[Show all top banners]

neutral

More by neutral
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 नेपाली राजनिती: अगाडिको बाटो के होला?
[VIEWED 5191 TIMES]
SAVE! for ease of future access.
Posted on 07-20-08 4:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जसरी माओवादीको हाल सम्मको रणनिती पुरानो सत्ता र अन्य राजनैतिक दलहरुलाई कमजोर पार्ने थियो, त्यसरी अव नयाँ सत्ता आईसकेको अवस्थामा अन्य दलहरुको रणनिती माओवादीलाई कमजोर पार्नेमा केन्द्रित हुने देखिन्छ। आउने दिनहरु नेपाली राजनितीका निकै चुनौति पुर्ण दिनहरु हुने छन्। गैर माओवादी गठवन्धनको सरकार बनेमा पनि स्वभाविक मानिने छ, किनभने नेपालको राजनिती गणितिय बाटोमा लागि सकेको छ। त्यस अवस्थामा माओवादीको रणनिती के हुने हो भन्ने चांहि अझै कौतुहलको बिषय छ। निश्चय पनि माओवादीले पहिले जस्तै जनविद्रोहको कार्ड फाल्ने छ तर त्यसको प्रभावकारिताको कुनै ग्यारण्टि छैन। बरु यस्तो कदम निकै जोखिम पूर्ण हुन सक्छ। माओवादीको एक हिस्सा अझै पनि बिद्रोह, मौका परे सशस्त्र समेत, को माध्यमबाट पुर्ण सत्ता हत्याउन सक्ने कुरामा विश्वस्त भएको देखिन्छ। तर वदलिएको परिप्रेक्षमा यस्तो कार्यनिती त्यति सहज छैन। माओवादीका कार्यकर्ताको लगाव अब सकेट बम बनाउने तिर भन्दा पनि जिविसको ठेक्का पट्टा तिर सरेको छ।

राजनितीलाई मुठभेठको बाटो तिर डोर्‍याउनमा कुन दल कति जिम्मेवार छन् भन्नेमा आ-आफ्नै विश्लेषण होलान् तर राष्ट्रपति निर्वाचनको सिलसिलामा देखिएका विसङ्गति पुर्ण राजनैतिक समिकरण र असहज परिणाम (राष्ट्रपति र उरा दुवै मधेसी समुदाय बाट) को जिम्वेवारीको ठूलो हिस्सा माओवादीको भागमा पर्दछ। हाल सम्म माओवादी एक विद्रोहिशक्तिको रुपमा रा्ज्य संग बार्गेनिङ गर्दै मुलुकको राजनितीलाई आफ्नो अनुकुलको बाटोमा डोर्‍याउन सफल भएको थियो। संविधान सभाको निर्वाचन परिणामले माओवादीको भुमिका विद्रोहि बाट राज्यसक्तिमा वदलिदिएको थियो। सवै दलहरुले माओवादि नेतृत्वको सरकार स्वीकार गरेको अवस्था थियो। तर ताजुबलाग्ने कुरा के रह्यो भने एउटा विद्रोहिशक्तिका रुपमा सवै राजनैतिक दल, नेताहरु र समग्र सरकारलाई समेत पूर्ण नियन्त्रणमा राख्नसक्ने माओवादी पार्टि अलङ्कारिक राष्ट्रपतिका रुपमा रहने गिरिजा प्रसाद कोईरालाको छायाँ संग तर्सन शुरु गर्‍यो। समस्याको गाँठि यहिं बाट शुरु भयो।

राजनितिले कोल्टे फेरि सकेको छ। हुन त बाबुराम भट्टराईले नेका,एमालेको राजनिती धरापमा पर्ने घोषणा गरेका छन्, तर नेका, एमालेले निर्वाचनमा शर्मनाक हार पछि गुमाउनु पर्ने खासै केहि थिएन। जनताको भारि मतको म्याण्डेट पाएको नेकपा माओवादीकसंग सामना गर्नु नेका, एमालेका लागि सहज थिएन। तर विद्रोहिको राजनिती मै अभ्यस्त माओवादि पार्टि राज्यको प्रमुख राजनैतिक शक्तिको तहमा उक्लेर वृहत सहमतिको लागि आबस्यक लचकता देखाउन सकेन। झन् पछिल्लो समयमा आएर त अविश्वास र धोकाधडिको आरोप समेत लागाउँदा समेत अर्घल्याईं नदेखिने तल्लो दर्जाको तिकडम माओवादिले अपनाउन पुग्यो।

हुन सक्छ, अहिलेको नयाँ समिकरण माओवादीकै भाषामा भन्नु पर्दा नेपाली राजनिति माओवादिको पूर्ण नियन्त्रणको निरन्तरताको क्रमभङ्ग हो। जे होस् पछिल्लो राजनैतिकको ठूलो दाउ माओवादीले हारेको छ। अस्तु


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
नेपाली वालमार्ट चोर
H1B
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters