[Show all top banners]

happy days
Replies to this thread:

More by happy days
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 phool ko akha ma phoolai sansar................
[VIEWED 8976 TIMES]
SAVE! for ease of future access.
Posted on 06-17-07 7:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-17-07 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

very nice song...thanks to happy days for posting this song here.
 
Posted on 06-17-07 5:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

great!! i really like the song.but i didnt know who sang it. Is she the perosn who sang the song ?
 
Posted on 06-17-07 5:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-17-07 5:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yes, she's the original singer - Ani Choing Dolma. At the beginning, her name appears on the screen
 
Posted on 06-17-07 5:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-17-07 8:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Its really a nice song.. Spritual!!
 
Posted on 06-18-07 2:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-18-07 8:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Happy days thanks for sharing such a wonderful song with us
 
Posted on 06-18-07 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साधिका आनी स्वरकी रानी

आनी छोइङ डोल्मा बौद्धमा हुर्किएकी हुन्, उनले दोर्जी स्कुलबाट कक्षा ५ सम्म मात्र पढ्ने अवसर पाइन्। त्यसपछि उनी बौद्ध परम्पराअनुसार आनी बन्ने कठोर तपस्थाका लागि गुम्बामा बसिन्। आनीले शिवपुरीस्थित नागीगुम्बामा गुरु टुल्कु उर्गिन रिम्पोछेबाट बौद्ध दर्शनसम्बन्धी शिक्षा हासिल गरेकी हुन्।

आनीको सांगीतिक यात्राका विषयमा भलाकुसारी गर्ने हेतुले कामना प्रतिनिधि उनीकहाँ पुग्यो। त्यो दिन आनी बौद्धस्थित आफ्नै घरमा भेटिइन्। आफ्नो घर बनाउन व्यस्त उनका वरपर कामदारहरु थिए।

मोमेन्ट अफ ब्लिसदेखि आफ्नो पछिल्लो नेवारी एल्बमबारे कुराकानी भइरहँदा आनीले भनिन्- ‘मैले गुरु टुल्कुबाट शिक्षा ग्रहण मात्र गरिनँ मन्त्र पनि सिकें, सोही मन्त्रलाई लयबद्ध

रुपमा गाउन पनि सिकें। सधैं नेपथ्यमा मात्र बस्न रुचाउने मेरा गुरु अनुहार हतपत देखाउनु हुँदैनथ्यो। गुरुले मलाई सधैं भन्ने गर्नुहुन्थ्यो- ‘सामुन्नेमा आउने दुइ वटा बाटामध्ये तिमी जहिले पनि असहज र अप्ठ्यारो बाटोलाई रोज।’ ती गुरु बितेर गएको वर्षौ भैसक्यो तर आनी तिनै गुरुले देखाएर गएका बाटोलाई पच्छ्याइरहेकी छन्। त्यसैले उनी हरेक दिन सुरिलो मन्त्र गाइरहेकी हुन्छिन्। ‘जय होस् तिम्रो मंगल होस्, चित्त सधैंभरि कोमल होस्।’

‘यो क्षेत्रमा लाग्न प्रेरणा दिनुहुने गुरुलाई धन्यवाद नदिई रहन सक्दिनँ। कुरो यति हो कि उहाँ आफ्नो शिष्यको सफलता दैख्न पाउनु भएन। उहाँ आज बाँचिरहनुभएको भए विश्वासै गर्न सक्नु हुँदैनथ्यो। किनकि म संगीतमा यति सिपालु छु भन्ने गुरुलाई थाहै थिएन। गुरुले दिएको मन्त्रलाई उत्कृष्ट नमुनाको रुपमा पस्किएर गाएको देख्दा कसलाई खुसी लाग्दैन होला ? उनले ओजस्वी स्वरमा सुनाइन्।

हरेक दिन शहरदेखि गाउँसम्म गुन्जिँदै आएको आनीको स्वरमा आध्यात्मिक शक्ति छ। जो सुन्नेहरु मुग्ध नभइरहन सक्दैनन्। त्यसैले उनी अहिले निकै चर्चित छिन्। स्वदेशदेखि विदेशसम्म उनको चर्चा छ। गायन र समाजसेवाका क्षेत्रमा आनी सेलिब्रिटी नै भइसकेकी छन्।

संगीत प्रेमीहरुलाई लठ्याउन आनीहरुको भीडबाट बाहिर आएर आनी छोइङ डोल्माले आफ्नो छुट्टै परिचय बनाइसकेकी छन्। उनको आदिम स्वरमा पवित्रता र मधुरता छ। त्यसैले विदेशमा हुने उनका हरेक कन्सर्टमा विदेशीहरु पनि उनकै स्वरलाई पछ्याइरहेका हुन्छन्।

सानै छँदा उनी बसेको गुम्बामा विदेशीहरु पनि आउने-जाने गर्थ्ये। उनीहरुबाट आनीले अंग्रेजी भाषा बोल्न सिकिन्। गुरु टुल्कुको ‘ओम माने पेमे हुँ’ बोलको मन्त्रोचारण गर्ने कलामा जादु थियो। आनीले त्यही सिको गरिन् भने गुरुले पनि मन्त्रोचारण गर्ने कलामा दक्षता हासिल गर्न प्रेरणा र हौसला दिने गर्थ्यो। १० वर्षअघि गुरुले निर्वाण प्राप्त गरेपछि आनी गुम्बाबाट बाहिर निस्किइन्। गुम्बामै छँदा सन् १९९७ मा एक अमेरिकी गितारवादक स्टिम ट्विटसले आनीको मन्त्रलाई पहिलो पटक रेकर्ड गरेका थिए। सोही उच्चारणलाई पछि फ्युजनमा ढाल्दै अमेरिकाको ह्यानवेल रेकर्डस्ले ‘छु’ नामक मन्त्र संग्रहलाई एल्बमको रुपमा स्वदेशी र विदेशी बजारमा ल्यायो। ‘त्यो एल्बम विदेशमा मात्र लाखौं प्रति बिक्री भएको देख्दा म छक्क परें। म त खुसीले गदगद भएँ।’

पूजापाठ गर्दा मेरो मनमा सधैं एउटै प्रश्न उठ्ने गर्थ्यो। लामाहरुले धेरै पढेका छन्। उनीहरुले सुविधा पनि पाएका छन्। हामीले चाहिँ किन नपाउने त ? त्यसैले आफ्नो सपना पूरा गर्नका लागि म गुम्बाबाट विद्रोही भाकामा गीत गाउँदै हिँडेकी हुँ। अहिले मेरो सपना फराकिलो बन्दै गएको छ। गीत मात्र गाएर विश्व घुमिसकें, ६ वटा एल्बम निकालिसकें। म जहाँ-जहाँ जान्छु, त्यहाँ मैले कहिल्यै नसोचेको मान-सम्मान र इज्जत पाउँछु। मैले गाएर कमाएको पैसा आनीहरुकै लागि खर्च गरिरहेकी छु। मैले फर्पिङमा आर्यतारा स्कुल खोलेकी छु। जहाँ विकट पहाडी बस्तीका छात्राहरु अध्ययन गर्ने गर्छन्।’ उनले एकै सासमा सुनाइन्।

आनीले ३ वर्षअघि नेपाली गीतको पहिलो सीडी एल्मम मोमेन्ट्स अफ ब्लिस रिलिज गरेकी हुन्। सोही एल्बममार्फत सम्पूर्ण नेपालीमाझ चर्चित बनेकी आनीको गीतका लागि कवि दुर्गालाल श्रेष्ठको मर्मस्पर्शी शब्द र न्ह्यू वज्राचार्यको कर्णप्रिय संगीतको पनि उत्तिकै योगदान थियो।

मोमेन्ट्स अफ ब्लिस तयार गर्दाको अनुभव आनीका लागि नौलो र मूल्यवान् रहेको छ। संगीतको नयाँ प्रस्तुति र एल्बमको हाताहात बिक्रीको अपत्यारिलो बाढी ल्याउने उक्त एल्बमले उनलाई निकै अनुभवी र प्रसिद्धिको शिखरमा पुर्‍यायो। यस बारे उनी भन्छिन्- ‘पहिलो पटकको नेपाली गीत पनि धर्म दर्शन र आध्यात्मिक सीमाबाट बाहिर गएर गाएकी छैन। उक्त एल्बमको नाम र गीतलाई सर्वाधिक दार्शनिक र सरल मानेकी छु।’

मोमेन्ट्स अफ ब्लिसमा रहेका फूलको आँखामा फूलै संसार, भगवान् कहाँ म जाउँ, जस्ता गीतले नेपाललगायत विश्वका प्रायः युवापिँढीलाई मात्र तानेको होइन कि स्वयम् बूढापाकालाई पनि उत्तिकै आकर्षित गरेको छ। एल्बममा आत्म चिन्तन गीत र आधुनिक लयको मिश्रण रहेकाले पनि यस्तो भएको आनी स्वीकार्छिन्। आफ्नो कर्न्र्टस स्वदेशमा भन्दा विदेशमा बढी हुने गरेको उनी बताउँछिन्। ‘मैले वर्षभरिमा ४५ देखि ५० वटासम्म कन्सर्ट विदेशमा गर्ने गरेकी छु। त्यसैले मलाई भ्याई नभ्याई हुन्छ। यो दौडधुपले म दिक्क पनि बनेकी छु। कन्सर्ट गर्ने क्रममा कमजोर भएर धेरै पटक लडिसकेकी छु। कहिलेकाहीं त यो सब छाडेर गुम्बातिरै शान्त किसिमले ध्यान गर्न जाउँ कि भन्ने झोंक पनि चल्छ।’ उनले भनिन्।


विदेशतिर कन्सर्ट गर्ने सिलसिलामा सन् २००३ को स्विजरल्यान्डमा भएको कन्सर्टको उनलाई बारम्बार याद आउने गर्छ। त्यस बारेमा खुलस्त पार्दै आनी भन्छिन्- ‘त्यसबेला अति महँगो क्लबमा मैले कन्सर्ट गरेकी थिएँ। जुन क्लबमा सदस्य बन्न कुनै पनि व्यक्ति करोडपति हुनुपर्थ्यो। कन्सर्ट अघि बढ्दै थियो। सबैभन्दा पहिलो सिटमा बस्ने एउटी महिला मैले गाएको देखेर हाँसिरहेकी थिइन्। कन्सर्ट सकेपछि ती महिलाले उठेर ताली बजाउँदै मलाई हौसाइन्। विदेशमा मन परेको कलाकारलाई सम्मान गर्न उठेर ताली बजाउने चलन रहेछ। पछि उनले मेरो अगाडि आएर परिचय गर्दै भनिन्- ‘आइ एम योर ग्रेटेस्ट फ्यान’ पछि थाहा भयो उनी त तीन पटक ग्रामी अवार्ड जितेकी गायिका टिना टोनर पो रहिछन्। परिचय आदान-प्रदान गर्ने क्रममा टिनाले भनिन्- ‘तपाईंको आवाजमा जादु भेटें, स्वरमा मौलिकपन छ, त्यसैले म लट्ठ परें, यति राम्रोसँग गाउने गायिका मैले अझसम्म भेटेकी छैन, त्यसको लागि बधाई छ।’

त्यसै गरी सन् २००० मा सनफ्रान्सिस्कोमा कन्सर्ट गरिरहँदा अर्की ग्रामी अवार्ड विजेता गायिका बनी रेग पनि आफ्नो गीतबाट प्रभावित भएको आनीले स्मरण गरिन्। यस्ता सफलतम् घटनाले आनी निकै दरिली भएकी छन्। अझै राम्रा-राम्रा क्यासेट निकाल्न उनी कस्सिएकी छन्। अहिले उनका आठ नेवारी गीतको संग्रह रहेको एल्बम रिलिज हुने तरखरमा छ। जसमा श्रोताले उनको सुरिलो स्वर सुन्न पाउनेछन्।

नेवारी गीत गाउँदा उच्चारणको समस्या परेन त - आनीले हाँस्दै जवाफ दिइन्- ‘कुनै पनि समस्या परेन। अझ दुर्गालाल सरले त नेवारले भन्दा पनि शुद्ध उच्चारण गर्नुभयो भनेर हौसला दिनुभयो। उहाँको इच्छाले गर्दा पनि मैले नेवारीमा गाएकी हुँ। यसमा पनि मैले आनन्दको महसुस गरें।’

१० वर्षको छँदा आनी धर्मको शरणमा गएकी थिइन्। त्यसबेला उनलाई यौवन के हो भन्नेबारे केही थाहा थिएन। समय बित्दै जाँदा उनलाई यस कुराको महसुस पनि भयो। ‘तर गुरुको उपदेशका कारण जवानीलाई नियन्त्रण गरी सम्हालेर हिँड्न सिकेँ। यो सबै गुरुले दिएको शिक्षा र मार्गनिर्देशनमा भर पर्छ।’ उनले विगतका दिन सम्झँदै भनिन्। ‘कतिपयले जवानी सम्हाल्न नसक्दा भड्किएर हिँड्ने काम गरेका छन्। यो आफैंमा भर पर्ने कुरो हो।’ उनले अझ स्पष्ट पार्दै भनिन्।

धर्मको स्थापना हुँदा विश्व निकै फराकिलो प्रभाव बोकेर अगाडि बढेको थियो तर अहिले विभिन्न मानिसको फरक अभिव्यक्तिले गर्दा यो साँघुरिँदै गएको छ। धर्मको मूल सिद्धान्त अपनाई व्यवहारमा उतार्नुपर्दछ। यसले नै मानिसलाई नयाँ मोड दिन्छ। दार्शनिक कुरा गरेर मात्र शान्ति स्थापना हुँदैन। मानिसले शताब्दिकै डरलाग्दा युद्धहरु भोग्यो, आफूले पनिभोग्यो। अरुलाई पनि जबर्जस्ती भोगायो। मानिस जति सभ्य बन्दै जान्छ उति उसमा युद्धको लालसा बढ्दो रहेछ। अहिले पनि मानिसले इराक युद्धको पीडा भोग्दै छ। अहिले हामी पनि शान्ति स्थापना गर्ने कार्यमा दौडँदै छौं। तर अर्को थरी भने समस्त मानिसको चिहान खन्ने होडबाजीमा लागि परेका छन्। बुद्धको भूमिमा यसो हुनु दुःख लाग्दो कुरा हो। युद्ध फेरि हामीभित्र छटपटाइरहेको छ। खै त मानिसले विगतको युद्धको भोगाइबाट शिक्षा लिएको ? त्यतिबेला मानिसले युद्धलाई घृणा गरेको अभिव्यक्ति दियो तर अहिले फेरि मानिसभित्र युद्ध सल्बलाइरहेको छ। मानिसमा धर्मप्रतिको उदासीनता बढेको छ। धर्मलाई बेवास्ता गरिएको छ।’ उनले निराश शैलीमा भनिन्।

‘फुर्सदमा साल्सा नृत्य गर्न मन पराउने आनीले आफ्ना शिष्यहरुलाई समयअनुसारको शिक्षा सिकाउँदै लगिरहेको बताइन्। मेरो लागि शब्द नै महत्वपूर्ण हो। त्यसभित्र हराउँदा म सबै पीडा भुल्छु। तर मलाई निराशाजनक गीत गाउन मन लाग्दैन।’ आनीले फेरि हँसिलो पाराले भनिन्।

यो आर्श्चर्य लाग्दो संसारमा मानिसले तय गर्नुपर्ने जीवनयात्रा के हुन सक्छ त ? भन्ने सवालमा उनले लामो सास तान्दै मसिनो स्वरमा भनिन्- ‘मानिसका जीवनको अन्तिम गन्तव्य हो मृत्युको ढोका। यसअघि विभिन्न घटनाका कथा रच्दै जानुपर्छ। यो अनमोल संसारमा बसेर यहाँको महानता, दुर्लभ, अभाव, रोग, भोक, अशिक्षा र गरिबीबारे सोच्दै यात्रा गर्दा राम्रो होला। यसो गर्दा मात्र संसारलाई बुझ्न सकिन्छ। हुन त जीवनरुपी यात्रामा बाटैभरि साथी छुट्छन्। जीवनरुपी ऋतुहरुले सबैलाई बूढो पार्दै लान्छन्, तर बाटो भने उही हो सबैको। मृत्यु सोचिएभन्दा आनन्दकर हुन्छ। निर्वाण प्राप्त गर्नु सौभाग्यको कुरा हो।’

- हिकमत डंगोल
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ICE kidnapping people off the streets over op eds
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters