[Show all top banners]

Bhaute
Replies to this thread:

More by Bhaute
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

uptowngal
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 SaruBhakta----"Bhaute"

[Please view other pages to see the rest of the postings. Total posts: 167]
PAGE:   1 2 3 4 5 6 7 8 9 NEXT PAGE
[VIEWED 94019 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 9 pages, View Last 20 replies.
Posted on 07-03-05 7:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सरुभक्त-१ (साझा बसिबियाँलो)

सरला पल्लो कोठामा अझै सुँक्क सुँक्क गर्दैथी। कोठा त खै के भन्नु, एक रातको लागि मात्र बना'को पराले छाप्रो नि अब। एउटा परालको भारिले मात्र लोग्ने मान्छे र स्वास्नी मान्छे सुत्ने ठाम छुट्ट्या'को थियो। ओढ्ने ओछ्छ्याम्ने सबै परालै पराल।
"ल ल अब नडरा, भोलि छेउघरे लामाकाँ लैजाम्ला तँलाई। अनि ठिक भैहाल्छ" सारुनी दिदीले सम्झाइन् तेसलाई। त्यो भने लगातार ह्वाँक्क ह्ववाँक् गरेको गरेइ।
"कस्ति केटी होली, जे हुनु भै'गो। कत्ति डराकि होली। यसको त सातै गएछ कि क्या हो!" मन मनै भुटभुटाएँ। तेस्का ह्वाँक्क ह्ववाँक् धेरै सुनेर कन्सिरि नै तात्न थालिसक्याथे के मेरा। मैले त राति हुँदो तेता नजाम् त भन्याँथेँ नि पहिले। त्यसैले कर गरेर जाम कि जाम गरी। फेरि जुन पनि आजै कस्तो टह टह लागेका नि । त्यसै घुम्न जाम् जाम् जस्तो के।
"गोबिन्दे आ'को भे यस्तो हुदैनथ्यो कि। "सरले र मेरो बिचमा गोबिन्देको आबश्यकता खट्केको आजै हो ल मलाई। नत्र त सँधै यो केटो किन हाम्रा पछि लाग्दोहोला भन्ने लाग्थ्यो। कहिले काहीँ त झनन्न रिस पनि उठ्थ्यो।

*** *** *** *** ***

"अहम्???.." सतम्कोटे माईला दाई घाँटि बजाउदै कोल्टो फेरे। सबैजना निद्रामा मस्त छन्, दिनभरिको थकाइले होला। मलाई मात्र छटपटी भै'रेछ। मेरा मनाँ फेरि कुरा खेल्न थाले। "यो केटी किन त्यसरि डराकी होली। खै मलाई त केहि डर लाग्याछैन, वा म केटा-केटी नै भे'र हो। म बल्ल आउने पुषमा १२ बर्ष। सरले चै ३ बर्ष ५ महिनाले जेठी" ।
मेरा आँखा जोडिएलान् भन्यो झन ठुला ठुला भे' जस्तो लाग्यो।

*** *** *** *** ***

म एकैचोटी खङ्रङ्ग तर्से। केको छायाँ परेजस्तो भो। यसो हेर्या त जुनलाई सानो बादलको भुल्कोले छोप्यारैछ। फेरि उज्यालो भो। यो बादलको पनि क्यै भर छैन के। कतिबेला आउँछ, पवित्र चन्द्रमाको सतित्वमा धावा बोल्छ र फेरि एकैछिनमा पानीको फोका जस्तै बिलाएर जान्छ।
यसो ठनासेको, सरले चैँ चुप लागिछे। घरि घरि नाक मात्र बजेको सुनेँ। केटीले बल्ल मन दह्रो पारिछे भन्ने लाग्यो, मन मनै खुशि भएँ, अब सुत्न पाइने भो भनेर।
उता फेरि मस्राङ्गी घुर्न थाल्यो, बाघै गर्जे जसरि। मेरो मन भने फेरि सरले तिरै। निन्द्रा भनेको पटक्कै छैन बा, के भा' हो कुन्नि।

*** *** *** *** ***

मस्राङ्गीले जोडले खोक्यो। अगि घुर्दा परालको झुर्का मुख भित्र पसेछ के त्यसको त। खोक्दै उठ्यो र "खाक्" गरेर बाहिर तिर "थुउउउ" गर्यो।
मैले आँखा चिम्ले जस्तो गरेर तेसलाई हेर्दै थेँ। त्यसले त सबैको कपडा झुण्ड्या'को ठाम्मा छाम-छुम गर्छ बा।
"होइन,यो त चोर हो कि क्या हो? हो रे'छ भने त आज चै फेला पर्यो है यो। न निधा'को ठिकै भे'छ। सरलेले अहिले सम्म ह्वाँक्क ह्ववाँक् गरेको पनि काम लाग्यो जस्तो छ" मन-मनै सरलेलाई पनि धन्यबाद दिएँ।
त्यसले त बिजुली खैनि पो निकाल्यो र मुखमा हाल्यो, अनि आफ्नै ठाममा गएर सुत्यो।
"यसले कसैको केहि चोर्दे त मैले पक्रेर पौरख देखाउँछु" भन्ने सोँचेको। मेरो मन खिस्रिक्क भो।

*** *** *** *** ***
-भउते
 
Posted on 07-03-05 7:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सरले ले "अहम्.. अहम् ??." गरी। मैले नि यसो खोके जस्तो गरेँ, खोकि नलागि नलागि। मसँग बोल्नलाई होकि भन्ने ठानेर मैले नि यसो ब्यँझै छु भन्ने जनाउ दे'को के। केटी त झन सास दबाएर पो सुती। अघि रोएर सुकेको घाँटि सफा गरेकि रे'छ क्यारे।
त्यसको र मेरो बीचमा एउटा परालको भारि मात्र साँध थियो। एक मन त परालको भारि मुनि बाट हात छिराम्कि झैँ लाग्याथ्यो, फेरि भर्खर चुप लागेकि छे। तर्सेर रातभरि झ्याउ गराम्ने हो कि भनेर छाडिदेँ।

*** *** *** *** ***

निन्द्रा ले आँखा झुपुक्क मात्र भा'रे'छ, खितितित्त हाँसो सुनेर फेरि ब्युझेँ। केटी मान्छेको हाँसो थ्यो त्यो। यो केटी त खुस्कि कि क्या हो भन्ने ठानेँ। फेरि खुतुतुतु हाँसो सुनिन्छ। यस पालि केटी को होइन, केटाको हाँसो।
"किच्कन्नी हो कि क्या हो!!" मेरो मुटु डरले ढक्क फुल्यो। अस्ति भर्खर त्याहीँ लाहाँबेको रह माथिको भिर बाट ठकुरीलाई फालेको रे केस ले हो कुन्नि। बोल्यो भने आफैलाई पहिला तान्ने हो कि भनेर म जोडले आँखा बन्द गरेर निदाम्नी प्रयास गरेँ।

*** *** *** *** ***

"ल सुत् अब, रात धेरै गैसकेछ, भोलि बिहानै उठ्नु छ।" मान्छे बोलेको सुने पछि बल्ल सास आयो। तिनेरु त धर्से र लालमयाँ पो रे'छन यार। अघि कुला मुनि को खले गह्रोमा देखेको। तिनेरु फर्केका छैनन् भन्ने भुसुक्कै बिर्सेछु के म त।
धर्से यसो निहुरी परेर छाप्रो भित्र पस्यो। खल्ति बाट बिँडी निकाल्यो र सल्कायो। अनि त म तिरको पराल पो तान्छ बा।
मैले खुट्टाले त्यसको हातमा ठ्याक्क हानेको त "ए सान्बाबु अझै निदाम्नु भा'छैन? खुट्टा भुईँ तिर गएछ के चिसोमा, यसो पराल मिलाइद्या" भनेर कुरा मिलायो।
"खै दाइ मैले नी तानम्न एकफेर" आफु केटाकेटी नै भे' पनि धर्से सँग मलाई त्यति डर लाग्दैन के। अब शिबरात्रीमा तिनैले त हो हाम्लाई गाँजा भरेर "खाओ खाओ केटाहो आजै त हो नि, भन्दै" उल्काम्नी। "लु लु, जाडो छ एक दुई सर्का तानेँ क्यै हुन्न" भन्दै हातको बिँडी मलाई दिए।
ळिन मात्र के भ्याको थेँ उताबाट सरलेले फेरि "अहम् अहम्" पो गर्छे। मैले बिँडी फिर्ता दिएँ र फेरि सुतेँ। धर्सेले कुरा बुझेर हो कि कुन्नि, बिडी लियो र चुपचाप बाहिर निस्कयो। ओछ्याम्नलाई पराल लिन गा'को होला।

*** *** *** *** ***

यता पल्ट्यो, उता पल्ट्यो निन्द्रा त पटक्कै लाग्ने हैन क्यारे। यो कम्मर पनि कस्तो दुखेको। अघि नै आलिमा परेछ के। आफुलाई त्यतिबेला होसै भएनछ, अहिले पो कोल्टो फेर्नै हुन्न बा। यता उति को पराल तानेर ढाड मुनि अलि अग्लो पारेँ, आड दिन। बल्ल अलिक आराम भो। कान मुनितिर खसर खसर गर्छ फेरि। खजुरो हो कि भनेर डर पनि लाग्यो। अँध्यारो मै हात ले ठ्याक ठ्याक हानेँ पराल माथि बाटै। अहिले खस्यार खुसुर बन्द भो। मरेछ क्यारे। तै पनि कानमा पस्छ कि भनेर गोजिको रुमाल निकालेँ र कान मा बाँधेर सुतेँ। त्यै सरलेले बुट्टा भर्देको रुमाल हो फेरि। बिर्सिसक्याथेँ, फेरि सम्झेँ रुमालले गर्दा।

*** *** *** *** ***

पारि सिममा लागातार कुकुर भुकारा'छ फेरि, अगिनै देखि। मिल चैँ अहिले बन्द भे'छ। माथि तिर कसैले कराउदै गरेको सुनेँ। के रै'छ भनेर यसो कान थापेँ। त्यै यामे मोरो जस्तो छ। एक हप्ता भरि खोलामा माछा मार्छ र आगोमा पोलेर सुकुटी पार्छ आर्को हप्ता ठाटीँभञ्ज्याङ लगेर बेच्छ। त्यहि पैसाले मज्जा सँग रक्सि खान्छ र राति कराउँदै घर फिर्छ। अचम्मै छ के त्यसको बानि फेरि। जसको घर नेर पुग्छ, त्यसैलाई सकिन्जेल गालि गर्छ, ३ पुस्तालाई नै सराप्छ, अनि अगि बढ्छ। तर आज सम्म कसैलाई हात हालेको चैँ थाहा छैन है मलाई। बरु सराप्दा सराप्दै "के छ यामे? ए ! फर्किइस्?" भन्यो भने उल्टै "नमस्ते है मुखिया साप" भन्छ। सबैलाई थाहा छ उसको बानि। न'भाको कुरो गर्दैन नि त फेरि। दुधको दुध पानी को पानी बोलिदिन्छ। त्यसैले त सबैले आफुलाई सराप्दा चुप लागेर भित्र बसि सुन्छन् र जब अरुको पालो आउछ, खकार्दै बाहिर निस्कन्छन् र घोक्रो फुलाएर हाँस्छन।

आज पनि त्यसको फर्किने बेला भएछ। भने पछि १२:०० त पक्का बजि सकेछ। बिचरा ! उसलाई पनि कम्ति गारो छ ? करिब १४५ घरधुरिलाई एकै रातमा सरापेर सक्नु छ। न्यायमा पक्का छ। कसैलाई छुटाउँदैन। खायो त खायो, आफ्नै पैसा। कसको बाउको के लाग्ने त्यहाँ।

*** *** *** *** ***

फेरि अघिको घटना ले झस्काउँछ मलाई। सपना जस्तै लाग्छ । पहिले सुनेको मात्र थेँ, आज त भोगेँ। आखिर म त डराइ न नि, त्यहि सरले बरु डराइ। के के नै हुम् भन्थि, केटाहरु सँग "केटी भे'नि के भो त तिमेरु भन्दा के कम छु" भनेर भनेर अड्डी कस्थी। आज देखिहालियो नि केटीको फुर्ति। मैले पो फकाउन परि राख्या उल्टै। आफ्नो मर्दाङगिपन मा गर्व गरेँ र त्यसको जनानीपन मा खिस्सि उडाएँ।
कान टुनुनु्न्न गर्छ। आफ्नै हात आफैलाई घाँडो हुन्छ। छाति माथि राखौँ भने ऐठन हुन्छ भन्छन। सिधा गर्दा तल तिर च्याप्पेर सुत्नै नमिल्ने। उत्तानो परेर सुत्दा फेरि माथिबाट धुलो खसेर आँखामा पर्ने नि फेरि। खुरुक्क यो हात पनि कपडा जस्तै किलामा झुण्ड्याएर सुत्न पाए नि हुन्थ्यो जस्तो भो के मलाई त।

*** *** *** *** ***

परालको भारि तिर फेरि खसर खसर गरेको सुनेँ। सरले ले तल बाट हात छिराइ कि क्याहो ? आफै जस्तो ठाने नि। एसो हात बढाएँ, केहि छैन बा। उता बाट सरले ले पराल मा ठ्याक् ठ्याक् पारी। मुसा रैछ क्यारे। मैले नि भारि मा एक दुई पल्ट लातले हाँने। सरले बोल्छे कि भन्ने झिनो आसा पलायो, तर के को बोल्थि केटी। झन रमाइलो हुन्छ भनेर घरबाट "चिसो हुन्छ न जा" भन्दा भन्दै चम्केर आ'को। घरि घरि सम्झेर दिक्क लाग्यो। त्यहि सरले ले त हो नि फेरि आउ कि आउ भनेर कर गरेकी। यति हुनु रै'छ र।

*** *** *** *** ***

ज्याग्दी एकोहोरो सुसाइरा'छ। रातको सन्नाटामा अहिले ज्याग्दीकै हालिमुहाली छ। घरि घरि कितिर्काको क्यार क्यार सुनिन्छ। घरको न्यानो ओछ्छ्यान छाडेर यो सिरेटो मा सुत्ने मेरो बाल-रहर। आज किन हो कुन्नि आर्कै अनुभुति भैरे'छ। मनमा नानाथरि कुराहरु खेल्न थाल्छन। तर कता कता अप्ठेरो भै'रेछ, घाँटीमा हाड अड्केको जस्तो। न निल्न सकिन्छ न ओकल्न। मलाई त सरले सँगका पुराना दिनहरु एक एक सम्झना हुँदै जान थाल्यो।

*** *** *** *** ***

-भउते
 
Posted on 07-03-05 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा प्रश्न है!!!!
यो भउते र सरु दाइ एउटै हुन्???
जे भएनि यो सरला काव्यमा म हाजिर है॥ :०)
निर्माण
 
Posted on 07-03-05 12:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म पनि हाजिर छु है
रँlईलो
;-)))
 
Posted on 07-03-05 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-03-05 7:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

****
हामी पनि जान्थेउँ रातिको हाट भर्न भनेर तल गैरी खेतमा। अहिलेको जस्तो सुरक्षाकर्मी र माओवादी भनाउदाहरुले दु:ख दिँदैनथे तेसबेला। यि दुबैथरी जनताका गाँउघरतिर पाईला नटेक्ने हो भने त अहिले पनि केहि डर हुन्नथ्यो होला नि। एकथरी मात्रै भएपनि बरु अलिक सजीलै हुन्थ्यो कि। नाम चाहिँ सुरक्षाकर्मी रे काम चाहिँ हत्या र आतँक। नाम चाहिँ कम्युनिष्ट रे, काम चाहिँ गरीब जनतालाई ढाल बनाउने। लड्न त लडुन, हामी जनताको के टाउको दुखाई । तर बस्तीहरुबाट टाढै बसेर लड्नु नि। तातो न छारो, जहिले पनि डरमै बस्नु पर्ने।

***
मोलुङ खोलाको छेउमा हाट लाग्थ्यो दशैंको टीकाका दिन, तिहारमा भाई टीकाका दिन र माघे संग्रान्तिका दिन। तर त्यो हाटको बिशेषता दिउसोको हाटको भन्दा बेग्लै नि फेरी। तरुना तन्देरीहरु रातभरी अँगालो हालेर गीत गाउने, कोदोको रक्सी खाने, रातभरी नाच्ने, पिँङ खेल्ने। यसो झकाउन मन लागे, केटीहरूका बिचमा पसेर लुसुक्क सुत्ने । केटाहरुको बिचमा मात्र बसो भने त सिरेटोले टिक्नै नदिने। केटीहरूसँग चाहिँ बाक्ला ओढ्ने हुनेहुँदा न्यानो हुने। त्याँमाथि केटीहरु तेसै पनि ताता। सत्य भनेको मैले, दिउसो र समाजको अगाडि चाहिँ केटीहरूसँग नजीक पासो जानलाई हिच्किचाए पनि त्यो रातीको हाटमा चाहिँ हामी "सरू र सरला" जस्तो परालको बार चाहीँ लगाम्दैनथेम। तेहाँ जात भात को पनि कुनै पर्बाह हुन्नथ्यो। कस्ता राम्रा केटीहरू थिए, जात चाहिँ कमिनी रे। आफूचाहीँ बाहुन परियो। तर पनि मन नै थाम्न नसक्ने के। हामी बाहुन जति मिलेर कोड भाषा देका थेम "पण्डितनीहरू" भनेर ति कमिनीहरुलाई। "ए आज कान्छी पण्डितनी पनि जाने रे के हाटमा जाउँ है साथि हो, भने पछि तरुना जति सप्पै बाटो लाग्थे। कस्ता मीठामीठा गीत गाउँथे तिनेरूले।

बाकीँ सरुको अर्को भाग पछि।
------
ओके
 
Posted on 07-03-05 8:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)

>कतिबेला आउँछ, पवित्र चन्द्रमाको सतित्वमा धावा बोल्छ र फेरि एकैछिनमा पानीको फोका जस्तै बिलाएर जान्छ।
>बरु सराप्दा सराप्दै "के छ यामे? ए ! फर्किइस्?" भन्यो भने उल्टै "नमस्ते है मुखिया साप" भन्छ। सबैलाई थाहा छ उसको बानि। न'भाको कुरो गर्दैन नि त फेरि। दुधको दुध पानी को पानी बोलिदिन्छ। त्यसैले त सबैले आफुलाई सराप्दा चुप लागेर भित्र बसि सुन्छन्
 
Posted on 07-04-05 3:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निर्माण भाइ
त्यै भउते हो यो। अब "सरु" दाइको सरु चैँ कथा भैहाली, भउते मात्र बाँकी भो।

यो Hushpuppy ले चै झ्याल बाटै हाजिर गरेर हिँडे जस्तो छ नि। :)

ओके दाइ भाउजुलाई था' छ कि छैन ति कुरा?

ओइ दादा, कि सञ्जुका कथा फेरि फुराम् होइन भने यो भउतेले अब यहाँ फोहर फाल्न थाल्यो, होssss त्यसरि अलि अलि क्यै काम लाग्छ कि जस्ता खोजेर पढ्दै बसम् अब।

राँइला बा लाई फेरि तरुनीका कुरै गर्न हुन्न गाँठे, कान सम्म पुग्ने गरि मुख बाएर हाँस्छन्।

सबैको हाजीर सदर ल।

:)
-भउते
 
Posted on 07-04-05 4:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सरभक्त-२ (साझा बसिबियाँलो)

घण्टी बज्यो, सबैजना हुरुरु दुगुरे। म चैँ अलि पछि परेँ। कक्षामा पस्दा सबै बसिसकेका थे। गोबिन्दे त पहिलो बेन्चमा नै बसिसकेछ। यो मेरो स्कुलको तेस्रो दिन थ्यो। अघिल्ला २ दिन त कता कता बाट बस्ने ठाम पाएछु। आज मिलेन। यसो हेरेँ झ्याल खाली रे'छ, त्यहिँ बसे।
उत्तिखेरै सबैजना उठे र "गुड मनिङ सर" भने। हामी कक्षा १ मा थे'म्। त्यो के भनेको हो कसैलाई था' थे'न, जे सिकायो त्यहि त हो नि, "गोपि कृष्ण को पट्टु" भन्या जस्तो। हेडसर आम्नु भा'रे'छ । म झ्यालमा उठ्न नमिल्ने, चुप लागेर बसिरहेँ।
"ए भउते , किन झ्यालमा बसेको, एता आइजे" हेडसरले बोलाम्नु भो। म नजिकै गएँ।
"उ त्यहाँ बस्" हेडसरले केटीहरु बसेको तिर देखाम्दै भन्नु भो।
मेरा त कान राता भए। मैले सुनेको नसुन्यै गरेँ।
ढोकाबाट भित्र पस्ने बित्तिकै देब्रे तिर केटाहरु बस्ने बेन्च थियो अनि दाहिने तिर केटीहरुको।
केटाहुरको तिर टनाटन थियो। केटीतिर भने ६-७ जना अट्ने पहिलो बेन्चमा ३ जना मात्र थे। दोस्रो र तेस्रो चैँ भरि थ्यो।
" सुनिनस् भनेको, जा ल अलि पर सर्दे सरला" हेडसरको स्वर अलि चर्को भो।
"नाइ, लाज लाग्छ" मैले अलि डराम्दै भने। बाहिर जतिसुकै सँगै खेले पनि कक्षा भित्र चैँ केटाहरु र केटीहरु छुट्टा छुट्टै बस्थे। सँगै बस्न कोहि मान्दैनथे।
"के रे ???..फुल फुट्न पाछैन लाज लाग्ने भुराहुरलाई। खुरुक्क गएर बस्छस् कि हानम् चड्कन ?" सर मुसुमुसु हाँस्नु भो तर झन चर्को स्वरमा भन्नु भो।
" आउ भउते, किन लाज मानेको?" उ अर्थात सरला ले उता सर्दै भनि। नजाउँ भने पिटाइ खाइने, फेरि अहिले त त्यो केटीले नै बोलाई। पहिला नि बोल्दै नबोलेको, चिन्दै नचिनेको, त्यो पनि केटी सँग कसरी सँगै बस्नु भनेर अलि अप्ठेरो लाग्या के।

*** *** *** *** ***

"आइमाइको बिचमा चिबे नकटो !!! ............. आइमाइको बिचमा चिबे नकटो !!! ............"
सर बाहिर निस्कन नपाम्दै त ठगेले भाका मिलाएर कराम्दै उफ्रिन थाल्यो, अरु कोहि हास्न थाले, कोहि तालि बजाम्दै त्यसै सँग पो कराम्न थाले।
"ओइ, खोजेको होस् तैँले" यसो हेरेँ, बेन्च अड्याम्न राखेको ढुङ्गा रे'छ त्यै टिपेर ट्याईअँ हाने। केटाको त टाउकोमै लागेछ।
" मरेँ बा sssssssss??.." ठगे हातले टाउको समाउदै करायो।
म पत्तासाफ घरतिर दुगुरेँ।

*** *** *** *** ***

" जान्न त्यस्तो जाबो स्कुल सिस्कुल, बस्ने ठाम पनि छैन, झ्यालाँ बस्नु पर्छ" मैले कुम ठोक्दै भने। हुन त त्यो ठगेको डरले हो जान नमानेको। क्यार्नु, सिधै भन्यो भने झन घर मै चुटाइ खाइने। हिजो ढुङ्गाले हानेको त्यसलाई, के के भो, फेरि सरहरुले पिट्ने हुन्कि।
"जान्छस कि बुबालाई भन्दिम?"
भो अब ?, आमाले बुबालाई भनिदिनु भो भने त बर्बाद हुने भो। बुबा सँग सारै डर लाग्ने नि फेरि। पोहोर साल के भे'र हो कुन्नि दाई स्कुल जान नमान्दा बुबा ले दुइटा खुट्टा समाएर तुर्लुङग झुण्ड्याएर अनि झापड हानेको सम्झेँ।
"ल आज चैँ गएँ, भोलि देखि मरे नि जान्न म" घुर्कि लाम्दै स्कुल तिर लागेँ।

*** *** *** *** ***

तगेराबाट बाहिर निस्के पछि के गरम् के गरम् भो। जाम् भने नि पिटाइ खाइने, नजाम् भने नि पिटाइ खाइने। अलि माथि पुगेको त बाङ्गे गर्होमा मस्राङगी दाई बाख्रा चराम्दै रे'छन। म पनि त्यतै तिर लागेँ।
"सान्बाबु आज स्कुल न'गाको?"
"बिहान ज्वरो आयो, त्यसैले आमाले नजा भन्नु भो" कुरा बनाई हालेँ।
"अनि तिमी चैँ किन न गा त?"
"आज बा वालिङ गए, त्यसैले बाख्रा हेर्न पर्यो"
मस्राङगी पढाइमा सारै तेज थियो पहिले। ५ कक्षामा फस्ट भेर सुन्तलीटार हाइस्कुलमा गा'को। त्यहाँ ६ कक्षामा ६-७ वटा स्कुलका फस्टहरुको कम्पिटिसन हुन्थ्यो। मस्राङगी चैँ थड भा'को रे ६ मा। त्यो नै ठुलो कुरा थ्यो। हाम्रो स्कुलको कोही पनि फस्ट, सेकेण्ड, थडमा परेका थे'नन् रे के पहिले।

*** *** *** *** ***

"सान्बाबु त्यो झ्याङ्लीलाई यता फर्काइ दिनुस त, उता मकै खान जाला जस्तो छ" मस्राङगी कालिकाठको लौरो खुर्किदै थ्यो। बारीमा हिउँदे मकै थे। मैले त्यसको बाख्रा फर्काइदेँ र फेरि त्यो नजिकै आएर बसेँ।
त्यसले निबुवा ल्या'को रे'छ। निकाल्यो र काट्न थाल्यो। मेरो मुख रसाएर भरि भो, घुटुक्क थुक निलेँ। त्यसले बोक्रा निकालेर साल को पातमा राख्यो। मैले एउटा बोक्रा टिपेर खान थालेको त "अहिले नखानुस् न त्यो बोक्रा, पछि यो खाएपछि दाँत कुडिन्छ, अनि बोक्रा खायो भने ठिक हुन्छ के" भन्दै थियो, "यो जुठो भैहाल्यो, ल अब अरु खान्न। मुखाँ पानी आयो के" भन्दै चपाउन थालेँ।

*** *** *** *** ***

"हजुरलाई त ज्वरो आ'को भुन्या होइन? अमिलो त खान हुन्न ज्वरो आ'को मुन्छे ले" मस्राङगीले बोक्रा आफुतिर तान्दै भन्यो।
"बिहान मात्र हो ज्वरो आको त, अहिले निको भैसक्यो" कुरा मिलाम्नै पर्यो, क्यार्नु।
"लु त्यसो भे' एउटा चिरो मात्र खानुस है" भन्दै ४ भागको १ भाग मलाई दियो। झोला बाट बिजुली खैनिको बट्टा निकाल्यो। नुन खुर्सानि ल्याको रे'छ बट्टामा। नुन त रातै, थुप्रो खुर्सानि राखेको रे'छ। खाँदाखेरि अलि अलि खैनि पनि गनाथ्यो।
खाएर सक्दा नसक्दै त दुबै जना ले क्याँक-क्याँक र कुँक-कुँक गर्न थानेम् नि, पिरो र अमिलोले। थुक जमेर निल्नै नमिल्ने भो। आँखा बाट आँशु, नाक बाट सिंगान, के भन्नु अब।
"जाम यार, खाल्टेमा गे'र पानी खा'र आम्" मस्राङगीले बाख्रा यसो बनतिर लगायो, अनि हामेरो झरेम खाल्टेको पँधेरो तिर।

*** *** *** *** ***

खाल्टेमा फुलमायाँ र लुखुरी रे'छन्। पानी लिन आ'का, खुट्टा घोट्दै बस्यारे'छन्। तिनेरुले हाम्लाई देखेनन्। मस्राङ्गी सुटुक्क पछाडि बाट गयो र फुलमायाँलाई च्याप्प कम्मरमा समातेर कुवामा धकेले जस्तो गर्यो।
"आब्बुइ ssssssssss, कस्तो मातेको यो मस्राङगी। कस्तो तर्सेँ बाइ" फुलमायाँ त खङ्रङ्गै भइछे। त्यसले त दिउरी भरि पानी उभाइ र मस्राङ्गीलाई पचत्तै छ्यापि दिई। त्यो त रुझेको बिरालो जस्तै भो।
फेरि मस्राङ्गीले नि फुलमायाँको हात बाट दिउरी खोसेर पानी उभाउन थाल्यो। फुलमायाँ भाग्दै थिई, पछि पछि गएर टाउको बाट नै खन्याईदियो। उसैत त नक्कली, रुझेपछि त झन कस्ति राम्री देख्खेकि भनि।
म अलि पर बाट हेर्दै हाँस्दै थेँ, "यो भउते बाबु फेरि किन हो नि पन्छेको जस्तो परै बसेको, तरक्क परेर" लुखुरी मस्किई। त्यसले त मलाई पो ताकेकी यार, के भुन्नि अब।

*** *** *** *** ***

:)
-भउते
 
Posted on 07-04-05 6:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउतेजी,

मैले त भाउजुको अगाडि नै बसेर टाईप गरेको नि। भाउजुलाई थाहा नहुने त कुरै छैन। भन्ने नै हो भने मैले यो धागोमा लेख्नु अगि नै भाउजुलाई थाहा थियो। अझै सत्य कुरा गर्ने हो भने, हाम्रो विहे अगाडि केटा केटी गफ गर्छन् नि, हो तेहि वेला पनि भनेको थिएँ, गाउँका कुरा। त्यो भन्दानी अगि यसो ककनी, नगरकोट तिर घुम्न जाँदा पनि नभनेको हैन। पुल्चोक क्यामपसको फुटबल ग्राउन्ड मास्तिर भित्तामा सल्लाको बोटमुनि छलिएर बस्ता पनि तेहि कुरा दोहो-याएको थिएँ, कतिपटक त। तपाई रोडबाट तल माथी गर्नु हुन्थ्यो, हामी चाहिँ तपाईँलाई नदेखे जस्तो गर्थेम, हो कि हैन भन्नुस् त? जति भन्दा नि केहि लागेन। खै "बिहे नगर्ने म त यस्तो मान्छेसँग" भनिनन् क्या रे! क्या बोर हेर्नुस् न। बिचारा शहरमा बस्नेलाई गाँउको कुरा के थाहा?

***
केटीहरुको बेन्चिमा त के, छेउमा पर्दा पनि मुटुले ठाँउ छोड्थ्यो मेरो त। सानो हुँदा त के गरेँ थाहा छैन, ५ कक्षा पछि त म केटी भनेपछि टाढाबाट गफ गर्न नै छुलछुल, रातिको हाटमा बाहेक। ६ कक्षामा पढ्दा तेहि गोडा दशेक हुदाँ हुन केटीहरु। मुल्किलले २/३ जना सँग बोलेँ हुला। "हिसाब सिकाइदेउन" भनेर आउँदा पनि सरसर हिसाब गरेर कहिले सकेर भाग्नु जस्तो लाग्थ्यो। केटीसँग बोल्यो कि बात लाग्ला भन्ने डर के। ६ कक्षाको कुरा गर्दा एउटा घट्नाको याद आयो। दाईने तिरको २ बेन्चिमा केटीहरु बस्थे। देब्रे तिरको केटाहरु बस्ने बेन्चीहरु म स्कुल पढ्दा पुरै भरिएका। अनि त तेहि केटीहरु भन्दा पछाडिको बेन्चिमा बस्नु पर्ने हामी टाढा टाढाबाट जाने केटाहरु चाहिँ। नबोले पनि मोज्जाले पादिदियो भने केटीहरू नाक छोप्दै कुद्थे। हुँदा हुँदा अब त पाद्ने कम्पिटीसन हुन लाग्यो । केटीहरु पनि पाद्ने, केटाहरु पनि पाद्ने । मेरो छेउमै बस्ने गर्थो पारी गाँउबाट आउने लाक्पा। एकदिन त बिचारा कनेर पादेँ भनेको कट्टुमै छेरेछ। अब परेन त फसाद। बिचारा टाउको चाहिँ माथि नै राखेर तल भुईँमा टुक्रुक्क बसो। निलो कालो हुन्छ बा। हैन ए के भो भनेर सोद्दा मरिगए बोल्ने हैन। ठसठस गनाउँछ मात्र। पछि दु्र्गा मिसले के भो भन्छस्कि तँलाई कुटौँ भनेपछि बिचारा रूदैँ भन्यो "मिस मैले पादेँ भनेको त ....."। हामी सबै बाहिर गयौँ। अनि बिचारा सब सफा गरेर घर गयो। १ हप्ता सम्म स्कुल आएन।

फेरी बाँकि पछि...
------
ओके
 
Posted on 07-04-05 8:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

> त्यसले त मलाई पो ताकेकी यार, के भुन्नि अब।
१ किलाँसमै त्यस्तो कुरा बुझ्देको? भनेसी ऐले त कस्तो जात्रा हुन्थ्यो होला, उतै भऽ भे।

 
Posted on 07-05-05 12:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाठा छन भउते
आखिर (...)जालि जो परे :-P
;-)
तर जे भा नि कहानि चँइ खास्?सा छ है.. दिम दिम अरू नि दिम l

 
Posted on 07-05-05 4:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउतेजी मैलेनी ध्यान दिएर पढिराछु। साह्रै मजाको छ तपाईंको लेख्नेशैली, डाह लागेर आउँछ रे क्या।:)

भउतेको कथा पढ्दा पोखरा जाने बसबाट वालिङ ओर्लेर उँखुको लाक्रो किनेर चपाउँदै मिर्मी झरेर जगतभन्ज्याङ हुँदै ज्याग्दि फाँटबाट मान्केको उकालो चढेर मामाघर पुगेको सम्झना आयो। वर्षौं भयो त्यो बाटो नहिंडेको तर ज्याग्दीको नाम सुन्नासाथ एउटा गीत याद आउँछ -
ज्याग्दिखोलाको हो तिरैमा वसेर
जाउँला माछी मारेर फुर्लुङ भरेर

(धेरै भयो नसुनेको उल्टोपाल्टो परेको भा सच्यादिनुस ल )
 
Posted on 07-05-05 11:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउतेजी, कथ। स।ह्रौ र।म्रो लाग्?यो । गुणगान गनुं टाइ'पले मार
खायो । म पनि बिरुवा ज्?याग्?दी तिरकै हुम्? । शुभकामना छ । उहि झम्?झम्? परेली



 
Posted on 07-05-05 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो त उता सुतेको बेलाँ सोचेको नि दादा, फल्याँस ब्याक ........ रे क्या :)
ओके, रायान, नयाँ प्रयोगकर्ता बुरो सबैलाई धन्यबाद

नयाँ प्रयोगकर्ता, गीत सुल्टैहोला सायद मैले नि बिर्सेछु
 
Posted on 07-05-05 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल, झम झम परेली जी नि टुप्लुक्क आउनु भे'छ, स्वागत छ। बस्दै गर्नुस, म चिया पकाउँछु।

:)
-भउते
 
Posted on 07-06-05 12:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झमझम परेली,
आम्दै हो? अघि त्यो अर्चलेबाट धोबादी सम्म गहूँको थुन्से बोकेर हिँड्या केटीको पछि पछि उक्लिनी हजुरै हो?
तल्तिर बारीमा पसेर हजुरले बोडि चोरेर खानु भो।
मैले "को हो त्यो बोडी चोर्नी" भनम् कि जस्तो लाग्या थ्यो केटीको अगाडि के गालि गर्नु भुनेर नबोली बसेँ फेरि।

 
Posted on 07-06-05 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे, काँक्रा चोरेको याद आयो
 
Posted on 07-06-05 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउतेजी, बिरुवा बजारको भट्?टीमा ७ पाने कोदोको रक्?सी खाने मजस्?तो मान्?छेले केको चिया खाने ? अनि दादा गिरीजी सरि ल मलाइ त्?यो केटी तपाइको लभर भनेर थाहा भएन , यसो मुख छोडेको त हुन्?छा भनि अनि धोबादीबाट वोरालो लागी हाम्रो मनसुभा सिद्?ध बाबाको गूफामा पूरा गरेम्?

In jest,
Jham Jham Pareli


 
Posted on 07-06-05 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:०) हाजिर है!!!
 



PAGE:   1 2 3 4 5 6 7 8 9 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
ए १ पनि पुगेनछ ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters