दै दिदै अर्नुहोला
मलै दिदा चै जत्ति दे'नि हुन्च नेपालो रुप्पेको गुणन भाग को टन्टो अर्न पर्दैन अउरिका हिसाबले देनि हुन्च
एउजनाले टिको लाइदिनि अर्को जनाले मन्तर(मन्त्र) भट्याउनि त होला नि :D
 
Posted on 09-21-06 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे! पून्टे दाई आउनुभएछ। नमस्कार गरेँ है दाजु!

पून्टे दाईलाई त्यो २-३ बोतल ब्यवस्था गर्न अब कस्लाई खटाउने होला। अस्ति अस्ति ग्वाँचे थियो उसैले निकै स्याहार गर्थ्यो अहिले त्यो पनि आउन नपाउने भा'रछ। अब नमे ले गर्ला कि? हाम्लाई त छुन नि दिन्नन् त्यो बोतल नत्र मै ल्याउथेँ ती साहुनी काँ'ट।

जिम्माल बा उता दिउँसो पल्ला गामका ले भेट्लान भनेर आजकाल राती राती मात्र निस्कन थाल्नु भएको छ रे। दिउँसो त कता जानु हुन्छ भन्ने कुरा जिम्माल्नी बजैलाई नि थाहा हुन्न रे आजकाल। आउनुस न आउनुस सबै मिलेर तिरम्ला पैसो भनेर त भनेकै हो क्यारे।

सान्नानीले कति राम्ररी भनेकी "कस्तो केरिङ" भनेर। हे हे हे!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters