whyhappy
More by whyhappy
What people are reading
Subscribers
Please log in to subscribe to whyhappy's postings.
:: Subscribe
|
|
[VIEWED 10187
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
whyhappy
Please log in to subscribe to whyhappy's postings.
Posted on 08-24-08 9:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
म स“ग शब्द छैनन्," मैले पत्रकारहरूस“ग भने“, "म यसबेला एक्साइटेड छु ।" प्रधानमन्त्री भएपछि केही बोल्नर्ुपर्छ भन्ने नलागेको होइन । तर, म बोल्नै सकिन“ । सा“च्चै भन्ने हो भने यहा“सम्म आइएला, प्रधानमन्त्री खाइएला भनेर चिताएको थिइन“ । जङ्गलमा सिकार खेल्दै हि“ड्दा थाकेर लखतरान भएका बेला राष्ट्रपति र प्रधानमन्त्री हुनेतिर नलाग्ने बरु स्टेट्सम्यानसिप देखाउने भनियो । कामरेड विद्यावारििधले 'हामी गान्धी हुने' भनेर धक्कु लगाइदिनुभो । कहा“का गान्धी, कहा“ मान्छेका सिकार गरी हि“ड्ने हामीजस्ता क्रान्तिकारी, तैपनि भनियो । कुनै दिन कस्तो पनि थियो भने, सेनाको लेफ्टिनेन्ट बनिएला, नभए पाइलट भइएला । ढिकुरपोखरीबाट बसाइ“ सरेर चितवन झर्दाताकाका ती सपना सम्झेर म त्यसबेला रोमाञ्चित भए“, जुनबेला मेरो सम्मानमा नेपाली सेनाको एउटा टोली मलाई नै सलाम गर्दै थियो । अघिल्तिर नेपाली सेना सलाम गर्दै थियो, पछिल्तिर हाम्रा केटा मेरा सुरक्षाका लागि तैनाथ थिए । यो फ्युजन देखेर मनमनै हा“सो पनि उठ्यो । धेरैले भने, "संसारमा यस्तो कतै पनि हु“दैन ।" मलाई पनि थाहा छ, यस्तो हु“दैन । नेपालमा भने यस्तै अचम्मका कुरा हुन्छन् । क्रान्तिका नाममा विश्वमा अनेक कुरा भएका छन् । पेरुकै कुरा गरौ“ न † त्यहा“ के भयो - कामरेड गोञ्जालोले हामीले भन्दा दोब्बर मान्छेको सिकार गर्नुभो । आज उहा“ काराबासमा हुनुहुन्छ । उहा“ले सिकार गर्नुभो, पाउनुभो- काराबास, हामीले सिकार गर्यौ“, हामीले पायौ“- कार र आवास । मलाई यो सम्मान, सहुलियत र सपनाभन्दा सुन्दर दिन देखाउने म स्वयम् होइन । मलाई यस ठाउ“मा पुर्याउने को होलान् - तपाईं कल्पनासमेत गर्न सक्नु हुन्न । कुनै दिन देशमा काङ्ग्रेसको राज हुने गर्दथ्यो । काङ्ग्रेसीहरू मन्त्री र प्रधानमन्त्री हुन्थे । तिनलाई के भ्रम थियो भने, ती मन्त्री, प्रधानमन्त्री हुनकै लागि यस धर्तीमा जन्मेका हुन् । ती मन्त्री हुन्थे, मन्त्रालयमा चर्थे र क्वार्टरमा उग्राउ“थे, पछि क्वार्टर छाडेर आ-आफ्नै भव्य भवनमा बस्न थाले । हामी सिकार अभियानमा थियौ“, हाम्रा केटा ती मन्त्रीस“ग खर्चबर्च माग्थे, तीमध्ये धेरैले खर्च दिएको रर्ेकर्ड हामीस“ग छ । तिनले 'फलानोको सिकार गर्यौ भने खर्च थपी दिउ“ला'सम्म भने, केटाहरूले त्यसै गरििदए । काङ्ग्रेसले सरकार चलायो, सत्तँ कहिल्यै चलाएन । तिनका शासनकालमा सत्ता खण्डित थियो । ती दरबारस“ग शक्ति छ भनेर तर्सिन्थे, सेनाका मान्छे आफ्ना होइनन् भनेर झस्िकन्थे, छिमेकीस“ग थरथरी हुन्थे । सत्ता दरबारस“ग थियो, सेनास“ग थियो । काङ्ग्रेसीस“ग पञ्चहरूले थोत्रो पारेका मन्त्रालय थिए, त्यहा“को चौरमा ती दिनभर िचर्थे, रात परेपछि उग्राउ“थे । चर्ने र उग्राउने काममा ती कतिविघ्न मग्न थिए भने हाम्रँे सिकार अभियानमा तिनले खासै बाधा पुर्याएनन् । म अहिले सम्झन्छु- आखिर हामीजस्तै प्रवृत्तिका कामरेड गोञ्जालो किन झ्यालखानमा हुनुहुन्छ र हामी किन सिंहदरबारमा छौ“ - यसको कारण हाम्रँे छिमेकी शक्ति राष्ट्र पनि हो । फुजीमोरीले सीआईएको सहयोगमा गोञ्जालोलाई पाता कसे, गिरजिाप्रसादले छिमेकीको सहायता लिन सकेनन् । कमरेड विद्यावारििध छिमेकीहरूका लागि जति आत्मीय हुनुहुन्थ्यो, गिरजिाप्रसाद त्यति प्रिय थिएनन् । उनीहरू विद्वताको कदर गर्दा रहेछन्, विद्यावारििध कमरेड विद्वान् हुनुहुन्छ, गिरजिाप्रसाद त्यति पढालिखा मान्छे होइनन् । तिनले दरबारको सहयोगसमेत लिन पाएनन्, एकपटक उनले हाम्राविरुद्ध सेना परचिालन गर्ने जमर्को गरेका थिए । राजाले मानेनन्, तिनले यसो गर्नु हु“दैन भने, वास्तवमा दरबारस“ग हाम्रँे अघोषित कार्यगत एकता थियो । घटनाक्रम कसरी विकसित हु“दै गयो भने सबै थोक हाम्रो अनुकूल हु“दै गयो । हामीले नया“ सत्ता जन्मायौ“, त्यसपछि त काङ् ग्रेसीहरू झन् चेपुवामा परे, पुरानो सत्ता राजास“ग र नया“ सत्ता हामीस“ग थियो । तीस“ग के थियो, मैले पहिले नै भनिसके“ । हाम्रा केटाहरू नेपाली पुलिस सोत्तर पार्थे, यता दरबारस“ग जोडिएका जर्नेलहरू खुसीले भोजभतेरसम्म गर्थे । संसदीय परपिाटी राजालाई मन परेको थिएन, हाम्रो प्रधान शत्रुसमेत संसदीय परपिाटी थियो । यसैमा हाम्रो र तिनको मत मिल्यो । हामीले तिनलाई खबर पठायौ“, हामीस“ग मिलेर तिनलाई चिलिम फर्काउने हो - तिनले 'हुन्छ' भने । पछि ती सिल्ली निस्िकए । तिनले हामीजस्ता महान् क्रान्तिकारीलाई समेत धोका दिने चाल चले र अन्ततः आफ्नै जालमा परे । 'माघ १९' मा ती नबरबराएका भए सम्भवतः यसबेलासम्म हामी जङ्गलतिरै हुन्थ्यौ“ । त्यसपछिका कुरा त सबैलाई थाहा छ । मलाई लिन भनेर त्यसबेलाका गृहमन्त्री हेलिकप्टर लिएर सिस्लेकसम्मै पुगे । तिनको पनि मैले सक्दो सेवा लिए“ । ती बबुराको अनुहार सम्भि“mदा अहिले हा“सो उठ्छ । म त्यसदिन बालुवाटार पुग्दा मेरो दाया“बाया“ उभिएर फोटो खिचाउन त“छाडमछाड गर्ने नागरकि समाजका मान्छेको अनुहार सम्भ“mदा रमाइलो लाग्छ । ती मानिस सा“च्चै नागरकि हुन् कि भन्ने मलाई भ्रम थियो तर ती कतिसम्म पाङ्दुरे निस्िकए भने मैलेभन्दा चर्का नारा लगाएर तिनले मेरो र्समर्थन गरे । मनमा लाग्छ, नागरकि समाजका अगुवा भनाउ“दालाई मन्त्री-सन्त्री बनाएर घोडा चढ्ने हो कि - तर, पार्टर्ीी कामरेडहरू मान्नु हुन्न । भन्नुहुन्छ, "यस्ता तीन न तेह्रका दहीचिउरेलाई केको मन्त्री बनाइरहनु †" शपथ खान कुन लुगा लगाएर जाने भन्ने कुरो उठ् यो । मयलपोस सुरुवाल नै लगाउने हो कि भन्ने सोच पनि नआएको होइन । तर, पार्टर्ीी मानेन, पार्टर्ीी भन्यो, "मयलपोस सुरुवाल राष्ट्रपतिले लगाउ“छन्, ती काङ्ग्रेस हुन्, काङ्ग्रेसले जे गर्यो त्यसको उल्टो गर्नुपर्छ ।" उपराष्ट्रपतिजीले लगाएको झै“ धोती नै लगाउन पनि मन लागेन । शपथ खा“दाखा“दै फ्यास्स खुस्िकयो भने रमिता होला भनेर सुट र र्टाईमा कस्िसएर आइयो । कोट र पाइन्टसम्म त सजिलै हुन्थ्यो, यो र्टाई बा“धेको चाहि“ हल्लु“डो भिरेझै“ भएको छ । गोहोराको छाला काडेर बनाएको हल्ल“ुडोजस्तो लाग्दालाग्दै पनि कसेर आइयो, यसले ख्याप्प पारेर किलकिले समातेको छ । यस्तो किलकिले कसिएका बेला नबोलौ“ होला, पछि बोलौ“ला ।
- Bharat Bhurtel @ Nepal
|
| |
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 60 days
| Recommended Popular Threads |
Controvertial Threads |
| ए १ पनि पुगेनछ ? |
| Democrat wants to run election like in India. Chaos and Confusing to voters. |
| नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ |
| नेपाली वालमार्ट चोर |
| 200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year. |
| मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे |
| मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु |
| Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place |
| Funny when Nepalis talk about Epstein and injustice |
| नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार |
| Sukulgunda 2.0 / www.sukulgunda.com |
| Why Prachanda seems to be the smartest of them all? |
| When will Nepali women be equal? |
| बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ? |
| When will the culture of impunity end? |
| बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !! |
| Can we really get rid of Nepotism in the government? |
| आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर |
| How many ministries do we really need? |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|