[Show all top banners]

saan_dai
Replies to this thread:

More by saan_dai
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Another bomb blast in kathmandu
[VIEWED 7403 TIMES]
SAVE! for ease of future access.
Posted on 10-01-07 8:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

There was another bomb blast in Kathmandu near Japanese embassy today. As per news no one was injured on blast. I just heard in FM news.

Saan dai
 
Posted on 10-01-07 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-01-07 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काठमाडौँलाई कपिलवस्तु किन दुख्दैन ?

विजय पौडेल

असोजको पहिलो साता नेपाली सञ्चारमाध्यममा तीनवटा विषय निकै चर्चामा रहे । पहिलो 'इन्डियन आइडल' बनेका प्रशान्त, दोस्रो योगगुरु स्वामी रामदेव र तेस्रो कपिलवस्तु नरसंहार । कपिलवस्तु नरसंहारको स्थलगत रपिोर्टिङ्का लागि हामी बुटवल पुग्दा प्रशान्तलाई इन्डियन आइडल बनाउन प्रचारप्रसार र पैसा उठाउने काम भइरहेको थियो । तर, नजिकै कपिलवस्तुमा पीडित एवम् विस्थापितहरू भोकमा तड्पिरहेका थिए । जलेका घर, नरकङ्काल, विस्थापितका शोक अनि पति मारेर बलात्कार गरएिका महिला देखेर विक्षिप्त हँुदै भोलिपल्ट साँझ हामी बुटवल पुग्दा प्रशान्त इन्डियन आइडल बनेको खुसीयालीमा उत्सव मनाइँदै थियो ।

नेपाली मूलका प्रशान्त इन्डियन आइडल बनेको खुसीसँगै आएको दुःख हामी किन अनुभव गर्न सक्दैनौँ ? दिल्लीमा प्रशान्त इन्डियन आइडल बन्दा काठमाडौँ हाँस्छ भने कपिलवस्तुमा नरसंहार हुँदा किन दुख्दैन ? भारतमा जन्मेका, भारतमै हुर्केका अनि भारतीय प्रहरीमा कार्यरत प्रशान्त नेपाली मूलका हुनेबित्तिकै हाम्रा काँधमा सजाउन योग्य भए तर नेपालको तराईमा जन्मेर पुस्ताँैदेखि त्यहीँ बस्दै आएका मधेसी किन हाम्रा लागि नेपाली हुन सकेनन् ?

गत वर्ष माघमा तराई आन्दोलन भयो । त्यसले वर्षौंदेखि कुन्ठित मधेसी समुदायको भावनालाई मूलधारमा उजागर गर्‍यो । तर, त्यसपछि पनि तराईमा सामाजिक एवम् धार्मिक सद्भाव भड्काउन संविधानसभाविरोधी तत्त्वहरू लागिपरेका छन् । परण्िाामस्वरूप उनीहरू कहिले नेपालगन्ज कान्ड मच्चाउँछन् त कहिले लहान अनि कहिले गौर त, कहिले कपिलवस्तु । उनीहरू काठमाडौँमा बम पड्काउँछन् भने दाङमा बितन्डा मच्चाउँछन् । यस्तोबेला राजनीतिक दलहरूले पटकपटक दोहोरनिे यस्ता घटनाबाट पाठ सिकेको देखिँदैन । अझै पनि सरकार संवेदनशील नहुने हो भने यस्ता घट्ना बढ्दै जानेछन् । जनआन्दोलनको 'म्यान्डेट' सहित सत्तामा पुगेका दलहरूले समयमै संविधानसभा निर्वाचन नगरेर सङ्क्रमणकाल लम्ब्याउँदै लाने हो भने यीभन्दा ठूल्ठूला दुर्घटना हुन सक्छन् ।

कपिलवस्तुले हिंसा र मृत्यु बेहोररिहँदा काठमाडौँ जीवनलाई निरोगी बनाउन र मानसिक स्वास्थ्यका लागि स्वामी रामदेवको शिविरमा रमाइरहेको थियो । योग जीवनका लागि अति उपयोगी साधना हो । तर, स्वामी रामदेवको शिविर धाउने धेरै जनाले कपिलवस्तुले जीवन गुमाइरहेको अनुभव गर्न सकेनन् । के गौतम बुद्धको जन्मथलो कपिलवस्तुमा हिंसा मच्चिरहँदा काठमाडौँ शान्तिको सन्देश लिएर कपिलवस्तु जान सक्दैन ?

असुरक्षाको कारण देखाउँदै पहिलो दिन रोकिएको स्वामी रामदेवको शिविर सफल पार्न तत्काल सम्पूर्ण सत्तारुढ दल, सुरक्षा निकाय एवम् वरष्िठ मन्त्रीहरू शिविरस्थलमै खटिए । कतिसम्म भने सरकारबाट बाहिरइिसकेको माओवादी नेताहरूसमेत त्यहाँ पुगे । तर, कपिलवस्तुलाई सुरक्षा दिन कोही खटिएनन् । गृहमन्त्रीसहितको टोली घटनाको छैटाँै दिन मात्र कपिलवस्तु पुग्यो । जलिरहेको चन्द्रौटा बजारसँगै जोडिएको सशस्त्र प्रहरीको बेसक्याम्पबाट सुरक्षाकर्मी परचिालन नभएको आक्रोश अहिले पनि स्थानीय बासिन्दामा छ । चन्द्रौटा चौकीका जनपद प्रहरीले कुटाइ खाँदा र चौकी तोडफोड हँुदासमेत प्रशासन बेलैमा सचेत हुनसकेन ।

भदौ ३० गते कपिलवस्तु जलिरहँदा काठमाडौँमा माओवादी सरकारबाट बाहिरनिे उद्घोष गररिहेको थियो भने अन्य दलहरू उसलाई सत्ताबाट बाहिरनि नदिन फकाइरहेका थिए । सत्ताको खिचातानीमा लागेका सात दललाई कपिलवस्तु नरसंहारले समयमै पटक्कै छोएन । यसको ज्वलन्त उदाहरण हो, कपिलवस्तु घटनाको चार दिनपछि मात्र मन्त्रिपरष्िाद्को 'आकस्मिक' बैठक बस्नु । के त्यसै दिन सरकारबाट बाहिरनिे र भित्रिने विवाद छाडेर सबै दल घटनाको यथार्थ पत्ता लगाउन, जनतालाई सुरक्षा दिन र उद्धार गर्न खटिनुपर्ने होइन ? काठमाडौँको यस्तै संवेदनाहीन व्यवहारको फाइदा प्रतिगामी अनि धार्मिक एवम् जातीय सद्भाव भड्काउन खोज्ने आपराधिक तत्त्वहरूले लिने गरेका छन् ।

-पौडेल कान्तिपुर टेलिभिजनका पत्रकार हुन् ।)
 
Posted on 10-01-07 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Last edited: 06-Nov-24 03:29 PM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters