[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI IX

[Please view other pages to see the rest of the postings. Total posts: 313]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 192881 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 01-27-06 6:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी! चौतारी!

तिम्रो घर चाचछरी त्यहीँ तल हैन र?
तिम्लाई मैले चाँचरी चिनेको छैन र?
बामरी फुलको बोट
आयो ढल्काउँदै झमझम इस्टकोट
आयो ढल्काउँदै झमझम इस्टकोट
झट्ट कपाल चाँचरी कोर न सान्नानी
तिम्लाई नलिई चाँचरी म जाँदै जान्न नि
बामरी फूलको बोट

नमस्कार! फेरी पनि स्वागत तथा अभिवावदन छ यो साझाको चौपारीमा। दौँतरीहरु रमाइलोलाइ लम्वाउदै अरम यो नया चौतारीमा।
सुर्खेत बुलबुल ताल
माया मै सानी हुनाले छुट्यो माया जाल

पहाडको तिते फापर मधेसको तोरी छिर्लिगं छ्याईँ
धनी बाउको छोरासित के को माया लाउनु छिर्लिगं छ्याईँ

सुर्खेत बुलबुल ताल
माया मै सानी हुनाले छुट्यो माया जाल
... ...


सधै झै रमाइलो अर्न बिर्खे माइला र चित्रे ठिक्क परिसक्नु भको छ भने, कुराको जालो बुन्न सिरे र पुन्टे तयार हुनु भको छ, अनि कुरा कानि ट्याक्क पार्न काका बुडा रेडि हुनु भको छ । यस पटक चाइ अर्कै तरिकाले बस्ने भनेर कस्सिनुभाको छ उही भउतेदादा मया भेट्न २, ४ दिन गाम तिर लाग्न भको छ भने गोतामे उहि गन गन अर्दै हुनुहुन्छ। मुन्द्रेको त के कुरा, उ त जता पनि पुगिहाल्ने, कुरो मिलाइहाल्ने, अब के गर्ने बिचार छ कुन्नि ?। रमाइलो थप्न तम्सिनुभा छ लाले, गलब, पिकरेली, मिस,कलंकि,साँहिला, आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,नटे। यता डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना,आशे,चिप्ले,परदेशी र हर्के पनि गफ अर्न कस्सिएका छन । टन्नै साथिहरु हुनुहुदो रइच यसपालि हासो ठट्टा गर्न ।

पानी खानी कल कले धारो,
माया लाउनी फेदीको चौतारो,
समय छोटो छ
हजुरले दिएको
यौटा फोटो छ



उता इस्टकोट लगाएका झिल्के भाइ खोइ कता गर आचन कुन्नि निकै गम्भिर भर कबिता हाल्न थालि सके।
जिन्दगी जीन्दगीसँग आँखी छ,
हरेक आँखामा आमन्त्रणको झाँकी छ
कसलाइ के चासो !!
कसलाइ के चासो कहाँ रात विताएँ मैले ?
यतिनै काफी छ कि
म मा अझै बैँस बाँकी छ
...


 
Posted on 02-11-06 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए डल्ली फुपू,
नमस्ते है, धेरै दिनपछि भेट भो नि हाम्रो, अनि सन्चै हुनुहुन्छ? फुपाजूलाई सोध्या छ भन्दिनुस् है, अनि फुच्चे भाइलाइ पनि।
हो त याँ चौतारीमा बिहेको रमझम रैछ, म पनि मैनालाइ भेट्न जानु पर्यो, धेरै दिनपछि बल्ल अलि फुर्सत पाइयो क्या।
 
Posted on 02-11-06 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

समुन्द्रे बाबुले मलाई यो गीत पो सम्झाए,
"मैना ए मैना तेरो आफ्नो कोही पनी छैन ।"
 
Posted on 02-11-06 5:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक्लै बस्ता बस्ता वाक्क, दिक्क, प्याक्क भैरा बेलाँ यी डल्लीले फेरी उदास लाउनी गीद सम्जाइदि
न्चिन्, मया, दया केइ नभकी मुन्छे !

अनि यी गाम्का उरन्ठेउला हरु अचेल कता ग'चन ? चौताराँ आ'र नानाभाँती कुरा अर्न छोडेचन् नि
अचेल त ! कि सपैलाइ चुनापको रौसीले अझै छोड्यो छैन र हो ? आओ केटा हो, मैले तीन बुक तास
ले'र आइचु आज, ब्या गर्नी खेल (मेरीज) खेल्न पर्च !!

 
Posted on 02-11-06 7:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-11-06 8:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुदैच याँ? आफूलाई त चाइन्जो सप्ताहान्त लाएर कैले कता कैले कता अर्दा अर्दै फुर्सतै भएन। अरु गाम्ले नि तेति देख्तिन आज? दादा मुसुक्क हाँसेर मात्ते हिनेचन। मुन्दे तास खेलुम भन्दै रेच तर क्यारेर कोरम पुर्याम्च कुन्नि कोइ छैनन् यता...
 
Posted on 02-11-06 9:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आलु र तामा हजूर छेपारोलाई जामा
भ्यागुतोलाई इष्टकोट
हा हा भ्यागुतोलाई इष्टकोट
तामा छेपारोलाई जामा
भ्यागुतोलाई इष्टकोट
हा हा भ्यागुतोलाई इष्टकोट

कुखुराको भाले हजूर छेपारोलाई जामा
भ्यागुतोलाई इष्टकोट
हा हा भ्यागुतोलाई इष्टकोट
भाले छेपारोलाई जामा
भ्यागुतोलाई इष्टकोट
हा हा भ्यागुतोलाई इष्टकोट

घर मेरो टौदह हजूर ससुराली बौद्ध डेरा चाहिँ बानेश्वर
हा हा डेरा चाहिँ बानेश्वर
टौदह ससुराली बौद्ध डेरा चाहिँ बानेश्वर
हा हा डेरा चाहिँ बानेश्वर

 
Posted on 02-11-06 9:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के लेख्न पर्ने के लेखेछु!

त्यो माथिको गिदओ दोर्सो लइनमा गल्तिले मिस्टेक भएच, तेसलाइ यसरि गाम्नुहोला -

कुखुराको भाले काशी जान थाले
पोथीको गन्थन
हा हा पोथीको गन्थन
भाले काशी जान थाले
पोथीको गन्थन

 
Posted on 02-11-06 10:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा,

सुनाम न त गाम तिरको खबर, क्यार्न हाताँ डुँडी बाँधेर बस्योचौ ?

Keep rolling...
 
Posted on 02-12-06 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए दादा,
तिम्रो ईमेलाँ क्यार्न आग्लो ठोकेर बस्योचौ र हो? जति पाल्टा जसरी फकाएर पठाए नि दादा ले त दैलो ठोकेर बस्याचन् भन्दै फिर्ता आम्च । मलाई ईमेल अरे तो मेरो नजुठेल्नो चाईनीमा ।

Keep rolling...
 
Posted on 02-12-06 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए बिर्खे, तेस्तो नामै फेर्न पार्नि त केइनि छैन, अब सप्पैले लाले लाले भन्चन केरे, तेइ भअर लालेको मुखुन्डो लाअर आको मत्रै हो।
 
Posted on 02-12-06 9:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु लाले नाउँ मजाओ देखिओ।
हन कता लाएचन गाम्लेअरु? कोइ देख्तिन आचकल?
 
Posted on 02-13-06 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ई लाले को घर पुनि मेरो तिरै जो हैच कि झै मानिचु, बयँरघारी तिर त हैन गाँठे ? त्यँहाको पुल को कुराको सम्झना आओ के । पुल बनाम्नी बेलाँ अनेक राजनीति अरेर बल्ल बल्ल फलामका टावर भाको पुल बनाए अरे। आर्का साल त आँधी खोला ले आर्का पट्टिको फाँट बाट भँगालो खोलेच । त्याँसी तो खाली बगराँ नि फेरि को को दुई नम्बरे हुरले खेत बनाएचन अरे । अहिले त पुल त खेत माथि छ अरे, आँधी खोला चईनी अर्कै तिर छ अरे - सुनेको कुरा है, देखेको त छैन - म त वालिङ्ग तिरा'ट हिँड्ने गर्थे केरे ।

Keep rolling...
 
Posted on 02-13-06 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा।

पुल त खेत माथि छ अरे, आँधी खोला चईनी अर्कै तिर छ अरे।
 
Posted on 02-13-06 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लालेओ घर खिलुङ देऊराली तिरा हो कि सोरेक तिरा हो?
 
Posted on 02-13-06 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन आजकल यो मुन्द्रेलाई के भको हो कुन्नि! पैले पैले २४सै घण्टा यतै चौपारी तिरै जो हल्लिनि केटो नाखमुख देखाउन छोडो। काकाले बे का कुरा बिचैआँ फासफुस पारे भनेर चित्त दुखाव रैच र हो कि? बे का कुराँ चिन्ता नगर हामी छँदै छम भनेर सिरेले नि हिज हो कि अस्ति भनेकै थो के रे। सुनाखरी त तलाईँ जो भओ भनेर रिजाप अरेर राखेकै छम के रे, क्यार्न मन मारेर बसेओ छस गाँठे बेकाराँ? बेला आएसी झिनिकुटी पारिहाल्लास त के रे नि।

लौ अइलेलाई सुनाखरीआ यिनी दुइटा फोटा हेरेर चित्त बुजा। झोलाओ पिधाँ परेओ रैच के अस्तिन पखराट आउँदा। हिँज एस्सो झोलो टक्टकाको बल्ल भेटेँ।
.

 
Posted on 02-13-06 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को..
.

 
Posted on 02-13-06 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल माइलाले गउँ पिस्दै छन् घट्टाँ......

 
Posted on 02-13-06 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ काका बुडा!
कता बेपत्ता भए बुडा भन्दै थेँ म आइपुगेचन्।
मुन्द्रे त बेपत्ता च आचकल, अरु कि कोइ छैनन्। लु बसम बरु अइ पिन्या गउँको पिठोओ रोटि बनार खाम्ला!
 
Posted on 02-13-06 3:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्यात्तेरी, प्रसँग अन्सार यता टाँस्न पर्नी कुरो उता उछिट्टिएछ के, फेरि रिपेट (repeat) अरेँ है ।
_____________

ए जिम्माल, के को हर्ख छ र हो, तिमीले त पीठो सीठो नि जोगाड अर्न आँटेचौ । बिर्खीनी भाउजुले पुनि दारीगिठाको बोक्रा (makeshift herbal baking powder ;) ) ताछ्दै थिईन अरे केरे - ठूलै जो ताही (सेल पकाउने कराही) बसाम्न आँटे जस्तो छ केरे काका । अब हिजाऽज त तो भेलीथान (valentine) को मेलाँ लाम्चन केरे ठिटा-ठिटीले । कि बिर्खेनी भाउजुलाई लेर कतै जानी सुर छ कि के हो? ससुराली जान पाहुर बनाम्न रोटा पकाम्न लाए जस्तो छ नि ? येसो मलाई पनि एउटा दुनाँ गोडा चारेक घुमाका र अर्सा रोटा राखिदे है, बिहान बिहान तताएर खान मजा हुन्च ।

मुन्द्रेले तास खेल्न आओ भन्तो काका, त्याँसी फेरि नाकाँ माखा भन्के झै भन्किनी एउटा फिरफिरे घुमाम्दै आको थियो । अब मुन्द्रेका तिरै जो तास खेल्न जान पर्ला जस्तो छ - दोबाटेका दोकानाँ तास खेल्दा मलाई जाद्रै फाप्दैन केरे ।

गाम्लेहुर सपैलाई Happy Valentine Day है । मया गरम- मया, मया मै छ सँसार ।
Keep loving...
 
Posted on 02-15-06 2:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पैले थियो (वर पीपल छहारी)२
माया हो आज भोलि शून्य भो चौपारी
मै बस्छु सम्झि झल्झली
माया हो के भयो यो भनन दम्तरी
डाँडैको देवी देउराली
माया हो पाल्पा जाँदै झरे है ओराली
मै बस्छु सम्झि झल्झली
.

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters