[Show all top banners]

uptowngal
Replies to this thread:

More by uptowngal
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Gantabya_G
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 नेपालमा कर्के नजर, अमेरिकामा छड्के नजर

[Please view other pages to see the rest of the postings. Total posts: 31]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 30824 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 03-10-08 7:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नेपालमा कर्के नजर, अम्रिकामा छड्के नजर



कुरा उहि SLC दिन लाग्दाको हो। SLC मा हाम्रो सेन्तर बिश्वनिकेतन स्कुलमा परेको थियो। हाम्रो स्कुलको साथमा एउटा आर्को एउटा स्कुलको सेन्तर नि परेको थियो। आफुले त्यो स्कुलको बारेमा तेति थाहा नपाएको र दिदि बिश्वोनिकेतनमै पध्नु भएकोले उहाले पहिलो दिनमा मलाई स्कुलमा पुर्याइ दिन्छु भन्नु भो। दिदिले पुर्याइ दिनु हुन्छ भनेर म धुक्क भएर पहिलो दिन दिदिले क्लास भित्र सम्म आएर मेरो बेन्च नि देखाइ दिनु भो र भन्नु भो," ठुलि तिम्रो सित यही हो। ल राम्रो सँग बिस्तारइ जाँच दिनु" भनेर जान्नु भो। फर्स्ट दे भको भएर होला सबै जना अली चाडै नै आएका थिए। मेरो बेन्च माथि देख्दा अली हाउदे ताइपको आर्कै स्कुलको ४-५ जना केटाहरु बसिराखेको थियो। म उनिहरुलाई हेर्दाइ नहेरी आफ्नु सितको चेउमा बसे। म आफ्नो नोत बुक पल्ताएर पधेको जस्तो गरे।

उता ति केताहरु खै के के भन्दै हल्ला गर्दै थिये। मैले उनिहरु तिर हेर्दै हेरिन। ति मध्ये एउताले ,"तिम्रो नाम के हो?" भनेर सोध्यो। मैले उ तिर पुलुक हेरेर ,"किन?" भने। उस्ले ,"साथि बनाउन।" तेस पचि क्लासमा तिचर औनु भो अनि ति केताहरु आ-आफ्नो बेन्चमा बस्न गए। त्यो मेरो नाम सोध्ने केता चै मेरै बेन्चमा परेको रैच। मैले उ तिर हेरेर मुसुक्क हासे। तिचरले हामिलाइ पेपर बाध्न सुरु गर्नु भो। हामि सबै चुप चाप् लागेर जाच दिन थालेम। त्यो केता समय भन्दा ३० मिनेत अगादिनै लेख्न सकाएर बाहिर निस्क्यो। मैले उस्लाइ हेर्दै हेरिन। म नि आफ्नो जाच सकाएर बाहिर निस्के मेरो मिल्ने साथिहरु सरिता, सान्ति, रेनु, रिता सङ भेते र हामि सबै "जाच कस्तो भो" भन्दै कुरा गर्दै बाहिर निस्केम।

हामिहरु सबैको घर नजिक नजिकै थियौं। हामि साथिहरु कुरा गर्दै हिदेर घर जाने बिचार गर्दै बिश्वनिकेतनको गेतबात बाहिर निस्केम। म मेरो साथिहरु सङ ,"जाच कस्तो भो?" भन्दै कुरा गर्नमा बिजि थिएँ। यसै बिच कसैले पचादिबात मलाइ कोत्याएको जस्तो लाग्यो। मैले पचादि फेर्केर हेर तेहि म सङै बेन्चमा परेको केता पो रैच। मैले मुसुक्क हासे। उस्ले ,"तिम्रो जाच कस्तो भो?" भन्यो। "राम्रै भो तिम्रो नि?" मैले सोधे। उस्ले नि ,"राम्रै भो" भन्यो। मेरो साथिहरु चै अलि पर बसेर मलाइ कुरिराखेको थियो। अनि उस्ले फेरि ,"तिम्रो नाम के हो?" भनेर सोध्यो मैले फेरि तेहि सोधे ,"किन?" उस्ले ,"साथी बनाउन" मैले ,"मेरो नाम ठुलि" भने। र हामी तिर्पुरेस्वरबाट बाया लाग्यौं। हामी गफमा मस्त हुँदै हिददै थियौ। खै किन हो सान्तिले पछाडि हेर्न पुगिछ र भनी ,"ठुलि यो केटाहरु त हाम्रो पछी पछी आइराको छ है।" हामी गफ सफ गर्न छोडि चित्तो चित्तो हिंड्न थालेम्। हामी कुलेश्वोर सम्म के पुगेका थियेम्, मैले सान्तिलाई ,"पछाडि हेर्त तिनिहरु आइराको च की छैन?" भने। सान्ती डराई डराई पछाडि हेरी। उस्ले कोही देखिन र भनी," कोहि चैन।" हामि दङ परेउ र बिस्तारै बिस्तारै हिद्न थालेम्।


मेरो साथिहरुले मलाइ सोध्यो ,"को हो त्यो केता?" मैले ,"मेरै बेन्चमा सङै परेको केता।" सरिताले भनी, "केता त हेर्दा ह्यान्चि च। ल ल!" भनेर जिस्काउन थाले। मैले चै ,"काम नपाको केति!" भन्दै आखा तरें। उ बेला हुन नि हामि साथिहरु आफ्नै स्चूलको केताहरु सङ नि बोल्दैन थिम। खै किन हो केताहरु सङ बोल्न भने पचि हामिहरुलाइ मरे जस्तो हुन्थ्यो। जे होस हामि साथिहरु अब भोलिको तयारि गर्नु पर्च भन्दै कुरा गर्दै भोलि सङ जाने है भनेर आ-आफ्नो घर् तिर लागेम।

भोलि पल्त हामि साथिहरु फेरि जाच दिन गएम्। मेरो साथिहरु सबै आ-आफ्नो क्लास तिर लागे म नि मेरो क्लासमा गएँ। आज नि हिजोकै केताहरु बेन्च भरि बसिराखेको थियो। ति केताहरु मलाइ हेर्दै अनि त्यो मेरो बेन्चमा बस्ने केतालाइ हेर्दै जिस्काउदै थिये। मैले उनिहरुको कुरालाइ वास्तै नगरे आफ्नो नोत पध्न थाले। तिचर आयेर पेपर बध्न थाल्नु भो। आज नि उस्ले मैले भन्दा पहिले नै जाच सकाएर बाहिर निस्क्यो। म नि आफ्नो जाच सकाएर बाहिर निस्के। उ हाम्रो क्लासको बाहिर उभि (मानौ उस्को नाम ह्यान्सि) रहेको थियो। मैले उस्लाइ देखे नदेखे जस्तो गरेर म मेरो साथिहरुलाइ भेत्न गेतमा जादै थिये। उ मेरो पचि पचि आयो र भन्यो ,"सरि है अगि मेरो साथिहरुले JPT भनेकोमा।" मैले उ तिर हेर र ,"भने इत्स् ओके।" तर मुख ले इत्स ओक् भने पनि मनले चै तिनिहरुलाइ सराप्दै थिए।

जाचको लास्त दिन सधै जसो त्यो केता म भन्दा पहिलेनै क्लास बात बाहिर निस्क्यो। म पनि आफ्नो जाच सकाएर खुसि हुन्दै बल्ल आनंदको सास फेरेर बाहिर निस्के। उ क्लासको बाहिर उभिरहेको थियो। सधै झै ,"तिम्रो जाच कस्तो भो?" मैले ,"राम्रै भो" भने। उस्ले मलाइ ,"अब जाच सकियो के गेर्ने प्लान च?" । मैले ,"केहि चैन आज् साथिहरु सङ भक्तपुर घुम्न जाने" भने। उस्ले मलाइ ,"तिमि पहिले कहिले भक्त्पुर गएको चौ?" भनेर सोध्यो मैले चैन भनें। "आज फर्स्त ताइम जान लागेको।" उसले फेरि भन्यो बिदामा चै के गर्चौ नि? मैले भने ," बिदामा सायद कोम्पुतर सिक्न जान्चु होला।" उुउुउुउुउुउुउु पर बात मैले मेरो साथिहरु आइराखेको देखे। मैले उस्लाइ ,"ल म जान्चु है मेरो साथिहरु आयो" भनेर जान लागेको, उस्ले मलाइ भन्यो ,"तिम्रो फोन नम्बर देउ न।" मैले ,"किन? मेरो घरमा फोन चैन" भनेर झुतो बोले। उस्ले उस्को खल्तिबात एउता कार्द निकालेर मलाइ दियो। मैले लिन मानिन । उस्ले ,"तेस्तो केहि होइन दराउनु पर्दैन" भन्यो र उस्ले मलाइ ,"सायद हाम्रो भेत हुन्च होला बातोमा" मैले मन मनै "चिन्नु न जान्नु किन फेरि भेत हुनु पर्यो त" भन्दै उसलाई कर्के नजरले हेरे अनि ,मुखले चाहि "हुन्च होला" भन्दै कार्द लिएर म साथिहरु भएको तिर लागे।

सायद यो केता (ह्यान्सि) नै होला मैले लाइफ आफ्नो दाजुभाइहरु बाहेक पहिलो चोति अलि धरै बोलेको थियो होला। म साथिहरु भए तिर लागे। सान्तिले भनि ,"मोरि कति बेर लगाको? मैले अगि देखि देखिराखेको थिए। त त्यो ह्यान्सि सङ कुरा गर्दै थिस। के हो तेरो चाला माला?" भन्यो। अनि मेरो हातको कार्द खोसेर ,"खै हेरुम् हेरुम्" भनेदै कार्द् खोल्यो। अनि सान्तिले पधि खासै तेस्तो केहि लेखेको थिएन। उस्ले उस्को मनको केहि कुरा र फोन # लेखेको थियो। अनि अब साथिहरुलाइ के चाहियो। यो दिन भरिको तपिक्स नि तेहि भयो र भन्न लाग्यो केता त हेर्दा ह्यान्सि नै च। मैले "अब न म त्यो केतालाइ कहिले भेत्चु न तेस्ले मलाइ कहिले भेत्च" भन्दै म साथिहरुलाइ कराए। यस्तै यस्तै कुरागर्दै हामि घुम घाम गर्दै घर् फर्केम। हामि सबै कालिमाति चोकमा बसबात उत्रिएम। र कालिमातिबात हिददै घर जाने बिचार गरेम। हामि कालिमाति चोकबात कुलेस्वर तिर लाग्यौ।

हामि साथिहरु जिस्कदै कराउदै हिददै थियेम् र मित्र स्कूल निर के पुगेको थियो सान्ति फेरि कराइ," हेर हेर उता बाया तिर!" हामि सबै बाया तिर फर्केम त उता उहि ह्यान्सि र ह्यान्सिको साथिहरु थिए। हामि सबजना सिरिएस भएर हिदेम्। अनि सरिताले भनि ,"अगि धरै हासेको पाप लगेको" मैले उस्लाइ ,"बधि नकरा!" ति केताहरु बातो कातेर हामि भएको साइद तिर आको देखेर हामि चित्तो चित्तो हिदेम। म र सरिता अरु साथिहरुलाइ बाइ भनेर नया बस्ति तिर लागिम। ति केताहरु अझै हाम्रो पचि पचि नै आइराखेको थियो। सरिता र म दरायौं। हामि नया बस्तिको उकालोमा के पुगेको थियो सरिताले फर्केर हेरि। उस्ले भनि ,"कोहि चैन तिनिहरु भागे।" बल्ल हाम्ले खुसिको सास फेरिम्। मैले भने ,"त्यो ह्यान्सि त कस्तो मातेको के। बोल्दा चै कति राम्रो सङ बोल्ने र अहिले चै पचि पचि आइराको! सायद तेस्को साथिहरुले तेस्लाइ चाहिने नचाहिने कुरा सिकार हाम्रो पचि लाग्न भनेको होला।" येस्तैमा मेरो घर आइपुग्यो, म घर तिर लागे सरिता उस्को घर् तिर लागी।

जाच सकिएको १ हप्ता पचि सरिताले मलाइ फोन गरि ,"थुलि हामी कम्पुतर सिक्न जादै छौ त नि जानि हो?" मैले तिमिहरु सबै जाने हो भने म नि जान्चु भने। अनि मैले भने ,"कति बजेको क्लास नि?" उस्ले भनि ,"साझ ५-६:३० दिल्लि बजारमा।" मैले भैहाल्च हामि साथिहरु ३ बजे घर बात हिद्थिम। हामि कहिले निउरोद, कहिले थमेल घुम्दै घुम्दै कम्पुतर क्लास जान्थेम्। यस्तै यस्तैमा मेरो अमेरिका जाने कुरा हुँदै थियो। मैले मेरो साथिहरुलाइ यो कुरा भनें। "तर नि जाने दिन नभए सम्म कोम्पुतर सिक्चु" भने। एक दिन हामि थमेलबात किङ्स वे हुदै दिल्लि बजार तिर गैराखेको थियेम् हाम्ले ह्यान्सिलाइ देखिम।

मैले उसलाइ नदेखेको जस्तो गरे। तर उ भने म सङ बोल्न आयो र पचादि बात ,"थुलि!" भनेर बोलायो। मैले सुनेर नि नसुनेको जस्तो गरे। उ फेरि मलाइ ,"थुलि!" भनेर बोलायो। मैले फरक्क फर्केर हेरें, उ मलाइ देखेर हास्यो। उस्ले सोध्यो ,"तिमि बिदामा के गर्दै चौ?" मैले ,"कोम्पुतर सिक्दै चु" भने। उस्ले ,"कहा नि?" मैले "दिल्लि बजारमा इनफोकस कोम्पुतर भन्ने।" यति कुरा गरे पचि मैले ल मलाइ क्लास जान् धिलो भो भनेर म उ सङ बिदा भए। उता मेरो साथिहरु हामि कुरा गरेको सुनिराखेका थिए। अनि रिताले भनि ,"तलाइ किन भन्नु पर्ने तेस्लै कहा कोम्पुतर सिक्दै चस् भनेर फेरि कोम्पुतर तल नै आउला अनि थाहा पाउलिस।" मैले त यो सोच्दै नसोचेको। भनेको जस्तो ह्यान्सि र ह्यान्सिको साथिहरु हाम्रो कोम्पुतरको तल हाम्रो चुत्ति हुने बेलामा आर बसिराको रैच। हाम्ले उनिहरुलाइ देखेको नदेखेको जस्तो गरेर taxi मा बसेर घर तिर लाग्यौं। यस्तैमा मेरो अमेरिका जाने दिन आयो। र म अमेरिकामा आए त्यो दिन देखी मैले कहिलेनी ह्यान्सिलाई देखिन र उस्लाई सम्झदानी सम्झिनँ।

-----------------------------------------------------------------------------------------------------

लास्त समर 2007 मा म र मेरो साथिहरु उहि हेमा, सबिना, रिमा ओसिएन सिति गएम्। हुन त हेमाको दाइले ,"केति केति मात्र किन ओसिन सिति जानु पर्यो?" भन्दै थियो तर नि हामि चाइ ,"जे सुकै होस जाने" भन्दै ओसिएन सिति द्राइभ गरेर जाने बिचार गरि सनिबारको दिन बिहानै जाने बिचार गरेम। सुक्रबार साझ सबै मेरो घरमा आए र मेरैमा बस्ने भयो। हामि साथिहरु ,"आज चादै सुत्नु पर्च होइन भने बिहान चादै उथ्न सकिदैन" भनेर खाना खाइ वरि सुत्न तर्फ लागेम।

हेमाले भनि ,"सबै जना बिहान ५ बजे उथ्नु पर्च ल!" हामि सबै ,"हुन्च" भनेर सुतिम। सनिबार बिहान ५ बजेको अलाम बज्ना साथ म हतपत उथेर सबैलाइ उथाइम। हामि सबै तयार भएर ६ बजे घरबात निस्किम। हामिलाइ येस्तै ४-४:३० घन्ता जति लाग्यो ओसिएन सिति पुग्न। हामि सबै पानिमा खेलेम रमाइलो गरिम।

येस्तै ३-४ घन्ता पानिमा खेले पचि हामि खाना खान एउता पिज्जा पसलमा पिज्जा खान गएम। मैले त्यहाँ काम गरिराखेको केटा लाई ,"excuse me " भने। केटाले फरक फर्केर ,"एस म्याम!"भन्यो। म त्यो केटालाई देखेर झस्याइग भए। रिमाले ,"के भो?" भनि मैले ,"केहि होइन त्यो केता उहि नेपालमा SLC दिदा सङ बेन्चमा परेको ह्यान्सी पो रैच।" उ नि मलाइ देखेर अचम्म भो र भन्न लाग्यो ,"तिमि यहा???? के च??" तर यो भन्दा बधि उस्ले केहि सोधेन किन कि उस्को साहु तेहि उ नजिकै उभिरहेको थियो।

ह्यान्सी पहिले जस्तो थियो अहिले नि उस्तै खाली उस्को कपाल मात्र अली लामो थियो। तर लामो कपाल उसलाई झन् सुहाएको थियो। हामी तेही बसेर खाने बिचार गरेम र बसेम। उ मलाइ हेर्दै थियो म चै उस्लाइ छड्के नजरले हेर्दै थिए। खाना खाइ वरि म उ सङ बिदा हुन गए। हुन त नाम मात्र बिदाको तर मनले चै उस्ले मलाइ उस्को फोन नम्बर देलाकि भनेर एक चिन आल ताल गर्दै कुरा गर्दै थिए। तर खै उसले फोन नम्बर दिने कुनै कुरै गरेन। मैले नै उसको फोन नम्मर सोधम कि जस्तो लागेको थियो, तर साथिहरु सँग लाज लागेर सोध्न सकिन र म निरास भएर उ सङ बिदा भए।

बातो भरि उहि पहिलेको दिनहरु याद गरे। नेपालमा मन नपर्दा उसको कार्ड थियो, फोन गर्न मिल्थ्यो तर गरिन। यहा आफुलाइ उ सङ कुरा गर्न मन च तर फोन नम्बर नि चैन र उसले कार्द नि दिएन। त्यो रात म सुत्नै सकिन उहि पहिलेको कुराहरु सम्झि रहे। उ सङ फेरि एक चोति बोल्न पाको भए नि हुन्त्यो तर के गर्ने उ सङ कुरा गर्न न त म सङ् उस्को फोन नम्बर नै च न त उस्को इमैल नै च। तर जेहोस जस्तोसुकै होस्, पुरानो साथि भेत्दा चाहि रमाइलो नै हुदो रैच।
Last edited: 10-Mar-08 07:52 AM

 
Posted on 03-10-08 7:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह् ! वाह् ! ठुली, गज्जब को छ ह्यान्सी को कथा। अनी कथामा विश्व निकेतन? बडा खुश भयो आज ठुलदाइ को दिल पनि । थ्यान्क यु।
 
Posted on 03-10-08 8:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"तर मनले चै उस्ले मलाइ उस्को फोन नम्बर देलाकि भनेर एक चिन आल ताल गर्दै कुरा गर्दै थिए। तर खै उसले फोन नम्बर दिने कुनै कुरै गरेन।" उसको चाहिं नेपालमा छड्के नजर, अम्रिकामा क्रके नजर भए जस्तो छ!
बबार कथा छ, ठूली, ठूल्दाइले भन्याजस्तै मेरो पनि वाह वाह!
 
Posted on 03-10-08 8:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि,

ह्यान्सी सिरिज मा अहिले सम्म कै 'बेस्ट'


 
Posted on 03-10-08 8:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा! ठूली, जोडदार कथा गयो ह्यान्सीको! 
नेपाल र अम्रिकाको परिदृश्य र युवा मनोविज्ञानलाइ रमाइलो तरिकाले प्रस्तुत गरेकि छौ। मज्जा लाग्यो पढ्न।

>>>,"त्यो ह्यान्सि त कस्तो मातेको के। बोल्दा चै कति राम्रो सङ बोल्ने र अहिले चै पचि पचि आइराको! सायद तेस्को साथिहरुले तेस्लाइ चाहिने नचाहिने कुरा सिकार हाम्रो पचि लाग्न भनेको होला।" <<<
हा हा हा! नेपालमा केटीको पछि लाग्ने चैं फेशन जस्तै थियो क्यारे! अहिले पनि छँदैछ!

हे हे! लामो कपाल भा'को ह्यान्सीलाइ पहिले कर्के नजर अनि पछि छड्के नजरले हेर्दा उसको मुटु कस्तो भयो होला?
तिम्रो नजरको गोलीले ऊ घाइते भो होला! एम्बुलेन्स! एम्बुलेन्स!
 
Posted on 03-10-08 8:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निक्कै प्रगती हुँदैछ दिन प्रतिदिन --शुभकामना छ ठुलि, वाह !

Tks.




 
Posted on 03-10-08 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


राहुल दाई धन्यवाद। हाम्रो को सेन्तर साचिकै बिश्वो निकेतन स्कुल मा नै परेको हो।


चेली थ्याँक्स फोर रिदिङ दिस।


पर्बते दाई साचिकै हो यो मेरो अहिले सम्मको बेस्ट। दाई म प्रयास गर्दै छु।


चित्रे के हो तिमी नि पहिले पहिले केटीहरुको खुब पछी लाग्थ्यो कि क्या हो। अनी केटीको पछी लागेको भए कती चोटि स्यान्दल खायोउ त खित खित खित


रित्थे थ्याँक्स।


 
Posted on 03-10-08 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुली, गज्जब को छ ह्यान्सी को कथा।
 
Posted on 03-10-08 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो मेरो नाम सोध्ने केता चै मेरै बेन्चमा परेको रैच। मैले उ तिर हेरेर मुसुक्क हासे
" मैले उ तिर हेर र ,"भने इत्स् ओके।" तर मुख ले इत्स ओक् भने पनि मनले चै तिनिहरुलाइ सराप्दै थिए।
Huna ta hami pani hancy nai chau kyare!


सायद यो केता (ह्यान्सि) नै होला मैले लाइफ आफ्नो दाजुभाइहरु बाहेक पहिलो चोति अलि धरै बोलेको थियो होला
हुन त नाम मात्र बिदाको तर मनले चै उस्ले मलाइ उस्को फोन नम्बर देलाकि भनेर एक चिन आल ताल गर्दै कुरा गर्दै थिए

Thuli lai hancy pailo najarmai maan parya recha. kasto bhagya bigreko ocean city ta hami pani janu parne raicha

Anyways, khatra gayo.

 
Posted on 03-10-08 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

as always an interesting story.......you bring smile on my face whenever i read your article...nice work...

 
Posted on 03-10-08 10:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लहरे मेरो ह्यान्सि नै गजबको च त अनि कथा गजबको हुदैन त खित् खित् खित्


नारने थिक्क पर्यो । कस्ले न-अौनु भनेको थियो त लस्त समरमा ओसिएन सिति।तर जे भएनि त्यो ह्यान्सोले मलाइ उसको फोन # देन। खै खै बरु हजुरको फोने # पामत

fanatic Thank u so much for reading my story. Ur comment inspire me to write more.


 
Posted on 03-10-08 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! ठूली, म पहिले केटीहरूको पछि त लाग्थें, तर स्यान्डलबाट चैं बचेर हिंडियो। राम्री केटी देख्यो भने छड्के, कर्के
नजर लाउथें, अनि अरूले ,'के गरेको?' भनी सोधे भने,'आँखाको व्यायाम गरेको!' भनेर उत्तर दिन्थें। 

अनि हरियालीमा हेर्यो भने आँखालाइ आराम नि हुन्छ रे!


 
Posted on 03-10-08 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्यान्सीको यो कथा पनि मन पर्यो । राम्रो लाग्यो । अर्को कथा चाहि म ह्यान्सी संग मिले त फोन नंबर मेरै दिई हाल्थे नि । तर के गर्नु मेरो समस्या चाहि पहिलो भागको जस्तो छ ।
तपाईले जस्तै गरेर तेल्ले चाहि कहिले बुझ्ने होला ? मैले पनि कुर्नु पर्ने भयो । फोन नंबर नै माग्न मन नलाग्ने गरेर ।

 
Posted on 03-10-08 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thuli, maile timro man ko kura bujhina tyasiale phone number nadiyeko. NExt time OC ahunda malai pheri bheta hai , ani lamo kura garunla.

Timro uhi hansi

Just kidding hai. Ekdam ramro chha. By the way is this true story?


 
Posted on 03-10-08 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


चित्रे किन झुत्तो बोल्चौ। अस्ति तिम्लै भेत्दा तिम्रो गालामा ६ # को केतिको जुत्ताको दाम थियो नि।

mr. jomsom जि प्रतिक्छाको फल मित्तो हुन्च रे क्या wink wink.

prem chopda नाम देखेर नै म त क्या झस्याङ भएको । भाई हाल्छनी आर्को चोटि आउँदा हजुर कै भएनी फोन # लिउलानी। अनी हजुरले भनेको जस्ताइ मनको कुरा मजाले गरुम्ला नि तर फोनको बिल चै हजुरले नै तिर्दिनु पर्छ है त खित खित खित




 
Posted on 03-10-08 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूली, त्यो ६ लम्बरको दामको त लाऽऽमो कहानी छ। कुरा के भने सानोमा ईस्कुलमा पढ्दा नेपालीमा चिठी लेख्न सिकाउनु
भा'को थ्यो सरले, मैले त्यो चिठीमा अलि थपघट गरेर मेरी किलासकि यौटी केटीलाइ दिएको, मोरीले लोप लेटर भन्ठानिछे।
अनि त ३ लम्बरको जुत्ता फुकालेर हानी मलाइ। त्यो बेला किलासभित्र छल्न नि सकिएन, गालामा ३ लम्बरको दाम बस्यो।
म जति ठूलो हुँदै गएँ, अनुहार नि ठूलो हुँदै गयो, अनि ३ लम्बरको दाम त अहिले ६ लम्बर जस्तो देखिन गयो।

त्यो घटनादेखि मैले नाच्न शुरू गरें, केटीलाइ जिस्काउने बित्तिकै डिस्को डान्स गर्थें, अनि केटीले हानेको स्यान्डिल मैले
छलेर पछाडिका साथीहरूलाइ लाग्थ्यो।


 
Posted on 03-10-08 12:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपेगुरुले त्यसै भन्नु भएको हैन के, साझाकी कथा साम्राज्ञी ठूल्नानी भनेर।   गजब लेखिछौ ठूल्नानी। तिम्रा हरेक कथाहरु कस्तो वास्तविक जस्तो लाग्छ ल। तिम्रो लेखाइको सरलता र मासुमपनाले झन सौन्दर्य थपिदिने। पढिरहुँ जस्तो लाग्ने।

कसैलाई भने फोन नम्मर नहुँदा नि सम्झी सम्झी फोन गर्न मन लाग्ने। हाम्ले भने फोन नम्मर दिँदा नि बाल छैन।   गफ नगरे नि कहिलेकाहीँ घन्टी मात्र बजाइदिए त हुन्थ्यो नि। बरु म आफै कलब्याक गर्थेँ।  यो समरमा त म पनि ओसियन सिति जानु परो कि के हो, हँ ?


 
Posted on 03-10-08 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कसैलाई भने फोन नम्मर नहुँदा नि सम्झी सम्झी फोन गर्न मन लाग्ने।

lu bhannus jethan kati otiko phone no chaiyo?

Note: Sappai mera ex hun chalcha holani?
 
Posted on 03-10-08 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु ठुलि अब यो सबै ह्यन्शीको कथाहरुलाई कम्बायिन गरेर किताब निकाल्नु परो।।
 
Posted on 03-10-08 5:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो हर्केदाइ! अब सबै ह्यान्सीको कथा बटुलेर ठूलीले किताब निकाल्नुपर्छ। सबैभन्दा पहिले त म किन्छु ठूलीको किताप!


 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters