[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २१ ~

[Please view other pages to see the rest of the postings. Total posts: 451]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
[VIEWED 199408 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 23 pages, View Last 20 replies.
Posted on 08-02-06 10:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ! चौतारी !! चौतारी !!!





नमस्ते चौतारीबासीलाइ । २० औ चौतारीले ३०० वटा धागा काटी सकेको ले २१ औ चौतारी जग हाल्ने काम फेरी पनि मैले नै सम्हालेको छु । २० औ चौतारीमा पुराना मित्रहरुका रमाइला
रचना र गफका साथै नया मित्रहरुका उत्क्रष्ट रचना पनि पढ्ने मौका पायौ । यो नया चौतारीमा अझ गहकिला रचना र रमाइला गफ थप्दै जानुपर्छ । बर्षलाइ १२ महिनामा बांडे जस्तै
अब देखि यो चौतारीको जग पनि हरेक १५ दिनमा ( पाच्छिक ) रुपमा आइतबार जग हाल्ने कुरा कस्तो लाग्छ ? तेसो गर्दा अलि मेसो पर्थयो कि ?


२०औ चौतारी रमाइलो बनाउने साथिहरुलाइ २१ ओ चौतारीमा पनि तेस्तै गर्ने आशा राख्दै स्वागत गर्दैछु नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, काका,निरे,सन्जु, सिरे, भौते, गोतामे,
मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, चमेली,लन्लि,
रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती,हिते ,नारने, कैले,ग्वाचे, झाक्री, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर,
सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे लाइ ।


पुन्टे दाइ र भउतेको जुरेलीसित को कुरो मिलेको हुदा अब भउतेले घरजम गर्ला जस्तो छ । हामीहरुले पनि जन्ति बाख्रो खान पाइने मेसो पर्ला जस्तो छ ।मिसले पनि सबैलाइ पढाउदै अनुशासनको बाटोमा डोराउदै हुनुहुन्छ ।





काँचो सम्झि बेलौति-आर माझमा
पाक्यो र अम्बा भै बाँचुन्जेल सम्म माया हानपैतालि झम्म

बिरफाँट्याको जुवा माउरिर-माझमा
काँ बाट जम्माभै बाँचुन्जेल सम्म मायाँ हाँनपैतालि झम्म

रामिडाँडा सिपाचौर रमझम
रामिडाँडा सिपाचौर रमझम
रमाईलो बन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम
रमाईलो बन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम
कइले भेट होला भनि रमझम
कइले भेट होला भनि रमझम
आत्या थ्यो मन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम
आत्या थ्यो मन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम

 
Posted on 08-09-06 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

miste tyo timi ho ? photo ko ???
 
Posted on 08-09-06 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु मिस्टे केई च्यान्ज भा रैनछ अइले सम्म। उस्तै रेछ।
सामाखुसिमा जस्तो देखेओ उस्तै, त्यता आजकाल नि बर्खामा पानि जम्छ होला है? :)
 
Posted on 08-09-06 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफूले नि जनई त भिरियो के रे आज। २-४ दिन मै बिटुलो भई हाल्छ के रे, अनि फेरि मिल्काम्न पर्छ। तै हो, बर्खको २-४ दिन भए नि भिरम भुनेर!

रमईलो अर्दै हर के रे सबै, आफू त अलिक ब्यस्त आज!

उसैलाई फकाम्न भनि मलमलि कपडा बनेथें
खाएँ मुङ्ग्रोको झट्टारो
उसैको पानी थाप्दिम्ला भनि गाग्री बनेथें
बजार्द्‌यो भुईं मै, के साह्रो।

अझै नि सम्झना त आउँछ झल्झलि
त्यो उसको नाकको फुली!

फरि भेट्न पाए त एकचोटि
तेई नाकैमा टोक्दिन्थें
जो सुकै संग लप परेको होस्
ब्रेक लाएर रोक्दिन्थें।

अब, फकाम्दा फकिने नै भए त
डोली मै चडाएर बोक्दिन्थें!
 
Posted on 08-09-06 8:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाम्लेहरु सप्पैलाई गाइजात्राको उपलक्षमा हार्दिक मंगलमय शुभकामना!

गाइको जस्तो सुद्धि होस्
गोरुको जस्तो बुद्धि होस्
घनटाउके खप्परभित्र
ओखरको जति गुदी होस्!

गिर्जाउको जस्तो तालु होस्
तालुभरि आलु नै आलु होस्
केहि नसके पोलेर खान त हुन्छ
गोटा दुइ एक पिँडालु पनि होस्!
 
Posted on 08-09-06 9:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मीस,
ल अब देखि चौतारीमा तपाइहरुले भन्याँ जस्तै जोड, घटाउ हिसावमा मत्तै हुन्छ, शब्दमा हुँदैन।
यहाँ सबैजनालाइ न्यास्रो लागिसक्यो रे। कृपया भुलचुक माफ पाउँ, यसरी रिसाउन पाइदैन है। मैले गर्दा हो भने बरु मै आँउदिन ल चौतारीमा, बन्द भो अहिल्यै देखि।
गाउँले हो ल सब्लै बाइ बाइ।
 
Posted on 08-09-06 9:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर एक् से एक् घुर्कि देखाउने ! सहिलाजि घुर्कि होइन बरु मिस् लाइ फकाएर ल्याउने जुक्ति निकल्नुस् न :-)
मिस् नभएर सुन्य भा हो , म बोलाउथे क्यारे मलाइ त छेउ म पर्नै डर् लग्छ मिस् को होम्वोक् गरिस् कि छैन ? भन्नु हुन्छ अनि । होम्वोक् गर्या भए त जान्थे ,लौ :p
तै नि यहि बाट् कराउ है त लुकेर मिsssssssssssssssssssस् !!!!!
छिटो आउनुस् न इस्कुलाँ .....
 
Posted on 08-09-06 9:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-09-06 9:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोताएँ दाई यो "गोरुको जस्तो बुद्दि होस" भनेको चाँहि के हो नि? हा हा हा!!

म हाम्रो घरमा भा'का सबै गोरुहरु सम्झिदै कुन चाँहि को बुद्दि कस्तो थियो भनेर सोचिरहेको छु। अत्ति हसाउनु भयो।
 
Posted on 08-09-06 10:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई त सम्झेको छैन नि, हगि कुम्ले ? :P
 
Posted on 08-09-06 10:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु गोताएँ यो एक सर्को हुक्का तान अनि कुरो अरम्...कति रिस पोखेको हो अइले नै? सपै रिस थुपारेर चाइन्जो एउडो दामि कविता बनार पोखे खासा हुन्छ! :)

तितौरी...घुर्कि भनेको के हो? म नि देखाऊने...नाईँ नाईँ म नि देखाउने ( हे हे हे बच्चा जस्तो भ'को के)

हे हे कुम्ले हाम्रो घराँ एउडा तिल्के गोरु थ्यो। यामानको ठुलो ज्यानको। चाइन्जो चराउन लगो भने सोजो भएर जता लाग् भनो तेतै लाग्ने तर दाईँमा लगो भने अथवा जोत्न लगो भने दायाँ लाग् भन्दा बायाँ लाग्थ्यो। बुद्धि गजप को थ्यो तिल्केको :)

अइ पँधेरामा कछाड पछारेर एउछिन घाममा सुकार धोति फेरेर हिजो नयाँ लाको जनै देखाम्दै उकालो लाइराको बाटोमा चाइन्जो माष्टरनी नानी। " माष्टरनी नानी आज इस्कुन किन नआउनुभ'को" भनेर सोधेको त आफ्नै चाइन्जो घराइसि कारन रैछ। कोइ सँअ नि रिसानी भाको हैन रे। साईँला सुर्ता नगरेस केई भाको छैन। मजाले कथा हाले हुन्छ अरु नि, बरु तो पइलाको पलस लाई माइनस गरेस है?
 
Posted on 08-09-06 10:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ भउते बुडो भर गिर्जाको जस्तो तालु भको बिर्से जस्तो छ । अस्ति भउतेको टाउको देख्दा पुन्टे दाइ भनेर झन्डै झुक्किएको !
 
Posted on 08-09-06 10:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो र नमे? साँच्चै हो र भन्या?
होला पनि.....सानै देखि तो जुरेली चण्डाल्नी थि, एसो जिस्काओ कि "भुत्ल्याइदिम?" भनेर भन्ति...अइले पो देखिओ...च्व च्व भउते..

हा....अइले पो बुडो भओ रे
हे सोह्र बर्से उमेरैमा मै पनि झिल्के हुँदाहुम
अइले पो बुडो भओ रे..
काँ हो नानी घर तिम्रो काँ हो मइति मावलि
नानी त रैछौ हाम्रै गाँवली...

 
Posted on 08-09-06 10:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले काहिला, दशैँमा राम जस्तो भएस् भनेर आशिक दिन्छन्, त्यै भ'र गाइजात्राको दिनचैँ गोरुजस्तै भएस् भनेर आशिक दिनुपर्छ भन्ने यो गोतामेको छुच्चो दिमाखको ठहर छ।

मिस किन हराउनु भ'? हामीबाट केहि गल्ती भएको भए माफ पाम्। चौतारी शून्यनै लाग्दो रहेछ मिस नभएपछि।

कहाँ जानु भएछ मिस'
शून्य भयो बरपीपल चौतारी!
 
Posted on 08-09-06 10:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मै लुरे नि भयो तन्नेरी
(होSS....सई..... सई)....
हाSSSS....किन नानी नाबोलेको जोबन दिँदा खेरि
मै लुरे नि भयो तन्नेरी

 
Posted on 08-09-06 10:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लाले कता मोरेच? लुउदी खोलाले बगायो कि के हो भन्छु र.
नपत्याउने खोलाले बगाउँच क्या!
 
Posted on 08-09-06 10:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ गाम्लेहुर किन कराइ'राको मिस मिस भनेर। मलै त ठिक्क पो ला'छ त्यो मिस नआ'को । खुबै जान्ने भ'र .. लुउतन्तर आइसकेछि 'नि यो नभन र त्यो नभन भन्दै डोरीले बाध्न खोज्नि के ।
साइलाले घुर्कि देखा'को ले चुप लाग्नै नसकेर के ... एसो छेको हाल्न आ'को .. नजाऊ साइला अब खेरुन त्यो मिस ले केहि भनिन भने म'नि तिम्रो पक्ष लिउला के रे प्लस माइनस मा अलि बिचार पुर्याएर जोड घटाउ गरुम्ला के रे

:) :)
 
Posted on 08-09-06 11:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

subha ji tapai ta kati kuti miss asto po lago ta ;-) ko parnu bho yehaa?
 
Posted on 08-09-06 11:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ho ho Titauri,
miss nai ho.
ani mathi ko chai ma nai ho.
 
Posted on 08-09-06 11:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा जदौ!
कता हराउनुभएको आजकल?

लु गाम्लेओ चाइन्जो निन्द्रादेवीले आएर खुरुक्क काख मा आइज भनिन..म चाईँ चोइटिएँ आजलाई॥
हाSSSSSSSSSSSईईईईईईईईईईईईई
 
Posted on 08-09-06 11:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै, तीज आउन ला'छ क्यारे! मिस त हामीसँग बिदै नमागी माइततिर लाग्नुभा' हो कि? ए भउते र दादा, मिसको माइती पनि स्याङ्जातिरै हो भन्नी सुन्या' थीं; वालिङ् बजारतिर बसबाट ओर्ल्या देखेनौ?

अस्ति राति पटका-सटका पनि पड्काइयो गाँठे! क्या मज्जा भो।

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters