REJINASHAH
More by REJINASHAH
What people are reading
Subscribers
Please log in to subscribe to REJINASHAH's postings.
:: Subscribe
|
पैसाले बनायको बाटो उ र उसको अतित
|
[VIEWED 6758
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
REJINASHAH
Please log in to subscribe to REJINASHAH's postings.
Posted on 06-13-08 1:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
पैसाले बनायको बाटो उ र उसको अतित
मानबिय जीवनमा पैसा त्यो वस्तु हो जसको बिना जीवनको कल्पना गर्नु भनेको कल्पनामा जीवनको सपना पुरा गर्नु हो । आज संसारका हरेक मान्छे पैसाको पछी दौडेका छन। आफन्त आफन्तमा यूद्द भयको छ , एउटा चोखो प्रेमिले पैसाको अभाबमा आफ्नो प्रेमलाई सदाकोलागी भुल्न विवस भयको छ अनी एउटा छोरा आफ्नो बाबु आमाको स्नेहरुपी छायाबाट टाडियको छ र एउटा पती बिछोडको तितो अनुभवलाई सँगाल्दै परदेसीयको छ केवल पैसाकोलागी। उ यसैको पछी दौड्दा दौड्दै आफ्ना जीवनका बसन्तहरुले डाँडा काटी रहेको समेत उसलाई ख्याल छैन। जीवनको वास्तबिक तस्बिरलाई निहालेर हेर्ने फुर्सद समेत उसलाई छैन। परिवारसँग बसेर मिठो खाने र रमाइलो गर्ने समय समेत पाउन असम्भव छ। समाजमा पहिचान र आफ्नो अस्तित्व बचाउनलाई पनि उसलाई परिवारबाट टाढा रहेर दु:खहरुलाई छातीमानै शाहनु छ। परदेशको ठाउँ उसको गाउ जस्तो छैन। त्यहाको बातावरणनै परदेशी छ । त्यहाका, रुख, हावा, पानी समेत उसको गाऊ जस्तो छैन। मनबिय बनोट एकै भयपनी त्यहाका मान्छेमा मनवातको कमी छ। सस्किर्ती, चाडबाडको त्यहा पत्तै छैन।
यस पालिको दसैंमा सदाको झै उसको गाऊमा पनि रमणिय भयको थियो होला। गाउका सबै साथीभाइको एक अर्का बिच भेटघाट भयो होला अनी रमाइलो गर्दै उ परदेशीलाई सम्झे होलान। निधारमा रातो टिका अनी कनमा पहेलो जमरा लागाय होलान। चकमन्न अधेरी रतमा टाढा टाढा देखिने छिमेकिका घरमा बत्तीहरु टिलपिलाय होलान, कुकुरको भुकाइसँग झ्यौरे गीत अनी भइली- भइली आवाजले सबैलाई दिपावलिको स्मरण गरायो होला।
गयको तिहारमात उसले पनि रातभरी गीत गाउदै ठिटाठीटीसंगै देउसी खेलेको थियो। कती रमाइलो भयको थियो स्यन्नानीको पछ्योउरी ओडेर नाच्दै गाउकी माइली आमाको हतबाट सेलरोटी खोसेर खादा अनी भईलिको पैसाले पिकनिक मनाउदा ।
तर समयसंगै कोल्टे फेर्ने यो मानबिय जीवनले आज ति सबै कुरालाई न निल्नसक्ने न थुक्नसक्ने अतित बनाएर यो सम्झनारुपी मनमा अड्कायर राखेको छ। उ जस्तै उसका साथी पनि एक अर्काबाट टाडीयका होलान। त्यसैगरी रमाइलो गर्दै दसैं तिहार मनाउने दिनहरु अब उसबाट सदाकोलागी टाडीयर गैसके । यो बाद्धेतारुपी जीवनले एक ऐना बनायको छ जसमा देखिने स्म्रीतिलाई आफ्नो मार्गदर्सन मानेर यस्तै धेरै दसैं र तिहारलाई भुल्नु पर्ने यो जीवनको बाद्धेता छ।
हरेक बिहानिसंगै मनमा एक आशालियर उसकी सानु बाटो तिर आफ्ना नयन लगाउदी हुन। आफ्नो परदेशी पती आउने आशामा तर त्यो आशा केवल आशामानै सिमित रहेर त्यो असारुपी किरण निरासामा पारीणतहुँदै डाँडा पारी हराउदो हो फेरी अर्को दिन एक नयाँ आशा ल्यायर आउने संकाल्पमा ............
|
| |
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 30 days
| Recommended Popular Threads |
Controvertial Threads |
| Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place |
| ए १ पनि पुगेनछ ? |
| मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु |
| बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !! |
| Why Oli must go for the UML to survive? |
| बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ? |
| Why Prachanda seems to be the smartest of them all? |
| When will Nepali women be equal? |
| Can we really get rid of Nepotism in the government? |
| आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर |
| How many ministries do we really need? |
| When will the culture of impunity end? |
| Deepak Bhatta could help bring down the three stooges |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|