[Show all top banners]

bikash kc
Replies to this thread:

More by bikash kc
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

$88888888$
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 आज लक्ष्मी जयन्ती...................
[VIEWED 12372 TIMES]
SAVE! for ease of future access.
Posted on 10-27-08 10:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाबपूर्ण श्रदान्जली महाकवी देवकोटाप्रती

http://www.esnips.com/doc/1f1f7864-11ea-4220-84c5-ddc50b185e7a/Robin-Sharma---Kun-Mandir-Ma-Janchau-Yatri

Get this widget | Track details | eSnips Social DNA

Last edited: 27-Oct-08 10:30 PM

 
Posted on 10-27-08 10:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

हरेक बर्ष झै यो बर्ष पनि लक्ष्मी जयन्ती आयो, आज महाकबिको स्मरण गरियो, शायद श्रद्दाका सुमनहरु पनि चडायिएका होलान कतै कतै। आज महाकबिको रचना सुनियो रविन शर्माको स्वरमा " कुन मन्दिरमा जान्छौ यात्री कुन मन्दिरमा जाने हो? कुन सामाग्री पूजा गर्न साथ कसरी लाने हो?" गीत सुनेर एक क्षण भाबबिभोर भइयो, मनमनमा सोचे "यो कस्तो स्वार्थी संसार है? यहाँ कसैलाई कसैको मतलब छैन, हरे यो दुनियाँ को लागि केही गरिएन है?"
भोलीदेखी उही नित्य चर्या सुरु हुने छ, मानिसहरुको घाऊमा मलम लगाउने होइन बरु तिनिहरुलाई कसरी घाऊ लगाउने सोच्नु पर्ने छ, किनकि तेसो गरिएन भने त आफू अगाडि जानै सकिदैन नि।

 


 
Posted on 10-28-08 6:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पागल

जरुर साथी म पागल !
यस्तै छ मेरो हाल ।


म शब्दलाई देख्दछु !
दृश्यलाई सुन्दछु !
बासनालाई संबाद लिन्छु ।
आकाशभन्दा पातलका कुरालाई छुन्छु ।
ती कुरा,
जसको अस्तित्व लोक मान्दैंन
जसको आकार संसार जान्दैन !
म देख्दछु, ढुङ्गालाई फूल !
जब, जलकिनारका जल चिप्ला ती,
कोमलाकार, पाषाण,
चाँदनीमा,
स्वर्गकी जादूगर्नी मतिर हाँस्दा,
पत्रिएर, नर्मिएर, झल्किएर,
बल्किएर, उठ्दछन् मूक पागलझैँ,
फूलझैँ- एक किसिमका चकोर फूल !
म बोल्दछु तिनसँग, जस्तो बोल्दछन् ती मसँग
एक भाषा, साथी !
जो लेखिन्न, छापिन्न, बोलिन्न,
बुझाइन्न, सुनाइन्न ।
जुनेली गङ्गा-किनार छाल आउँछ तिनको भाषा
साथी ! छाल छाल !
जरुर साथी म पागल !
यस्तै छ मेरो हाल !


तिमी चतुर छौ, वाचाल !
तिम्रो शुद्ध गणित सूत्र हरहमेशा चलिरहेको छ
मेरो गणितमा एकबाट एक झिके
एकै बाँकी रहन्छ !
तिमी पाँच इन्द्रियले काम गर्छौ,
म छैटौँले !
तिम्रो गिदी छ साथी !
मेरो मुटु ।
तिमी गुलाफलाई गुलाफ सिवाय देख्न सक्तैनौ,
म उसमा हेलेन र पद्मिनी पाउँछु,
तिमी बलिया गद्य छौ !
म तरल पद्य छु !
तिमी जम्दछौ जब म पग्लन्छु,
तिमी सँग्लन्छौ जब म धमिलो बन्छु,
र ठीक त्यसैका उल्टो !
तिम्रो संसार ठोस छ ।
मेरो बाफ !
तिम्रो बाक्लो, मेरो पातलो !
तिमी ढुङ्गालाई वस्तु ठान्दछौ,
ठोस कठोरता तिम्रो यथार्थ छ ।
म सपनालाई समात्न खोज्दछु,
जस्तो तिमी, त्यो चिसो, मीठो अक्षर काटेको
पान्ढीकीको बाटुलो सत्यलाई !
मेरो छ वेग काँडाको साथी !
तिम्रो सुनको र हीराको !
तिमी पहाडलाई लाटा भन्दछौ,
म भन्छु वाचाल ।
जरुर साथी ।
मेरो एक नशा ढिलो छ ।
यस्तै छ मेरो हाल !

(picked up from aakarpost.blogspot.com)


 
Posted on 10-28-08 8:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भावपूर्ण श्रद्धान्जली महाकवीलाई!

 

खुसी के हो? संतुष्टी कहाँ छ? मुनामदन बाट एक हरफ-

हातका मैला सुनका थैला के गर्नु धनले

साग र सिस्नो खाएको बेश आनन्दि मनले

 

इश्वर कहाँ छ? धर्म के हो? यात्रीबाट एक हरफ-

 

हाडहरुका सुन्दर खम्बा मांसपीण्डका दिवार

मस्तिष्कको त्यो सुनको छानो इन्द्रियहरुका द्वार

नसा नदीका तरल तरंग मन्दिर आफू अपार

मनको सुन्दर सिंहासनमा जगदिश्वरको राज

चेतनाको यो ज्योती हिरण्मय उसको शिरको ताज

शरीरको यो सुन्दर मन्दिर बिश्वक्षेत्रको माझ!

 


 
Posted on 10-28-08 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सतीले सरापेको देशमा सरस्वती प्रशाद लक्ष्मीपूजा को दिन जन्मे। लक्ष्मी जम्मै लुच्चा, ठग, चोर् अनी डाँकाको ढुकुटी मै रमाए।

लक्ष्मी प्रशाद लक्ष्मी नै नपाई मरे।


सम्झना मा सम्झिनेहरुको मन मा जती रहे, त्यती नै उनको धन भयो। एकै दिन भए नि सम्झियौ। सम्झिने मनहरुलाई सलाम छ।


 
Posted on 10-28-08 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो आउ लक्ष्मी फेरी जन्मेर म भित्र कविता मरेका छन म कवि नहुनाले म पनि बांचेको छु दु:खमा लाग्छ तिमी जसरी नै


 
Posted on 10-28-08 5:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-28-08 8:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kavi kunja, Maitidevi where the blessed son of goddess Saraswati resided and created masterpieces that have made us proud today. My obeisance to the greatest Nepali ever born on his birth centenary.

 



 
Posted on 10-28-08 10:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
H1B
When will Nepali women be equal?
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Why Prachanda seems to be the smartest of them all?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
Can we really get rid of Nepotism in the government?
Sukulgunda 2.0 / www.sukulgunda.com
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters