[Show all top banners]

Nepal ko chora
Replies to this thread:

More by Nepal ko chora
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 कामना

[Please view other pages to see the rest of the postings. Total posts: 56]
PAGE:   1 2 3 NEXT PAGE
[VIEWED 42567 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 03-03-08 11:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नोट: यस कथाका सम्पूर्ण पात्र अनी घटना काल्पनिक हुन। कसैको ब्यक्तिगत जिन्दगी सँग मेल खान गएमा केवल संयोग मात्र हुनेछ।

 

बिना कुनै श्रीङ्गार नै राम्री देखिने कामना, आज त झन त्यो बेहुलीको रातो लुगा उनी माथी कस्तो खुलेको। हुन त पहिला उनलाई धेरै चोटी देखी न देखेको त हैन, तर आज उनको रुप को चमक अरु दिन भन्दा बेग्लै थियो। कुम कुम सम्म आउने उनको त्यो कालो कपाल, हल्का हाँस्दा पनि देखिने ति अनारका दाना झै मिलेका सेता दातहरु, सलक्क परेको त्यो नाक, ठुलो अर्ध ब्रीताकार निधार, म्रिगका जस्ता ति नयनहरु  अनी त्यस माथी झिम-झिम गर्दै हल्ली रहेका, मिलेका ति परेलाहरु। एक क्षण त म हराउन पुगे, त्यो भर्खर स्वर्ग बाट झरेको परी जस्तो लाग्ने कामना को आक्रितीमा। पुर्णिमाको दिन को पूर्ण चन्द्र जस्तो धपक्क बली रहेको थियो, उनको त्यो अनुहार। त्यो खुसीको माहोलमा सबै रमाएकै देखिन्थे, तर मेरो मन चाही अली खिन्न थियो।

 

कामना सँग मेरो पहिलो भेट लगभग ८ महिना अगाडी प्रतिक दाई को बिहेमा भएको थियो। प्रतिक दाई, मेरो मामा को छोरा, पढ्न भनेर बिदेश लागेको मान्छे उतै को बासिन्दा भै सक्नु भएको थियो। छुट्टीमा नेपाल आउँदा मामा-माइजु ले बिहे गरेर जान साह्रै कर गर्नु भएको ले हतार-हतार मै बिहेको कुरो पनि छिनियो। सबै कुरा हतार-हतार मा भएकोले होला, जन्ती जानेहरु पनि थोरै नै थिए। राती को साइत थियो, खान पिन सकेर जग्गे को काम सुरु हुँदा सम्म मान्छे को भीड अली कम भै सकेको थियो। म चाइ प्रतिक दाई को जग्गे कुरेर बसेको थिए। म कुरुवा को बेहुली को छेउ मा बसी रहेकी एउटा सुन्दर अनुहार सँग बेला बेला मा आँखा जुधी राखेको थियो। हुन त बिहे को त्यो रमझममा अरु पनि सुन्दर मुहारहरु वरिपरी न घुमी रहेका त हैन, तर त्यो अनुहार को आकर्षण अरु भन्दा भिन्न थियो। उनको आँखाले केही भने पनि न भने पनि मलाई चाही खै किन हो, केही भनेको जस्तो भान भै रहेको थियो। भाउजु लाई केही चाहिएको थियो शायद, उनैको कानमा खुसुक्क खै के भन्नु भयो। उनी जुरुक्क उठिन अनी म भएको तिर पो आइन। मलाई न देखे जस्तो गरेर मेरो छेउ बाटै पास मात्र के भएकी थीइन, मेरो मुखबाट "excuse me" फुस्क्यो। "हजुर भन्नुस" उनी फरक्क फर्केर भनिन। अब मलाई पो आपत पर्‍यो, के भन्ने भनेर। तर केही निहु त पार्नै पर्‍यो। अचानक मेरो मुख बाट "toilet कता छ?" भन्ने वाक्य निस्कियो। सायद मेरो त्यो प्रश्न उनलाई बनावटी हो भन्ने आभास भै सकेको थियो कि क्या हो, हल्का हाँस्दै "ल हिंड्नुस् म देखाइ दिन्छु" भनिन। एउटा ज्ञानी बच्चा जस्तो उनको पछी पछी लागे।

 "तपाइ भाउजु को के नाता पर्ने नि?" चिनापर्ची को क्रमलाई अगाडी बढाउने मेरो पहिलो प्रयास थियो। "म त तपाईं को हुने वाला भाउजु को बहिनी, फुपु को छोरी, हो नाता ले। तर हामी दिदी बहिनी भन्दा पनि साथी जस्तो हो" उनले एकै सासमा भनिन। "उसो भए तपाईं चाही भिनाजु को भाई पो पर्नु भएछ। आफ्नै भाई हो?" अब प्रश्न सोध्ने पालो उनको थियो।

 "खै अब आफ्नै भन्ने कि टाढा को भन्ने, तपाईं को हुने वाला भिनाजु नाताले त मेरो मामाको छोरा पर्नु हुन्छ, तर हामी पनि दाजु-भाइ भन्दा साथी नै जस्तो छौ।" उनकै शब्द सापटी लिएर जवाफ दिए।

त्यही एउटा प्रश्न अनी उत्तरमै म त गन्तब्य को नजिकै पुगी सकेछु। "उ त्यही हो toilet" कुना को कोठा तिर देखाउदै उनले भनिन। "धन्यबाद" म औपचारिकता निभाउदै उनले देखाएको कोठा तिर लागे, उनी भने सिढी चढ्न थालिन।

 

फर्केर आउँदा उनी फेरी जग्गे को छेउ मै बसी रहेको पाए। उनको छेउ मा रहेका खाली कुर्सीहरु ले मलाई नै आमन्त्रण गरेको जस्तो लाग्यो, अनी त सरासर त्यही खाली कुर्सी तर्फ नै पाइला चाले।

"Can I sit here?" कुर्सी खाली छ भन्दैमा नेताहरु जस्तो सोध्दै न सोधी बस्ने कुरा पनि भएन। "Sure" पुलुक्क हेरेर उनले भनिन, अनी सेल फोन मा औंला नचाउन थालिन। कुर्सीलाई म तिर तानेर बसे, "दाइ ले अस्ट्रेलिया बाट यस यम यस गर्नु भएको रैछ, तेही पढ्दै थिए" मैले केही न सोधिकनै उनले बेली बिस्तार लगाइन।

" ए अनी तपाईं को नाम चाही के पर्‍यो नि?" मलाई अघी देखी नै सोध्न मन लागेको प्रश्न थियो त्यो। "कामना, अनी तपाईं को नि?" फेरी उनको प्रतिप्रश्न आयो। "रजत" उनी तिर हेर्दै मैले भने। "आजकल के गर्दै नि? पढाई चल्दै छ कि सकियो?" त्यो हाजिरी-जवाफको क्रममा प्रश्न सोध्ने पालो अब मेरो आएको थियो।

"के यु मा फार्मेसी पढ्दै छु। भर्खर फाइनल इयर को एक्जाम सकेर बसेको, रिजल्ट हुन बाकी छ।" उनले सबै बेली बिस्तार लगाइन। "तपाइ को पढाई चाही कहाँ पुग्यो नि?" सोचेकै प्रश्न आयो उता तिर बाट। 

"म पनि बि इ सकेर रिजल्ट कुरेर बसिराको हो" हावाले अगाडी ल्याएको मेरो कपाललाई पछाडी सार्दै भने। "एsss.. भने पछी हामी दुबै जना बेरोजगार पो परेछौ त है?" हल्का  मुस्कुराउदै उनले थपीन। ........ 

 

क्रमश:

 
Last edited: 06-Mar-08 03:49 PM

 
Posted on 03-04-08 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Huh, now you started writing stories too besides poems? Nevertheless, the story is going good n would like to read rest of the story.
 
Posted on 03-04-08 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Here comes another BABAL creation of our Nepchhe daju.

राम्रो शुरुवात छ!

यो क्रमश: भन्ने शब्द कसले किन बनाको होला ????


 
Posted on 03-04-08 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

पहिले त मैले आफ्नै मामाको घरमा पाहुनालाई Tilet कता छ भनेर सोध्या हो कि भन्ठानेको थें, धन्न होइन रहेछ।
ल रमाइलो सुरुवात छ।

यो क्रमश: भन्ने शब्द कसले किन बनाको होला ????

कथाले एसो मोड लिएर रोमन्टिक हुँदै थो, क्रमस आइगो। तो होमवोर्क भोली गरुम्ला अर्को भाग आजै राखुम।  उफ, आँफैलाइ कस्ले भन्देवस। भागे मा।


 
Posted on 03-04-08 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्चे, के हो कबिता पनि उतिक्कै जाने कथा पनि

ल अब अरु थप्ने काम तिर लाग्नु पर्‍यो

सुरुवात त धुम धडाका सँग गरेको छौ हैबाँकी पनि छिटो छिटो पस्किनु पर्‍यो


 
Posted on 03-04-08 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

NKchora ,   सुरुमै "कामना बेहुलि अनि मेरो मन खिन्न" भनेर किन भनेको? ,  ए राज कि बात है, आगे देखो होता है क्या!  भन्दै  अन्तिम मा ल्याएर भन्न पर्थ्यो नि।

forget my comment above hai ,  सुरुवात एक्दमै राम्रो छ, --- कुर्सी खाली छ भन्दैमा नेताहरु जस्तो सोध्दै न सोधी [झम्टिएर] बस्ने कुरा पनि भएन ----   बिच मा ट्वाक्क टुक्क ले कथा लाइ स्वादिलो बनाउदै लगेको छ, ल बाकि भाग झट्टै टास साथि, होमवोर्क सोम्वोर्क सनिबार गर्नु बरु।


 
Posted on 03-04-08 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दाऽऽमी छ नेउचे! 

अरू भागको प्रतिक्षामा!


 
Posted on 03-04-08 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दाऽऽमी छ नेउचे! 

अरू भागको प्रतिक्षामा



 
Posted on 03-04-08 3:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्चेभाई,

मैले नि पढे है   मनाँ लागेको कुरो चै सप्पै जो पढिसकेर लेखुम्ला :)


 
Posted on 03-04-08 4:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yakku, Thanks for the comment. I will try to bring next part ASAP.

चेली बहिनी, सुरुवात राम्रो लागेको सुन्दा मलाई खुसी लाग्यो। त्यो "क्रमश:" भन्ने शब्द खै कस्ले पो बनाको हो, मलाई पनि था भएन त मैले चाही हैन है।

सुन्तले ज्यु, हजुर लाई पनि सुरुवात रमाइलो लागेछ, मेरो खुसी दोब्बर भयो। अर्को भाग बिस्तारै लिएर आम्ला नि। बिस्तारै गए अवश्य पुगिन्छ, हतार गरे था हुन्न भन्छन क्यारे।

दिपिका, कबिता त २-४ वटा लेखियो। अब कथा लेख्न पनि सिक्न मन लागेर यसो २-४ वटा शब्द कोरेको मात्र हो। कथा को सुरुवात धुम-धडाका को लागेको सुन्दा मेरो खुसी झन तेब्बर पो भो त।  बाकी भाग पनि पस्किने त भन्या हो, तर डाडु-पन्यु नै खोज्दै छु अझै।

Pjna (प्रेरणा), अमुल्य सुझाव को लागी मुरी मुरी धन्यवाद। हुन त नेपाली मा कथा लेख्न भर्खर सिक्दै छु। तपाईं जस्ता राम्रो लेख्ने मान्छेहरु को सुझाव अनी सल्लाह को सधैं भोको रही रहने छु। खै आफु लाई कुरा "suspense" मा राख्न भने पछी साह्रै गाह्रो लाग्छ, पेटमा कुरो नै अडिदैन। हुँदा हुँदा कथा लेख्दा पनि राज त सुरु मै फुस्केछ।   अब अर्को कथा लेखे भने ध्यान पुर्याउछु है त।  होमवर्क त बिहीवार बुझाउनु पर्ने छ, शनिबार सम्म त ढिला पो होला त।

चित्रे, रिट्ठे कथा पढिदिएर ब्यक्त गरी दिनु भएका हौसला बढाउने ति शब्दको लागी मुरी मुरी धन्यवाद छ। मौका मिले चाडै बाकी भाग लिएर आउने छु।

मिस दिदी, हजुर ले पढि दिनु भयो, मेरो लागी तेही नै ठुलो कुरो भयो। मन मा लागेको कुरा खुलेर भन्नुस है त।   

सम्पूर्ण Silnet-readers लाई पनि धन्यवाद छ।


 
Posted on 03-04-08 4:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

taza taza katha ayo bhaner herya hoina raich


 
Posted on 03-04-08 4:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आमैssss अब अफिस मै बसेर कथा लेख्न थाले त गुरुबा ले मार्छन नि।
 
Posted on 03-04-08 4:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

guruba le herda chai teyo page lukaunu parcha ni. idea - idea lagau


 
Posted on 03-04-08 5:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो, अफिस मा बसेर लुकाउदै कथा लेख्ने गर्नु भएको छ हो?  आइडिया त राम्रो रैछ त। हजुर को अर्को कथा चाही कहिले आउछ नि? नयाँ कथा पढ्न मन लागेको थ्यो।
Last edited: 04-Mar-08 05:07 PM

 
Posted on 03-04-08 5:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

maile pani taza taza katha ayo bhaner herya hoina raicha


 
Posted on 03-04-08 5:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथाको अर्को भागको शुरुवात:

आफू (लेखक) परियो खुँखार कवि पनि। अनि कामनाको त्यो मनैं काउकुती लाउनि हल्का मुस्कानले आफुलाई कविता फु-यो:

तिमी, म दुवै बेरोजगारी

कस्तो राम्रो तिम्रो त्यो रातो सारी

म बि.ई., तिमी फार्मेसी

कति रमईलो हुन्थो,

दिदीको ठाम्मा तिमी, दाईको ठाम्मा म भएसि!

*****************************

अफिसमा रे? मोरो बोसलाई भेकेशनाँ पठाईदेउन! "यू नो, आई रियल्ली केयर फर यू। यू आर दा बेस्टेस्ट। आई थिन्क यू शुड टेक अ बिरेक, डोन्ट वार्क टु हार्ड, यू नो?" भन्दै!


 
Posted on 03-04-08 5:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-04-08 5:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेली बहिनी, अर्को भाग पक्कै पनि आउछ, त्यो पनि चाडै। प्रतिक्षा को फल मिठो हुन्छ रे क्या।  

पून्टे दा, अहिले नै (दोस्रो भाग मै) त्यस्तो कबिता भन्न थाले त "ए मोरो गुण्डा, भेट्न पाको छैन बिहे को कुरा पो गर्छ बा" भन्दै झापु पो खाला भन्ने पीर।   फेरी गुरुबा लाई भ्याकेसन मा पठाइ दिए त झन आँफै लाई टेन्सन नि। लु बाबु, म भ्याकेसन मा जान्छु, मेरो क्लास पनि तिमी नै पढाई देउ है त भन्ने पिर।


 
Posted on 03-04-08 9:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oie nepche kun bollywood hindi movie copy gareko ho? lol!
 
Posted on 03-05-08 8:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग - २

"बेरोजगार नै भनौ कि? डिग्री हातमा परी सके पनि यसो टाइम पास गर्ने मेलो भेटिएको छ। last week देखी एउटा consultancy join गरेको छु।" एउटी राम्री केटी को अगाडी अली कती भए पनि फुर्ती देखाउने मौका पाको, किन त्यसै उम्किन दिन्थे र।

"ओहो, कसै कसै को मस्ती नै रैछ नि।  पढाई सकी जागीर पनि सुरु भै सकेछ त।" उनको ब्यङ्गको बाण तेर्सियो, तिर

"खै कस्को मस्ती भन्नु अब। दिन भरी घर मै सुतेर बस्दा मस्ती हुन्छ कि बिहानै उठेर चिसो खाँदै जागिर धाउन मस्ती हुन्छ?" आफ्नो बचाउ गर्नै पर्यो।

"लौ, को दिन भरी घर मै सुतेर बसेको ? तेसै आँफै खयाली पुलाउ पकाउदै आफु एक्लै खानु भएन नि। हामी पनि TOEFL अनी GRE prepare गर्दै छम।" मैले अध्यारोमा हानेको तिर निशाना भन्दा अली पर पुगेछ, तर धेरै टाढा भने हैन।

TOEFL अनि GRE, यि दुई शब्द सुने पछी मलाई भने कुरालाई चुइगम जस्तो तन्काउने मौका मिली हाल्यो। "हुन मैले पनि TOEFL को तयारी गर्न भनेर अंकल कहाँ बाट मोटो किताब बोकेर आको हो। अहिले सम्मा पल्टाएर हेरेको पनि छैन। फेरी CD हरु बाट practice गर्नु पर्छ रे भन्ने सुनेको। तिमी क्लास पनि लिदै छौ?"

"साथीहरु को लहलहै मा लागेर एक हप्ता अगाडी क्लास join गरे, तर खाली दिउसो को घण्टा हल्लिएर बिताउने मेलो मात्रा भएको अहिले सम्म। ग्रुपमा मान्छे पुगेन भनेर खासै क्लास मा पढाई चाही भको छैन।" उनले आफ्नो असन्तोष पोखिन।

" पनि मास्टर्स गर्न बाहिर जाने सोची रहेको छु। तर यो TOEFL अनि GRE अनेक थरीको झमेलाहरु पार लगाउनु पर्ने पहिला। फेरी आफ्नो क्लास लिने टाइम पनि छैन। बरु मिल्ने भए तिम्रो क्लास मा दिने materials हरु share गर है। कपी गरेर तिमी लाई फिर्ता दिन्छु।" अब कामना सँग कुनै पुरानो साथी झै खुलेर कुरा गर्न सक्ने भै सकेको थिए।

"भै हाल्छ नि।" निधार तिर झरेका केही कपालहरु लाई पछाडी तान्दै उनले भनिन। "आफु लाई चाही मास्टर्स गर्ने मन , घर मा भने अब बिहा गर भन्दै हुनु हुन्छ। खै दोधारमा छु।" निधार खुम्च्याउदै उनले कुरा मोडिन।

"घर घर कि कहानी उही हो। बिहा गर्ने लाई भन्दा हेर्ने लाई हतार हुने रैछ" उनलाई ढाहस दिने प्रयास थियो मेरो। "मेरो हजुर आमा लाई पनि पनाती/पनातीना हेरेर मर्ने ईच्छा रे। अनि हजुरले त्यो कुराको चिन्ता नै गर्नु पर्दैन, अझै कम्तिमा २० बर्ष आरामले बाच्नु हुन्छ। तेती बेला सम्म पक्कै पनि पनाती/पनातीना भै सक्छन भन्दै मेरो हजुर आमालाई जिस्काइदिछु।" अब उनको त्यो खुम्चेको निधार सिधा हुन्छ कि भन्ने मेरो आस थियो। मेरो कुरा सुनेर तिर पुलुक्क हेरिन, अनि मन्द मुस्कान छरिन। अघि उनको निधारमा खुम्चिएका रेखीहरु देखेर बिचलीत भएको मन लाई त्यो मिठो मुस्कान ले सितलता प्रदान गर्यो। ....

Last edited: 05-Mar-08 10:39 AM

 



PAGE:   1 2 3 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters