[Show all top banners]

crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 केटीहरुलाइ मैले कहिले बुझ्न सकिन।

[Please view other pages to see the rest of the postings. Total posts: 68]
PAGE:   1 2 3 4 NEXT PAGE
[VIEWED 39051 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 4 pages, View Last 20 replies.
Posted on 02-26-08 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(यो कथा पुरै कल्पनामा आधारित , कसैको जिबनसङ मेल खान गएमा संयोग मात्र हुन जानेछ।)

"बुद्धलाइ ढोग्दा पाँच बिन्दुले छुनु पर्छ। दुइ घुँडा, दुइ कुहिना निधार। यी यसरी" भन्दै मेरो दाँया उसले पहिले बुद्धको मुर्तिलाइ  दुइ हात जोडेर नमस्कार गर्यो, त्यसपछि घुँडा टेक्यो अनि दुइ हत्केलाहरुलाइ भुइँमा  घोप्ट्याएर निधार राख्यो।

"धन्यबाद।" मैले उसलाइ नहेरी भनें।

""किन तिमीलाइ पहिले कसैले सिकाएन?"

"सिकाको थ्यो, तर मलाइ अल्छि लागेर नमस्ते मात्र गर्या हुँ। जसरी ढोगेपनि मनभित्रको आस्था उस्तै हो नि।" उसको प्रश्नलाइ त्यति ध्यान दिन मन लागेन।

"हाम्रो भाषा राम्रै बोल्दि रहेछौ नि। तर अलि उच्चारण चाँही अझै सुधार्नु पर्ने रैछ।" मन्दिर घुम्दै मेरै पछि पछि आउदै रैछ।

"हैन, तिम्रो काम छैन?  खालि मैले कहाँ के गल्ती गर्यो भन्दै हेर्दै हिँड्दो रहेछ।" मलाइ देखि झर्को लाग्यो।

"कस्तो छिटो रिस उठ्दो रैछ तिमीलाइ ! मन्दिरमा रिसाउनु राम्रो हुँदैन भनेर थाहा छैन?" उल्टै  प्रश्न गर्छ।

जति बोल्यो उति नै छेउ पुच्छरको कुरा गर्ने बानी, कस्तो रहेछ यो मान्छे त । बल्लबल्ल हप्ताको एकदिन येसो मन्दिरमा आएर शान्त अनुभव गरुँ भन्दा पनि फेरि कुन चाँही फतौरे आइपुग्या हो यो।

"मलाइ तिम्रो अर्को कुरा पनि थाहा छ।" कानैमा आएर सासले बोल्यो उ।

"के?" झसङ हुँदै मैले सोधें।

"तिमी जहिले पनि entrance fee  नतिरीकन मन्दिर आँउछौ। अरुले तिमीलाइ बिदेशी भनेर नचिन्दा हुन्, तर मैले तिमीलाइ पहिलो दिनमै चिनेको। तिनीहरुलाइ भन्दिउँ?" ठ्याक्कै अगाडी बिदेशी हरुलाइ टिकट बेचिरहेका स्टाफहरु देखाँउदै भन्यो उसले। उसको आँखामा चोर भेट्या जस्तै खुशी थियो। अलिकति डर लुकाँउदै छेउकै पाटीजस्तो बुद्धको मुर्तिहरु भयेको ठाँउमा बस्न गयें।

"भगवानको दर्शन गर्न को लागि पैसा चाहिदैन। तिमीहरु चाहि फ्री मा मन्दिर आउन पाउने हामी चाही किन पैसा तिर्ने। त्यो पनि एकचोटिमा डलर। हरेक Sunday आँउछु, त्यो हिसाबले महिनाको २० अनि बर्सको २४० डलर अत्ति महङो भयो। तैपनि तिमीलाइ यो कुरा किन चासो भाको हँ?"

"मुख हेर्दा सोझी देखिन्थ्यौ। तर येस्तो ओठें जवाब फर्काउलौ जस्तो लागेको थिएन। त्यो पैसाले मन्दिरको जिर्णोद्वार गर्छ नि ? हामीलाइ बाँड्नलाइ हो ? तिमीहरु तेत्रो पैसा कमाउने मान्छेले तेति पनि धर्म गर्न सक्दैनौ?"

 

Contd................

"

 
Posted on 02-26-08 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Contd................

"हेर, पहिलो कुरा टुरिस्ट भयेर मन्दिर आको होइन। येहीँको बासिन्दा जस्तै हुँ केही बर्स। अर्को कुरा पैसा तिरेर धर्म गर्ने कुरामा बिस्वास गर्दिन। तिमी पनि हेर्दा येस्तो फतौरे जस्तो लाग्दैनौ नि। आज तिमीले धेरै बोलीसक्यौ। अब १५ मिनेटलाइ मलाइ एक्लै छोडिदेउ, प्लिज।" तेति भनेपछि जुरुक्क उठेर हिड्यो।

अहिले पो मेरो ध्यान उ तिर गयो। भिक्षु पो रहेछ। अघिसम्म मैले उस्को अनुहार मात्र हेरेकी थें। अहिले उसले पहेंलो कपडा  बेरेको देखें। कस्तो कलिलै देखिन्छ। २० नाघ्यो की नाघेन जस्तो। यो भन्दा पहिले मैले उसलाइ कहिले देखेकी छैन। यो देशमा बच्चा देखि  बुढासम्म कोहि पनि बाटोमा अथवा मन्दिरमा भिक्षु भएर हिंडेको जहिं पनि देखिन सकिन्छ। कोहि केहि दिनको लागी कोहि जिबनभरको लागी। बुद्ध हाम्रो देशमा जन्मेका थिए तर उनलाइ हामीले भन्दा बढी अरुले पो चिनेका रहेछन्। सिर्सिर चिसो बतास बहन थाल्यो साँझमा। मन्दिरमा झुन्डिएका घन्टिहरु बिस्तारै बज्न थाले। सुनको जलपले सिगाँरिएको स्वर्णिम  मन्दिर साँझको बत्ति बलेपछि झन् सुन्दर देखिन थाल्यो। मान्छेहरु पनि आउन थाले। मेरो मनमा "" का तरङहरु झन्क्रित हुन थाले।

"केटीहरुलाइ मैले कहिले बुझ्न सकिन" लामो सुस्केरा हाल्दै फेरि छेउमा आइसकेछ।

मलाइ झनक्क रिस उठ्यो। कति नै चिन्या जस्तो खाली सङ मात्र कुरा गर्न आँउछ। एकचोटि सातो लिन मन लाग्यो उसको।

"केटीहरु किताब हो?"

"होइन।"

"केटीहरु हिसाबको सुत्र हो?"

"होइन।"

"केटीहरु पास गर्नै पर्ने जाँच हो?"

"होइन।"

"अनि किन बुझ्न पर्यो केटीलाइ?"

 

क्रमश:..........................................अर्को भाग छिट्टै आँउदैछ.

Last edited: 26-Feb-08 09:47 AM
Last edited: 26-Feb-08 10:51 AM

 
Posted on 02-26-08 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

im waiting for another part....



 
Posted on 02-26-08 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिSSचरा, किन होला है?
 
Posted on 02-26-08 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो सदा झै राम्रो लेखाइ। केटीहरु हेर्ने भाखा, बुझ्ने भाषा  ,आँखा अनुसार हुन्छन। कोइ भन्छन Algrebraको indeterminateसमिकरण हो । कोइ भन्छ्न abstract आर्ट । साचै भन्ने हो भने बुझ्नै नसकिने बिषय हो। माया पनि छाया पनि, आगो पनि पानी पनि। संबेग पनि आबेग पनि। सरल पनि जटिल पनि।  
 
Posted on 02-26-08 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

crazy, good going!!! ye dil maage more...
 
Posted on 02-26-08 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"केटीहरु किताब हो?"

"होइन।"

"केटीहरु हिसाबको सुत्र हो?"

"होइन।"

"केटीहरु पास गर्नै पर्ने जाँच हो?"

"होइन।"

"अनि किन बुझ्न पर्यो केटीलाइ?"..........

superb ! पल्पसा क्याफे पढ्या जस्तो लाग्ने ! बाँकी भागको प्रतिक्षामा।


 
Posted on 02-26-08 11:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

"केटीहरु किताब हो?"

"होइन।"

"केटीहरु हिसाबको सुत्र हो?"

"होइन।"

"केटीहरु पास गर्नै पर्ने जाँच हो?"

"होइन।"

"अनि किन बुझ्न पर्यो केटीलाइ?"..........

Well Done CL.


 
Posted on 02-26-08 11:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

"केटीहरु किताब हो?"

"होइन।"

"केटीहरु हिसाबको सुत्र हो?"

"होइन।"

"केटीहरु पास गर्नै पर्ने जाँच हो?"

"होइन।"

"अनि किन बुझ्न पर्यो केटीलाइ?"..........

Well Done CL.


 
Posted on 02-26-08 12:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


CL as usual great

 
Posted on 02-26-08 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.... सिर्सिर चिसो बतास बहन थाल्यो साँझमा। मन्दिरमा झुन्डिएका घन्टिहरु बिस्तारै बज्न थाले। सुनको जलपले सिगाँरिएको स्वर्णिम  मन्दिर साँझको बत्ति बलेपछि झन् सुन्दर देखिन थाल्यो। मान्छेहरु पनि आउन थाले। मेरो मनमा "" का तरङहरु झन्क्रित हुन थाले।.....

कस्तो मिठो लेखाइ क्रेजी मलाई पनि त्यही पुगे झै भयो
तिम्रो लेखाइ को म बिग फ्यान नै हो है - ल ल बाकि भाग पनि चाडै टास


 
Posted on 02-26-08 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लप्पू! राम्रो छ लेखाई, कति स्पष्ट शब्दचित्र!
अर्को भाग नि चाँडै आओस्। 
बाइ द वे, कुन देशको हो यो कथा? जापान? कोरिया? 
(हे हे! मलाइ नि देशको नाम किन चाहिने होला? )


 
Posted on 02-26-08 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thank you for your great comments!

World_map, there are many other countries like Thailand, China, Srilanka, Burma and Laos . (could be one of them.) Thanks for your curiosity.

 

 


 
Posted on 02-26-08 2:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

CL,

Yet another great piece. I really like the way you serve the diversity in your writing. Whether the story is hillarious or serious, you add the liveliness in the character and analysis are simply superb and amusing. You have maintained the consistancy of high standard in your compositions. Looking forward to reading rest of the story soon.  

Last edited: 26-Feb-08 03:09 PM

 
Posted on 02-26-08 3:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

CL good one enjoying the story so far but one thing, I was really confused about CHARACTER, but later I knew it (after reading twice)..........whether the main character is MALE or FEMALE.....I think it was not that clear hehehehe but rest is FANTASTIC as usual
 
Posted on 02-26-08 3:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hi NKC,

How have u been? I haven't seen u from a long time. thanks.

 

Amazing, Thanks for comment yaar. How is ur europe tour going on?


 
Posted on 02-26-08 3:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 मैले पढेकी छैन है तर,   माथिको कमेन्ट मा भाको पंक्तिको आधारमा चै ----चल्नु चल्दोरे'छ   क्रेजी सिस  हजुरको दिमाग

Last edited: 26-Feb-08 03:49 PM

 
Posted on 02-26-08 3:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks miss Sis!


 
Posted on 02-26-08 4:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रेजिको गफ पनि मिठो मिठो रहेछ।मलाइ पनि सुनु सुनु लाग्यो।
 
Posted on 02-26-08 4:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यसपछि चाहिँ के भयेछ त साथी?

कस्तो कौतुहुलता लाग्यो के मलाइ?


 



PAGE:   1 2 3 4 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
When will the culture of impunity end?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters