[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari XIX

[Please view other pages to see the rest of the postings. Total posts: 304]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 135902 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 07-20-06 11:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी!चौतारी !! चौतारी !!!

कैयौं उकाली ओरालीहरू पार गर्दै चौतारी १९ औं संस्करणमा आईपुगेको छ। कथा, कविता, गीत, गजलहरूले गुञ्जायमान हुँदै, हँस्सी मजाक,खुशी, चुट्किलाहरूले सिंगारिदै चौतारीले गाम्लेहरूबाट पाएको मायाले नै यहाँसम्म पुग्न सफल भएको हो।

सबैको साझा चौतारीमा नेपे दाजी,बिर्खेमाइला, दादा, पुन्टे, काका, नमे, सिरे, भौते, गोतामे, मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती हिते ,नारने, कैले, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, हिते, रामे, मने, इन्द्रेणी,हिमाल, कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे तथा साझा-चौतारी हेर्न आउनुहुने यहाँहरु सबैलाई चौतारी परिवारकोतर्फबाट हार्दिक स्वागतम्

यस संस्करणमा पनि रमणीय सहर पोखराको ताल-बाराही मन्दिरमा अवस्थित चौतारी छानिएको छ।
आउनुहोस्,
यो गर्मीको पसिना फेवातालको पानीले पखाल्नुहोस्।
अनि चौतारीमा बसी नाच्नुहोस्, गाउनुहोस् अनि रमाउनुहोस्।


यसचोटीको चौतारीमा पुग्नको लागि डुङ्गाको आवस्यकता पर्छ। सहयोग चाहिएमा यो गालब डुङ्गा खियाउन हाजिर छ।

माझी दाइ पोखरा फेवातालको
लाऊ माया साँच्चैको, नलाऊ है ख्याल-ख्यालको!



 
Posted on 07-26-06 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो मुस्कानको बाणले
उनलाइ घाइते बनाउला कि!
मल्हम लगाउने बहानाले
भेट्ने मौका पाउँला कि!!

;-) :oP
 
Posted on 07-26-06 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए मलाई नि लैजाओ न हो काफल टिप्न, तिमेरुले टिपेर ल्याका त एउटो चाख्न नि दिएनौ कस्ता छुच्चिहरु, भोलि त म आफै जान्छु। :P
 
Posted on 07-26-06 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए लौ, यहाँ त सबै गाम्लेहरू जम्मा भैरा' रैछन्।

मैले ठूल्नानीको नाम मैना किन राख्या भनेर नि कुरा गर्दै रैछन्। माऽऽया गरेर राखेको नि ठूल्नानी तिम्रो नाम मैना।

मेरो कविता मन पराइदिनुभएकोमा सबैलाइ धन्यवाद। तितौरी म त्यति कसौटी हेर्दिनँ, त्यो कवितामा नामहरू धेरै भए जस्तो छ, तर सबै नेपाली शब्द नै हुन् नि। ;)

ल म त अर्को धागोमा झन्डाको हाजिरी जवाफ गर्न गएँ। ईच्छुक गाम्लेहरू आउनुस् है!
 
Posted on 07-26-06 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले!हा हा हा :D कस्लाइ हो? (रे क्या)

प्रीति, ल तिमि नि जानि हो ,ल भोलि बिहानै चौतरीमा एउटा डोको लिएर आउ है त ,
छुच्चि नभन न सान्नानि , हिजो तिमि इ ,ई भन्दै कराएर पढ्दै थेउ अनि नबोला'हो के । ए सान्नानि इ ई भन्दै तिमिले के लेख्या हो चौतारी मा टाँस त छिटो

ठुल्नानि,:D भनम् त सुटुक्क तिमिलाइ साच्चि !
 
Posted on 07-26-06 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tiru kaslaai ho re? kabitamai sodhana nanu.

la ma ni aauchhu hai ta kafal tipna bholi, maile kehi lekhya chhaina tyo ta yahi lekhda lekhna naaera sodhya ho.
 
Posted on 07-26-06 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु मिस् नि कुरै नबुझी, त्यस्सै रिसाउनु हुन्छ्! :पी

क्याम्री को कुरो त उहि परदेशाअँ हुँदा को पो गरेको त । हाम्रो गाम्को कुरो होईन नि मिस् त्यो पनि जिम्माल बाले कुरो उठाउँनु भा भर

लु मु लागे खेत जोत्न तिर, धेरै काम छ बाबै :)

रोल लम्बर् ४२०--यस् मिस् :डी

लुते :)
 
Posted on 07-26-06 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओइ केटी हो ! तिमेरु डोको बोकेर ढुङ्गा बोक्न जान ला' हो कि काफल टिप्न हँ ?
कि थुँसे लैजानु, कि सोली लैजानु नि काफल टिप्न त। त्यो यत्रा यत्रा भ्वाङ परेका डोकाँ कसरी राख्नी र'छ र हो काफल। :-)

दिन कै डोकाभरी काफल ल्याएम भन्छन, फेरि भोलिपल्टै सकियो फेरि टिप्न जाम भन्छन। हाम्लाई त एउटो गेडो पनि चाख्न दे'का हैनन ल। तिमेरु राक्षेस हउ कि मुन्छे हँ? दिन कै एउडोको काफल खानी रे, आम्मामामामा, के सारो हुन यिनेरु त। रगतमासी परेर फुत्कउला है केटी हो :-)

लोउनी मुन्छे जति २४सै घन्टा रउसी खान जाम भुन्छन। आइमाई मुन्छे जत्खेर नि काफलै खान जानी भुन्छन। यो गामाँ काफल र रउसी बाहेक क्यै पाइन्न कि के हो?

बरु हिनओ उता बिर्खेका घर तिर। बिर्खेले लाउरा'ट तिमेरुलाई नि भनेर अङ्गुरको झोल पनि ल्याइदेका छन रे। अब लाउराँ त लोउनी मुन्छेले रउसी खानी, आइमाई मुन्छेले त्यै अँगुरको झोल खानी अर्छन रे क्या रे। खाएसि अलि अलि झुम्म झुम्म नि हुन्छ रे।

त्यो सञ्जु नक्कली, भेट हुन पा'छैन गालाँ हान्नी भुन्छे बा। के सारो उछालिएका हुन अचेलका केटीहुर।:p भउतेका कर्माँ के लेख्याहुनन कुन्नि। छेउघरेकाँ चिना देखाम्न जान पर्नि भो। :-)

:-)
-भउते
 
Posted on 07-26-06 2:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे जिम्माल,
म त अहिले महासागर छोडेर मानवसागरमा छु!
क्यार्नी हो र टाईम पास् भन्या एइ चौतारी हो! काम साम छैन चौतारी तिर हावा खाँदै बस्यो! भात् पचायो!
तितौरी, ठुल्नानी, प्रिती (गर्‍र्‍र्‍र्‍र्‍र मलाई रोल न्ं चोर भन्ने मोरी!) हरु को लेडिज गफ सुन्यो, दिन काट्यो! साँझ पर्‍यो, भौते काजी, गोतामे, पुन्टे दाई, तिमी इत्यादी जँड्यहाँ हरुको रौसिएको गफ सुन्यो, टाईम पास्!
क्यार्नी हो र जिम्माल, जिन्दगी नै टाईम पास् जस्तो लाग्न थाल्यो अब त :(
रोल न १५
मिस्टे
 
Posted on 07-26-06 2:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेइ भे'र रच भौतेदाइ काफल् एक्दिन् मै सकिएको ।डोकाड चुहिएर लौ मारो । अब चै ठुल्नन्नि सान्नानि झोला लैजाम् है त :)
अनि फोउसे गफ् सुनेर दिन् बिताउने रे ,ल बरु येसो झिङा मार के चौतारीमा बसेर अजकाल् कत्ति झिङा बढेकोछ् के इस्कुलाँ नि ।लु केहि काम् त गर फोउसे :)
 
Posted on 07-26-06 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद् है सबै जनालाई जस्ले फटिग्रें लाई मन पराउनु भयो। खासमा मलाई लाजै लागेको छ के कता लुकु कत भागु भैरा'छ् तेस्तो फिस्टे फटिग्रें लाई नि राम्रो भन्देर


तेहि त भन्या अझै बच्चै छ्नके यिनिहरु सब् ।काफल् के मा राख्न पर्छ था नै छैन ।मलाई सोध्या भे'त् भन्दिन्थे नि काफल् के मा राखिन्छ भनेर

तिरुलाइ-----
कति तर्किन्छौ तिमी कहिले त येसो बोले नि हुने
मुस्कान् मात्र किन कहिले त यसो मर्म् बुझे नि हुने
धड्किहेर त यो मुटुमा तिम्रो प्रस्वासको सुगन्ध छ
थमिहेर त यि अंजुलीहरुलाई तिम्रोमiयiले भरिएको छ


:D :D :D
kasyto ho ta khali kura garnathalyo bhagihalne !!! huh
 
Posted on 07-26-06 3:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नानी काफल् कहिले फल्छ भन त??:P

:)
 
Posted on 07-26-06 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नानी तलको तिम्रो कथा पढेर पत्ता लगाऊ काफल कहिले पाक्छ भनेर :)

"काफल पाक्यो, काफल पाक्यो"
पर कतै रुखमा काफल पाक्यो चरिको आवाज सुनेर ठुल्नानी झल्याँस्स भइन्।
सेउला काट्डा काट्दै थाकेर कतिबेला रुखको फेदमा निदाइछिन उनले पत्तै पाईन। प्रचण्ड घामले उनको निधारमा पसिनाको थोपाहरु निकालेको थियो, मजेत्रो गुटुमुमुटु पारेर पसिना पुछिन् र एकपटक सुस्केरा हालिन्। तल बेसितिर हेरिन र सोचिन्-
"अब त असार लाग्ने बेला भयो, रोपाईँ गर्नु पर्छ"।
ठुल्नानीलाई धान रोप्न साह्रै मन पर्छ।
फेरि के हो सम्झेर निधार खुम्च्यइन र मन मनै सोचिन्-
"के को असार लाग्नु, अझै एक महिना जेठको गर्मि खानै बाँकि छ" "असार लाग्न त एक महिना भन्दा पनि बढि लाग्छ"
नाम्लोलाई दुई हातले संगालेर फर्क्क फर्काइन् र डोकोमा बेरिन् अनि टुक्रुक्क बसेर थाप्लामा नाम्लो बेर्दै भारि उचालिन्।
"आजै भन्दा भारि उचालिदिने मान्छे पनि छैन"
अलि बढि थाकेको अनुभव हुन्छ ऊनलाई बैशाखको घाममा।
अचानक उनको ओठमा हाँसोको एउटा लहर देखियो...
पर बाट चित्रे हातमा नक्शा बोकेर यतै आउँदै थियो!
 
Posted on 07-26-06 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kafal pakyo bhanera koili bhanepachhi miss.
 
Posted on 07-26-06 3:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा प्रीती काफल् पाक्यो कोएलीले भन्छ???

बिर्खेजीले त्यत्रो कथा हाल्न् मात्र भो । प्रीती तिमिलाइ त चिट् चोर्न नि आउने रहेनछ
:D :D
 
Posted on 07-26-06 3:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Connection Failure
 
Posted on 07-26-06 3:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lau jaa ... :( koilile ta ku ku po garchha kyare hai?
 
Posted on 07-26-06 3:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wah wah miss pani tiru ko fan ho ki kya ho, sabaile tirukai laagi kabita lekhna thale ba....
 
Posted on 07-26-06 3:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रिती,
तिरुको त फ्यान हरु छन्, झन तिम्रा त ए.सि. होला नि घरमा
धन्दा नमान्, धेरै फ्यान हरु भन्दा त एउटा ए.सि. नै राम्रो(
इलेक्ट्रेसिटीको बिल थोरै आउच क्या ;)
 
Posted on 07-26-06 3:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

miste, chor ko kuro ho khai pattyau ki napattyau? bill dherai aayo bhane timle tirdine ho ta? :)
 
Posted on 07-26-06 4:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन क्यार्न रिसाउने हो तिमी सँअ तितौरी?
काका अथवा बा जे भने नि हुन्छ। बरु लागुर बाट तिम्लाई रातो धागो र फरक ल्याइदेको थेँ सानै होलि भन्ठानेर। सानो कलिलो तामाको बुटा जस्तोमा देखेको यो आँखाले, अइले झाङ्गेको बाँस भइछौ, फरक त के ठिक होला र धागो चाईँ माछाकाँडे बनार बाटे हुन्छ कपालमा, राम्रि देखिन्छौ। अब अइले येई धागोमा चित्त बुझाऊ, आउने दशैँमा जलबिरेको सुनारलाई भनेर एउडा फूली हाल्दिमला बरु! दुई पाऊ गुँदपाक नि ल्याको थेँ, जिम्माल्नीले संदुसमा हालेर ताल्चा लार
राखेकि छे, आफैँलाई खान मनला'र माग्दा नि दिन्न, तिमी आयौ भने संदुस खुल्थो कि? :)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters