[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 * चौतारी - ४१ *

[Please view other pages to see the rest of the postings. Total posts: 582]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 229665 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 01-09-07 8:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी!चौतारी !! चौतारी !!!


गालब कुमार स्वास्थानी भन्न लागेको, अनि पुर्व जापुन तिर गाम्ले हरु अड्डा तिर लागेका, माझ गामका गाम्लेहरु निद्राले भुष परेका र पस्चिम गामका मान्छेहरु निद्राको मुखमा पुगेकाले म अपरझट चौतारीको ढुगां मिलाउन आइपुगेको छु । धेरै छपनी भए चौतारीमात्र नभै गाम नै पैर्होमा पर्ने हुदा हस्यागं फस्यागं गर्दै ढुगांका टुक्रा टाक्री मिलार यसो बस्न हुने पारेको छ , यस पटक यहि फु्च्चे चौतारीमा बसेर स्वास्थानी सुन्नु पर्ला ।
लै सबै जना Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, र बाकी सबै गाम्लेहरु फुलमाला लिएर तयार हुनुहोला स्वास्थानी सुन्न ।

बल्झीएको जालमा स्तब्ध यो परिवेस
मेटाउन खोज्दा पनि , रहिदिन्छ शेष
जोड अनि घटाउमा, तर्सिन्छ पलपल
शून्यमा गै रोकिन्छ नि सधै अचल

 
Posted on 01-11-07 11:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

JPT भए पनि मिठो, मन छुने रहेछ सुनिमाजी को English poem अनि मिस दिदी को नेपाली अनुरोध। लौ त मेरो पनि Good night गाम्लेहरु लाइ।
:-)
 
Posted on 01-11-07 11:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कसै कसैलाई त कति फुर्सद हुनी हो?
Good night गाम्लेहरु लाइ।
:-)
 
Posted on 01-11-07 11:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एसो एक्छिन चौतारी मा रमाइलो गरौ भनेको सबैको सुत्ने बेला भएछ, लौ तनी म पनि गए सुत्न, भोली बिहान श्वास्तनि सुन्न झर्नु पर्ला, लौ बुडेस्काल लागेछ, स्वा स्वा बड्न थल्यो, परान जला जस्तो भयो । लौ हरिशरणाम्म ।
 
Posted on 01-11-07 11:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साह्रै अच्छा-अच्छा राम्टिके कैताहरु गइराख्या र'छन्। पढ्दा मनै रमाएर आयो, एकैछिनमा राम्टिके भयो! जय होस् सबैको!!
 
Posted on 01-12-07 12:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ यसपाली जन्तीबाख्रो खान पाइने हो कि


 
Posted on 01-12-07 7:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साह्रै अच्छा-अच्छा राम्टिके कैताहरु गइराख्या र'छन्। पढ्दा मनै रमाएर आयो, एकैछिनमा राम्टिके भयो! जय होस् सबैको! :D
 
Posted on 01-12-07 7:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्ले साथीहरु ताआआआआआआआअ
 
Posted on 01-12-07 7:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाइ धनुस्टंकार पोज मा नमस्ते ठोके !

यो साउको काम, नखाम भुने दिन भरिको शिकार, खाम भुने कान्छा बाउको अनुआर !

नयाँ बर्ख लागे'सि अलि बढी नै धपेडी भो, कैले कताको खेत जोत्नु पर्ने कैले कताको । फेरी साउले पर्म लाग्नु पर्ने ठाममा नि लौ ग्वाँचे तैले नि मुन्छे'रु चिन्नु पर्छ भोली म जस्तै साउ बन्न पाम्छस, काम सिकेर आइज, आफुले जानेको काम सिका'र आइज भुनेर एक दुई ठाम्मा पठाइदयो । हुन त साउले भुन्या ठिकै हो, आफ्नैलागि त हो नि काम सिक्ने तर अलि धपेडी चाइ हुने क्या । तर रमाइलो पुनी भो, कैले नदेखेको तर आफुले गर्नु पर्ने काम्को बारेमा किताब सिताब लेखेको अजङगका साउहरुसंग नि भेट भो, प्रत्यक्ष कुराकानी गरियो । नेपालबाट आ'को भुन्दा अचम्म मान्द रैछन्, किन हो था छैन तर नेपालीहरु भुनेको पहाड चढ्ने र लडाइ लड्ने मान्छेहरु मात्रै हुन्छन भुन्ने सोचेर पो हो कि ( उनिहरु नै जानुन्) । तर यताको गामतिर नेपाल र नेपालीलाइ असाध्यै राम्रो नजरले हेर्छन्, राम्रो लाग्छ ।

यै काम्को मेसोमा चौतारीमा आउन पाइन माफ पाम है, यस्सो बेला बेलामा चियाएको चाइ हो है । छुस्स छुस्स अभिबादन पनि मौका मौकामा गरेकै हो । जिम्मालबालाइ शहरा'ट नयाँ फिलेबरको तमाखु ल्याइदिन्छु भुन्ने सोचेको थे, तमाखु बेच्ने पसल मोरी गे' देखेको होइन । शहराँ'ट त तमाखु ल्याम्न पाइएन तर अब जिम्मालबालाइ खाली हात भेट्ने कुरा नि भेन्, तेइ भेर माथि हर्के काकाको चिया पसलाँ'ट दुई पोका बिजुलि चुरोट किनेर आम्दै थे, निस् ब्रोले बाटोमा छापा मारिहालो । कति गर्दा नि मानेको हैन बज्याले, त्यो जिम्स् सुड्डालाइ भन्दा त हाम्लाइ पो बढी जरुरत छ, फिरि भर्खर खतरा ट्रीप दिने जि लुटेको छ हाम्रो केटाहरुले, यो चुरुटमा भरेर दामि स्टिक बनाउन पर्छ भन्दै सबै माल जफत गरिहालो । जे भो भो, अर्को पाली लुकाएर ल्याउनु पर्ला, जिम्मालबाको लागि!

कुमार ब्रो, सरि गालब ब्रो ( कुमारजी आग्या गर्नु हुन्छ भन्ने पढ्दा पढ्दा गालब ब्रोलाइ नि कुमार ब्रो लेखेछु ! )को क्लासिक स्वस्थानी गजब गै'रा छ, साउको काममा भे नि, कुनै अध्य्याय छुटा'को छैन । मजा आइरा'छ, किप इट अप सोम !
फिरि नेप्चे, डाग्डर्नी नानी, मास्टर्नी दिदीहरुको कबितत्मक दोहोरी नि क्या मजाको भइरा रैछ, कैले हिन्दी, कैले नेपाली कैले औंरेजीमा । मेरोतर्फ बाट नि एउटा टुक्रा है ( केही समय पैला लेखेको कबिताको कुनै भागमा रहेको छ लाइन):
परेलीभित्र मेरो तिमीले शायद आफुलाइ देखिनौं
मुटुभित्र तिमी मेरो आउँदै आइनौं
मुटुभित्र मेरो तिमी आएकी भए
देख्थेउ तिमी त्यहाँ आफ्नो नै छाया
बताउनै सकिन कति माया गर्थे
मुटु नै चिरेर देखाउन त कसरी सक्थे

ठुल्दाइसँअ चिलिम तान्न र म म खान नि जान पाइया थेन्, अब मजाले चिलिम तान्दै म म ठेल्नु पर्ला, फिरि मादेबले ओरिजिनल माल देका छन रे बुढालाइ । दुई चार दिन झ्याप हुनुपर्छ, मादेबको भक्तिमा लिन हुँदै, के था मादेब बुढा खुशी भे'र धोबिनीलाइ जस्तै तीनवटा विस पुरा हुने बर पो दि हाल्छन कि, तीन वटा नभे दुईटा भे' नि चल्छ ।

यामे ब्रोले नि सम्झेको रैछ अस्ती, क्यार्नु आफ्नु अच्छा दोस्तलाइ नि भेट्न पा हैन । यामे अलि तेस्तइ थ्यो क्या, अब फुर्सद भो, सँगै ढिडो हसर्नुपर्छ है। फेरी तिमी त कति मिठो ढिडो मस्काउँछौ यार, चौतारीबाट टाढा गे नि तिमीले पकाको ढिडोको सम्झना चाइ आइर'ने तर अचार चाइ जे पायो तेइ को नबनाउ है, कैले काइ त तिमी खान नहुने कुरा को नि अचार बनाउने क्या ;-)

लौ त यती भन्दै मेरो दुई शब्द यहिं टुङ्ग्याउँछु,

सबैको जय होस्!
 
Posted on 01-12-07 7:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साह्रै अच्छा-अच्छा राम्टिके कैताहरु गइराख्या र'छन्। पढ्दा मनै रमाएर आयो, एकैछिनमा राम्टिके भयो! जय होस् सबैको! :D
नमस्ते गाम्ले साथीहरु ताआआआआआआआअ

ठुलि, सँचै ?
 
Posted on 01-12-07 8:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साह्रै अच्छा-अच्छा राम्टिके कैताहरु गइराख्या र'छन्। पढ्दा मनै रमाएर आयो, एकैछिनमा राम्टिके भयो! जय होस् सबैको! :D
नमस्ते गाम्ले साथीहरु ताआआआआआआआअ

ठुलि, सँचै ?
 
Posted on 01-12-07 8:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घन ले'र त्यो दौडिरा'को त बिच चौतारीमा सबै ताआआआआआआआअ गरेर बसि रा'को !!
के हो ताआआआआआआआअ भुनेको त ऊल्टो के हो तेरा काँधा जोगि रे!!
घन हो घन भनेको त ‍‍‍‍‍--------घन्ताआआआआआआआअ रे!!! :O...:O
भो त अब, हे पर्भु रक्स्याहा गर!! २ पाने रक्स्याहा गर!!...:p
जय शम्भु!!.....ॐ!!!!!!
 
Posted on 01-12-07 8:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्बचेँ, मिस्ते मलाई सञ्चै छ । तपाईं हरु लाइ कस्तो छ ताआआआआआआआआआआआअ
 
Posted on 01-12-07 8:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-12-07 8:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-12-07 8:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साह्रै अच्छा-अच्छा राम्टिके कैताहरु गइराख्या र'छन्। पढ्दा मनै रमाएर आयो, एकैछिनमा राम्टिके भयो! जय होस् सबैको! :D
नमस्ते गाम्ले साथीहरु ताआआआआआआआअ

ठुलि, सँचै ?
 
Posted on 01-12-07 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

khoi aaja kumar ji kata lagnu bhayo,
chautari ma swastani sunne bhaneko kurya kuryei bhaiyo...
 
Posted on 01-12-07 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राते मलाई सञ्चै अनि तपाईंलाइ कस्तो छ ताआआआआआआआआअ
 
Posted on 01-12-07 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ लागियो हलो जुवा बोकेर खेत तिर, के गर्नु निबेक धान्न पर्‍यो।
 
Posted on 01-12-07 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सपैलाई शुभप्रभात!

ग्वाँचे नि झुल्केछ चाइन्जो बाह्र बर्खमा!:)
मलाई किन्देको तमाखु गुन्डोले खोसेछ! सुर्ता मान्नु पर्दैन ग्वाँचे चाइन्जो बात मारुम तो तमाखु भनेओ त जइले तानेनि भो नि!

आज गालेको सोस्थानि पड्न पाइएन गाँठै!

ठुल्नानिलाई तआआआआआअअअ है! :):)
 
Posted on 01-12-07 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी स्वस्थानी व्रतकथा - ९
वाचक - गालब

यं ब्रह्मा मरुणेन्द्र रुद्रमरुत --- समर्पयतत्।

कुमारजी आज्ञा गर्नुहुन्छ - हे अगस्त्यमूनि! तहाँ उप्रान्त महादेवलाई भनेर बोकेर लगेको प्याकमा जुरेलीले प्वाल पारिदिई ठाउँ-ठाउँमा मम झर्दै गएको कुरा उल्लेख गरेको थिएँ। कुन-कुन ठाउँमा के-के उत्पन्न भए भन्ने बारेमा अब बताउँला। यी ठाउँहरु पीठ बनेको हुनाले, तीर्थ गएमा सात पुस्ताको पाप पखालिएला। शुरुमा ईर्लिन देशको डिब्लिन गाउँमा २ डल्ला मम झर्न पुगे। ती दुई डल्लामा भैंसीको खुट्टाको मासु भएको हुनाले त्यहाँ खुट्टेश्वर महिषेश्वरी उत्पन्न भई शिवशक्ति स्वरुपले रहनुभयो। यस पिठमा चित्रे आई अनेक किसिमका नक्शा बनाई फलफुल चढाई नाचगान गरे। देवी प्रशन्न भई वर माग भन्नुभयो। चित्रेले "सधैं चित्र कोरिरहन पाऊँ" भनी वर माग्दा देवी प्रशन्न भई "तथास्तु" भनी वर दिनुभयो।

डिस्केथानमा पुगेपछि आन्द्राको भागको मासु रहेको अरु दुई डल्ला मम पोखियो। त्यहाँ आन्द्रेश्वरी उत्पन्न भईन्। त्यस पुण्यस्थलमा ठुल्नानी आई नेपालबाट ल्याएको धुलो चढाई पूजा गरिन्। देवी प्रसन्न भईन् र भनिन "हे ठुली! तिम्रा भक्तिदेखि म प्रसन्न भएँ; वर माग।" देवीको यस्तो कुरा नबुझी ठुलीले सोध्न लागिन् "हे देवी! वर भनेको के हो?" यस्तो कुरा सुनी देवीले "वर भनेको बधु शब्दको पुलिङ्गी अर्थात् 'दुलाहा' हो" भन्दा ठुलीले लजाउँदै "मेरो त फिक्स भइसक्या छ ताआआआआआआआअ" भन्दै :D गर्दै भाग्न लागिन्। देवीले पछाडिबाट "चौतारीको वर मागे पनि हुन्छ" भन्दा पनि टेरपुच्छर नलाएपछि देवी पनि आजित भई फर्किंन लागिन्।

टेक्सिन् बेंसीमा पुगेपछि करङ्नेरको मासु भएका अरु दुई डल्ला झोलाबाट पतन भई करङेश्वरी उत्पन्न भई शिवशक्ति स्वरुपले रहनुभयो। त्यस पुण्यभूमिमा बिर्खेबुढा आई तमाखु चढाई स्तुति गर्न लागे। ईश्वरी प्रशन्न भई वर माग भनिन्। बिर्खेले "अरु तीस वर्ष जवान हुन पाऊँ। दुई-चार जना जिम्माल्नी बन्न सुहाउनीहरु मेरो पछि लागुन्" भन्दा देवीले "यो कुरा मलाई भन्दा पनि चौतारीमा भर्खर आएकी डाउँडर्नी नानीसँग गर।" भनी त्यसै भागेर गईन्।

लुसुनटारमा पुगेर सपेटाको मासु रहेका दुई वटा डल्ला पतन भए र त्यहा सपटे-महिषेश्वरी उत्पन्न भई शिवशक्ति स्वरुपले रहनुभयो। त्यसभूमिमा मास्टर्नी आएर अरु दुई डल्ला मम बढाई, फूलहरु चढाई, भुराभुरीलाई कखगघ पढाई स्तूति गर्न लागिन्। ईश्वरी प्रशन्न भएर वर माग भन्दा मास्टर्नीले, "हे देवी! हाम्रो यहाँ हावाहुरी बढी आउने हुनाले पाठशालाको छानो पनि, घरको छानो पनि उँडाएर लान्छन्। त्यसैले हुरीले कहिल्यै केही गर्न नसक्ने बिल्डिङ् बनाईपाऊँ" भनी बिन्ती गर्न लागिन्। यस्तो सुनेर देवीले "हे मास्टर्नी! तिमीले भुराभुरी पढाएर राम्रो काम गरेकी छौ र यो वर एकदम उपयुक्त पनि छ। तर अहिलेको हाम्रो प्रविधिले त्यस्तो बिल्डिङ् बनाउन सम्भव छैन। बरु, तत्कालको लागि तिम्रो स्कूलको लागि भनेर यो कालोपाटी डोनेट गर्दिन्छु" भन्दै त्यहीं ब्ल्याकबोर्ड सृष्टि गरिदिंदा मास्टर्नीले "यस्तो कालोपाटीमा चकले लेख्ने चलन त गईसक्यो। दिने भए बरु साइनपेनले लेख्ने सेतो बोर्ड दिनुहोस्, हैन भने उल्टो तपाईंलाई श्राप दिन्छु" भन्दा देवी डराएर त्यो ब्ल्याकबोर्ड त्यहीं छोडी अलप भइन्।

केनेन्डाँडामा पुगी ह्याकुलाको भागको मम पतन भयो। जुरेलीसँग तीन महिने ब्रेक गरेपछि टाइम पासको लागि केनेन्डाँडा आएका भउते सोही ठाउँमा दिनदिनै मर्निङ् वाक गर्ने गरेका रहेछन्। आज के अनर्थ भयो भनी हेर्न जाँदा ह्याकुलेश्वरी उत्पन्न भई शिवशक्ति स्वरुपले रहनुभएको देखेर भउतेले फलफूल नैबेद्य चढाई पूजा-आरधाना गर्दा भए। देवी प्रसन्न भई वर माग भन्नु भयो। ईश्वरीको यस्तो दयालु वचन सुनी भउतेले पनि हर्षोल्लास गरी "हे देवी! मलाई चाहिएकी त जुरेली हो। तर अहिले तीन महिनाका लागि गुप्तवास गएकी छे। अहिले पुस-माघको महिना छ; यता केनेन्डाँडा तिर हिउँ परेर बबाल छ। मलाई पाकिस्तानी लेदरको एउटा ज्याकेट दिनुहोला।" भउतेले यति भन्न नपाउँदै एक्कासि महादेव प्रकट भई देवीलाई केही बोल्न नदिईकन भन्न लाग्नुभयो "म यस सृष्टिको हर्ताकर्ता महादेव त कैलास पर्वत जस्तो चिसो ठाउँमा एक सरो बाघको छालाले पुर्याउनु परेको छ, तँलाई केको पाकिस्तानी लेदर? त्यस्तो पाकिस्तानी लेदर पाउनी भा'भए मै लाउँथे नि!" भनी देवीलाई समेत तान्दै "आफू त महादेव उत्तानो पर, कसले देला वर?" भन्दै अन्तर्ध्यान हुनुभयो।

इति श्रीस्कन्धपुराणे केदारखण्य --- सम्बादे नवमोध्याय॥९॥

उपनयतु मंगल -- ततो जयमुदिरयेत्।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters