[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 घर

[Please view other pages to see the rest of the postings. Total posts: 137]
PAGE:   1 2 3 4 5 6 7 NEXT PAGE
[VIEWED 104227 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 7 pages, View Last 20 replies.
Posted on 02-27-08 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घर

अफिसबाट सबै निस्किन थाले। प्रकास पनि उठ्यो।  मनमा के के गुन्दै कुर्सीमा अड्काएको ज्याकेट लगायो। "घर जान ला?" संगै काम गर्नेले औपचारिकता पुर्याउँदै सोध्यो। "अँ" भन्न त भन्यो प्रकासले तर आफैलाई सोध्यो फेरी "कस्को घर?"

बाउले उ त्रि-चन्द्रमा हल्लिदै गर्दा उस्लाई र दाईलाई छुट्टाईदिएका थिए। बस्न त सबै त्यति बेला एउटै घरमा बस्थे तर उस्को र उस्को दाईको छुट्टा छुट्टै घर थियो। दुईटै घरहरु भाडामा दिएको थियो। त्यसबाट आउने भाडा पनि दाजु भाईकै जिम्मा लगाईदिएका थिए बाउले।

"आखिरी ढिलो चाँडो यो दिन आईहाल्छ --" भन्दै बाउले त्यति छिट्टै किन अंशबण्डा  गर्देको होला भन्ने जिज्ञासुहरुको टिप्पणीलाई सम्बोधन गरेका थिए।

त्यो भागबण्डाले प्रकासलाई मात्रै हैन घर परिवारमा कसैलाइ केही असर परेको थिएन। अंशबण्डा कागजी रुपमा भएको थियो। त्यत्ति हो।

केही महिना पछि उस्को दाजु, किरण, राजशाही कलेज पुगेको थियो। प्रकास अझै त्रि-चन्द्रमै हल्लिदै थ्यो। प्रकासले जिन्दगीलाई सायद बेग्लै हिसाबले बुझेको थ्यो। उ महत्वाकांक्षी पटक्कै थिएन। उ एउटा आदर्श मान्छे बन्न चाहन्थ्यो -- कसैले औला उठाउन नसक्ने चरीत्रलाई उस्ले जिवन्त गर्न चाह्न्थ्यो। त्यत्ति हो। त्यो बाहेक जिन्दगीमा यस्तो गर्छु भन्ने सोचाई थिएन उस्को। भोलीको लक्ष्य भनेर पनि केही थिएन। भाडामा आएको पैसा ब्यान्ङ्कमा जम्मा हुन्थ्यो। त्यो पैसा चलाउने उस्लाई आबश्यकता पनि थिएन। बाउ-आमाले दिएको पैसा नै उस्लाई पर्याप्त थ्यो।

बिग्रीएका बाटाहरुमा उ जान चाहेको भए सबै बाटाहरुमा उस्ले स्वागत द्वार देखेको थियो तर उस्ले ति बाटाहरुमा आफुलाई कहिल्यै लगेन। उस्का साथिहरु पनि खासै कोही थिएनन।

बाउले आर्की आईमाईलाई बालाजुमा भब्य घर बनाएर राख्नु अघि देखि नै आमाको आँखामा लागेको बादल र बेला बेला पर्ने ती झरीहरुले उस्को मनमा गहिरो छाप छोडेका थिए। उस्ले आफै सँग बाचा गरेको थियो "म मेरी श्रीमतीलाई कहिल्यै दु:खी बनाउँदिन -- मेरा छोरा छोरीले उनीहरुको आमाको आँखामा उर्लिने बाढीहरु मैले जस्तो कहिल्यै देख्नु पर्ने छैन।"

प्रकासलाई बिदेस जाने रहर कहिल्यै भएन। उ घरमै बस्न चाहन्थ्यो। बाउ बाहिर भनेर बेला बेला बालाजु तिर हराउँथे। त्यस्ता बेलाहरुमा उस्ले आमालाई दु:खी हुन नदिन सधैं कोशिश गर्थ्यो।

किरण पढाइसकेर आयो। उस्को भब्य बिहे भयो। बालाजुकि आईमाई पनि आईन। बिहे पछि किरण चाबेलको घर सर्यो। प्रकास बाउ आमा संगै थ्यो। अचेल उ जागिरे थियो बिदेशी ब्याङ्कमा।

"प्रकास सोझो छ। सोझो पनि अत्ति नै। अचेलको जमानामा त्यस्तो मान्छ्या काम छैन। बाउले घर देकै छन, गाँठ टन्नै छ, तोर्पे लक्कि त लक्कि हो। पर्कासे ठीस त सन्किनलाएछ नी था पाईस? हामी दुईटैले यत्ति तरुनी देख्छम न दिनमा मन ठेगानमा न रातमा, त्यो ट्याबेको चार चार वटा आँखा छन अनि कुस्त गाँठ उस्तै झन कसरी मन थामेको होला--- " यस्तै यस्तै कुराहरु हुन्थे उस्को बारेमा।

उस्को आँखा सानै देखी कमजोर। चस्मा तिन कक्षा पढ्दै देखि लाउँथ्यो। चार-आँखे दर्जा पाएको पनि त्यै बेला देखि उ उस्ले। अचेल त झन पावर बढेर बिना चस्मा सबै धमिलो देख्थ्यो। एक दिन लन्चमा यसो बैंकका सहकर्मीहरु सँग दरबारमार्गमा लन्च खाएर फर्किदै थ्यो कताबाट हो एक्कासी आएको आक्रोसित जुलुसाँ परेर चस्मा खस्यो। खस्नु के थ्यो टुक्रा टुक्रा भैगो। धन्न सहकर्मीहरु साथै थिए। मौकाको कुरा त्यै बेला टोलको एउटा सोमले  हात हल्लाउँदै अभिबादन गरेछ पर्कासेलाई। उस्ले देख्या हैन। सोमले अनि प्रकासे बौलाउन लागेछ क्यारे भन्ने निष्कर्ष निकालेछ र उस्को निष्कर्ष अरु साथिभाईहरु सँग बाँडेछ। साथिभाईहरुले पनि त्यस्मा आ-आफ्नै बिश्लेषण थपेर समाचारलाई अलि मनोरन्जनात्मक बनाए। यसै क्रममा अब प्रकासे आज हो कि भोली मैलो च्यात्या लुगामा जमल हुँदी ढुङ्गा टिप्दै बर्बराउँदै ट्याम्पु र ट्याक्सी लखेटदै गर्या देखिने ठोकुबा गर्न थाल्या थे मान्छेहरु।

घरमा प्रकासको बिहे छिट्टै गर्दिने कुराले अचेल निक्कै गति लिएको थियो। किरण सात समुद्र पार जाने करिब करिब पक्का भएको थ्यो। प्रकासलाई घराँ "तेरो कोई छ भने भन" भनेको सुनेर उ छक्क पर्या थ्यो। को हुनु उस्को? उस्लाई मन परेकाहरु उस्लाई देखेर झस्किन्थे, उस्लाइ मन नपर्नेहरु भने उ देखेर मस्किन्थे।

आखिर प्रकासेकी फुपुकी जेठीसासुले भनेकै सँग बिहेको कुरा अगाडी बढ्यो। उनीहरुकै जस्तो राम्रो आर्थिक स्थिती भएको परिबार, केटी स्वदेस र बिदेसमा पढेकी तर असाध्यै घरेलु रे भन्थे -- सबै राम्रो रे भन्ने कुरा भो। नामै सुकिर्ती बानी पनि किर्ति नै राख्ली जस्तो छ भन्थिन फुपुकि  जेठी सासु।

प्रकासलाई "अब एक चोटी भेट केटीलाई" भन्दा अलि असजिलो मानेर "पर्दैन" भन्यो उस्ले। त्यै पनि भेटाउने भए फुपुको घरमा। सुकिर्ति भेटने अघिल्लो रात देखिनै उस्लाई उकुस मुकुस भयो।

सुकिर्तिको सुन्दरतामा प्रकास पहिलो हेराईमै पराजित भयो। कौसीमा उस्लाई र सुकिर्तीलाई छोडेर अरु तल ओर्लिए। प्रकासले धेरै बोलेन। सुकिर्तीले धेरै कुरा गरी। सबै राम्रा कुरा। प्रकासले जे जति भन्यो, सुकिर्तीले ति सबै कुराहरु, उस्का सबै आदर्सबाणीहरुको मुक्तकण्ठले प्रसंसा गरी। उस्ले सोचे जस्तै, कल्पना गरे जस्तै पाई रे उस्ले प्रकासलाई भनी। उ मन्त्रमुग्ध झैं भयो।

बिहे हुने भो।

 

 

अब एक हात बिसाम क्यारे ---


 
Posted on 02-27-08 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Deep jyu as always awesome. ani bihe pachi ke bho ta bhannusna.

 
Posted on 02-27-08 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि के भो त दीप ज्यो? पढुम् पढुम् लाग्यो अर्को भाग नि छिट्टै!


 
Posted on 02-27-08 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रभु,
पर्खिनी मध्धेमा याँ अर्को एउडाको हात नी उठिरा' छ है।

 
Posted on 02-27-08 12:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

उस्लाई मन परेकाहरु उस्लाई देखेर झस्किन्थे, उस्लाइ मन नपर्नेहरु भने उ देखेर मस्किन्थे।

लौ जाओस जाओस, कम्तिमा सुकिर्ती मस्कियोस


 
Posted on 02-27-08 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ल प्रकाश ब्रो को एप्रोच कस्तो हुन्छ अब हेरौ न त है दीप जी
राम्रो जादैछ है

 
Posted on 02-27-08 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रकासको बिहे सकियो। किरण गयो परदेश।

बिहे पछि पनि प्रकास घरमै बस्यो। उस्लाई बाउले दिएको घरमा सरेन उ। "किरण यहीँ भए सम्म त यसो बेला बेला आउँथ्यो अब त उ पनि छैन यता --म पनि भईन भने आमालाई कति सुन्य होला?" प्रकास आफैले आफैलाई सोधथ्यो। उस्को जबाफ उ त्यही घरमा बस्ने निर्णय नै थ्यो।

सुकिर्तीको र उस्को बानीमा धेरै अन्तर थ्यो। प्रकास हतपत बोल्दैनथ्यो। सुकिर्ती हतपत रोकिन्न थिई। प्रकास घरमै बस्न रमाउँथ्यो। सुकिर्तीलाई घर बन्देज लाग्थ्यो। प्रकासका साथिहरु को हुन? सोध्नु पर्थ्यो। सुकिर्तीका को होईनन त्यो सोध्नु पर्थ्यो। प्रकास एक बारको जिन्दगी हो यसलाई प्रसंसाको उदाहरण बनाउनु पर्छ भन्थ्यो, सुकिर्ती उदाहरण भनेको सबैले राख्ने हैन -- सबैले राखे के उदाहरण? एक बारको जुनी हो रहर पुर्याउने हो भन्थि। प्रकास अल्लमल्ल पर्थ्यो।

"म त तिमीलाई धेरै माया गर्छु, तिमी नी?" सुकिर्ती यसो भनी रहन्थी। प्रकास पनि सम्झेर कत्ति चोटी त "माया गर्छु म तिमीलाई" भन्थ्यो। फेरी एक् दुई दिनमा भन्न बिर्सिन्थ्यो। सम्झेको बेला अपठ्यारो लागेरै भए पनि फुल ल्याउँथ्यो दिन्थ्यो सुकिर्तीलाई। सुकिर्तीको अंगालोमा बाधिन्थ्यो। प्रकासलाई तर देखाबटी, बोलाबटी मायामा बिश्वास थिएन। माया भनेको मनले गर्ने हो--ओठ्ले त भडकाउने हो भन्थ्यो उ। बोलीमा हैन माया ब्यबहारमा हुनु पर्छ भन्ने उ सुकिर्तीलाई आफु भन्दा धेरै माया गर्थ्यो। "तिमीले त मलाई मायै गर्दैनउ" सुकिर्ती गुनासो गर्थी उ रनभुल्लमा पर्थ्यो।

कतै जाँदा सुकिर्ती उस्को हात समाउँथी, प्रकासका गाला राता हुन्थे। उ हात छुटाउन खोज्थ्यो। "म तिम्री श्रीमती हुँ, प्रकास" सुकिर्ती रिसाउँथी। "मैले हैन त भनेको छैन नी -- हाम्रो माया अरुहरुलाई किन देखाउनु पर्यो?" प्रकास सोध्न चाहन्थ्यो तर खाली मुसुक्क हाँसेर उ सुकिर्ती तिर हेर्दिन्थ्यो। उ झर्केर अन्तै हेर्थी। पछी पनि त्यो हात छोडेको कुरा उठाउँथी। "तिमीलाई लाज लाग्छ हो मेरो हात समाउन?" उ सोध्थी। "हैन" उ टाउको हल्लाउँदै सानो स्वरमा जबाफ दिन्थ्यो। "त्यस्तो सानो कुरा पनि --" उ मनमनै भन्थ्यो।

सुकिर्तीको मामाको छोरीको बिहे थ्यो जाबलाखेलमा हाल सालै। बिहे पछिको पहिलो जमघट थ्यो अनि पछि नाच गानको कार्यक्रम थ्यो। प्रकास नाँच्न आउँदैन भनेर छुट्टै बस्यो। सुकिर्तीले कत्ति तानी, प्रकास मानेन। साँच्चै उस्लाई नाँच्नै आउँदैन थ्यो। काठका जस्ता खुट्टा हुन्थे उस्का, जिउ रड जस्तो नाच्न भने पछि। "म सिकाउँछु नी तिमीलाई" सुकिर्ती भनेर थाकि तर प्रकासले मानेन। सुकिर्ती नाचेको उस्ले एक टकले हेरी रह्यो र आफैलाई भन्यो "कस्तो राम्रो नाचेकी"। "म पनि सिक्छु अब घरमै सुकिर्ती सँग -- अर्को चोटी त नाँच्ने हो सँगै" प्रकासले आफैलाई प्रोत्साहन दियो।

नृत्यको क्रम संगै पेय पदार्थ आए। एउटा कालो झोल कोक होला भनेर एक घुट्की के लाथ्यो प्रकासले झण्डै घाँटिमा अड्क्यो। उस्ले  सोधीकन अर्को कोकको गिलास माग्यो। सुकिर्तीहरुले सोध्नु परेन। "कसरी चिनेका नी कुन के के हो भनेर?" प्रकास छक्क पर्यो। को नातेदार हुन को होईनन प्रकासले चिनेन। सबै नाँचमा मग्न। सुकिर्तीले राम्रो नाची भनेर धेरैको वाह वाह पाई। कत्तिले त उ सँग नाचेर रहर पनि पुर्याए।

"राती धेरै भईसक्यो सुकिर्ती, घर जाने हैन अब?" नाँच हेरेर थाकेको प्रकासले सोध्यो। "भरखर त नाँच सुरु हुँदैछ -- बरु आउन तिमी पनि" सुकिर्तीले उस्लाई तानी, प्रकासले हात छुटायो। "के भो?" सुकिर्तीकि अर्को चैइ मामाकि हो कि फुपुकी हो छोरीले सोधी। "घर जानी रे" सुकिर्तीले हाँस्दै भनी।

"ह्या भिनाजु पनि, साँझैमा पनि कोई घर जान्छ?" आधा राताँ सुकिर्तीकी त्यो मामाकि हो कि फुपुकी छोरीले भनी। अनि प्रकासको नजिकै आएर हात समात्दै भनी "भिनाजुले ननाचेर बोर भा हो के -- ल त्यो कजरा रे भन्ने लाओ त -- " ।

"भिनाजुलाई नाच्न आउँदैन रे" धेरैले एकै स्वरमा भने। उस्ले भनी "नाँच्न आउँदैन रे? उसो भए अमिताभ बच्चनको रोल दिम न त भिनाजुलाई -- ढिकि कुट्या जस्तो गर्न त आउँछ होला नी?" उस्ले सोधी। प्रकास हात छुटाउन खोज्दैथ्यो। गीत घन्कियो।

"घर पुग्दा त निक्कै ढिलो हुने भो ---आमालाई फोन गरेर भन्दिनु पर्यो अब"  प्रकास अलि शान्त कोठाबाट फोन गर्ने धुनमा त्यो नृत्यकक्ष्य बाट निस्कियो। सुकिर्तीले उस्लाई बाहिरिदै गरेको देखी। .......दोस्रो बिश्राम---

Last edited: 27-Feb-08 03:17 PM

 
Posted on 02-27-08 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


"प्रकास हतपत बोल्दैनथ्यो। सुकिर्ती हतपत रोकिन्न थिई।" क्या थ्याकै मिलाउनु भएको दिप ज्यु हजुरले। :D

 

"प्रकासलाई तर देखाबटी, बोलाबटी मायामा बिश्वास थिएन" दीप् ज्यु  माया मनले गर्ने नै हो तर मनले गरेको माया मुखले भन्दै नभने कसरि थाहा हुन्च। जब सम्म प्रकासले सुक्रितिलाइ उस्को मनमा सुक्रितिको लागि कति माया च भनेर भन्दैन सुक्रितिले कसरि थाहा हुन्च। सुक्रिति अब प्रकासको मन भित्र त छिर्न सक्दैन नि।

दीप ज्यु हजुरले para 3,4 मेरै कुरा लेख्नु भएको जस्तो लाग्यो।

Last edited: 27-Feb-08 01:33 PM

 
Posted on 02-27-08 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हेत्तेरिका! अत्ती सोझो भयो प्रकाश त, अली बाठो बनाउनु पर्‍यो है दीप जी प्रकाश लाई
रमाइलो हुँदैछ कथा बाँकी नि चाडै आओस है त, धन्यवाद

 
Posted on 02-27-08 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हो नि त ठुलि माया भनेको मनले नै गर्ने हो अर्थात ब्यभारले देखाउनु पर्छ एकअर्का लाई गरेको माया
'म तिमीलाई धेरै माया गर्छु' आँफैले भन्नु भन्दा नि 'तिमी मलाई कत्ती धेरै माया गर्छौ है?' भनेको सुन्नु राम्रो हुन्छ जस्तो लाग्छ मलाई


 
Posted on 02-27-08 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दोश्रो भाग पढेर मैले अली पहिला हेरेको हिन्दी मुभी याद आयो "मै मेरी पत्नी और वो' भन्ने राजापाल यादव (थापा) नायक भएको सिनेमा


 
Posted on 02-27-08 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दामी! दीपज्यू, जस्तो सुकै कथा पनि सललल बगाएर लेख्न सक्ने खुबीलाइ सलाम गरें मैले!

संसारमा भौतिक र spiritual गरेर दुइ किसिमका चीज हुन्छन्, माया जत्ति नै spiritual भए पनि भौतिक ढंगले
पनि व्यक्त चैं गर्नुपर्छ। र भौतिक तरिकाले मात्र व्यक्त गरेर spiritually माया भएन भने त्यसको पनि कुनै अर्थ रहँदैन।
हरे! म नि के के चाहिने नचाहिने दर्शन छाट्न पो थालें, बोल्न पा' ठाम्मा काँ छोड्थें र म! हे हे!


 
Posted on 02-27-08 2:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>"राती धेरै भईसक्यो सुकिर्ती, घर जाने हैन अब?" नाँच हेरेर थाकेको प्रकासले सोध्यो।<<<

लौ यो पर्कासे नाच हेरेर मात्र थाक्या रे!
कस्तो अल्छिको पोका रैछ! हामी पैला त्याँ रातभरि नाचेर, बिहान ५ बजे सुतेर, उठेर कलेज गएर, साँझमा काम 
गर्न नि जान्थेम्। अब ऊ चैं नाच हेरेरै थाकेछ। हा हा! 


 
Posted on 02-27-08 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


यसै क्रममा अब प्रकासे आज हो कि भोली मैलो च्यात्या लुगामा जमल हुँदी ढुङ्गा टिप्दै बर्बराउँदै ट्याम्पु र

ट्याक्सी लखेटदै गर्या देखिने ठोकुबा गर्न थाल्या थे मान्छेहरु।

kya milara lekheko sachhi kai jasto ganthe..

 
Posted on 02-27-08 2:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एकदमै यथार्थ छ् कथामा, दिप ब्रो को कथा पढ्दा सिनेमा हेरे झै लाग्छ, सबै पात्र हरु आँफै ले कल्पेर सलल बग्ने, दिप ज्यु को कथा पट्कथा सम्बाद अनी निर्देसन भाको सिरीयल हेर्न।
परकास ब्रो एस्तो ताल ले त सुकिर्ती ले अरु लाई हेर्न थालछे है, कन्ट्याक्ट लाउनु परो,अली हास खेल गर्नु पर्‍यो, रोमन्टिक हुनु पर्‍यो।

दिप पर्भो हात को थकाई मर्यो होला नि अब त।


 
Posted on 02-27-08 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यसै क्रममा अब प्रकासे आज हो कि भोली मैलो च्यात्या लुगामा जमल हुँदी ढुङ्गा टिप्दै बर्बराउँदै ट्याम्पु र

ट्याक्सी लखेटदै गर्या देखिने ठोकुबा गर्न थाल्या थे मान्छेहरु। --> kasta dusta maanchhe haru, testo sweet Prakash lai jpt bhanne.....

Dami gayo Deep jyu. Aru ni padhna paam, paam paam


 
Posted on 02-27-08 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kasto ramro nam "swikriti", manche pani ustai ramaili raicha, ma jastai.

afno ta nam nai bigarde sanaima "kali" re. ma pani ramro nam rakhnu paryo. k rakhu dip jyu?


 
Posted on 02-27-08 3:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उसो भए अमिताभ बच्चनको रोल दिम न त भिनाजुलाई -- ढिकि कुट्या जस्तो गर्न त आउँछ होला नी?"

as always awesome!


 
Posted on 02-27-08 3:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरै पढ्न पाम न  छिटो छिटो --- :)

दोस्रो बिश्राम कुनबेला सकिनेहोला ----


 
Posted on 02-27-08 5:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रभो, सदा झै हास्य ब्यङले भरीपूर्ण अर्को दामी प्रस्तुती। एसो घारघुर परेर बाकी कथा एक टेक मै सकाइ दिम न। अली अली गरेर पढ्दा त त्यो हिन्दी सिरियल हेरेको जस्तो पो लाग्ने रैछ, बाकी भाग कहिले आउँला भनेर कुरेर बस्नु पर्ने। 


 



PAGE:   1 2 3 4 5 6 7 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters