sukla
Replies to this thread:
More by sukla
What people are reading
Subscribers
Please log in to subscribe to sukla's postings.
:: Subscribe
|
bahun forecast future in Nepal
|
[VIEWED 3936
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
sukla
Please log in to subscribe to sukla's postings.
Posted on 05-13-11 3:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
२१ मे २०११ साँझ ६ बजे भित्र शनिबारको दिन नेपाल, भारत, चीन, पाकिस्तान र अमेरिकामा राजनीतिक तथा प्राकृतिक ठूला घटना तथा दुर्घटना हुन सक्ने ज्योतिषीय अध्ययन अनुसन्धान र गणितीय हिसाबले देखिएको छ। ज्योतिषीय ग्रहहरूको गणनाअनुसार विश्वमा र नेपालमा ठूलो दैवीप्रकोप अथवा राजनैतिक घटना परिघटना हुने वा ठूला हस्ती मारिन सक्ने अनुसन्धानबाट देखिन्छ। कुनै प्रभावशाली नेताको निधन अथवा हत्या वा दुर्घटनाबाट मृत्युको योग पनि परेको देखिन्छ।
२१ मे २०११ साँझ ६ बजेको कुण्डली
तुला लग्नको स्वामी शुक्र सातौं भावमा पीडित भई बसेकाले नेपालको स्वतन्त्र अधिकारमा अरुले हस्तक्षेप गर्ने देखिन्छ तर लग्नमा परेको स्वगृही दृष्टिले तथा बुध, बृहस्पति र मंगलको पूर्णदृष्टिले राष्ट्रिय पहिचानमा विवेकीहरू, बुद्धिजीविहरू, कलाकारहरू र सैनिकहरू जागरुक हुनेछन् साथै सफल पनि हुनेछन्। आठौं भावमा शत्रुक्षेत्री सूर्य पीडित भई बसेको छ तथा अष्टमेश शुक्र सातौं भावमा पीडित भई बसेको छ, जसको प्रभावले शासकीय स्वरूपमा परिवर्तन आउने देखिन्छ भने धर्मभावमा बसेको केतुको प्रभावले धार्मिक संगठनबीच दंगा हुने र अन्तिममा सनातन धर्मावलम्बीले जित्ने देखिन्छ। राहु र चन्द्रमाको तृतीय भावमा परेको विषयोगले कुलतीहरूको व्यापार व्यवसाय गुप्त रूपमा फस्टाउने देखिन्छ। झलनाथ खनालको सरकार बाह्रांै भावको शनिले र तेस्रो भावको चन्द्रमाले डग्मगाउने देखिन्छ। त्यसैले राष्ट्रको दिगो शान्तिको लागि शनि, राहु र सूर्य तथा चन्द्रमाको जय–हवन सरकारको तर्फबाट हुनु आवश्यक छ। होइन भने सोही ग्रहको प्रभावले नेपालको राजनीतिक धरातलमा जो कोही हस्तीको अवसान गर्ने गराउने कामसमेत नहोला भन्न सकिन्न। नेपालमा राजनीतिक उथलपुथल मच्चिन्छ। राष्ट्रिय एकतामा आँच आउने एवं राष्ट्रिय अखण्डतालाई टुक्राउने तत्वहरू सक्रिय हुनेछन् तर त्यसको मुकाविला राष्ट्रवादी शक्ति र नेपाली सेनाले गर्ने हुँदा केही रक्तपातको स्थिति पनि नआउला भन्न सकिँदैन। जसमा राष्ट्रवादी शक्ति (सेनाको विजय हुने योग देखिन्छ। ठाउँ ठाउँमा साम्प्रदायिक दंगा, धार्मिक आतंकवाद र आपराधिक गिरोहहरूले उद्दण्डता मच्चाउने प्रबल योग देखिन्छ। प्रहरी प्रशासनमा भ्रष्टाचार व्याप्त हुने र केही प्रहरीका उच्च अधिकृतहरू कानुनी दायरामा पर्ने योग परेको छ। भारतमा अष्टमा सूर्यको प्रभावले जुनसुकै क्षेत्रमा पनि ठूला ठूला आगजनी र चन्द्रमाको प्रभावले सामुद्रिक आँधीबाट जनधनको क्षति हुने देखिन्छ। केन्द्रमा बसेको शुक्र र मंगलको विरोधपूर्ण योगले भारतको नयाँ दिल्लीमा आतंकवादी हमला हुने देखिन्छ। धार्मिक, साम्प्रदायिक ठूला घटना घट्नेछन् जसको प्रभाव नेपालमा समेत पर्नेछ। जापानमा भने राहुसँग बसेको चन्द्रमाको प्रभावले फेरि पनि सुनामी र भुईंचालोको सम्भावना देखाउँछ। उत्तरी छिमेकी राष्ट्र चीनमा पनि साम्प्रदायिक दंगा र तिब्बतको विषयलाई लिएर युद्ध भड्किने तथा प्राकृतिक प्रकोपका घटना हुनसक्ने प्रबल योग ग्रह गोचरबाट देखिन्छ। पाकिस्तानमा आतंकवादी तत्वहरू सक्रिय हुने धेरै धनजनको क्षति हुने र हिंसा भड्किने, राजनीतिक उथलपुथल हुने योग देखिन्छ। अमेरिकामा पनि आतंकवादी हमला हुनसक्ने र ठूलो दैवी प्रकोपको घटना हुनसक्ने योग देखिन्छ।
आश्चर्यजनक कुरो के छ भने जेठ ७ गतेको कुण्डली उपर्युक्त राष्ट्रहरूको एउटै पर्न गएको छ। त्यसैले विश्वमा देखिने घटनाक्रम पनि पालैसँग थोरै प्रकृतिको हुनसक्ने योग देखिन्छ। हुन त त्यसदिन विश्वमै महाप्रलय हुने भन्ने भारत र अमेरिकाका कतिपय ज्योतिष र भूगर्भविद्हरूले दावी गर्दै आए तापनि महाप्रलय नै हुने देखिदैन। नेपालको हकमा उक्त दिनदेखि पछाडि नेता र राजनीतिक दलहरूप्रति जनतामा वितृष्णा फैलिने र घृणा जाग्ने हुँदा अर्को नयाँ परिवर्तनको चाहना शान्ति र समृद्धिका लागि तीव्र हुनेछ। जनतामा धार्मिक र आध्यात्मिक चेतनाको खोजी सशक्त रूपमा बढेर जानेछ कुण्डलीको ग्रहस्थिति हेर्दा नेपालको पूर्वी तराई र राजधानीमा विस्फोटन, आपराधिक गतिविधि तीव्र हुनेछ भने प्रहरी प्रशासन कमजोर र निरीह बन्नेछ। त्यस अवस्थामा सेना शान्तिका लागि सक्रिय बन्नेछ।
२१ मे २०११, शनिबार साँझ ६ बजेदेखि नेपाललगायत छिमेकी राष्ट्रहरू र विश्वमा हुने घटनाक्रमलाई हेर्न बाँकी नै छ।
|
| |
|
|
|
|
sukla
Please log in to subscribe to sukla's postings.
Posted on 05-13-11 11:40
PM [Snapshot: 139]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
"नेपाल, भारत, चीन, पाकिस्तान र अमेरिकामा राजनीतिक तथा प्राकृतिक ठूला घटना तथा दुर्घटना हुन सक्ने ज्योतिषीय अध्ययन अनुसन्धान र गणितीय हिसाबले देखिएको छ।" re ...
dhanna !!! africa, brazil, argentina, russia, europe, australia, antartica ko graha dashaa baliyo raichha, lau badhai chha...
नेपाल, भारत, चीन, पाकिस्तान र अमेरिकामा ma घटना तथा दुर्घटना dubai हुन सक्ने re, lau hoshiyaar bhayera basa hai .... tyo pani saano haina ठूला re ....
yo kuro patta lageko pani ज्योतिषीय अध्ययन अनुसन्धान र गणितीय हिसाब le ho re .. anusandhan matra hain, ज्योतिषीय अध्ययन अनुसन्धान र गणितीय हिसाब le re ....
hyaa ..... kyaa khataraaa guff .... haina????
21 may 2011 kahile aaulaa, fast forward garna mildaina?
|
| |
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 60 days
| Recommended Popular Threads |
Controvertial Threads |
| ए १ पनि पुगेनछ ? |
| Democrat wants to run election like in India. Chaos and Confusing to voters. |
| नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ |
| नेपाली वालमार्ट चोर |
| 200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year. |
| मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे |
| मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु |
| Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place |
| Funny when Nepalis talk about Epstein and injustice |
| नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार |
| Sukulgunda 2.0 / www.sukulgunda.com |
| Why Prachanda seems to be the smartest of them all? |
| When will Nepali women be equal? |
| बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ? |
| When will the culture of impunity end? |
| बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !! |
| Can we really get rid of Nepotism in the government? |
| आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर |
| How many ministries do we really need? |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|